Wednesday, November 7, 2012

पुराणवाचक कै कर्तुत पुराण पत्रिकामा - mysansar



पण्डित दीनबन्धु पोखरेल अहिलेका सबैभन्दा चल्तीका पुराणवाचक हुन्। सेलिब्रिटी पुराणवाचक भन्दा फरक पर्दैन। उनले पुराण भन्दै भजन गाउँदा मान्छेहरु जुरुक जुरुक उफ्रेर नाच्न पुग्छन्। स्वदेशदेखि विदेशसम्म उनलाई पुराण लगाउनेहरुले बोलाउँछन्, उनी सशुल्क पुराण भनिदिन्छन्। कतै कुनै कामका लागि अर्थ संकलन गर्नुपर्‍यो भने उनैलाई धेरैले सम्झन्छन्। उनको पुराण वाचनपछि मान्छेहरु चन्दा दिन तँछाड मछाड गर्छन् रे।
यी पण्डितको पर्दापछाडिका कुरा धेरै अघिदेखि मान्छेहरुको मुख-मुखमा गाइँगुइँ सुनिएको हो। तर अब भने पत्रिकामै उनको कर्तुतको पुराण छापिन थालेको छ। पछिल्लो पटक जनआस्थाले तरुनी फेर्दै दिनरातै तरक्की शीर्षकमा उनीबारे सचित्र समाचार छापेको छ। समाचारमा उनको विभिन्न महिलासँगको सम्बन्ध बारे मात्रै हैन, आफ्नै बुबाको नामको प्रतिष्टानका लागि उठाएको पैसासमेत हिनामिना गरेको आरोप लगाइएको छ। समाचार यस्तो छ-
रुपन्देहीको मुर्गीयास्थित घिमिरेकी छोरी विमलासँग विवाह गरेका दीनबन्धुले हाल उनलाई चितवन बैरियामा राखेका छन्। तीन वर्षकी छोरी दिविसा पनि साथमै छिन्। तर, आफूचाहिँ तनहुँ, डुम्रेकी यशोदासँग विवाह गर्ने वाचा गरिरहेका छन्। दीनबन्धुले यस्तो प्रस्ताव राखेपछि यशोदाले आफ्नी दिदीलाई यो कुरा सुनाइन्। त्यसपछि चितवनको पार्वतीपुरमा दीनबन्धुकी ठूलीआमाको घरमा छलफल भयो। त्यहाँ उनले यशोदाकी दिदीलाई भने, ‘मसँग भोलि मेरी आमा र तपाईँकी बहिनी मात्रै हुनेछिन्। विमलासँग मेरो घरबार चल्दैन’ यस्तो कुरा चलेको केही समय बितिसक्यो। तर, दीनबन्धु न विमलासँग सम्बन्ध विच्छेद गरिरहेका छन्, न यशोदालाई विवाह गर्छु भन्न छाडेका छन्। बरु, काठमाडौँको कलंकीस्थित एलआरआई स्कूलपछाडि लक्ष्मी घिमिरे नामक महिलालाई घर बनाइदिएका छन्। त्यहाँ पनि त्यही भनेका छन्, ‘विमलासँग मेरो घरबार चल्दैन।’
दीनबन्धुका बुबा वाचन शिरोमणि पं. नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठनको भ्रातृ संस्था मातृशक्तिकी अध्यक्ष लक्ष्मीले पहिल्यै बुटवलका तुलसीसँग विवाह गरेकी थिइन्। र, अहिले दीनबन्धुको भर परेर बसेकी छिन्। उनको यस्तो आचरणमा परिवारले आपत्ति जनाउँदै आएको छ। सुध्रनुको सट्टा उनले सँगै हिँड्ने गरेका दाइ सुन्दरलाई आफ्नो टोलीबाट हटाइदिएका छन्।
पुराण वाचन गर्दा आफ्ना पछाडि तीन जना रुपमति राख्नुपर्ने। तीमध्ये एकलाई उनले रोज्नुपर्ने र तिनलाई मन्त्र सिकाउने नाममा बन्द कोटमकम लैजानुपर्ने नियमका कारण चितवनको प्रेमवस्ती र स्याङ्जाको गल्याङमा बबाल नै मच्चियो। पीडितमध्येकी हुन्, नवलपरासीस्थित अरुणखोलाकी विन्दु पन्थी। थोरै पैसा दिने र धेरै काम लगाउने दीनबन्धुले पोल खुल्ने डरले उनलाई मकवानपुरको पालुङमा आयोजित महायज्ञबाट निकालिदिएका छन्।
आर्थिक रुपमा पनि इज्जत फालेर काम गरी उनले रुपन्देहीको मणिग्राममा एक करोड ६५ लाख बराबरको जग्गा खरिद गरेका छन्। आफ्ना बुबाको नाममा स्थापित प्रतिष्ठानको नाममा आयोजकसँग रकम उठाउँदै चितवनको पार्वतीपुरमा १८ कठ्ठा, बैरियामा पाँच कठ्ठा जमिनमा ४० लाखको घर, कलंकीमा सात आना दुई पैसा जग्गा, बानेश्वरको चेल्सी कलेज अगाडि आठ आना, ढुंगेधारा, राधाकृष्ण मन्दिरअगाडि १० आना जग्गा र सामाखुसीको रेडन कलेजमा शेयर लगानी गरेका छन्।
उनले प्रत्येक महायज्ञबाट बुबाको नाममा प्रतिष्ठानको कोषमा जम्मा हुने गरी ५० हजार अतिरिक्त रकम माग गर्दछन्। तर, प्रतिष्ठानको खातामा २० हजार हालेर बाँकी आफूले राख्ने गरेका छन्। १४ जनाको भजन टोलीसहित हिँड्ने उनको सो टोलीका लागि दुई लाख ५० हजार अतिरिक्त खर्च लिने गर्दछन्। तर, ८० हजार बाँडेर बाँकी आफूले राख्ने गरेका छन्।
रामकोटमा बुबाको नामको प्रतिष्ठान खडा गर्ने नाममा पोहोर खुलामञ्चमा महायज्ञ भयो। त्यसबाट पाँच करोड उठ्यो। तर, न रामकोटमा प्रतिष्ठान खडा भयो, न त सो हिसाबै कतै देखाइयो।
बनेपाको उग्रेश्वर महादेवमा उनले नाटकीय पारामा आयोजकसँग यारिस गाडी फुत्काएका छन्। अरुबेला स्फटिक र रुद्राक्षको माला लगाएर मञ्चमा देखिने दीनबन्धु यारिस चढेपछि स्पोर्टस् सुज, ट्र्याक र ब्रान्डेड भेस्टमा सजिन्छन्। त्यस्तो भेषमा उनी शंखमुल ओरालोको होटल सनसेटभ्यु, नयाँ बानेश्वरस्थित होटल एभरेस्ट, चितवनको गंगोत्री होटल, मनकामनाको रिभरसाइड रिसोर्ट र धुलिखेल रिसोर्ट लजमा देखिने गर्दछन्। (साभारः जनआस्था)