Monday, November 5, 2012

१ अर्ब पर्ने साहरुखको घर भारतकै महङ्गो (फोटो फिचर) - onlinekhabar

दिल्लीबाट सुपरस्टार बन्ने सपना बोकेर मुम्बई प्रवेश गर्दा साहरुख खानको हातमा जम्मा १५ सय रुपिया थियो । १५ सय बोकेर मुम्बई छिरेका वलिउड नायक साहरुख खानसँग आज अरबौ सम्पत्ती छ ।
यसैबिच साहरुखको ‘बान्द्रा’ मा रहेको ‘मन्नत’ नामको घर भारतकै सबैभन्दा महङ्गो घरको सूचिको तेश्रो नम्बरमा परेको छ । भारतीय संचारमाध्यमका अनुसार भारतका महङ्गा ७ घरमध्ये साहरुखको घर तेश्रो नम्बरमा पर्दछ । यतिमात्र होइन वलिउडका अन्य स्टारको भन्दा साहरुखको घर सबैभन्दा सुन्दर छ । साहरुख ‘मन्नत’ मा रहदा केही नयाँ काम गर्न रुचाउछन् । उनी कहिले घरको सुरक्षा व्यवस्था कडा बनाउन तल्लिन हुन्छन् त कहिले घरभित्र लिफ्ट थप्न व्यस्त हुन्छन् ।

साहरुखको घरको मुल्य १ अरब रहेको बताइएको छ । पारसी परिवारबाट किनिएको साहरुखको घर हेरिटेज विल्डिंगको सुचिमा पर्दछ ।
मन्नत बाहेक उनको विभिन्न देशमा समेत घर रहेका छन् । साहरुखसँग साढे ३ अरब रुपिया बराबरको घर मात्र रहेको बताइएको छ ।