डा. पंकज चौधरी
‘सरकार, अहिलेको परिस्थितिलाई सम्हाल्न मिडियाको पनि प्रमुख भूमिका हुन्छ । त्यसका लागि मिडिया हेर्ने एउटा योग्य मान्छेको सहयोगको खाँचो छ । मौका पाएमा म सरकारलाई मिडियाको क्षेत्रबाट यथोचित सहयोग गर्नेछु । मुलुकलाई सरकारको रोडम्यापमा ल्याउने बातावरण बनाउन आफ्नो तर्फबाट हर तरहले सहयोग गर्नेछु ।’
पत्रकार कनकमणि दीक्षितले शाही शासनकालमा राजा ज्ञानेन्द्रसँगको दर्शनभेटका क्रममा खुलेयाम व्यक्त गरेका धारणा हुन् यी । शासन हत्याएपछि ज्ञानेन्द्रले गोकर्ण फरेस्ट रिसोर्टमा समाजका विभिन्न क्षेत्रका हस्तीहरुसँग ‘परामर्शको नाटक’ गरेका थिए । उनले विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकार र ख्यातीप्राप्त हस्तीलाई गोकर्णमा परामर्शका लागि भन्दै डाकेका थिए । सच्चा गणतन्त्रवादीले त्यसलाई पूर्णत बहिस्कार गरे पनि कनकमणिजस्ता राजावादीहरु भने त्यहाँ पुगेका थिए । त्यसबेला गोकर्णमा राजावादी–अवसरवादीहरुको ठूलो लाम लागेको थियो ।
पंक्तिबद्ध रुपमा उभिएका राजावादीहरुले त्यसबेला धनुष्टङ्कार नमस्कार गर्र्दै राजा समक्ष आ–आफना याचना प्रस्तुत गरेका थिए । त्यसक्रममा एक चर्चित नायिकाले त ‘यत्रो वर्ष काम गरेर पनि राज्यबाट केही नपाएको’ बताएकी थिइन् । राजावादीहरुको त्यो हुलमा कनकमणि पनि पुगेका थिए । उनले पनि अन्य राजावादी झैं झुकेर राजासँग सोझै संचारमन्त्री पाउँ भन्ने याचना गरेका थिए । जतिबेला पत्रकार युवराज घिमिरे राजाले दिएको शाही पदक बहिस्कार गरीरहेका थिए, त्यति बेला कनकमणि भने शाही सरकारको सञ्चारमन्त्री बन्न लबिङ गरिरहेका थिए ।
‘म छेउमै उभिएको थिएँ, कनकजीले सबैले सुन्ने गरी सेवा गर्ने मौका पाउँ सरकार भनिरहनुभएको थियो । उहाँको कुरा सुनेपछि राजाले हेरौंला, विचार गरौंला मात्र भनेका थिए’, त्यो घटनाका साक्षी एक पत्रकार नाम उल्लेख नगर्ने शर्तमा भन्छन् । त्यसपछि पनि कनकले संचारमन्त्री बन्न विभिन्न च्यानलमार्फत् दरबारमा कुरा चलाएका थिए ।
उनको अर्को च्यानल थियो, अमेरीकी दूतावास । नेपालका लागि तात्कालीन अमेरीकी राजदूत जेम्स. एफ. मोरीयार्टीसँग कनकको चर्को हिमचिम थियो । जेम्स एफ मोरीयार्टी ‘राजा र संसदवादी दल मिलेर माओवादीलाई निमिट्यान्न पार्नुपर्छ’ भन्ने पक्षमा थिए । त्यही भएर माघ १९ मा ज्ञानेन्द्रले ‘कू’ गरेपछि मोरीयार्टीले कनकमणिकै ‘दारु पार्टनर’ नारायण वाग्लेसँगको अन्तर्वार्तामा भनेका थिए, ‘ज्ञानेन्द्रलाई सय दिन काम गर्न दिनुपर्छ । उनले सय दिन मागेका छन्, उनलाई शंकाको सुविधा दिनुपर्छ ।’ जब कि त्यसबेला भारतलगायतका लोकतान्त्रिक मुलुकहरुले राजाको कदम रुचाइरहेका थिएनन् । जनता आक्रोशित थिए । तिनै मोरीयार्टीको च्यानलसमेत लगाएका थिए कनकले, आफू सञ्चारमन्त्री बन्न ।
रमेशनाथ पाण्डे, जीवराम भण्डारी, युवराज गौतम र पुष्प प्रधानदेखि मन्डले लोक गायक रामप्रसाद खनालसम्मलाई फोन गरी कनकले ‘मलाई सञ्चार मन्त्री बनाए सबै कुरा ठीक पार्छु्’ भनेर लविङ गरेका थिए । त्यसका लागि बाबु कमलमणि दीक्षितलाई समेत दरवारिया च्यानलमा कुरा गर्न भनेका थिए । कमलमणिले शाही नातेदार र दरबारका सचिवमार्फत् कुरा चलाएका थिए । ‘त्यसबेला कनकमणिले हामीसँग खुलेयाम बार्गेनिङ र एक हदसम्म ब्ल्याकमेलिङ नै गरेका थिए । शुभलाभ वा पद लाभका लागि कोशीस गर्ने, त्यो पूरा भएमा दरबारको समर्थन गर्ने र पूरा नभएमा आलोचना गर्नु उनीहरुको चरित्र नै हो’, शाही कालका एक मन्त्री भन्छन्, ‘उनीहरुले हिजो रानी जगदम्बालाई सिध्याए, अहिले उनकै पैसामा रजाई गरिरहेका छन् । शाही कालमा उनीहरु सत्तामा हाबी हुन खोजिरहेका थिए, तर हामीले नै हावी हुन दिएनौं ।’
हुन पनि ज्ञानेन्द्रलाई रिझाउन कनकले धेरै माथापिच्ची गरेको देखिन्छ । दरबार हत्याकाण्डलगत्तै तारानाथ रानाभाटको संलग्नतामा गठित छानविन आयोगको प्रतिबेदनको प्रचार गर्न कनकले हिमाल खबरपत्रिकाको विशेषांक नै निकालेका थिए । दिपेन्द्रलाई हत्यारा सावित गरेर ज्ञानेन्द्रलाई खुशी पार्न उनले त्यस्तै खालका सामाग्रीलाई प्राथमिकताका साथ छापे । जनतामा ज्ञानेन्द्रप्रति आक्रोश थियो, त्यसलाई मत्थर पार्न उनले निकै मेहनत गरे ।
माघ १९ पछि ज्ञानेन्द्रले शासन हत्याए । सात दलको आन्दोलन सुरु भयो । त्यसक्रममा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालामाथि निर्मम लाठीचार्ज भयो । त्यही प्रहारका कारण केही समयपछि उनी अशक्त हुदै गए । उनी विरामी पर्न थाले । कनकजस्ता पत्रकारले हिमालमा ‘गिरिजापछि को ?’ शीर्षकमा यस्तो सामाग्री प्रकाशित गरे, जसले नेपालमा नेतृत्व संकट भएको दावी गर्न खोजिएको थियो । अर्थात् ‘अब गिरिजा मर्न लागे, दलहरुमा नेता छैनन्, त्यसैले अब राजाले नै देशको नेतृत्व गर्नु उचित हो’ भन्ने आशयको विश्लेषण प्रकाशित गरियो । नेकपा (माओवादी) र त्यसबाट स्थापित हुन गइरहेको नयाँ सशक्त नेतृत्वलाई नजरअन्दाज गर्नुको कारण पनि त्यही थियो ।
ज्ञानेन्द्रलाई स्थापित गराउन अर्थात् राजतन्त्रलाई समर्थन गर्न कनकले कुनै कसर बाँकी राखेनन् । कहाँसम्म भने फर्जी मत सर्वेक्षणको नाटक गरेर उनले ‘मुलुकमा राजतन्त्रको पक्षमा ५१ प्रतिशत जनता रहेको’ रिपोर्टसमेत छापे । जनता अझै पनि राजतन्त्रकै पक्षमा छन् भनेर उनले त्यसबेला सर्वेक्षण जारी गरेका थिए, जतिबेला मुलुकका जनता गणतन्त्र ल्याउन आतुर थिए र संविधानसभाको निर्वाचनको तयारी हुँदै थियो । हिमालकै सर्वेक्षणलाई आधार मानेर होला, कमल थापालगायतका राजावादीहरु अहिले पनि राजतन्त्र, संघीयता, धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गर्नुपर्ने माग गरिरहेका छन् । अर्थात् राजावादीमा समेत भ्रम छर्न खप्पिस छन्, कनक । उनले शान्तिप्रक्रिया सुरु भएपछि पनि गणतन्त्रमा जान नहुने, बरु राजालाई सेरेमोनियल बनाएर राख्नुपर्ने लेख लेखेका थिए ।
ज्ञानेन्द्रप्रति कनकको मोह एक पटक बसन्तपुरमा आयोजित नागरिक समाजको सभामै प्रकट भएको थियो । जनआन्दोलन सफल भएलगत्तै आयोजित सभामा जनताले राजावादीलाई छानी–छानी तिनका विरुद्ध हुटिङ गरेका थिए । ‘सेरेमोनियल किङ’ वा ‘बेबी किङ’को कुरा गरिरहेका काँग्रेस नेता रामचन्द्र पौडेल सभामा आउँदा जनताले हुटिङ गरेर ‘आउट्’ भनेका थिए । त्यही सभामा एकजना सच्चा गणतन्त्रवादी कार्यकर्ता ज्ञानेन्द्रप्रति व्यंग्य गरिएको चित्र अंकित टिसर्ट लगाएर त्यो सभामा पुगेका थिए । उनलाई देख्ने बित्तिकै कनकले लात्तीले हान्दै धपाउन खोजेका थिए । त्यो तस्वीर विभिन्न माध्यममा प्रकाशित भएको थियो । ज्ञानेन्द्रको व्यंग्यात्मक फोटो देखेर चित्त दुखाउने र सच्चा गणतन्त्रवादीलाई लात्तीले हान्ने कनकमणि कसरी लोकतन्त्रवादी हुन सक्छन् ? धन्न, त्यसदिन ख्यातीप्राप्त कलाकार मनोज गजुरेलले नबचाएको भए कनकको के हाल हुन्थ्यो होला ?

‘चण्डालमणि’का सन्तान
पत्रकार कनकमणि दीक्षित राजावादी हुन् कि होइनन ? भन्ने प्रश्न अब रहेन । उनी विशुद्ध सेरेमोनियल राजावादी हुन् । सन् १९८० यता ‘हिमाल एसोसिएसन’ नामक एनजीओबाट स्वतन्त्र तिब्बत मिसनको खेती थालेका कनक र उनको दीक्षित परिवारको दरबार कनेक्सन पुरानै हो । नेपालको शाही परिवारले भारतबाट भान्छेको रुपमा दीक्षितका पुर्खालाई भित्रयाएको हो । मदन शमसेर र रानी जगदम्बाको अपुताली सम्पत्तीबाट आर्थिक रुपमा रातारात माथि उठेको दीक्षित परिवार नवसामन्त वर्गमा पर्छ ।
कनकमणिका पिता कमलमणिलाई सानोमा बग्गीमा चढाएर मदनशमसेरको श्रीदरबारमा हरेक दिन लगिन्थ्यो । त्यो बालकलाई एकजना साहेबज्यूले बाटोमा देखेर मन पराएछन् । ती सोहबज्यूले घोडाबाट ओर्लिएर ‘बाहुनको बच्चा पनि यति राम्रो ?’ भन्दै दुई रुपैयाको डबल दिएका थिए । त्यसरी सामन्तको डबल थाप्ने बानी अझै हटेको छैन, यो परिवारमा ।
राणकालका जनरल मदन शमसेरले औधी मन पराएकाका कारण कमलमणिलाई लिन श्रीदरबारबाट एक घोडे बग्गी नै आउँथ्यो । बग्गी आउँदा बाटोमा हल्लीखल्ली हुन्थ्यो । अलि ठूलो भएपछि मदनशमसेरले उनलाई साइकल नै किनिदिए । कमलमणिले गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा भनेका थिए, ‘सानो बेलामा म त ज्यादै चकचके र उद्दण्ड बालक थिएँ नि । एक दिनको घटना भनौं–मदन जर्साहेबको घरमा बसेकी जमुना डिठ्ठीनीलाई झण्डै मार हानेथें । उनी जनरललाई मुखारी गराउन निहुरिँदा तरिएको खसीको आकारमा देखिएकी थिइन् । मैले खुकुरीले झयाम्म छप्काउन आँटेको बेला जर्साहेबले ‘ए..ए चण्डालमणि के गरेको ?’ भनेर कराउनु भएपछि म रोकिएँ । मेरा यस्तै क्रियाकलापका कारण मलाई जर्साहेबले चण्डालमणि भनेर जिस्क्याउने मात्र हैन, मेरा किताबहरुमा पनि चण्डालमणि आचार्य दीक्षित भनेर लेखिदिएर साथीभाइहरुले पनि जिस्क्याउँथे ।’
कमलणिका पिता केदारमणि र रानी जगदम्बाबीच हिमचिम थियो । जर्नेल मदन शमसेर मदिरामा मस्त हुन्थे । मदन शमसेर केदारमणिलाई ‘च्वाँचे’ भनेर बोलाउँथे । रक्सीले मातेर आएको बेला मदनशमसेर बेस्सरी कराउँदै भन्थे, ‘ए च्वाँचे, मेरी स्वास्नीको ख्याल गर है ।’ त्यही मौकामा चौका हाने, केदारमणिले ।
रानी जगदम्बाको अपुतालीका कारण दीक्षित परिवारको आर्थिक हैसियत माथि उठ्यो । उनीहरु पनि आफूलाई साहेबज्यू नै ठान्न थाले । कमलमणिका मिल्ने साथी थिए, केशरजंग रायमाझी । यसबाट पनि यो परिवार दरबारसँग निकट भएको स्पष्ट हुन्छ । दरबारिया भएकै कारण मदन पुरस्कार आजसम्म दरबारविरोधीले पाएका छ्रैनन् । सामन्तवादलाई नंग्याउने खालका चर्चित कृतिले मदन पुरस्कार पाएनन् । जस्तै, राणाकालीन घटनामा आधारित दुई चर्चित कृति डायमन समशेरको ‘सेतो बाघ’ र नारायण ढकालको ‘प्रेतकल्प’लाई मदन पुरस्कार दिइएन । त्यसैगरी पछिल्लो कालखण्डमा चर्चामा आएको क्रान्तिको गाथा ‘उर्गेनको घोडा’लाई पनि मदन पुरस्कार दिइएन । बरु, माओवादी जनयुद्धको उपहास गर्ने पुस्तक ‘पल्पसा क्याफे’लाई दिइयो । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उपचारका लागि सहयोग गर्न नसक्ने कमलमणिले पछि बनारसमा देवकोटाको नाममा चन्दा माग्न आएका गणेशमान सिंह र इश्वर बराललाई एक रुपैयाँ दिएर अपमान गरेका थिए ।
पैसा खर्च गरेर आफूलाई ‘आधुनिक युगका मोतीराम’ भनेर प्रचार गराउने कमलमणि र कनकमणिका पिता राममणि दीक्षित तिनै मनुवा हुन्, जसले भनेका थिए, ‘मन्त्री–मण्डल जोड्दा बाहुन–क्षेत्री हुली जोड्नु, मतवाली चाँहि नहुल्नु ।’ यसरी विभिन्न जनजातिको अपमान गर्ने दीक्षित परिवारलाई अहिलेको परिवर्तन मन नपर्नु स्वाभाविकै हो । आफूलाई जतिसुकै गणतन्त्रवादी दाबी गरे पनि वर्गचरित्र, इतिहास र वर्तमानका भूमिकाबाट उनीहरु सामन्त बर्ग हुन् भन्ने स्पष्ट हुन्छ ।