-ए. बी. भण्डारी-
• सोमबार राजदूत डा. शंकरप्रसाद शर्मासँग कुराकानी गर्ने समय लिएका छौँ। दुई जना धरौटीमा रिहा भइसकेका छन्। बाँकीको सुनुवाई सोमबार हुँदैछ।
• हामीलाई अहिले लागेको मुख्य चिन्ता भनेको यदि यो मुद्दामा हामीले हार्ने अवस्था भयो र यो उनीहरूले नजिरका रूपमा लिन पाए भने अमेरिका भरि छरिएर रहेका धेरै नेपाली विद्यार्थी साथीहरूलाई भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
• अब अरूका पैसा आफ्नो खातामा राखेर देखाउने काम जारी राख्नु सजिलो नहुने देखिन्छ। जसले गरेर आयो, त्यो भैगो। यसका कारण अरूले दुःख नपाउन् भन्ने हाम्रो चाहना हो। यो काम भइरहेको भए पनि, चलन चलेको भए पनि, नियम-कानुन भएको देश आउँदा सबले यो गल्ती नगर्दा राम्रो।
मंगलबार बिहान एकाएक प्रहरी आएर हाम्रा चार नेपाली साथीलाई क्यान्सस युनिभर्सिटी हाताबाटै पक्राउ गर्यो। अरु चार जनालाई उहाँहरु कार्यरत राज्यहरुबाटै गिरफ्तार गरिएको रहेछ। दिनभर जस्तो हामी अरू नेपालीहरू किन र के कारण पक्राउ गरियो भन्ने कुरा बुझ्नमै लाग्यौँ । बेलुका अभियोग-पत्र पाएपछि हामी चकित पर्यौँ। अभियोग दर्ता गरिएकामध्ये तीन जनामात्र हाल अध्ययन गरिराखेका विद्यार्थीहरू हुन्, अरू सबै पिएचडी सकेर काम गरिराखेका पूर्वविद्यार्थीहरू हुन् । सबैजना अमेरिकामा असिस्टेन्टसिप पाएर आएका जेहेन्दार विद्यार्थीहरू हुन्।
यी सबैलाई ’फल सेमेस्टर’ (शरद ऋतु) मा सन् २००८ देखि साथीभाइहरूबाट पैसा संकलन गरी आफ्नो खातामा जम्मा गरेर बैंकबाट स्टेटमेन्ट बनाएको सुन्दा सारै सामान्य लाग्ने खालको कुरामा टेकेर भिसा फ्रड र क्रिमिनल अभियोग लगाइएको छ। विभिन्न अनलाइनका खबरहरूमा कमेन्ट आएजस्तो यो कुनै नक्कली कागजपत्र पेश गरेको वा नक्कली भिसाका कारण उहाँहरूलाई अभियोग लगाइएको हैन। त्यसैले यो अभियोगको कुरामा हामी सबै स्पष्ट हुन जरूरी छ।
पहलको कुरा गर्दा, हामी यो विश्वविद्यालयमा अध्ययनरत सबै नेपाली विद्यार्थीहरूले र अभियोग लागेका आफन्तहरूले आवश्यकताअनुसार कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिराखेका छौं। पहिलो पहलस्वरूप हामीले विश्वविद्यालयबाट नै केही सहयोग आउँछ कि भनेर विभिन्न तहमा कुरा राखिराखेका छौं।
दोस्रो पाटोमा हामीले अमेरिकामा हुनुहुने नेपाली र यहीँका वकिलहरूसँग पनि छलफल जारी राखेका छौं। हाम्रो तेस्रो पहल र बढी आशा भनेको नेपाली दूतावासमा नै छ। नेपाली दूतावासमा गत बुधबार बिहान हामीले सम्पर्क गरेका थियौं। राजदूत डा. शंकरप्रसाद शर्मासँग कुराकानी हुन सकेन । तर हामीले सबै विस्तृत रूपमा दूतावासलाई जानकारी गराइसकेका छौ र आगामी सोमबार फेरि डा. शर्मासँग कुराकानी गर्ने समय लिएका छौँ। अहिलेसम्म सायद उहाँहरूले पनि धेरै कुरा थाहा पाइसक्नुभएको हुनुपर्छ र अवश्य पनि कसरी अगाडि बढ्ने भन्ने केही सोच बनाइसक्नुभएको होला।
जहाँसम्म कानुनी रूपमा लड्ने कुरा छ, त्यो हामी धेरैलाई थाहा भएकै कुरा हो, यहाँ वकिलको खर्च साह्रै महँगो छ। यदि हरेक विद्यार्थीले आ-आफ्नो तर्फबाट वकिल राख्नुपर्यो भने वकिलको लागि मात्र सालाखाला एक जनाले २५-३५ हजार अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने देखिन्छ। अहिले अभियोग लागेका (जो पढिराखेका र भर्खर पढेर काम सुरू गरेका) छन्, उनीहरूको लागि असम्भव जस्तै छ। त्यो बेला हामीले फेरि सबै नेपाली दाजुभाइहरूसँग सहयोग लिनुपर्ने अवस्था आउन सक्छ। हामी आशावादी छौं, यो घटनामा हामी हारेको खण्डमा भोलि अरू धेरै नेपाली विद्यार्थी साथीहरूलाई असर गर्ने हुनाले सबैले आ-आफ्नोतर्फबाट सक्दो सहयोग गर्नुहुनेछ। कहीँकतै निःशुल्क कानुनी परामर्शका कुरा पनि उठेका छन्, त्यो पनि हामीले बुझिराखेका छौं। नेपाली राजदूतावासले पनि यसमा केही सहयोग गर्ला भन्ने हाम्रो अपेक्षा छ।
हामीलाई अहिले लागेको मुख्य चिन्ता भनेको यदि यो मुद्दामा हामीले हार्ने अवस्था भयो र यो उनीहरूले नजिरका रूपमा लिन पाए भने अमेरिका भरि छरिएर रहेका धेरै नेपाली विद्यार्थी साथीहरूलाई भविष्यमा अप्ठ्यारो पर्न सक्छ। त्यसैले पनि नेपाली दूतावास र नेपाल सरकार यो विषयमा गम्भीर हुन जरूरी छ। कानुनीरूपमा लड्दै जाने कुरा आफ्नै ठाउँमा छ तर कूटनीतिक रूपमा पनि राजदूतावास, परराष्ट्र मन्त्रालय र सरकारले पहल गर्न आवश्यक छ। भोलि धेरै नेपाली विद्यार्थीहरूलाई यस्तै किसिमका अभियोग लगाएर यहाँको सरकारले दुःख नदियोस् भन्नका लागि पनि नेपाल सरकार यो कुरामा गम्भीर भएर लागोस् र अहिलेको मुद्दामा हामीलाई सहयोग गरोस् भन्ने हामी सबैको अनुरोध छ। साथै मिडियाका साथीहरूलाई विषयको गाम्भिर्य मनन गरी कृपया पुष्टि नहुने र तथ्यविहीन समाचार नलेखी दिनु हुन पनि हार्दिक अनुरोध छ।
भोलिका दिनमा सबै नेपाली विद्यार्थीहरूलाई केही अप्ठ्याराहरू आउन सक्ने देखिन्छन् र एकपटक फेरि संसारभरका नेपालीहरूले हामीलाई यो मुद्दामा सहयोग गर्नुहुनेछ र उहाँहरूको सद्भाव रहनेछ भन्ने आशा गरेका छौं।
यति धेरै पीडाका कुरा हुँदाहुँदै पनि केही खुसिका कुरा पनि छन्, अभियोग लगाइएकामध्ये दुई जना छुटिसक्नुभएको छ। यसले हामीलाई केही राहत र आशाको संचार पनि गराएको छ। बाँकी सबैको सुनुवाई आगामी सोमबार हुँदैछ। हामी यहाँका सबै नेपाली विद्यार्थी र उहाँका परिवारहरू आगामी सोमबार उहाँहरू जेलमुक्त हुनुहुनेछ भनेर आशावादी बनी बसीराखेका छौ । अरू के हुँदै गर्छ म फेरि अर्को पटक अपडेट अवश्य गर्नेछु।
अब अरूका पैसा आफ्नो खातामा राखेर देखाउने काम जारी राख्नु सजिलो नहुने देखिन्छ। जसले गरेर आयो, त्यो भैगो। यसका कारण अरूले दुःख नपाउन् भन्ने हाम्रो चाहना हो। यो काम भइरहेको भए पनि, चलन चलेको भए पनि, नियम-कानुन भएको देश आउँदा सबले यो गल्ती नगर्दा राम्रो। अब नेपालबाट अमेरिका पढ्न आउनेहरूले यो सिक्नु पर्ने भएको छ। कुनै किसिमको गल्ती नगरी अमेरिका आउनू भनेर सन्देश दिन आवश्यक पनि भएको छ।
[भण्डारी क्यान्सस युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी हुन्।]