स्पेनमा भएको साँढे दौड प्रतियोगितामा
वर्षोनी कुनै न कुनै दुखद घटना भएकै हुन्छन् । साँडे दौडमा सहभागी हुने
मान्छेहरु मध्ये केहीले त ज्यान नै गुमाउँछन् भने घाइते हुनेको त गणना नै
हुँदैन । स्पनेमा अहिले चलिरहेको साँढे दौड पर्वका बेला एक जना मान्छेलाई
मत्त साँढेले सिङमा उन्यो, नराम्ररी उधिन्यो, घाउ नै घाउ बनाइदियो र रगतले
लत्पताइदियो । धन्न उद्धारकर्ताहरु आएर ती मान्छेलाई साँढेको पञ्जाबाट
फुत्काए र उनको ज्यान बँच्यो ।
रिसले मत्त साँढेले ती मान्छेलाई सिङमा
उधिनेर आकाशमा उफार्यो अनि जमिनमा पछारिएपछि उनको सुरुवाललाई समेत सिङले तल
झार्दै मज्जाले ती व्यक्तिको सरीरमा सिङ गाड्न थाल्यो । स्पेनको
पाम्पलोनामा चलिरहेको सन फर्मिन पर्वका अवसरमा छैटौँ दिनको साँढे दौडका
बेला यो घटना भएको हो । साँढे दौडको छैटौँ दिन एक अमेरिकी र अर्का एक
स्पेनी नागरिक पनि साँढेको आक्रमणमा घाइते भए ।