Sunday, July 21, 2013

आखिर किन बन्द भयो र कसरी फेरि खुल्यो डिस होम ? - mysansar


dish-home-logo बिना कुनै पूर्व जानकारी अकस्मात् बुधबारदेखि नेपालको एक मात्र डिटिएच कम्पनी डिस होमको प्रसारण बन्द भएपछि गाउँघरमा रुवाबासी जस्तै थियो। दुःखजिलो गरी कमाएको पैसाले मनोरञ्जन गर्न जेनतेन छाता ठड्याएका उनीहरु किन प्रसारण बन्द भयो थाहा पाउँदैनन्, के गर्नुपर्छ भन्ने पनि थाहा छैन। डिसहोमले अब अर्कै स्याटेलाइटबाट प्रसारण गर्ने भएकोले छाता मिलाउनु पर्छ, हाम्रा प्राविधिकहरुले घरैमा आई सित्तैमा मिलाइदिन्छन् भने। तर यो सन्देश गाउँघरसम्म पुग्न सकेको थिएन। अघिल्लो ब्लगमा तपाईँले देख्नुभयो होला कस्ता कस्ता अनकण्टार ठाउँमा समेत डिस होमका छाता ठडिएका थिए। उनीहरुको मनोरञ्जन सम्पर्क पूरै विच्छेद भएको अवस्था छ।
अचानक हिजोदेखि पुरानै स्याटेलाइटको सेटिङमा पनि डिस होमको प्रसारण देखियो। ग्राहकको टिभीमा एन्टिना रिट्युन गर्न आवश्यक छैन भन्ने मेसेज पठाइयो। तर कम्पनीले आधिकारिक रुपमा यसबारे केही बताएको छैन। ‘दोब्बर क्षमता’को अर्कै स्याटेलाइटबाट प्रसारण थालिएको र छाताको लोकेसेन परिवर्तन गर्नुपर्ने मात्रै उसले आफ्नो फेसबुक पेजमा बताइरहेको छ। उसको आधिकारिक साइटमा नयाँ स्याटेलाइटको सिग्नल टिप्न कसरी एन्टिना मिलाउने भन्ने विस्तृत जानकारी राखिएको थियो। अहिले सुटुक्क सबै जानकारी झिकिएको छ। एन्टिना मिलाउनु पर्दैन भनेर चाहिँ केही भनिएको छैन। अकस्मात् कुनै जानकारी नै नदिई स्याटेलाइट किन परिवर्तन गर्नुपर्ने स्थिति आयो त ? यसबारे मैले डिसहोमको स्याटेलाइट प्रदायक ‘इन्टेलस्याट’सँग जिज्ञासा राखेको थिएँ।

स्रोतलाई उद्‌धृत गर्दै ‘अन्नपूर्ण’मा ‘समयमा रकम नबुझाएको डिस मिडियालाई बारम्बार ताकेता गर्दा पनि भुक्तानी नदिएपछि इन्टेलस्याटले सिग्नल काटेको’ भनिएको थियो। त्यही समाचारमा कम्पनीका बिक्री तथा बजार तर्फका निर्देशक सुदिप आचार्यले भनेका छन्- ‘हामीले रकम नतिरेर सिग्नल काटिएको हैन, स्याटलाइट सेवाप्रदायक परिवर्तन गर्न लागेकाले सेवा अवरुद्ध भएको हो। हामीले सम्झौता नवीकरण नगर्ने भएपछि इन्टेलस्याटले अचानक सेवा अवरुद्ध पारेको हो। हामीले यसरी अव्यवसायिक रुपमा उसले सेवा रोक्छ भन्ने ठानेका थिएनौँ।’
आखिर के रहेछ त कुरा ?
मैले इन्टेलस्याटलाई नेपालमा लाखौँ मान्छे टिभी हेर्नबाट वञ्चित भएका छन्, आखिर कुरा के हो भनी आधिकारिक जानकारी मागेको थिएँ। इन्टेलस्याटका तर्फबाट कर्पोरेट एन्ड मार्केटिङ कम्युनिकेसन्सकी उपाध्यक्ष Dianne J. VanBeber ले यस्तो जवाफ लेखिन्-
Dear Umesh,
Thank you for taking the time to try to find the real story. Not many journalists would give us a chance to respond.
DISH is not a direct customer of Intelsat. A distributor purchases the capacity from us, then sells to DISH.
While I cannot speak to DISH, or its relationship with our distributor, I can tell you that we work very closely with our distributors and any actions that we take are based upon direct instruction.
Based upon the advertising that you mention, it appears that perhaps there is a dispute between DISH and its satellite capacity provider.
Most of all, I am sorry that your fellow countrymen do not have access to television! Intelsat’s services deliver more television channels around the world than any other satellite company—I hope that your television is restored soon—whether on the Intelsat fleet, or not.
Dianne J. VanBeber
Vice President, Investor Relations and Corporate and Marketing Communications
Intelsat
3400 International Drive NW
Washington, DC 20008

यसबाट थाहा भयो डिस होम, जसमा कान्तिपुर मालिक कैलाश सिरोहिया अध्यक्ष छन् तथा नेपालका प्रमुख निजी टेलिभिजन सञ्चालकहरुको समेत सेयर छ, इन्टेलस्याटको सीधा ग्राहक हैन रहेछ। डिस्ट्रिब्युटरले इन्टेलस्याटसँग ठाउँ किनेर त्यो डिस होमलाई बेचेका रहेछन्। रकम नतिरेकोले हो कि हैन भन्ने कुरा चाहिँ थाहा भएन तर त्यही डिस्ट्रिब्युटरले ‘स्याटेलाइट लाइन काट्दे’ भनेकैले लाइन काटिदिएको देखियो। उनले पनि डिस होम र डिस्ट्रिब्युटरबीच खटपट भएकोले यसो भएको हुनसक्ने बताइन्।
लौ यो त नयाँ जानकारी भयो मेरो लागि। को हो त डिस्ट्रिब्युटर ? उसित सम्पर्क गर्न पाए त कुरा के हो भन्ने बुझिन्थ्यो नि। तर उनले ‘व्यापारिक गोप्यता’का कारण डिस्ट्रिब्युटरको नाम खोल्न नमिल्ने बताइन्। के हो यहाँ त इन्टेलस्याटले नै धोका दियो रे भन्ने कुरा आइराको छ नि त भनेर सोध्दा साथमा यस्तो डाइलग पनि दिइन्-
if DISH is making such a fuss about being turned off, they should not have a problem revealing who their relationship is with—they should be talking about their vendor and not Intelsat.
डिस होमले किन डिस्ट्रिब्युटरमार्फत् स्याटेलाइटको ठाउँ किनेको त ? सिधै किन्न मिल्दैन ? कति पर्छ सिधै किने ? मैले अर्को प्रश्न राखेँ। उनको जवाफ थियो-
Most DTH platform operators choose to contract directly with the satellite operator (i.e. Intelsat or other).
Prices for satellite capacity vary by market. An average used by most industry analysts as a global average is $1.5M per transponder per year; the actual rate varies by region and by satellite, and depends upon the total quantity purchased and the length of the contract (i.e. the longer the contract the better the price).
लौ, मिल्ने रहेछ त सीधै स्याटेलाइट अपरेटरसँगै कन्ट्र्याक्ट गर्न। डिस होमले किन चाहिँ सीधै नकिनी डिस्ट्रिब्युटरमार्फत् गएको होला त ? सीधै किनेको भए डिस्ट्रिब्युटरलाई दिनुपर्ने कमिसन कम भएर झन् पो खर्च जोगिन्थ्यो कि ! एउटा जग्गाकै उदाहरण लिउँ न, जग्गा सीधै जग्गाधनीसँग किन्दा सस्तो पर्छ कि जग्गा दलालसँग ? यहाँ डिस्ट्रिब्युटर भनेको पनि स्याटेलाइटको ‘जग्गा’ बेच्ने ‘दलाल’ सरहै त हो नि। कि डिस्ट्रिब्युटरमार्फत् किन्न ‘भ्रष्टाचार’ भएको हो ? शंका उब्जनु स्वभाविक छ। हामीकहाँ प्राइभेट कम्पनीमा हुने भ्रष्टाचारको त कुरै हुन्न, लेखाजोखै हुन्न।
उनले सीधै किन्दा हुने औसत खर्चबारे जानकारी पनि दिइन्- वार्षिक १५,००,००० अमेरिकी डलर। अर्थात् अहिलेको एक डलरको ९६ रुपियाँको हिसाबले १४ करोड ४० लाख रुपियाँ। मासिक एक करोड २० लाख।
डिस होमले अहिले ‘दोब्बर क्षमताको’ यामल स्याटको सेवा चलाउने विज्ञापन गरेको छ। यामल स्याटसँग चाहिँ डिस होमले सीधै सम्झौता गरेको हो कि त्यहाँ पनि ‘दलाल’ मार्फतै गएका हुन् थाहा भएको छैन। त्यहाँ पनि यस्तै समस्या पर्‍यो भने ग्राहकले फेरि कति चोटी पो छाता घुमाउँदै बस्ने ?
dish-home-ad

‘कच्चा व्यवस्थापन’

स्याटेलाइट अपरेटरसँग सीधै कन्ट्र्याक्ट नगर्नु, पूर्व जानकारी नै नदिई स्याटेलाइटको सिग्नल काटिनु, त्यसरी अकस्मात् सिग्नल काटिँदा गाउँगाउँसम्म सेवा विस्तार गरेको कम्पनी भएकोले सेवाग्राहीहरुलाई कस्तो असर पर्छ भन्ने नसोच्नु जस्ता कामले डिस होमको व्यवस्थापनको अपरिपक्वता देखाउँछ। पुरानो स्याटेलाइट इन्टेलस्याट राम्रो थिएन भनेर प्रचार गर्दै ‘दोब्बर क्षमताको’ स्याटेलाइट चलाएको भन्ने फेरि किन पुरानै स्याटेलाइटमा फर्कियो ? किन ग्राहकको टिभीमा यस्तो सन्देश पठाइयो ?
dish-home-tv-msg
कहिले के कहिले के भनेर ग्राहकहरुलाई झुक्याउन, अन्यौलमा पार्न पाइन्छ ? लाखौँ ग्राहकप्रति जिम्मेवार भएर सही कुरा स्पष्ट भन्नु उसको दायित्व हो कि हैन ?