डा. अंशुमाली जोशी
यदि तपाईंलाई मधुमेह छ भने जीवनयापनको शैली परिवर्तन गर्न आवश्यक हुन्छ । सधैं स्वस्थ खानाका साथै नियमित व्यायाम गर्नु जरुरी हुन्छ । रोग नियन्त्रणका लागि औषधी पनि खानुपर्ने हुनसक्छ र कसैलाई इन्सुलिनको इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ । साथै नियमित रगतमा सुगरको मात्रा जाँच्नुपर्छ ।
खानपिन: मधुमेहका बिरामीका लागि कुनै विशेष खानाको जरुरत पर्दैन । हामीले हरेक दिन खाने खानाबाट नै स्वस्थ खानाको व्यवस्था गर्न सक्छौं । तर निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ:
१. चिल्लो र नुन कम भएको खानेकुरा खानुपर्छ ।
२. रेसायुक्त खानेकुरा जस्तै: सागसब्जी, फलफूल, गेडागुडी खानुपर्छ ।
३. दूध तथा दूधबाट बनेका खानेकुरा, बोसोरहित मासु तथा माछा, अन्डाको सेतो भाग मधुमेहका बिरामीका लागि राम्रा खानेकुरा हुन् ।
४. यदि तपाईंको तौल बढी छ भने तपाईंले खाने दैनिक क्यालोरीमा कमी गर्नुपर्छ ।
डाक्टरले तपाईंलाई पोषण विशेषज्ञकहाँ रिफर गर्न सक्छन्, जसले स्वस्थ र सही खानेकुरा तपाईंको स्वादअनुसार छनौट गर्न मद्दत गर्छन् । नेपालीहरूको खानामा कार्बोहाइडे्रट बढी हुन्छ, जस्तै: भात । मधुमेहका बिरामीहरूले ५०-६० प्रतिशतभन्दा बढी कार्बोहाइडे्रट खानु हुँदैन । भात खान नहुने होइन, तर मात्रा मिलाएर खानुपर्छ । नेपालीहरू धेरै माछा, मासु र अन्डा खाने हुनाले शरीरमा प्रोटिनको मात्रा पुग्छ । तर माछा-मासु नखानेहरुले गेडागुडी, दाल, पनिर आदिबाट प्रोटिनको मात्रा पुर्याउनुपर्छ । अब आयो चिल्लोको कुरा । घ्यु पूरै बन्द गर्नुपर्छ । तेलमा सनफ्लावर, तोरी वा ओलिभ तेल प्रयोग
गर्नुपर्छ । तेललाई घरिघरि तताउनु हानिकारक हुन्छ । तेल र बोसो बढी भएको खानेकुरा खानु हुँदैन । अन्डाको पहेँलो भाग खानु हुँदैन, त्यसमा कोलेस्टोरल बढी हुन्छ । अनुसन्धानहरूमा नेपालीहरूको रगतमा एक किसिमको बोसो अर्थात् 'ट्राइग्लिसराइड' बढी देखिएको छ । यदि ट्राइग्लिसराइड ५०० एमजी/डीएलभन्दा बढेको छैन भने यसलाई औषधीभन्दा पनि जीवनशैली परिवर्तन गरेर घटाउनुपर्छ । दिनमा एउटा फल खाने, सागसब्जी बढी खाने र सलाद खानुपर्छ । तौल धेरै छ भने व्यायाम र खानपिनबाट कम गर्नुपर्छ । धेरै नेपालीले खानपिनमा त्यति ध्यान दिंदैनन् । कोही-कोहीचाहिं खाना नै नखाइकन सुगर कन्ट्रोल गर्न खोज्छन्, जुन झन् हानिकारक हुन्छ ।
मदिरापान: यदि तपाईंको सुगर नियन्त्रणमा छ भने तपाईं केही मात्रामा मदिरापान गर्न सक्नुहुन्छ । बियर र वाइन सकेसम्म सेवन नगर्नुस् । हार्ड डि्रंक एक या बढीमा दुई पेगसम्म लिन सक्नुहुन्छ । खाजा खाँदा सलाद या चिल्लोरहित माछा-मासु लिन सक्नुहुन्छ । तर एउटा कुरा सधैं के याद राख्नुपर्छ भने भोको पेटमा मदिरापान गर्नु हुँदैन । यसो गरेमा शरीरमा सुगर कम भएर बिरामी बेहोश हुनसक्छ ।
धूमपान: धूमपानले तपाईंलाई मुटुको रोग र प्यारालाइसिस हुने सम्भावना अत्यधिक मात्रामा बढाउँछ । त्यसैले यदि तपाईं धूमपान गर्नुहुन्छ भने आजैदेखि धूमपान बन्द गर्नुस् ।
व्यायाम: मधुमेहका बिरामीले नियमित व्यायाम गर्नुपर्छ । यसका निम्न फाइदा हुन्छन्: १. रगतमा सुगरको मात्रा ठीक राख्न मद्दत गर्छ ।
२. तौल घटाउँछ ।
३. मुटु, नसा र फोक्सो स्वस्थ राख्छ ।
४. जाँगर बढाउँछ ।
औषधी: समाजमा सुगरका बिरामीहरूमाझ एउटा अनौठो धारणा छ । सकेसम्म किन औषधी खाने, चाहे सुगर जतिसुकै किन नहोस् । औषधी सुरु भैसकेको अवस्थामा नियमित औषधी सेवन गर्नुपर्छ । इन्सुलिन लगाइराखेको हुनुहुन्छ भने एक डोज इन्सुलिन पनि छुटाउनु हुँदैन । औषधी अथवा इन्सुलिनको डोज डाक्टरका सल्लाहबिना आफैं तलमाथि गर्नु हुँदैन । नियमित रूपमा रगतमा सुगरको मात्रा जाँच गराउनुपर्छ ।
मधुमेहसँग सम्बन्धित रोग: मधुमेहका धेरै बिरामीमा उच्च रक्तचाप पनि हुन्छ । त्यसैले नियमित रूपमा रक्तचापको जाँच गराउनुपर्छ । त्यस्तै मधुमेहका कारण आँखा, मिर्गौला, मुटु र नसामा असर पर्न सक्छ । वर्षमा एकचोटी आँखाको जाँच, मिर्गौलाको जाँच र कोलेस्टोरलको जाँच गराउनुपर्छ ।
सुगर कन्ट्रोल: खाली पेटको सुगर एफबीएस १३० एमजी/डीएलभन्दा कम भएमा र खाना खाएको दुई घन्टापछिको सुगर पीपीबीएस १८० एमजी/डीएलभन्दा कम भएमा सुगर कन्ट्रोल भएको मानिन्छ । त्यस्तै एचबीएवानसी नामको एक किसिमको रगतको जाँच गर्दा ७ प्रतिशत वा त्योभन्दा कम भएमा राम्रो मानिन्छ । यदि यसो गर्न सकिएन भने बिस्तारै आँखाको पर्दा/रेटिनामा असर गर्न सुरु हुन्छ । त्यसबारे बिरामीलाई थाहै हुँदैन र एकैचोटी अन्धो भएपछि मात्र उसलाई थाहा हुन्छ । त्यस्तै शरीरका धमनीहरूमा बोसो जम्मा हुँदै जान्छ र एकदिन अचानक हृदयाघात वा प्यारालाइसिस वा किड्नी फेल भएपछि मात्र बिरामीले पत्तो पाउँछ । यो सबै हुन नदिन सुगरलाई राम्रो कन्ट्रोलमा राख्नुपर्छ । त्यसकारण सुगरका बिरामीले खानपिन र व्यायामबाट एफबीएस र पीपीबीएस कन्ट्रोलमा राख्न नसके औषधी सेवन जरुरी छ । सुगरको औषधीको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधी नखाँदा झन् धेरै खतरा हुन्छ ।
हरेक मान्छेले ३५ वर्षपछि नियमित रूपमा सुगर जाँच गराउनुपर्छ । यदि सुगर देखियो भने सम्बन्धित डाक्टर (इन्डोक्राइनोलोजिष्ट) लाई देखाउनुपर्छ । खानपिन ठीक राख्ने, नियमित व्यायाम गर्ने र औषधी सेवन गर्नाले सुगर कन्ट्रोलमा रहन्छ, मधुमेहका कारण हुने अरु रोगबाट बच्न सकिन्छ र मधुमेहसँगको जीवन सुखमय रहन्छ । नर्भिक इन्टरन्यासनल हस्पिटलमा कार्यरत डा. जोशीले इन्डोक्राइनोलोजीमा डीएम डिग्री प्राप्त गरेका छन्