आर्थिक र भौतिक विकासका लागि विश्वकै मोडेल मानिएको अमेरिकाले यही जुलाई
४ मा ३३७ औं स्वतन्त्रता दिवस मनाउँदैछ। केही अपवाद बाहेक विश्वभरका देश र
जनताले अमेरिकी पूँजिवादी अर्थतन्त्र, बहुलवादी समाज र व्यक्तिगत
स्वतन्त्रता जस्ता कुरालाई पछ्याएका छन्, अमेरिकी संस्कृतिको
ग्लोबलाइजेसनलाई स्वागत गरेकै छन्। ‘मोडेल’ र ‘लिडर’ भएपनि अमरिकी समाज र
अर्थतन्त्र दोषमुक्त भने छैन। यहाँ आर्थिक विपन्नता, आयको असमान वितरण र
सामाजिक विभेदका समस्या पनि टड्कारो देखिन्छ। सरकारी तथ्याङ्क अनुसार १६%
अर्थात् करिब ५० मिलियन (पाँच करोड) जनता गरिबीको रेखामुनि छन्। ५-६ लाख
जति त घरवारबिहीन नै छन् भने दुई तिहाइलाई सरकारले शेल्टरमा राखे पनि बाँकी
दुई लाख जति त सडक छाप छन्।
नेपालमा हुँदा पत्रकारिता गर्ने विमल नेपाल केही वर्षदेखि अमेरिकाको बोस्टनमा फोटोग्राफीमा जमेका छन् र उनले अमेरिकी सडक-जनजीवनमा आधारित ‘द अमेरिकन लाइफ’ नामक स्ट्रिट फोटोग्राफी किताब पनि चाँडै प्रकाशित गर्दैछन् जसमा सडकमा देखिएका मानिसका जीवन शैली, फेशन र गतिविधि फोटोमार्फत् प्रस्तुत हुनेछन्। बोस्टन युनिभर्सिटीबाट फोटोग्राफीमा ग्र्याजुएट विमलका फोटा नेशनल जोग्राफिक, हार्वर्ड युनिभर्सिटी लगायत केही अन्य पश्चिमी मिडियामा प्रकाशित छन्।
प्रस्तुत छ – डकुमेन्ट्री र स्ट्रिट फोटोग्राफीमा केन्द्रित पत्रकार तथा फोटोग्राफर विमल नेपालले बोस्टन सेरोफेरोमा लिएका घरवारबिहीन अमेरिकीहरुका केही श्याम-स्वॆत डकुमेन्ट्री फोटाहरु: