१.
जसरी आज टेलिभिजनको माध्यमबाट प्रतिभाको खोजी गरिन्छ, त्यस्तै काम १९६५ मा
युनाइटेड प्रोड्युसर्स एन्ड फिल्मफेयरले गरेको थियो । उनीहरू नयाँ अभिनेता
खोजिरहेका थिए । अन्तिममा १० हजारमा आठ युवा छनोट गरिएका थिए, जसमा राजेश
खन्ना पनि एक थिए । अन्तिममा राजेश विजेता नै घोषित भए ।
२. राजेश खन्नाको वास्तविक नाम जतिन खन्ना हो । आफ्नो काकाले भनेपछि उनले नाम परिवर्तन गरेका थिए ।
३. १९६९ देखि १९७५ बीचमा राजेशले कैयौँ सुपरहिट फिल्म खेले । त्यसवेला जन्मिएका धेरै बालकको नाम राजेश राखिएको थियो ।
४. फिल्म उद्योगमा राजेशलाई प्रेमले ‘काका’ भनिन्छ । जब उनी सुपरस्टार थिए, त्यसवेला एउटा भनाइ निकै चर्चित थियो – उपर आका, निचे काका ।
५. २९ डिसेम्बर १९४२ मा जन्मिएका राजेश स्कुल र कलेजदेखि नै अभिनयमा आकर्षित भएका थिए । उनलाई नजिकैको नातेदारले निकै प्रेमले पालेका थिए ।
६. राजेशले फिल्ममा काम पाउन निर्माताको ढोका चाहारे । एउटा संघर्षरत अभिनेता हुनुको बाबजुद पनि उनी निकै महँगो कारमा निर्माताहरूकहाँ जाने गर्थे । त्यसवेला स्थापित नायकहरूसँग पनि त्यस्तो कार थिएन ।
७. प्रतियोगिता जितेपछि राजेशको संघर्षका दिन सकिए । सबैभन्दा पहिले ‘राज’ फिल्मका लागि जिपी सिप्पीले हस्ताक्षर गरे । त्यसमा बबिताजस्ती चर्चित स्टार थिइन् ।
८. राजेशको पहिलो प्रदर्शित फिल्मको नाम ‘आखिरी खत’ हो जुन १९६६ मा रिलिज भएको थियो ।
९. १९६९ मा रिलिज भएको ‘आराधना’ र ‘दो रास्ते’ को सफलतापछि राजेश शिखरमै पुगे । उनलाई सुपरस्टार घोषित गरियो र मानिसहरूबीच निकै लोकप्रियता बढ्यो ।
१०. सुपरस्टारको सिंहासनमा राजेश खन्ना कम समय नै रहे, तर मानिन्छ कि उनको जस्तो लोकप्रियता कसैले पनि हासिल गर्न सकेनन्, जति राजेशले हासिल गरेका थिए ।
११. युवतीबीच राजेश खन्ना निकै लोकप्रिय भए । उनीहरू रगतले चिठी लेख्थे । उनीहरूले राजेशको फोटोसँग समेत विवाह गरेका थिए । केहीले हात र तिघ्रामा राजेशको नाम कुँदेका थिए, कैयौँ युवती उनको फोटो सिरानीमुनि राखेर सुत्ने गर्थे ।
१२. स्टुडियो वा कुनै निर्माताको ढोकाबाहिर राजेश खन्नाको सेतो रंगको मारुती कार रोकिन्थ्यो त युवतीहरू उनको कारलाई चुम्बन गर्थे । युवतीको लिपिस्टिकको छापले सेतो कार गुलाबी हुन्थ्यो ।
१३. निर्माता–निर्देशक राजेश खन्नाको घर बाहिर लाइन लागेर उभिन्थे । उनले मागेको पैसा दिएर उनलाई आफ्नो फिल्ममा साइन गराउँथे ।
१४. पाइल्सको अप्रेसनका लागि एकपटक राजेश खन्ना अस्पतालमा भर्ना हुनुपरेको थियो । निर्माताहरूले उनी भर्ना भएको वार्डवरिपरिका कोठा बुक गरेका थिए । ताकि, मौका मिल्नेबित्तिकै उनलाई आफ्नो फिल्मको कथा सुनाउन सकियोस् ।
१५. राजेश खन्नालाई रोमान्टिक अभिनेताका रूपमा निकै मन पराइन्थ्यो । उनको आँखा झिम्क्याउने र गर्धन टेढो पार्ने बानीको मानिस ‘दिवाना’ भएका थिए ।
१६. राजेश खन्नाले लगाउने कुरु कुर्ता निकै प्रसिद्ध भएको थियो र कैयौँ मानिस उनको जस्तो कुर्ता लगाउँथे ।
१७. ‘आराधना’, ‘सच्चा झूठा’, ‘कटी पतंग’, ‘हाथी मेरे साथी’, ‘मेहबुबकी मेहन्दी’, ‘आनन्द’, ‘आ न मिलो सजना’, ‘आपकी कसम’जस्ता फिल्मबाट उनले आम्दानीको नयाँ रेकर्ड बनाए ।
१८. आराधना फिल्मको गीत ‘मेरे सपनों की रानी कब आएगी तु...’ उनके क्यारियकै सबैभन्दा बढी हिट गीत हो ।
१९. ‘आनन्द’ फिल्म राजेश खन्नाको क्यारियरको सर्वश्रेष्ठ फिल्म मान्न सकिन्छ । त्यसमा उनले क्यान्सरग्रस्त युवकको भूमिका निभाएका थिए ।
२०. राजेश खन्नाको सफलतापछाडि संगीतकार आरडी बर्मन र गायक किशोरको ठूलो योगदान रह्यो । राजेशले अभिनय गरेका उनीहरूका अधिकांश गीत हिट साबित भए । जुन आज पनि सुनिन्छन् । किशोरले ९१ फिल्ममा राजेशका लागि आवाज दिए भने आरडीले उनका ४० फिल्ममा संगीत दिए ।
२१. आफ्नो फिल्मको संगीतका विषयमा राजेश निकै सचेत रहन्थे । गीत रेकर्डिङको वेला स्टुडियोमा बस्न रुचाउँथे र संगीत निर्देशकलाई सुझाब पनि दिन्थे ।
२२. मुमताज र शर्मिला टैगोरका साथ राजेश खन्नाको जोडी निकै मन पराइएको थियो । मुमताजसँग उनले आठ सुपरहिट फिल्म दिए ।
२३. मुमताजले विवाह गरेर फिल्मी क्षेत्रबाट बिदा लिने निर्णय लिँदा राजेश निकै दु:खी भएका थिए ।
२४. शर्मिला र मुमताज, जो राजेशको लोकप्रियताका साक्षी पनि थिए, उनीहरू भन्छन्– युवतीबीच राजेशको जति लोकप्रियता उनीहरूले कहिल्यै देखेनन् ।
२५. आशा पारेख र वहिदा रहमानजस्ता सिनियर अभिनेत्रीका साथ पनि उनले काम गरे । ‘खामोसी’मा राजेशलाई वहिदाले भनेर नै राखिएको थियो ।
२६. गुरु दत्त, मीना कुमारी र गीता बालीलाई राजेश आफ्ना आदर्श मान्थे ।
२७. ‘जन्जिर’ र ‘सोले’जस्ता एक्सन फिल्मको सफलता र अमिताभ बच्चनको उदयपछि राजेश खन्नाको गति सुस्ताएको थियो । मानिस एक्सन फिल्म मन पराउन लागे र १९७५ पछि राजेशका कैयौँ रोमान्टिक फिल्म असफल भए ।
२८. केही मानिस राजेश खन्ना अहंकार र चम्चाको घेराको कारण पछिल्लो समय असफल भएको मान्थे । पछि, राजेशले धेरै फिल्म खेले, तर पहिलेजस्तो सफलताको कथा दोहोर्याउन सकेनन् ।
२९. राजेशले कैयौँ महत्त्वपूर्ण फिल्म छाडेका थिए, जुन पछि अभिताभलाई मिल्यो । तिनै फिल्म अमिताभलाई सुपरस्टार बनाउन सिँढी साबित भयो । त्यही नै राजेशको पतनको कारण बन्यो ।
३०. राजेशको स्वभावको कारण मनमोहन देसाई, शक्ति सामन्त, ऋषिकेश मुखर्जी र यश चोपडाले उनलाई छाडेर अमिताभलाई लिई फिल्म बनाउन सुरु गरे ।
३१. अमिताभ बच्चन र राजेश खन्ना प्रतिद्वन्द्वी मानिन्थे । दुवैले ‘आनन्द’ र ‘नमक हराम’ नामक फिल्ममा सँगै काम गरेका थिए ।
३२. यो प्रतिद्वन्द्विता त्यसवेला गहिरो भएको थियो, जब एउटै कथामा राजेशलाई लिएर ‘आजका एमएलए रामअवतार’ र अमिताभलाई लिएर ‘इन्कलाब’ फिल्म सुरु भएको थियो । पछि, दुवै फिल्मले बक्स अफिसमा खास असर छोड्न सकेनन् ।
३३. रोमान्टिक अभिनेता व्यक्तिगत जीवनमा पनि रोमान्टिक नै बने । अन्जु महेन्द्रसँग उनको निकै अफेयर चल्यो, तर पछि ब्रेकअप भयो । किन ब्रेकअप भएको थियो भन्ने विषयमा दुवैले बताएका छैनन् । पछि, अन्जुले क्रिकेट खेलाडी गैरी सोबर्ससँग ‘सगाई’ गरेर सबैलाई आश्चर्यचकित पारेकी थिइन् ।
३४. राजेश खन्नाले अचानक डिम्पल कपाडियासँग विवाह गरी करोडौँ युवतीको मन दुखाए । डिम्पलले ‘बबी’ फिल्मबाट सनसनी फैलाउनुपर्यो ।
३५. जुन लागेको रात समुद्र किनारमा डिम्पल र राजेश घुमिरहेका थिए । अचानक सुपरस्टार राजेशले डिम्पललाई विवाहको प्रस्ताव राखे । त्यसलाई डिम्पलले अस्वीकार गर्न सकिनन् । तर, त्यसवेला डिम्पलको उमेर राजेशको भन्दा लगभग
आधा थियो ।
३६. राजेश–डिम्पलको विवाहको छोटो डकुमेन्ट्री त्यसवेला देशभरका हलमा फिल्म सुरु हुनुभन्दा पहिले देखाइएको थियो ।
३७. डिम्पल र राजेशका दुई छोरी छन्– ट्विंकल र रिंकी । डिम्पल र राजेशको चाहिँ पछि सम्बन्धविच्छेद भयो ।
३८. सम्बन्धविच्छेद गरिसकेपछि पनि अप्ठ्यारो परेको समय डिम्पलले राजेशलाई साथ दिइन् । पछिल्लो समय पनि राजेश बिरामी हँुदा डिम्पलले उनको सेवा गरिन् । चुनावको वेला प्रचारप्रसार पनि गरिन् ।
३९. आफ्नी साली सिम्पल कपाडियाका साथ राजेश ‘अनुरोध’ चलचित्रमा देखिए ।
४०. राजीव गान्धीले भनेकै कारण राजेश राजनीतिमा प्रवेश गरेका हुन् । कांग्रेस–आई) को तर्फबाट उनले केही चुनाव लडे । कहिले जिते भने कहिले हारे । लालकृष्ण आडवाणीलाई उनले चुनावमा कडा टक्कर दिए भने शत्रुघ्न सिन्हालाई हराए । पछि, उनको राजनीतिबाट मोहभंग भयो ।
४१. राजेश खन्नाको जीवनमा टिना मुनिम पनि आइन् । एक समय राजेशले भनेका थिए कि उनी र टिना एउटै टुथब्रस प्रयोग गर्थे ।
४२. जितेन्द्र र राजेश खन्ना स्कुलमा सँगै पढेका थिए ।
४३. राजेश खन्ना र उनकी छोरी ट्विंकलको जन्मदिन एकै दिन हो– २९ डिसेम्बर ।
४४. धेरै पहिले ‘जय शिव शंकर’ फिल्ममा काम माग्न राजेश खन्नाको अफिसमा अक्षय कुमार गएका थिए । उनले घन्टौँ कुराए, तर पछि भेटेनन् । त्यसवेला कसैले पनि सोचेको थिएनन् कि अक्षय एक दिन उनकै ज्वाइँ बन्नेछन् ।
४५. अक्षय भन्छन् कि उनी सानैदेखि राजेशका फ्यान हुन् । ‘आराधना’, ‘अमर प्रेम’ र ‘कटी पतंग’ उनका मन पर्ने फिल्म हुन् ।
४६. भनिन्छ– राजेश खन्नाले धेरै पैसा एउटा चिट्ठा कम्पनीमा लगानी गरेका थिए, जसबाट उनलाई धेरै आम्दानी भएको थियो ।
४७. ‘काका’ भन्थे– उनी जिन्दगीदेखि निकै खुसी थिए । फेरि मौका मिल्यो भने राजेश खन्ना नै बन्न चाहन्छन् र उही गल्ती दोहोर्याउन चाहन्छन् ।
४८. आफ्नो ब्यानरमा राजेश खन्नाले ‘जय शिव शंकर’ नामको फिल्म सुरु गरेका थिए जसमा उनले पत्नी डिम्पललाई साइन गराएका थिए । तर, आधा बनिसकेपछि फिल्म रोकियो र अहिलेसम्म रिलिज भएको छैन ।
४९. राजेश खन्नाले श्रेष्ठ अभिनेताका रूपमा फिल्मफेयर पुरस्कार तीनपटक जिते र चौधपटक नोमिनेसनमा परेका थिए ।
५०. अभिनेता शाहरूख खान भन्छन् कि राजेशले आफ्नो समयमा जुन लोकप्रियता हासिल गरेका थिए, त्यसलाई कसैले पाउन सक्दैन । १८ जुलाई २०१२ मा राजेशको मृत्यु भयो ।
एजेन्सी