मंगल ग्रहमा जीवन सम्भव छ त भन्ने प्रश्न
अझै अनुत्तरित छ । तर, मंगल ग्रहमा जानका लागि १ लाखभन्दा बढीले आवेदन
दिएका छन् । मार्स वान नामक कम्पनीले मंगल ग्रहमा जान चाहनेहरुलाई आवेदन
दिन आह्वान गरेको थियो । यो यात्रा जानका लागि हो । फर्किन कुनै व्यवस्था
छैन ।

मंगल ग्रह जानका लागि उमेर १८ वर्षभन्दा
बढी हुनुपर्छ । तर, शुल्क भने निवेदकको राष्ट्रियतामा निर्भर गर्छ । जस्तो
कि अमेरिकी नागरिककलाई आवेदन शुल्क ३८ डलर छ । आवेदकको शुल्क देशको
प्रतिव्यक्ति आयका आधारमा तय गरिएको कम्पनीले जनाएको छ ।
मार्स वानका अनुसार यस वर्ष आवेदकहरुमध्ये
बाट अलग अलग महाद्वीपबाट ४० सदस्यीय अन्तरिक्ष यात्रु छानिनेछ ।
उनीहरुमध्ये २ महिला र दुई पुरुष २०२२ मा मंगल ग्रह जान पाउनेछन् ।
उनीहरुले २०२३ मा मंगल ग्रहमा पाइला टेक्नेछन् । चार जनाको अर्को समूह
त्यसके दुई वर्षपछि पठाइनेछ ।
मंगल ग्रह जानका लागि अन्तरिक्ष
यात्रीहरुले ८ वर्षको प्रशिक्षण लिनुपर्छ । यसक्रममा घर मर्मत, केही
क्षेत्रमा तरकारी उब्जाउन, दात दुखाई, मांसपेशीको दुखाई, हड्डी भाँचिएको
उपचार गर्न पनि सिकाइन्छ ।