विकास थापा - मलाई कान्तिपुरका
सम्पादक र व्यवस्थापकबाट के चार्ज लगाइएको छ भने ‘तपाईले तपाईको
कम्प्युटरबाट इमेल पठाएर ‘सेक्सुअल ह्यारेसमेन्टु गर्नुभो हामीले ३/४
महिनादेखि अनुसन्धान गरिरहेका थियौं र ट्रयाक पनि गर्यौं त्यसो गर्दा
तपाईले नै गरेको हो भन्ने पुष्टि भयो ।’तर यो एकपक्षीय आरोप हो ।
कान्तिपुरको अवस्था कस्तो छ भने त्यहाँ मेरो कम्प्युटर भन्ने हुँदैन ।
कान्तिपुरले यो विकास थापाको कम्प्युटर हो भनेर लेखेर दिएको पनि छैन । त्यो
कम्प्युटर सार्व्रजनिक स्थलमा छ ।
जतिसुकै ठूलो पब्लिकेसन भए पनि
स्थापनाकालदेखि अहिलेसम्म उसका पत्रकारहरुलाई कुर्सी र कम्प्युटर अहिले
पनि उपलब्ध छैन । हरेक सोमबारे मिटिङमा कुर्सी र कम्प्युटर नपाएकोमा
गुनासो हुन्छ । अर्को कुरा अफिसमा सधैं भइँदैन रिपोर्टिङमा कहिले कहाँ
कहिले कहाँ गइन्छ । कहिलेकाहीँ कम्प्युटर खुल्ला भैराखेको हुन्छ फोन गर्न
अर्को कोठामा गइन्छ । रिपोर्टिङ शाखाको फोन नसुनिने भएकाले व्यवस्थापनले
फोन गर्नका लागि भनेर छुट्टै गोप्य कोठाको व्यवस्था गरिदिएको छ त्यहाँ
आधाघन्टा वा एक घन्टासम्म फोन गरेर समाचार तयार पार्नुपर्ने हुन्छ त्यसबेला
पनि आफूले खोलेको कम्प्युटर त्यसै छाडेर फोन गर्न गइएको हुन्छ । यस्तो
बेलामा कम्प्युटर जो कसैबाट प्रयोग भएको हुनसक्छ । त्यो कम्प्युटर प्रतिमा
बाँस्कोटाले चलाउँथिन् । उनलाई त्यसको पासवर्ड थाहा थियो । अहिले आएर यो
मुद्दा दर्ता गर्नेमा पनि उनै प्रतिमा बाँस्कोटा अग्रसर छिन् । प्रतिमा
बाँस्कोटा मैना धितालको गोटी बनेकी छिन् । प्रतिमा आफैं क्राइमको रिपोर्टिङ
गर्ने मान्छेले यहाँ प्रहरी कार्यालयमा आएर एसपी/डीएसपीलाई भनेर मान्छे
थुन्न लगाउने उनको विषय नै होइन । तर उनी आफैं यहाँ उजुरी हाल्न आउने र
मेरै कम्प्युटर चलाउने भनेपछि मलाई अहिले प्रतिमा बाँस्कोटामाथि शंका
लागिरहेको छ । त्यहाँ के लेखिएको छ भन्ने मलाई देखाइएकोसम्म छैन । त्यो
कम्प्युटरबाट उसको मैना धितालको इमेलमा के-के सामग्री गयो रे त्यसको जिम्मा
विकास थापाले किन लिने मैले यहाँ हनुमानढोकामा आएर बुझेअनुसार त्यसमा मेरो
इमेल आइडी पनि छैन । त्यो इमेल आशुतोष पराजुली एट याहु डटकमबाट गएको छ ।
त्यो मेरो आफ्नो इमेल आइडी पनि होइन । व्यवस्थापनले एकपक्षीय ढंगले
अनुसन्धान गरेको छ । के अनुसन्धान गर् यो भन्ने मलाई थाहा पनि छैन ।
कान्तिपुर दैनिकमा आइटी डिपार्टमेन्ट छ त्यसले तलै बसेर सबै कम्प्युटरहरु
खोल्न सक्छ ।
म व्यस्थापन विरुद्धमा लागेको हुनाले
व्यवस्थापन आफैंकॊ पनि यो षड्यन्त्र पनि हुन सक्छ । म मजदुर संगठनको
अध्यक्ष पनि भएको नाताले जुन दिन मैले माग राखें त्यही दिन व्यवस्थापनले
यस्तो कुरा ल्यायो र १८ वर्ष कान्तिपुरमा काम गरेको मान्छेलाई समान्य
सहानुभूति पनि प्रकट नगरिकन निस्कासन गरियो । यसमा म विरुद्ध ठूलो
षड्यन्त्र भएको छ । मैना धितालसित मेरो लेना पनि छैन देना पनि छैन । अरुसित
मेरो जस्तो व्यवसायिक सम्बन्ध थियो मैनासँग पनि मेरो त्यस्तै सम्बन्ध हो ।
मैनाजस्ती ३० वर्ष केटी मान्छेलाई जिस्काइरहन मलाई फुस्रदै छैन ।
मैले त्यस्तो प्रकरण जन्माउने भए त
कान्तिपुरमा अरु पनि त महिला स्टाफहरु थिए नि । १८ वर्षमा कुनै पनि
रिपोर्टरलाई मैले त्यस्तो व्यवहार गरेको रेकर्ड छैन । विराटनगर शाखामा पनि म
दुईवर्ष बसेर आएँ त्यहाँ पनि हेर्न सक्नुहुन्छ । हाम्रा सम्पादक महोदय र
हरिबहादुर थापाले के गरेछन् भने तीन महिनासम्म अनुसन्धान गरे रे ।
सम्पादकको काम न्यूज हेर्ने हो कि अनुसन्धान गर्ने हो अनुसन्धान गर्ने काम त
सम्पादकको होइन । कदाचित् मेरो कम्प्युटरबाट त्यस्तो कुरा गएको भए
सम्पादकले मलाई चेतावनी दिनुपथ्र्यो एकैचोटी स्पष्टीकरण अनि भोलिपल्ट
निलम्बन ।
निलम्बन त्यो दिनमा आयो जुन दिन हामीले २
हजार रुपैयाँ तलब बढाइदिन माग राख्यौं । यो माग पूरा भएको भए विकास थापाका
कारण कैलास सिरोहियाको मासिक २० लाख खर्च बढ्थ्यो । त्यसैले यही मौकामा
मैना धितालको केस अगाडि ल्याइयो । यो केस मैले १८ वर्षदेखि साथ दिँदै आएका
साथीहरुको षड्यन्त्रको उपज हो । यसमा हरिबहादुर थापाको संलग्नता छ गोपाल
खनालको संलग्नता छ र सम्पादक सुधीर शर्माको संलग्नता छ । मैना धिताल त गोटी
बनेकी मात्र हुन् । मैना धितालजस्तो डलर खेती गर्दै हिंड्ने मान्छेलाई
एउटा सिनियर लेबलमा पुगेको किताव प्रकाशन गर्ने अन्तिम चरणमा पुगेको र
स्थापित मान्छेले जिस्काउँदै हिंड्ने फुस्रद नै छैन ।
मेरॊ परिवार छ बालबच्चाहरु छन् । मेरो
आफ्नो करिअर छ । त्यस्ती आइमाईलाई मैले चलाएर जिस्काएर के पाउँछु इमेलमा
मैले फोहोर कुरा लेखेर के पाउँछु ? कान्तिपुरमा सम्पादकीय नीति र विचारमा
नीतिगत भिन्नता बढ्दै गयो । हरिबहादुर थापाजस्तो आफूलाई डेमोक्र्याट भन्ने
मान्छेले प्रकाशशरण महतजस्तो मन्त्रीको पक्षमा लागेर मेरा समाचार र लेखहरु
‘किल’ गर्ने काम गरे । माथिल्लो तामाकोशीलगायतका कुरामा हरिबहादुर थापा
मन्त्रीको भनाइमा लागे । ती मन्त्रीले व्यवस्थापनलाई भने व्यवस्थापनले
सम्पादकलाई भन्यो गोपाल खनालसित त मेरो छुट्टै डिफरेन्स छँदै थियो । यी सबै
कारणहरु एक्कासी आए । त्यसपछि मलाई निकाल्नका लागि मैनालाई गोटी बनाइयो ।
यो केसमा मैना र मेरो केही रिलेसन नै छैन । कान्तिपुरमा मेरो प्रभावकारी
उपस्थिति थियो ।
मेरो करिअर देखेर जल्ने साथीहरु पनि थिए
त्यहाँ । कान्तिपुरमा राम्रो खोजमूलक काम गर्ने इमान्दार पत्रकारहरुलाई यसै
गर्ने गरिन्छ । हिजो कहाँकहाँबाट आएका सामान्य साथीहरुले काठमाडौंमा जग्गा
किनेका छन् । करोडौं रुपैयाँ खर्च गरेर घर बनाएको अवस्था छ । यो पनि हामी
खोजौं न । यसले कान्तिपुरको व्यवसायिकतालाई कति असर पुगेको छ कसको सम्पत्ति
कति छ भनेर हामीले पत्रकारको पनि छानबिन गरौं न अरुको मात्रै हेर्ने ?मैले
कान्तिपुरमा काम गर्दाखेरि शत्रुबाहेक केही कमाइँन । मन्त्री शत्रु,
विद्युत् प्राधिकरणको एमडी सधैं शत्रु, भ्रष्टाचार गर्ने अनियमितता
गर्नेहरुका बारेमा मैले लेख्दै आएको हुँ । खिम्ती र भोटेकोशीले कसरी
सत्यानाश गरेको छ भनेर मैले उजागर गरें । आज विकास थापा पक्राउ पर्दा
जलमाफियाहरु सबैभन्दा खुशी भएका छन् र ती जल माफियाहरुको गोटी हाम्रा
सम्पादक समाचार सम्पादक र चीफ रिपोर्टरहरु भएको अवस्था छ । गोपाल खनाल म
भन्दा दुईवर्ष जुनियर उनलाई ममाथि संधै शंका । गोपालले सरकारको एउटा खेमाको
संधै चाकडी गर्ने । यस्तो चाकडीका उदाहरणहरु कान्तिपुरमै छन् । त्यसरी
सरकारको त्यसको पनि एउटा खेमाको चाकडी गर्ने पत्रकार उनी पनि मैनाका सहायक
बन्न पुगेका छन् ।
शिव गाउँलेलाई हरिबहादुर थापाभन्दा माथि
ल्याउनका लागि सम्पादकले निर्णय गर्दा हरिबहादुर थापालाई काँधमा बोकेको
कारणले त्यसको दुई वर्षपछि आएर सम्पादकले ममाथि लात हाने ।सम्पादक कम
बोल्ने मान्छे । नबोली भित्रभित्रै राख्ने । उनले यही हो मौका ठानॆ हान्दिए
। शिव गाउँलेसम्बन्धी सम्पादकले गरेको निर्णय उल्टिएको थियो । यो रीस पनि
उनमा थियो हो । यही कारणले सम्पादकले पटकपटक मेरो राजीनामा मागे । एक हातमा
राजीनामा माग्ने अर्को हातमा मैनाको केस देखाउने जस्तो बार्गेनिङ गर्ने
काम गरियो । पत्रकार भएर यसरी बार्गेनिङ गर्न मिल्छ राजीनामा माग्ने
नमाग्ने त व्यवस्थापनले निर्णय गर्नुपर्छ सम्पादकलाई त्यो अधिकार हुन्छ
राजीनामा नगरेमा पुलिस केस गरिनेछ भनेर सम्पादकले मलाई बारम्बार चेतावनी
दिएका छन् । मैले गल्ती गरेको भए विभागीय कारबाही गर्नुपर्ने हो बर्खास्त
भनेको त अन्तिम विकल्प हो । त्यसरी बर्खास्त गर्नका लागि मैले कान्तिपुरलाई
क्षति पुर् याएको हुनुपर्छ मेरो कारणले कान्तिपुरको इज्जत नाश भएको
हुनुपर्छ ।
मैले कान्तिपुरलाई भजाएर खाएको हुनुपर्छ
या मैले घुस लिएको हुनुपर्छ । त्यो अवस्थामा बर्खास्त गरिनुपर्छ । तर
हाम्रै कान्तिपुरमा पुलिससित पैसा मागेको प्रमाण हुँदाहुँदै पनि साथीहरु
मजाले अझैसम्म काम गरिराखेका छन् । हाम्रै कान्तिपुरका क्षेत्रीय
कार्यालयका साथीहरुले पत्रकार र अरु बाहिरका महिलाहरुलाई यौनशोषण गरेका
उदाहरण छन् । उनीहरुलाई के कारणले संरक्षण दिइँदैछ र अहिले एउटा कथित इमेल
जसको कुनै ठेगानै छैन का आधारमा कारबाही गर्न खोजिदैछ ।जब कान्तिपुरका
सम्पादक सुधीर शर्माको जागिर धरापमा पर् यो उनले मेरा भारतविरोधी न्यूजहरु
रोक्न थाले आर्टिकलहरु रोक्न थाले । यसपालीको वर्षायाममा भारतले सीमानामा
बनाएका बाँधहरुको समाचार एउटा पनि आएनन् । भारतले बनाएका बाँधका कारण
नेपाली जनता डुबानमा परेका सामाचारहरु यसपाली किन आएनन् त किन आएनन् भने
सम्पादकलाई भारतीय दूतावासको चाकडी गरेर जागीर जोगाउनु थियो ।
विनलादेनको समूहले नेपालमा जलविद्युतको
लाइसेन्स निकालेको समाचार पनि उनले रोके । नेपालका आकर्षक आयोजनाहरु भारतीय
कम्पनीका हातमा गएका छन् । उर्जा मन्त्री प्रकाशशरण महतसितको मेरो मतभेद
उनले भारतीयहरुलाई भकाभक जलविद्युतको लाइसेन्स दिए भन्नेमा थियो । भोलि
नेपालले कुनै एउटा विद्युत आयोजना बनाउनुपर् यो भने राकेस सुदसित
माग्नुपर्ने अवस्था निर्माण गरिएको छ । यो कुरा मैले बारम्बार
राष्ट्रियताबारे अडान राख्दै आएको थिएँ । कान्तिपुरमा भारतीय कम्पनीहरुको
विज्ञापन रोकियो पछि पेपर रोकियो अनि त्यसपछि सम्पादकको जागीर धरापमा
पर् यो र मेरो भारतविरोधी कलम भाँच्ने काम गरियो लेख्न पाइएन । नौमुरेमा
भारतले सबै पानी लगिसक्यो हामीले लेख्न पाएनौं । अहिले आएर भारतले दिने
विज्ञापन रोकिएपछि कान्तिपुर फेरि भारतविरोधीजस्तो देखिएको छ तर यो
तात्कालीन प्रतिकि्रयात्मक अभिव्यक्तिमात्रै हो ।
यो भर्खरको कुरामात्रै हो । राष्ट्रियताको
खोल देखाएर गरिएको विज्ञापनको बार्गेनिङमात्रै हो । आफूलाई पर्दाखेरि
राष्ट्रियताको मतलब छैन नपर्दाखेरि राष्ट्रियताको दुहाई दिने ?अहिले
एनजीओवादी महिलाहरु विकासको समाचार लेख्ने पत्रिकाविरुद्ध उजुरबाजुर गर्दै
हिँडेका छन् भन्ने सुनेको छु । उसोभए महिलाका बारेमा समाचारै लेख्न हुँदैन
भने त महिलाका विषयमा टिप्पणी पनि गर्न भएन पत्रकारितै गर्न भएन । महिला
भएकै कारणले उनीहरुले गरेका सबै कर्तुतबाट उनीहरुले उन्मुक्ति पाउने त
पत्रकार आचारसंहिता र ऐनमा मात्रै होइन संविधानमै संशोधन गरेर ‘समानताको
हक’ भन्ने कुरालाई हटाएर महिलाले जघन्य अपराध गरे पनि कुनै गेष्टहाउसबाट
पक्राउ परे पनि उनीहलाई कारबाही गर्न उनीहरुका बारेमा लेख्न पाइँदैन भनेर
संविधानमै व्यवस्था गर्नुपर् यो । कानून र नियमावलीमा पनि यसै अनुसार चेन्ज
गर्नुपर् यो । हैन भने दुईचारजना महिलाको झुण्ड जसले यस्ता कुरालाई उरालेर
डलर खेती गर्ने राम्रो नयाँ क्षेत्र उपस्थित भएको छ अहिले । जो जो यस्तो
खेतीमा संलग्न छन् तिनकै घरमा तिनका श्रीमान्हरु कसरी पीडित छन् यो सबैलाई
थाहा छ । यहाँ सबैलाई नंग्याउनुपर्ने अवस्था आइसकेको छ ।
अहिलेको मेरो जुन केस छ यो कुनै केसै होइन
। एकातिर मलाई सेक्सुअल ह्यारेसमेन्ट भनेका छन् अर्कातिर विद्युतीय
कारोबार ऐन लगाएको छ । कुनै महिलाले आएर दबाब िदंदैमा हुने भए
प्रधानमन्त्री पनि महिलाकै दबाबमा छाने भैहाल्यो नि । सातौंपटक किन चुनाव
गरिरहने सबै महिलाहरु यस्ता छैनन् तर मैना धितालका पक्षमा आएका महिलाहरु
कस्ता छन् भने उनीहरु एनजीओ चलाउँछन् । यो उनीहरुको डलर झार्ने नयाँ तरिका
हो भन्ने कुरा सबलाई थाहा छ । एनजीओमा काम गर्ने यी महिलाको कान्तिपुरमा
योगदान कति छ पत्रिका पल्टाएर हेरे थाहा हुन्छ । त्यही मैना धितालको
कान्तिपुरमा कति योगदान छ बाइलाइन खै ?कान्तिपुरले जसरी मेरो इज्जत
प्रतिष्ठालाई धुलिसात् हुने गरी बर्खास्त गर् यो र मेरो चरित्रहत्या हुने
गरी प्रचारप्रसार गर् यो त्यसका विरुद्ध मैले काठमाडौं जिल्ला अदालतमा १
करोडको क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको छु । यहाँ अदालतले
म्याद थप्नेवित्तिकै यहाँ प्रहरी कार्यालयमा दुई/तीनजना महिला एसपी रमेश
खरेल कहाँ आउने र दबाब दिने गर्दारहेछन् । एसपी सा’बको पनि महिला देखेपछि
मन कमलो हुँदो हो त्यही भएर मलाई म्याद थप्दै राख्दै गरिएको छ । तर
प्रहरीले अनुसन्धान नै गरेको छैन । उनीहरुको दाउ के छ भने मलाई २४ दिन नै
प्रहरी हिरासतमा राख्ने । अदालतमा मुद्दा जानेवित्तिकै त्यो स्वतः खारेज
हुने अवस्था छ किनभने मलाई दोष देखाउने उनीहरुसित कुनै आधारै छैन । म
पत्रकारिता क्षेत्रबाट भाग्नेवाला छैन । यहाँबाट निस्किएपछि प्राण रहेसम्म म
विगतको भन्दा अझै सकि्रय रहेर अझै खोजमूलक ढंगबाट पत्रकारितामा लाग्ने छु ।
माथिल्लो तामाकोशी जस्ता आयोजनाहरु
स्वदेशी लगानी गरेर जलविद्युतमा नेपाल आत्मनिर्भर नभएसम्म जीवनको अन्तिम
घडीसम्म मेरो कलमको यात्रा निरन्तर जारी रहने छ । यो केही क्षणको
षड्यन्त्रले पाठकहरुलाई सधैंभर निराश बनाइरहन सक्दैन । पत्रकारितामा
गुण्डाबाट पनि जोखिम हुन्छ माफियाहरुबाट पनि जोखिम छ । यो अहिले ममाथि जे
भैरहेको छ यो पत्रकारमाथि आइपर्ने स्वाभाविक जोखिमको एउटा रुपमात्रै हो
पत्रकारले यस्तो जोखिमबाट निराश हुने कुरै आउँदैन । म हुन्न । पत्रकार
महासंघदेखि ट्रेड युनियनसम्मका कुराहरु पनि छन् । पत्रकार महासंघ पनि
पत्रकारको हकहितमा भन्दा पनि एनजीओको रुपमा परिणत भएको छ । खाली डलर
ल्याउने खाने । १८ वर्ष काम गरेको पत्रकारलाई बेइज्जतिपूर्ण तरिकाले
गलहत्याइँदा महासंघ चुपचाप भएर बस्छ । के धर्मेन्द्र झाले कैलाश सिरोहियाको
पैसा खाए यो प्रश्न अब उठ्छ कि उठ्दैन नउठ्ने हो भने त पत्रकार महासंघले
पनि यसमा केही पहल त गर्नुपर् यो नि । छानबिन समिति पनि मैले निवेदन दिएपछि
बनेको हो । कैलास सिरोहिया भारतसित त लड्न सक्ने मान्छे उनीसित पैसा छ
हामीजस्तो साधारण मान्छेलाई उनले जे पनि गर्न सक्छन् जाँड र पैसामा पनि
महासंघलाई आफ्नो पक्षमा पार्दैनन् भन्न सकिन्न । हामी त मजदुर हौं हाम्रो
कुरा कसले सुन्ने मैले तिमीलाई जिताएको हो भनेर हरिबहादुरले धर्मेन्द्रलाई
फोनै गरिसके होलान्।
अहिले कान्तिपुरका मेरा युनियनका साथीहरु
पनि तितरवितर भएका छन् एमाओवादी युनियनका पनि केही बोल्न सकिरहेका छैनन् ।
युनियनको अध्यक्षलाई कथित आरोप लगाएर निस्कासित गर्दा केही गर्न नसक्ने हो
भने भोलि कसले काम गर्छ युनियनमा आज मलाई खाने बाघले मलाई लागेको यो विष
भोलि सुधीर शर्मा हरिबहादुर थापा वा अरु साथीहरुलाई लाग्न सक्छ ।
कान्तिपुरमा म्यानेजमेन्टले आफ्नो स्वार्थ पूरा गरुाजेलमात्र प्रयोग गर्छ र
त्यसपछि सबैलाई यसैगरी गलहत्याइदिन्छ । भोलि कैलाश सिरोहियाले विकास
थापालाई निकालेर ठूलो गल्ती गरिएछ भनेर एकदिन पछुताउनुपर्ने छ ।
पत्रकारितामा गरिएको षड्यन्त्रको पर्दाफास भएपछि कैलासलाई अवश्यै पछुतो
हुनेछ । मजस्ता धेरै साथीहरुले झरी बादल घर परिवार नभनिकन सधैं अफिस-अफिस
भनेर काम गरेर पो आज कैलाश अर्बपति भएर सान शौकत प्राप्त गरिरहॆका छन् ।
देश जनता संस्था र पाठकप्रति इमानदार कर्मचारीलाई यसरी नै खरानी पार्दै
जाने हो भने भन्न सकिन्न कसको भविष्य कहाँ ठोक्किन पुग्छ भनेर ।