भारत पञ्जाव राज्यको फरिदकोटका पूर्व महाराजकी दुई छोरीलाई २१ वर्ष सम्म
चलेको कानूनी मुद्दामा जित मिलेको छ । उनीहरुले यो जितबाट २० हजार करोड
भारु तीन खर्ब २० अर्ब नेपाली रुपैयाँको सम्पत्ति हात परेको छ । पञ्जाव
चण्डिगढको अदालतले एउटा ट्रष्टलाई सम्पत्ती दान दिने पूर्व महाराजको
पत्रलाई जालसाजी भनेको छ । यो ट्रष्ट पूर्वमहाराजका नोकर र उनको दरवारका
अधिकारीहरुले चलाउँदै आएका थिए ।
अब पूर्वमहाराजका दुई छोरीले दरवारका नाममा रहेको चण्डिगढ, हिमाञ्चल प्रदेश, हिरयाणा र आन्ध्राप्रदेशमा भएको सम्पत्ती पाउने छन् । यसबाहेक उनीहरुलाई साढे तीन सय पुरानो दरवार, दुई सय एकडमा फैलिएको हवाई मैदान, सुन, हिरा जवाहरत, कयौं पुराना कार प्राप्त गरेका छन् । यो सबै सम्पत्ती अदालतले महाराजका दुई छोरीको नाममा हस्तान्त्रण गरेको छ ।
चिण्डगढका चिफ जुडिसियल मजिस्ट्रेटले गत साता सर हरिंदर सिंह बरारका दुई छोरी अमृता कोर र दीपेन्दर कौरका नाममा फैसला सुनाएको हो । अमृताले सम्पत्ती दान दिने कानूनी पत्रमाथि प्रश्न उठाउँदै अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले कानूनी पत्र जालसाजी भएको बताउँदै हिन्दु उत्तराधिकारी कानूनअनुसार अमृता र बहिनी दीपेन्दर २० हजार करोड भारुको सम्पत्तीका मालिक भएको घोषणा गरेको हो ।
सन् १९८२ मा बनाएको सम्पत्ती दान दिने पत्रलाई अदालतले गैरकानूनी र अमान्य घोषित गरेको छ । यसबाट मेहरवाल खेवाजी ट्रष्टसमेत गैरकानूनी भएको छ । अमृत कौर चण्डिगढमा र दीपेन्दर कौर कलकत्तामा बस्ने गरेका छन् । महाराजकी अर्कि छोरी महिपिन्दर कौरको केही वर्ष अघि सिमलामा मृत्यु भैसकेको छ । सर बरारका एक्ला छोरा टिक्का हरमोहिन्दर सिंह बरारको मृत्यु भएपछि सम्पत्ती दान दिएको कानूनी कागज उनका नोकरहरुले तयार गरेका थिए ।