Thursday, November 8, 2012

न्यू २ एन्ड्रोइड - ekantipur

योगेश खतिवडा 
  
काठमाडौ, कार्तिक २४ - अमेरिकामा सामुद्री आँधी 'स्यान्डी' नआएको भए विश्व प्रविधि बजारमा केही थपिने थियो । लाखौं डलरको नोक्सानी गरेको स्यान्डीले नेपालीलाई प्रत्यक्ष रूपमा केही असर गरेन । तर गुगलको पछिल्लो भर्सनको अपरेटिङ सिस्टम सार्वजनिक हुन केही ढिला भयो । विश्वै लोकपि्रय एन्ड्रोइडले गत साता अमेरिकाबाट पछिल्लो अपरेटिङ सिस्टम जेलिविन ४.२ सार्वजनिक गर्ने योजना बनाएको थियो ।
स्यान्डीका कारण त्यो सार्वजनिक हुन नसके पनि तयार भइसकेको यो ओएस बजारमा आएपछि एन्ड्रोइडले राम्रो खुड्किला उक्लने अनुमान छ । यसो त नेपाली ग्राहकका लागि पनि खुसी हो, यो । नेपालमा गुगलको ओएस चलाउनेको संख्या सबैभन्दा उच्च छ । विभिन्न मोबाइल कम्पनीहरूले नेपाली बजारमा एन्ड्रोइड ओएससहितका सस्तो मूल्यका स्मार्टफोनमा सार्वजनिक गरिरहेको बेलामा नयाँ ओएस खुसीको कुरा हुन सक्छ । गुगलले नयाँ ओएस उत्पादन  बढाउनुका साथै 'क्रिएटिभिटी र पिस अफ माइन्ड' का लागि डिजाइन गरिएको जनाएको छ । यसमा केही नयाँ र आकर्षक विषेशता थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका क्यामेरा, किबोर्ड, एकाउन्ट लगायतमा आकर्षक सुविधा थपिएको बताएको छ ।

केही नयाँ सुविधा-
एउटा ट्याब्लेट धेरै
प्रयोगकर्ता
गुगलका अनुसार यस ओएस भएका ट्याब्लेटले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्छ । 'यसमा प्रयोगकर्तालाई उसका लागि भिन्दै स्पेस दिन सकिन्छ,' कम्पनीले भनेको छ, 'प्रत्येक प्रयोगकर्ताले उसको भिन्दै होम स्त्रिmन, ब्याकग्राउन्ड, एप्स र गेम हुन्छ ।' परिवारमा केही सदस्यले चलाउँदा सबैले एउटै एकाउन्टबाट काम गर्नु पर्ने र सबै एप्स सबैका लागि हुने अवस्था हट्ने छ ।
यसले एउटै ट्याबलेटभित्र विभिन्न खाता तयार गरिदिन्छ । अहिले ट्याबलेटभित्र एउटै युजर एकाउन्ट हँुदा आफूलाई मात्र आवश्यक एप्स हटाउनुपर्ने । इमेलहरू लग इन र लग आउट गर्नुपर्ने समस्या अब हट्ने कम्पनीले जनाएको छ । ट्याबमा भिन्दै लग इन तयार भए पनि ऊ सोझै आफ्नोमा गएर काम गर्न सक्छ । तर यो सुविधा मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध नहुने कम्पनीले जनाएको छ ।
संकेत बुझ्ने किबोर्ड
संकेतका भरमा टाइप गर्न सकियो भने सन्देश लेख्न धेरै सजिलो होला । यही सोचका साथ नयाँ ओएसमा नयाँ सुविधा थपिएको छ । प्रयोगकर्ताले अक्षरमाथि आफ्नो औंला घुमाएर म्यासेज लेख्न सक्छ । प्रयोगकर्ताले बीचमा आवश्यकता पर्ने खाली ठाउँको कुनै चिन्ता लिनु पर्दैन किनकि यो एप्स आफंैले गर्नेछ ।
यस्तै, किबोर्डले प्रयोगकर्ताले लेख्न खोजेको नयाँ शब्दको पनि अनुमान लगाउन सक्छ । यसले गर्दा प्रयोगकर्ताले एप्सले सल्लाह गरेको शब्दबाट आवश्यकताअनुसार छानेर वाक्य पूरा गर्न सक्नेछ । यस्तो सुविधा पहिले कहिल्यै नभएको कम्पनीले जनाएको छ । कम्पनीले एन्ड्रोइड ओएसले प्रयोग गर्ने डिक्सनरी धेरै सही र सान्दर्भिक भएको जनाएको छ ।
यसमा बोलेर सन्देश पठाउने सुविधालाई अझ सुधारिएको जनाएको छ । गुगलले यसअघि पनि बोलेर खोज्ने सुविधा दिँदै आएको छ । यसले इन्टरनेट कनेक्ट नहुँदा पनि काम गर्छ । 'त्यसैले प्रयोगकर्ता जहाँ गए पनि आवाजको भरमा टाइप गर्न सक्छन्,' कम्पनीले भनेको छ, 'इन्टरनेट कनेक्सन गराइरहनु आवश्यक छैन ।'
फोटोमा जोड सामसुङ एस थ्री र एप्पलले आइफोन फाइभमा प्राथमिकतामा राखेको फोटो खिच्ने विषेशतामा यसले पनि जोड दिएको छ । एन्ड्रोइड ४.२ मा ३६० डिग्रीको फोटो कुनै पनि दिशाबाट लिन सक्ने सुविधा भएको कम्पनीले जनाएको छ । यी सबै फोटोलाई जोडेर धेरै आकर्षक पानोरोमिक तस्बिर बनाउन सकिनेछ ।
अझ यसमा वायरलेस डिस्प्ले रहेको छ । प्रयोगकर्ताले फिल्महरू, यूट्युबका भिडियो लगायत अरू टीभीबाट हेर्न सक्छ । यसका लागि प्रयोगकर्ताले आफ्नो वायरलेस डिस्प्ले एडप्टर एडीएआई इनेवल टीभीमा जोड्नुपर्नेछ ।
डेडि्रम यसमा डे डि्रम नामको सुविधा पनि छ । यस अन्तर्गत एन्ड्रोइड जेलिविन ४.२ प्रयोग भएको डिभाइसले आइडल भएको बेला उपयोगी र आकर्षक सूचना स्त्रिmनमा देखाउँछ । प्रयोगकर्ताको फोटो अल्बम, गुगलमा रहेको पछिल्ला समाचार लगायत अरू डिस्प्ले हुने कम्पनीले जनाएको छ ।
सुरक्षित पनि गुगलमा भएको धेरै एप्सहरू भाइरस आक्रमणबाट धेरै खतरा अवस्थामा रहेको प्रतिवेदन आएको बेला कम्पनीले नयाँ ओएस धेरै सुरक्षित भएको जनाएको छ । यसमा प्रयोगकर्ताले कति डाटा एप्समा पहुँच र सेयर दिन भन्ने नियन्त्रण गर्न सक्छ । यसले एसएमएसलाई पनि सुरक्षित बनाउन खोजेको छ । यसमा एसएमएस कन्फर्मेसन सुविधा छ । यसमा प्रयोगकर्ता बाहेक रूपले सन्देश लेखे वा पठाए पनि यसको जानकारी प्रयोगकर्ताले पाउनेछ ।