पञ्चालीले
कपालसहित किरिया बसेको दृष्टान्तका आधारमा हामीले पनि कपाल खौरन आवश्यक
ठानेनौा । आमालाई पनि गरुड पुराणको यो प्रसंग थाहा थियो । उहाँले पण्डितलाई
सम्झाउनुभयो, ‘शास्त्रमा यस्तो उल्लेख छ, त्यसैले मेरा छोरीहरू किरिया
बस्छन्, तपाईंले विधिविधान गराइदिनुपर्यो ।’ व्रतबन्धका सवालमा पनि त
छोराको गर्दा कपाल काटिन्छ, छोरीको काटिँदैन । हामी कुशको जनै लगाएर किरिया
बस्यौ ।
नारीहरूले पितृको किरिया गर्न हुन्न भन्ने सामाजिक परम्परालाई खुला चुनौती दिइन् अम्बुभवानी कार्कीले । २०४९ सालमा पिताको निधन भएपछि उनले आफैँ १३ दिनसम्म कोरा बसेर किरिया गरिन् । उनलाई अनेकौँ आरोप लागे । त्यति बेला निकै चर्चामा आएकी उनले पछि आमाको निधनमा पनि किरिया बारिन् । नेकपा (एमाले) बाट राजनीतिमा पनि लागेकी उनका दाजुभाइ छैनन् । त्यति मात्र होइन, उनले आफ्ना मातापिताको सम्झनामा काभ्रेको पनौतीमा तेजगंगा बहुमुखी क्याम्पस स्थापना पनि गरेकी छन् । सोही क्याम्पसकी प्रमुख रहेकी उनी नेपालकै पहिलो महिला क्याम्पसप्रमुख मानिन्छिन् । उनी सम्झिँदै छिन्, मातापिताको बरखी बार्दाका दिनहरू :
‘एउटा छोरा त चाहिन्छ कर्णेल साहब †’ बुबालाई यसो भन्नेहरू प्रशस्तै थिए । आर्मीदेखि घरपरिवारसम्मको यस्तो कचकच उहाँले सुनिरहनुपथ्र्यो । बुबाको जवाफ हुन्थ्यो– ‘यिनै छोरीहरू मेरा लागि छोरा पनि हुन् । तपाईंहरूलाई थाहा छैन ? जवाहरलाल नेहरूकी एउटै छोरी थिइन्, ती प्रधानमन्त्री बन्न सकिन् । मेरा त ६ जना छोरी पो छन् त †’
मेरा दिदीबहिनी ६ जना । दाजुभाइ छैनन् । छोरा नजन्मेकोमा मेरा आमाबुबालाई थुप्रै घोचपेच भए । तर, उहाँहरूले हामीलाई चाहिँ छोराजस्तै व्यवहार गर्नुभयो । त्यस कारण छोरीलाई हुने विभेद परिवारभित्र हामीले सहनुपरेन । त्यो समाज, जहाँ छोरी मात्र पाउने बुहारी सासुससुरा, गाउँले सबैको नजरमा राम्रो मानिन्नथी । यी सबै देख्दा मेरो मनले उति बेलै ठहर्याएको थियो– छोरी भए पनि म छोराले गर्ने कामहरू पनि गर्नेछु । बुबा आर्मीको जागिरे । जहाँजहाँ सरुवा हुन्थ्यो, हामी त्यतै पुग्यौँ । बाल्यकाल विभिन्न जिल्लामा बित्यो ।
आठ कक्षामा पढ्थेँ, ०२९ सालतिरको कुरा हो । बुबासँगै हामी पाल्पामा थियौँ । एक जनाले हेपेर भने– ‘यो मेजरको छोरा छैन, छोरीहरूचाहिँ किन यस्ता फुर्केका होलान् †’ बुबाले एक चड्कन लगाएर त्यसको सातो झारिदिनुभयो– ‘कसलाई यसो भनेको तिम्ले ? के छोरा मात्र सन्तान हो, छोरीचाहिँ आफ्ना हुँदैनन् ?’
हामी दिदीबहिनीबीच सल्लाह थियो– कुनै पनि काम गर्दा बुबाआमालाई छोराको अभाव महसुस हुन दिनु हुँदैन, सबै काम हामीले गर्न सक्नुपर्छ । त्यसो त हामीले नभने पनि बुबालाई चाहिँ यो कुरामा विश्वास थियो । उहाँ चाहनुहुन्थ्यो पनि यही । म काइँली छोरी । बुबालाई हामीले छोरी मान्छेले लगाउने कपडा लगाएको मन पर्दैनथ्यो । एक दिन मैले म्याक्सी लगाएकी थिएँ । बुबाले भन्नुभयो– के लगाएको यस्तो फ्याङ्लो ? त्यसपछि मैले सर्ट–पाइन्ट लगाउन थालेँ । उहाँ हामीलाई मनोवैज्ञानिक रूपमै प्रेरित गर्न यस्तो भन्नुहुन्थ्यो– ‘पाइन्ट लगाए छोरा हुन्छ, घाँगर लगाए छोरी, बुझ्यौ ?’ त्यसैले हामी सबै दिदीबहिनीले पाइन्ट लगायौँ । आइएमा क्याम्पसको ड्रेस भएकाले मात्र मैले साडी लगाएँ ।
कसैकोमा छोरी जन्मिएको सुन्दा मलाई खुसी लाग्थ्यो । मभन्दा पछि आमाले बहिनी जन्माउनुभएछ । मैले छोरा भनेको सुनेछु । म त फन्किएर झगडा पो गर्न थालिछु– नाइँ मलाई बहिनी नै चाहिन्छ । त्यो बालमस्तिष्कमा मलाई छोराछोरीलाई फरक नजरले हेरिन्छ भन्ने चेतनै थिएन ।
पछि त मलाई सबैले छोरी भएर छोराको जस्तो काम गर्ने भन्थे । लाग्छ– छोरा नभएको घरमा छोरीले निर्वाह गर्नुपर्ने दायित्व मैले राम्ररी बुझेकी छु । त्यसो त ३५/३६ सालदेखि नै मैले सार्वजनिक रूपमा भन्न थालेकी थिएँ– ‘हामी हाम्रा बाउआमाप्रतिका सबै कर्तव्य पूरा गर्नेछौँ ।’ धेरैले छेड हानेर भन्थे– ‘छोरी भएर फुर्ती गर्नुपर्ने, किरियाचाहिँ कसले गर्छ नि ?’ म साहस देखाउँथेंँ– ‘म आफैँ पूरा गर्छु, सबै कर्तव्य ।’
२०४९ मा बुबाको निधन भयो । मसँगै दुई बहिनीले सेतो वस्त्र पहिरिएर बुबाको काजकिरिया गर्यौँ । अरू तीन जनाले कोराबाहिरको जिम्मेवारी सम्हाले । किनकि कोराबाहिरका काम गर्न पनि हामीमध्येबाट खट्नुपथ्र्यो । पुरुषप्रधान समाजले छोरीलाई बाबुआमाको मृत्युमा आँसु झार्नेसम्मको मात्र अधिकार दिएको थियो । यी प्रतिकूलताको बाबजुद हामीले बुबालाई दागबत्ती दिनेलगायत सम्पूर्ण काम गर्यौँ । उपत्यकाबाहिरबाट आउँदा ढिला भएकाले दागबत्तीचाहिँ बहिनीले दिइन् । म सिधै कोरा बसेँ । त्यसो त हामीभन्दा अघि पनि बाबुको किरिया गर्ने छोरीहरू नभएका होइनन् । तर, हामीले जसरी सेतो वस्त्रमा ढिकुरो उठाएरचाहिँ बसेका थिएनन् । मैले वर्ष दिनसम्म छोराले जस्तै बरखी बारेँ । छोरा नभएकाले फलानु मेजरको किरिया अरू नै कसैले गर्यो रे भन्ने अवस्था हामी आउन दिनेवाला थिएनौँ । छोरा मात्र सन्तान हो भन्ने बुझेको समाजलाई हामीले छोरासरहका काम गरेर देखाइदिनै थियो । आफन्तहरू दाहसंस्कारमा मात्र आए, हामी किरिया बसेको ठाउँमा भेट्न आएनन् । धेरैलाई पचेन पनि हामीले बाबुप्रति गरेको कर्तव्य । राजनीतिक रूपमा चाहिँ सबैतिरबाट राम्रो समर्थन पायौँ ।
लाजिम्पाटस्थित घरमा किरिया बसेका थियौँ । छोरीहरूले किरिया बसे भनेर चर्चा भएछ । मदन भण्डारी, माधव नेपाल, गणेशमानलगायत नेता भेट्न आए । राधाकृष्ण मैनालीले भन्नुभयो– ‘ए † साँच्चै हाम्रै अम्बुजीहरू पो हुनुहुँदो रहेछ ।’ मदन भण्डारीले प्रशंसा गर्नुभयो– ‘तपाईंहरूले राम्रो काम गर्नुभएछ, पार्टीको विधानमै यो कुरा उल्लेख गर्नुपर्छ । छोरीले पनि बाबुआमाको किरिया गर्न सक्छन् ।’ विभिन्न क्षेत्रका दश हजारभन्दा बढी व्यक्ति हामीलाई हेर्न आए ।
समाज पनि अचम्मको छ । मज्जाले गरुड पुराण लगाउँछ घरमा तर त्यसमा के लेखिएको छ भन्ने कुराको पत्तो पाउँदैन । जसले जे भन्यो त्यसैको मात्र पछि लाग्छ । अरूले गरेको कामलाई अनेक आरोप लगाउँछ । जबकि पौराणिक युगमै छोरीले बुबाको किरिया गरेका घटना पाइन्छन् । गरुड पुराणमा ऋषिपुत्री पञ्चालीले पिताको किरिया गरेको मैले पढेकी थिएँ । कपाल नारीको गहना भएकाले छोरीले किरिया बस्दा कपाल काट्नु पर्दैन भन्ने उल्लेख थियो । पञ्चालीले कपालसहित किरिया बसेको दृष्टान्तका आधारमा हामीले पनि कपाल खौरन आवश्यक ठानेनौँ । आमालाई पनि गरुड पुराणको यो प्रसंग थाहा थियो । उहाँले पण्डितलाई सम्झाउनुभयो– ‘शास्त्रमा यस्तो उल्लेख छ, त्यसैले मेरा छोरीहरू किरिया बस्छन्, तपाईंले विधिविधान गराइदिनुपर्यो ।’ व्रतबन्धका सबालमा पनि त छोराको गर्दा कपाल काटिन्छ, छोरीको काटिँदैन । हामी कुशको जनै लगाएर किरिया बस्यौँ ।
जब १३औँ दिनको कार्य सकियो, ठूलै कर्तव्य पूरा गरेको अनुभूति गरेँ । बुबाआमा त सृष्टिकर्ता हुन्, उनीहरूप्रतिको शास्त्रीय कर्तव्य पूरा गर्न पाउनु गर्वको विषय हो । एक वर्षसम्मै लगाएँ सेतो लुगा । आर्मीका एक सुबेदारले कजसाहेबको किरिया बस्ने छोरीको मुख हेरेर मर्न पाए हुन्थ्यो भन्ने चाहना राखेछन् । यो सुनेर म उनलाई भेट्न गएँ । तर, म पुग्नेबित्तिकै उनकी श्रीमतीले मलाई हेर्न नसकेर आँखा चिम्लिइन्, बाहिर निस्किन् । मलाई लाग्यो– त्यो उनको दोष होइन, समाजको हो । यदि समाजमा पहिल्यैदेखि नारीले किरिया बस्ने कुरालाई सामान्यीकरण गरेको भए आज उनलाई अनौठो लाग्दैनथ्यो ।
२०५७ सालमा आमाको निधन भयो । बहिनी इन्दु र म कोरा बस्यौँ । जति संघर्ष बुबाको पालामा भएको थियो, यसपटक सजिलो भयो । परिवारका सबैले सहयोग गरे । समय बित्दै जाँदा उहाँहरूलाई हाम्रो कदम राम्रो लागेको पनि होला ।
उन्नाइस वर्ष भयो बुबाको निधन भएको । उति बेला नयाँ काम गरेजसरी हाम्रो चर्चा भयो । हामीले कुनै ठूलो काम गरेका थिएनौँ, सन्तान हुनुको कर्तव्य मात्र पूरा गरेका थियौँ । पत्रपत्रिकामा समाचार बन्ला, टिभीमा अनुहार देखिएला भन्ने स्वार्थ हामीमा पटक्कै थिएन ।
जे होस्, हाम्रो कार्य देखेपछि छोरी मात्र जन्माएका थुप्रै बुबाआमाले राहत अनुभव गरे । छोरी पाएकै कारण सौता बेहोर्नुपर्ने अवस्थामा पुगेका नारीहरूले पनि भन्न पाए– ‘किन गर्ने अर्को बिहे, छोरी भए पनि छोराको जस्तो काम गर्न सक्दा रहेछन् त ।’ छोरालाई ढिकुराको पुजारी भन्ने अनि छोरीलाई नगन्ने सामाजिक प्रचलन अब फेल भइसकेको थियो । पछि पनि अरू थुप्रै नारी किरिया बसेको सुनियो । उनीहरू भेट्दा भन्छन्– ‘तपाईंहरूकै प्रेरणाले हामीले किरिया बस्न सकेका हौँ ।’
अचम्मको छ समाज पनि । सासूससुराको मृत्यु हुँदाचाहिँ त्यही बुहारीले लुगा खोलेर किरिया गर्न हुने, आफ्नै बाबुआमाको चाहिँ किन नहुने ? अनेक थरी कुरा गरेर दु:ख दिन्छन् । समाजमा छोराले बाबुआमाको काजकिरिया, श्राद्ध गरिदिएबापत पैत्रिक सम्पत्तिको हक खोज्छ । हामी पनि नियमित श्राद्ध गर्छौ तर बुबाआमाको सम्पत्तिले कल्याणकारी संस्था खोलिदिएका छौँ । धेरै जना भन्थे– ‘भएका छोरीहरू पराई घर गइहाल्छन्, यी कर्णेलको आँगनमा त सिस्नो उम्रने भयो, कसले स्याहार्ने †’ तर, हाम्रा मातापिताको दैलोमा सिस्नो होइन, उहाँहरूकै नाममा क्याम्पस ठडिएको छ ।’ महिलाको नेतृत्वमा नेपालमै पहिलोचोटि खोलिएको पब्लिक क्याम्पस पनि यही हो । १३ वर्ष भयो, यो कलेज खोलेको । अहिले जीवनको एकाउन्नौँ वर्षमा हिँड्दै छु । समाजसँगको लडाइँ कहिल्यै नसकिने रहेछ । कति मात्रै लड्ने, सम्झिँदा दु:ख लाग्छ कहिलेकाहीँ । विषय र समय मात्र फरक, लडाइँ त जहिल्यै गर्नैपर्ने ।
अहिले पनि पुरुषलाई जति सम्मान र विश्वासपूर्वक हेरिन्छ, महिलालाई हेरिन्न । त्यति बेला दु:ख लाग्छ । आमरूपमा महिलालाई हेर्ने दृष्टिकोण गलत छ । तर, बुबाको प्रेरणाले मलाई अझै पनि बल दिइरहन्छ । संघर्ष गरेर अगाडि बढिरहन मन लाग्छ ।
प्रस्तुति : चमिना भट्टराई