Thursday, August 15, 2013

मेथीका फाइदै फाइदा - onlinekhabar

हरियो सागपातको रुपमा मात्र नभै मसलाको रुपमा समेत मेथी धेरै मानिसको रोजाइमा पर्ने चिज हो । मेथीलाई धेरै मानिसले चिसो निवारकको रुपमा जाडो याममा सेवन गर्ने गर्छन् ।
1
मेथीमा औषधीय गुण पाइन्छ भन्ने कुरा धेरैलाई थाहा छ तर यसमा कुन कुन रोगका लागि लड्ने क्षमता हुन्छ भन्ने बारेमा भने धेरैलाई जानकारी नहुनसक्छ । वास्तवमा मेथीलाई सरीरको दुखाइ, स्नायु रोग, पिसाब सम्बन्धि रोग, रक्तअल्पना लगायतका समस्या भएका मानिसले सेवन गरेमा त्यसले फाइदा गर्छ । साथै स्वास प्रस्वास सम्बन्धि रोग जस्तै ब्रोंकाइटिस, इन्फ्लुयन्जा, पिनास, रुघाखोकी जस्ता रोग र ज्वरो आएका बेला पनि मेथीको सेवन लाभदायी मानिन्छ ।
अनुहारमा डण्डीफोर आएको बेला मेथीको पातलाई पिँधेर अनुहारमा दल्नाले डण्डीफोरको समस्या कम हुन्छ ।
मेथीको गेडालाई पिँधेर धुलो बनाउनुहोस् अनि विहान बेलुकी पानीमा मिलाएर पिउँदा रगतमासीको समस्या कम हुन्छ र यसले पाइल्सका रोगीलाई पनि फाइदा गर्छ ।
जिउको सुन्निएको भागमा मेथीको लेपन लगाएमा फाइदा मिल्छ ।
कपाल झर्ने समस्या छ भने मेथीको धुलोलाई पानीमा मिलाएर कपालको जरा जरासम्म लगाउनुहोस् अनि केहीबेर राखेर पखाल्नुहोस् । यसले कपालको चायाँ पनि कम गर्छ ।
मेथीको सागको नियमित सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।
चिसोले सताएको छ ? रुघाखोकी लागेको छ ? यदि त्यसो हो भने तोरीको तेल तताएर त्यसमा मेथी पड्काउनुहोस् अनि त्यो तेल मनतातो पारी टाउकोमा लगाउनुहोस् त्यसले चिसो भगाउँछ ।