दक्षिण-पूर्वी भारतीय राज्य आन्ध्र प्रदेशमा मंगलबार थप नयाँ तेलंगना राज्यको घोषणा भएको छ । झन्डै चार वर्षसम्म भएको गृहकार्यपछि यसमा तेलंगना क्षेत्रका १० जिल्लाहरूलाई समेटिएको छ । तेलंगनाको ऐतिहासिक, भौगोलिक र सामाजिक भिन्नतलाई देखेर यो निर्णय गरिएको कंग्रेस पार्टीले जनाएको छ । छुट्टै राज्यका लागि एक ठूलो समुदायले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । यो घोषणापछि संयुक्त आन्ध्र प्रदेशको चाहना राख्ने असन्तुष्ट पक्षहरूले भने हैदरावादलगायतका आसपासका अन्य सूचना प्रविधियुक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री डा. मनमोहन सिंह, भारतीय कंग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलगायत केही वरिष्ठ नेताहरूले मंगलबार यस विषयमा सहमति जनाएका हुन् अहिलेलाई हैदरावादलाई नै दुवै राज्यको राजधानी मानिएको छ । पछि अलग-अलग राजधानी तय हुनेछ । राज्य निर्माणको सम्पूर्ण प्रक्रिया र शक्ति हस्तान्तरणमा अझ केही महिना लाग्ने छ । भारतीय सूचना प्रविधिको केन्द्र मानिएको हैदारावाद सहरमा नयाँ राज्यको घोषणाको विषयमा भारतमा सन् २००९ देखि झडपहरू भएका थिए । आन्ध्र प्रदेश सरकारबाट उपेक्षित एवं विकासका हिसाबले पछि परेको भनिएको उक्त क्षेत्रको जातीय बसोबासको बाहुल्य रहेको क्षेत्रलाई नयाँ राज्यको घोषणा भएको हो । तेलंगना क्षेत्रका समर्थकहरूको सन् २००९ को कडा आन्दोलनपछि सरकारले उक्त नयाँ राज्य घोषणाको आश्वासन दिएको थियो । सरकारले यसबारेको रिपोर्टको अध्ययनपछि यो निर्णय लिएको हो । आन्ध्र प्रदेश भारतको पाँचौं ठूलो राज्य हो । सन् १९५६ मा तेलगंनालाई आन्ध्रप्रदेशमा मिलाइएको थियो । सन् २००० देखि स्वतन्त्र तेलंगानाको माग हुँदै आएको थियो । उक्त राज्यबाट भारतको केन्द्रीय संसदका लागि ४२ संसद निर्वाचित हुने गर्छन् । सन् २००९ मा भएको संसद्को निर्वाचनमा यस राज्यबाट मात्र कंग्रेसले ३३ स्थान हासिल गरेको थियो ।
यो ब्लग नामैबाट थाहा हुन्छ कि यस्मा मेरो आफ्नो केहि छैन,यस्मा मलाई मन परेको र रमाइला कुराहरु जुन पछि पढ्न मनलाग्दा सजिलोको लागि जम्मा गरेको हुं l यस्मा राखेका सामग्री जजसको हो उसकै नाममा राखेको छु l यदि कसैलाई यसरी राख्दा समस्या परेमा तुरुन्त हटाउने कुरा पनि जानकारी गराउन चाहन्छु l यो नितान्त निजि भएकोले प्रचार पनि गरेको छुइन l यो सामग्री ज-जसको हो,सबैलाई धेरै - धेरै धन्यबाद दिन चाहन्छु l
Wednesday, July 31, 2013
भारतमा तेलंगना राज्य घोषणा - ekantipur