बेलायतको
राजपरिवारमा नयाँ राजकुमारको जन्म भएको छ । राजकुमार बिलियम र केट मिडलटनले
छोरा जन्माएका छन् । राज दरवारले नयाँ सदस्यको आगमनबारे औपचारिक घोषणा
गरेको छ ।
केटले पश्चिमी लण्डनको सेन्ट म्यारी अस्पतालमा शाही बच्चा जन्माएकी हुन् ।
दरबारले जारी गरेको बक्तब्यमा डचेज र उनको सन्तान दुबै स्वस्थ रहेको उल्लेख छ । नवजात शिशुको वजन ३ किलो ६२८ ग्राम छ ।
शाही बच्चा जन्मको खबर परम्परा अनुसार बर्किघम प्यालेसमा सुसज्जित
फ्रेममा राखेर सार्वजनिक गरिएको थियो । शाही बच्चाको जन्मको समयमा प्रिन्स
विलियम्स पनि उपस्थित थिए । शाही परिवारको नयाँ सदस्यलाई पि्रन्स अफ
क्याम्बि्रज नामले चिनिनेछ र उनी राजगद्दीको तेस्रो उत्तराधिकारी हुनेछ ।
शाही परिवारका नयाँ सदस्यको अगमनको घोषणा गर्ने समयमा ठूलो संख्यामा
सुभचिन्तक र पत्रकार अस्पतालबाहिर उपस्थित थिए । उनीहरुले खुसी मनाएका छन् ।
शाही डाक्टरले नयाँ सदस्यको आगमनलाई अद्भुत बच्चा, सुन्दर बच्चा भनेका छन्
।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले यसको स्वागत गर्नु भएको छ ।
बच्चाको नाम उपयुक्त समयमा घोषणा गरिने दरवारका प्रवक्ताले जनाए ।