चासो छोराछोरी र संगठनको
म सानो छँदा बुबालाई सुन्दरीजल जेलमा राखिएपछिको अवस्थाको मलाई अझै झल्को आउँछ । उहाँ जेलमा रहँदा महिनाको पहिलो दिन भेट्न पाइन्थ्यो । भेट्न जाँदा उहाँको अनुहारमा कहिल्यै निराशा देखिनँ । जेलमा बस्दा जहिल्यै सेतो कपडा लगाउनुहुन्थ्यो । अनुहार सधैँ उज्यालो हुन्थ्यो । विकराल राजनीतिक अवस्थामा पनि उहाँमा हताशा र निराशा भने देखिएन ।
हामी जेल जाँदा भाई, छोराछोरीबारे एकदमै चासो राख्नुहुन्थ्यो । आफ्ना परिवारका सदस्यमात्रैले भेट्न पाउँथे । ‘गिरिजा, केशव र तारिणी के–के गरिरहेका छन्’ भनेर सोध्नुहुन्थ्यो । हामीलाई भने ‘तिमीहरूले स्कुलमा के–के पढेका छौ’ भनेर जिज्ञासा राख्ने गर्नुहुन्थ्यो । जेलबाटै मार्मिक पत्र पनि लेख्नुभयो । तर, ती पत्रको संरक्षण गर्न सकिएन । ‘गौँथली आएर बसेका छन्, तर आर्मीका मान्छेले गाँैथलीको गुँड नै हटाइदिए’ भन्ने व्यहोराका चिठी हुन्थे । तर, त्यस्ता चिठीको महत्त्व, गम्भीरता मैले त्यतिखेर बुझिनँ ।
उहाँको ठूलो इच्छा छोराछोरीको पठनपाठन राम्रो होस् भन्ने थियो । भेटकै क्रममा उहाँले एकपटक आमालाई भन्नुभयो, ‘सुशीला, तिमीहरू महिनैपिच्छे भेट्न आउँछौ । एकपटक आउँदा २९ रुपैयाँ खर्च हुन्छ । यो खर्च छोराछोरीको पढाइका लागि प्रयोग गर । ६ महिनामा एकपटक आए हुन्छ । केही गाह्रो पर्यो भने म खबर गरिहाल्छु ।’ काजु, बिस्कुट, फलफूल किन्नलाई २९ रुपैयाँ खर्च हुने रहेछ । बाहिर बस्ने मान्छेलाई एकदम अप्ठ्यारो छ भनेर उहाँ आर्थिक मामिलामा पनि संवेदनशील हुनुभएको हो ।
जेलबाट छुटेर बनारस पुगेपछि मैले बुबालाई बुझ्ने अवसर पाएँ । त्यतिवेला सुशील कोइराला पनि उतै हुनुहुन्थ्यो । बुबाको मुख्य चासो कार्यकर्ताको थियो । उनीहरूको कुरा सुन्ने, समस्या बुझ्ने बानी थियो । उनीहरूलाई चाहिएको आर्थिकसहितका मद्दत साथीमार्फत गराउनुहुन्थ्यो । त्यतिखेर गिरिजाबाबुलाई संगठनको जिम्मा थियो । बुबालाई प्रवासमा रहेका ४० हजार कार्यकर्ता र नेपालमा यातना सहेका कार्यकर्ताको चिन्ताले सताउँथ्यो । कार्यकर्तालाई खाने–बस्ने व्यवस्था भएको छ/छैन, निरन्तर ख्याल गर्नुहुन्थ्यो । कार्यकर्ताका लागि रात–बिहान भन्नुभएन ।
गणेशमानसित मित्रता
त्यतिवेला गणेशमानजी पनि प्रवासमै हुनुहुन्थ्यो । गणेशमानजी, शैलजाजी र हामी सँगै बस्थ्यौँ । गणेशमानजी र बुबाबीच राम्रो मित्रता थियो । बिहान–बिहान राजनीतिका विषयमा छलफल हुन्थे । गणेशमानजी आफैँ चिया बनाउनुहुन्थ्यो । दुई/तीन गिलास चिया खाँदासम्म छलफल चल्थ्यो । १९७३ का यस्ता छलफल आफ्नै देशको राजनीतिक अवस्थाबारे केन्द्रित हुन्थे । छलफल कसरी नेपाललाई पनि स्वतन्त्र बनाउने, विकसित बनाउने भन्नेमा केन्द्रित थिए ।
उहाँको रुचि लेखनमा पनि उत्तिकै थियो । अध्ययन धेरै गर्नुहुन्थ्यो । समय पाउँदा दिनको ४/५ घन्टा अध्ययनमा बिताएको हामीले देख्यौँ । पहिलोचोटि चन्द्रमामा १९६९ मा यान पठाउँदा उहाँमा यान पठाउने प्रणालीबारे पूरै जानकारी थियो । कसरी रकेट जान्छ, कसरी ग्य्राभिटीबाट बाहिर निस्कन्छ भन्नेलगायत विषयमा उहाँलाई जानकारी थियो । राति छतमा सुत्दा ती कुरा हामीलाई भन्नुहुन्थ्यो । हामी १८ वटासम्म रोटी खाइदिन्थ्यौँ । धेरै होइन, स्वाद लिएर खाओ, भातमा मात्र आफ्नो स्वाद खोज्न नहुने उहाँको भनाइ थियो ।
दलाई लामासित संगतजयप्रकाश नारायण, देवेन्द्रप्रकाश सिंह, दलाई लामासँग उहाँको कुरा मिल्थ्यो । दलाई लामासँग उहाँको भेट भइरहन्थ्यो । सारनाथ आउँदा लामा नै बिपीलाई भेट्न आउँथे । बुबा पनि जानुहुन्थ्यो । म सोध्थेँ– ‘के कुरा हुन्छ ?’ लामामा आध्यात्मिक चिन्तन बडो प्रस्ट भएको कुरा बुबाले मसँग बताउनुभयो । सायद, तिब्बतका विषयमा कुरा हुन्थे जस्तो लाग्छ । तर, बुबाले राजनीतिक विषयमा भएका कुरा हामीलाई सुनाउनुभएन ।
बुबा सिनेमा हेर्न रुचाउनुहुन्थ्यो । म एकपटक बुबासँगै कलकत्ता जाँदा भारतीय सिनेकर्मी सत्यजित रेसँग भेट भयो । हामी उहाँको घरमा गयौँ । कफी खुवाउनुभयो । हलमै लगेर आफ्नै बंगाली फिल्म हामीलाई देखाउनुभयो । जुन क्रिटिकल फिल्म थियो । पत्रपत्रिका पढ्नमा पनि उहाँको रुचि थियो । विदेशी घटनाक्रमबारे निरन्तर बुझ्ने गर्नुहुन्थ्यो । गणेशमान सिंहको भने अध्ययनमा खासै रुचि थिएन । तर, बुबा मेरा साथी पनि मजस्तै पढून् भन्ने इच्छा राख्नुहुन्थ्यो ।
ठूला विश्वविद्यालयले विभिन्न कुराकानी र भाषणका लागि उहाँलाई निम्ता गर्थे । जुनसुकै विषयमा कुराकानी गर्नका लागि बनारसमा उहाँको ख्याति थियो । प्रोफेसर, भाइसचान्सलरहरूसमेत कुरा गर्न आउँथे । बनारसका सबै शिक्षित व्यक्ति बिपीबारे चासो राख्थे । बनारसका गल्ली–गल्लीमा जानुहुन्थ्यो ।
प्रधानमन्त्री बन्न मन थिएन२०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल आउनुभयो । आउनेबित्तिकै देशदौडाहामा लाग्नुभयो । त्यसको परिणाम २०३६ सालको जनमतसंग्रह आयो । उहाँको बलियो पक्ष कसैले राजनीति भन्छन् त कसैले साहित्य । तर, शारीरिक रूपमा कमजोर भए पनि संघर्ष गर्ने शक्ति सबैभन्दा ठूलो थियो । क्यान्सरको त्यत्ति ठूलो समस्या हुँदासमेत प्रजातन्त्रका लागि उहाँको आस्था मरेन । रोगको समेत ख्याल गर्नुभएन । १८ महिनाका लागि प्रधानमन्त्री बन्नुभयो । तर, उहाँमा प्रधानमन्त्रीको इच्छा थिएन । आमाले त प्रधानमन्त्री बन्ने कुरालाई रिजेक्ट गर्दिनुभएको थियो । आमाले कृष्णप्रसाद कोइरालाले जस्तै सामाजिक काम गर्नुपर्छ, राजनीति छोड्नु भन्नुभयो । तुलसी गिरी र विश्वबन्धु थापा भने प्रधानमन्त्री बन्नुपर्छ भन्दै बुबाकहाँ धाउँथे ।
आमाले ५/६ महिनामात्रै प्रधानमन्त्री बन्ने सर्त राख्नुभयो । तर, सरकार १८ महिना चल्दा २०१७ सालमा ‘कु’ भयो । र, त्यो अध्याय नै समाप्तितिर गयो ।
जहिल्यै क्रियाशीलसंघर्षपूर्ण जीवन थियो उहाँको, जुन कसैले पनि गर्न सक्दैन । उहाँमा ‘इस्यु’ बुझ्न सक्ने उच्च क्षमता थियो । यही कला गिरिजाबाबुमा पनि अलि–अलि नभएको होइन । तर, यसमा निरन्तरता मुख्य पक्ष हो । यस्ता विषयमा समय र सन्दर्भसँग परिचित हुँदै निरन्तरता दिनु अब्बल गुण हो ।
नेपाललाई कसरी रूपान्तरण गर्नुपर्छ भन्ने सूत्र राम्रो थियो । यो उहाँको सरकारले ल्याएको बजेट हेर्दा पनि थाहा हुन्छ । उहाँलाई धनकुटाबाट हिँडाएर ल्याएकै कारण उहाँले बिपी मार्ग बनाउने प्रण गर्नुभयो । आखिरमा पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग बनेरै छाड्यो ।
हामी बरु काम नगरी बस्छौँ, तर उहाँलाई जहिल्यै क्रियाशील हुनुपर्ने । साहित्य, राजनीति, सामाजिक क्षेत्र सबै क्षेत्रमा उहाँ क्रियाशील भइरहनुहुन्थ्यो । केही समयअघि ओखलढुंगा जाँदा बूढा मान्छेहरूले बिपी यही रूखमुनि बस्नुभएको प्रसंग सुनाए । ‘नेपाल भनेको गाउँ हो, नेपाली कांग्रेस चिन्नु छ भने गाउँ जाऊ’ भन्नुहुन्थ्यो । त्यो प्रयोग उहाँले आफूले नेपाल घुमेरमात्र भन्नुभएको हो । काठमाडौं बसेर गाउँको चित्रण गर्न नसकिनेमा जोड दिनुभयो । गाउँको मान्छे काठमाडौं आउँदा उहाँको पहिलो प्रश्न हुन्थ्यो– ‘कहिले आयौ ?’ र दोस्रो ‘कहिले फर्किन्छौ ?’ संगठन र विकासका लागि गाउँ नै मुख्य हो भन्ने धारणा उहाँमा थियो ।
बुबाले सजिलो बाटो कहिल्यै लिनुभएन । जुन प्रेरणा हजुरबुबा कृष्णप्रसाद कोइरालाबाट पाएको शिक्षा–दीक्षाले जन्मायो । त्यस्तै, भारतीय नेतासँगको संगत पनि हो । पहिले कम्युनिस्ट हुनुहुन्थ्यो । जेल पर्नुभयो । जेलमा जयप्रकाश नारायणले बिपीलाई कम्युनिज्मको भविष्य छैन भन्दै समाजवादी आन्दोलनमा लाग्न प्रेरित गर्नुभयो ।
‘तिमीहरूलाई पैसा दिने मेरो काम होइन, मैलै त शिक्षा मात्रै दिलाउने हो’ भन्नुहुन्थ्यो । परिवारका सम्पूर्ण समस्या आमाले हेर्ने, आमा पनि बिपीलाई स्वतन्त्र छाडिदिन चाहने स्वाभावको । जुन जनताका लागि राजनीति गर्नका लागि थियो । उहाँको मान्यता थियो– प्रजातन्त्र नभई राजनीतिक स्थायित्व हुँदैन र राजनीतिक स्थायित्व नभई नेपालको विकास हुँदैन ।
इन्डियन र नेहरूले पत्याएनन्भारत–चीनसँग सम्बन्ध प्रगाढ थियो बुबाको । २०१७ सालको ‘कु’अघि राजालाई कन्भिन्स गराउन नसकेको दोष पनि उहाँलाई लाग्ने गर्छ । तर, मलाई के लाग्छ भने राजालाई कन्भिन्स गराइसक्नुभएको थियो । तर, केही विदेशी शक्ति र दरबार नजिककाले सिनबाट बिपीलाई हटाउन भूमिका खेले । त्यतिखेर मार्सल टिटोले ‘राइजिङ स्टार अफ एसिया’ भन्दा नेहरूले आफूलाई भनेको ठाने । तर, उनले बिपी कोइरालालाई भनेका थिए । त्यो ‘पर्सनालिटी’कै कारण बिपीलाई राजनीतिक ‘सिन’बाट हटाउन खोजिएको कारण पनि यही होला ।
इजरायललाई बिपीले भारतभन्दा पहिले मान्यता दिनुभयो । इजरायलसँग हाम्रो धार्मिक, सांस्कृतिक, भौगोलिक निकटता पनि होइन । हामीलाई सहयोग दिने पनि होइन । धेरैले मान्यता दिएका थिएनन् । नेपालले दिएपछि संसारभर नेपालको चर्चा भयो । अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक नेपालले त्यति धेरै चर्चा पायो । संसारका लागि नेपालको उपस्थिति सायद त्यो नै पहिलोपटक थियो । नेपाललाई परिचित गराउन बिपीले यसो गर्नुभयो, तर यही कारण उहाँले जेल बस्नुपर्यो, इन्डियनले पत्याउन छाडे, नेहरूहरूले पत्याएनन् ।
बर्माका सोसलिस्टसँग सम्बन्ध थियो । अन्तर्राष्ट्रियस्तरमा बिपीले आफ्नो स्थान ओगट्नुभयो । जुन समाजवादी चिन्तन, दृष्टिकोणको कारणले हो । मलाई लाग्दैन, अहिलेसम्म त्यति ठूलो राजनीतिक व्यक्तित्वले नेपाललाई चिनाएको होस् ।
मनोविज्ञानले सम्झाउनुहुन्थ्यो
एकपटक बुबा मलाई पाइन्ट चाहियो भनेँ । ‘कतिवटा छन्’ भनेर सोध्नुभयो । मैले ५–६ वटा छन् भनेँ । ‘५–६ वटै एकैपटक लाउँछस्’ भनेर सोध्नुभयो । होइन भनेँ । ‘आइज’ भनेर बजार लिएर जानुभयो । ‘यहाँ देखिएका सबै पाइन्ट तेरै हुन्’ भन्नुभयो । सायद, नाइँ नभनी मनोविज्ञानले सम्झाउन खोज्ने कला थियो ।
त्यस्तै, एकपटक मलाई के पढ्ने भन्नेमा द्विविधा भयो । विषय मुख्य होइन । जे पढे पनि निपुण हुने गरी पढ्न सल्लाह पाएँ । ‘साइन्स पढ्, आर्टस् पढ्, कमर्स पढ्, तर मन लगाएर पढ्’ भन्नुभयो । ‘सुशीला र राधाले कुचो लगाएको हेर् त । सुशीलाको कुचो लगाइ कस्तो राम्रो छ † आखिर काम त एउटै हो,’ उहाँले भन्नुभयो ।
म पढ्नमा राम्रो थिएँ । दाजुले इन्जिनियरिङ गर्नुभएको थियो । उहाँको मासिक कमाइ नौ सय थियो । विराटनगरमा हाम्रो २५/२५ बिघा खेती थियो । दाइले पनि खेती गर्न थाल्नुभयो । वर्षको तीन लाख कमाउनुभयो । नौ सय कमाउँदा वर्षमा एक लाख पनि हुने थिएन । ‘अब तँ पनि खेती गर्’ भन्नुभयो । मलाई पनि खेती गर्न मन लाग्यो । बुबालाई प्रस्ताव गरेँ । उहाँले नाइँ भन्नुभएन । तर, भन्नुभयो, ‘जब तँ विराटनगरबाट हामीलाई भेट्न बनारसमा आउँछस्, तेरो हातमा टिन हुन्छ । अर्को हातमा चामल हुन्छ । कमिजमा पैसा राखेको हुन्छस् । टोपी लगाएको हुन्छस् । तर, पढे–लेखेका तेरा दाइहरूसँग साहित्यिक कुरा गर्न सक्दैनस् । दर्शन बुझ्दैनस् । अनि तँ काम गर्ने मान्छे टिकेसँग बसेर कुरा गर्छस् । तेरो लेबल यही हुन्छ ।’ काम गर्ने टिकेसँगै गफ गर्ने मात्र हुन्छस् भन्ने कुराले मलाई रातभर निद्रा लागेन । उहाँ यस्तै मनोविज्ञानले सम्झाउनुहुन्थ्यो ।
एउटा साबुन कति दिन टिक्छ भन्ने हिसाब गर्नुहुन्थ्यो । बनारसमा बस्दा उहाँका दुई जोर मात्र कपडा थिए । एक जोर सुकाएर राख्ने, एक जोर लाउने । एकपटक कपडा फाटेछ । गंगामा डुबुल्की मारेर कपडासहितै साबुन दल्नुभयो । जुन कपडा र जिउ सफा गर्न एकैपटक प्रयोग गरी साबुनको सदुपयोग गर्ने उहाँको सूत्र थियो ।
रोगबारे कुनै चिन्ता लिनुभएन । वीर अस्पतालमा राखियो । अन्तिममा बैंकक लगियो । उहाँले इसारामै ‘म बाँच्दिनँ, नेपाल नै गएर देह त्याग गर्छु’ भन्ने इच्छा व्यक्त गर्नुभयो । कृत्रिम अक्सिजनमा नै नेपाल ल्याइसकेपछि उहाँ बित्नुभयो । कहिल्यै स्वास्थ्य अवस्था ठीक छैन भनेर भन्नुभएन ।
समाजवादी चिन्तन बुझाउन सकिएन
कांग्रेसको अहिले पनि मूल नीति बिपीको आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । हामी केही कुरामा मात्र पछि परेका हौँ । निजीकरण जुन भयो २०४८ सालपछि, यसलाई रोक्न सकिने त थिएन । तर, गरिब र सीमान्तकृत मानिसलाई समेट्ने कार्यक्रम आउनुपथ्र्यो । तर, पार्टीले त्यस्तो गर्न सकेन । एउटा स्कुलले सयजना विद्यार्थी पढाउँछ भने २० जनालाई नि:शुल्क पढाउनुपर्ने व्यवस्था गर्न सक्नुपर्यो नि । यस्ता कार्यक्रम अघि बढाउन सकिएन । कांग्रेसले केही कार्यक्रम अघि बढाउन खोजेको पनि हो । ग्रामीण स्वावलम्बी कार्यक्रम पनि अघि बढाउँदै गाउँमा पहिलोपटक पैसा पठाउन सुरुवात गरेको हो । गरिबसँग विश्वेश्वर पनि समाजवादी चिन्तनकै उपज हो । निजीकरण गर्दा समाजवादी चिन्तनले स्थान ओगट्नुपथ्र्यो, त्यो भएन । बिपीले जहिल्यै भन्नुभएको थियो– ‘नेपाललाई गाउँमा विकेन्द्रीकरण गर्नुपर्छ ।’ स्थानीय क्षेत्रलाई बलियो बनाउने कुरा उठाउनुभयो । तर, हामीले यी कार्यलाई अघि बढाउन सकेनौँ । स्थानीय चुनाव गर्न सकेनौँ । हामी केन्द्रीकृत शासनमै रमायौँ ।
कांग्रेसले बिपीको समाजवादी चिन्तन के हो भनी बुझाउन पनि सकेन । जुन रूपमा प्रशिक्षण हुनुपथ्र्यो, गरेनौँ । चार हजार गाविस छन्, उनीहरूले नै बिपीलाई सुने, पढे, तर उहाँको चिन्तनलाई बुुझ्न सकेनन् । हाम्रा बाउ कांग्रेस हुन्, तर हामीलाई कांग्रेस के हो भनेर चिनाइएन भन्ने युवाको गुनासो अहिले छ । पार्टीभित्रको संगठनमा पनि समस्या छ ।
उहाँको आदर्शको मूलमन्त्र ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ नै थियो । जीवन नै समाजवादी थियो ।
प्रस्तुति : रमेश सापकोटा
तस्बिर : ज्ञानेन्द्र कार्की