काठमाडौ, मंसिर २ -
जापानी महिलाको बलात्कारपछि हत्याको निराधार अभियोगमा १५ वर्ष जेलमा
बिताउँदा इलाम गोलाखर्कका गोविन्द मैनालीलाई भएको पीडाको लेखाजोखा गर्न
सकिँदैन । उनको अनुपस्थितिमा यता इलाममा मैनाली परिवारको पीडाको पनि
लेखाजोखा गर्न कठिनै छ । मैनाली जेल जानुअघि बिताएका तीन वर्षसहित १८
वर्षको अवधिमा उनकी तरूनी पत्नी राधाले भोगेको पीडाको पनि लेखाजोखा गर्न
सकिँदैन । १७ वर्षको उमेरमा बिहे गरेकी राधाका पति गोविन्द बिहेको दुई
वर्षपछि जापान जान इच्छुक भए । दोस्रो विश्वयुद्धमा अमेरिकासँग हारेको
जापानको हिरोसिमा र नागासाकी हेर्ने र धन कमाउने उद्देश्य साँचेर २०५०
माघमा गोविन्द जापान उडेपछि राधा मैनालीका ६ हजार ७ सय २३ रात कसरी बिते
उनकै भाषामा:
उहाँ जापान जान बिदावारी भइरहेका बेला म गोलाखर्कस्थित घरकै शयनकोठामा सुँकसुँक गर्दै रुँदै थिएँ । माघको महिना थियो । जेठी छोरीको मुखबाट 'बा-बा' शब्द फुटेको मात्रै थियो । कान्छी ६ महिनाकी थिई । त्यसताका जेठीले रुँदै बाबा भनी बालसुलभ शैलीमा बाटो छेकिन् । उहाँले बलपूर्वक नानीका दुवै हात गलाबाट छुटाई हातमा थुकेर जापान जान इलामबाट काठमाडौंका लागि बस चढेको धुमिल सम्झना ताजै छ ।
उता पुगेपछि टेलिफोन र चिठीमार्फत तीन वर्ष हाम्रो बरोबर खबर आदानप्रदान भइरह्यो । तर, एकदिन हाम्रो घरमा दुःखद समाचार पुग्यो । 'जापानी महिलाको हत्यामा संलग्नको आरोपमा अनुसन्धानका लागि' प्रहरीले उहाँलाई पक्राउ गरेको खबर काठमाडौंबाट टेलिफोनमार्फत सुनियो । आकाश खसेजस्तो लाग्यो । घरमा रुवाबासी भयो । 'धत् ! उहाँका हातबाट यस्तो हुनै सक्दैन,' मनले भन्यो । किनकि उहाँसँग मेरो बाल्यकालदेखिको चिनजान, पारिवारिक साइनो, त्यसपछि स्कुले जीवनमा गाँसिएको प्रेम सम्बन्ध र त्यसपछि बनेको 'श्रीमान्/श्रीमती' को साइनोबाट मैले उहाँको आदत बुझ्ने मौका पाइसकेकी थिएँ । यिनै कारण मलाई उहाँबाट त्यस्तो अपराध हुने विश्वास लागेन ।
तर पनि, मन बेचैनी हुन थाल्यो । मेरो मन इलाममै अडिएन । हरपल चासो जापानतिरै जान थाल्यो । अहिलेजस्तो छिटोछिटो सूचना पाइँदैनथ्यो । केही महिनापछि हामीलाई जोड्ने माध्यम बन्यो चिठी । उहाँको १५ वर्ष जेल बसाइमा ५० थानजति चिठी लेखियो होला ।
स्कुल पढ्दा परीक्षामा 'चिठी लेख्ने' प्रश्न खुबै आउँथ्यो । मलाई भने चिठी लेख्न जाँगर चल्दैनथ्यो । एक/दुईपटक प्रेमपत्र लेखेको बाहेक मसँग चिठी लेखेको अनुभव थिएन । दुई छोरी, सासू/ससुरालाई खुवाई-चुठाई सकेपछि जब म ओछ्यानमा पुग्थेँ, सुत्न सक्दिनथेँ । कलम र कापी समातेर चिठी लेख्न थालिहाल्थेँ, 'मेरो हृदयको देउता ! मेरो दिलका राजा, म हजुरकी अर्धाङ्गिनी राधाका तर्फबाट प्रणाम । हामी घरपरिवार यहाँ सन्चै छौं । आशा छ, हजुर पनि आरामै हुनुहुन्छ होला । हजुरको कल्याणका लागि म श्री पशुपतिनाथसँग कामना गरिरहेकी छु...!' लेख्न बाँकी केही हुँदैनथ्यो । खेती के लगाएँ । धान कहिले रोप्ने । मकै कति पाथी भो । गाउँमा को मर्यो । सारा चिठीमा अटाउँथे । पत्र कोरेको रात निद्रा लाग्दैनथ्यो । छेउमा छोरीहरू सुतिरहेका हुन्थे । उहाँसँगै खाएका, डुलेका, हाँसखेल गरेका सम्झनाका पत्र एकएक गरी आँखामा नाच्थे अनि मेरा आँखाबाट आँसु झर्थे । सारीको फेरोले आँसु पुछ्दै अर्को हत्केलाले छोरीहरूका निधार सुम्सुम्याउँदै भन्थेँ, 'अभागी मोरीहरू, कठै ! बाउबिनाका हुने भए !'
उहाँ जेल परेपछि समाजमा मेराबारे कुरा काटेको सुन्न थालेँ । ढाडसको दाँजोमा धेरै नसुन्नुपर्ने घिनलाग्दा कुरा सुनिन थाले । तर मलाई उहाँले चिठीमा उद्धृत गर्ने 'गीताका सार' ले ढाडस दिइरहन्थ्यो । उहाँले जेलबाट लेखेका पत्रमा निराशा र चिन्ता हुँदैनथ्यो । उपदेश हुन्थे । तिनले मलाई सासू, ससुरा र छोरीहरूको ख्यालमा लगनशील हुन आत्मबल दियो । उहाँले पत्रमा धेरैपटक महाभारतमा जूवा हारेर वनबास भासिएका युधिष्ठिरलाई ऋषिले सुनाएको नल राजा र उनकी सुन्दरी रानी दमयन्तीको कथा लेखेर पठाउनुभयो जहाँ 'वनबास गएका बेला दमयन्ती कसरी पतिव्रतामै रहिन् र बिछोडको प्रेम प्रसंग' बारे कथा छ ।
उहाँको सम्झना आउनेबित्तिकै पुराना चिठी खोल्थेँ । नयाँ चिठी नआउन्जेलसम्म पुरानै चिठी दोहोर्याइ- तेहोर्याई पढिरहन्थेँ । सामलतुमलको जोहो गर्न इलाम बजार जाँदा हुलाकघर पसिहाल्थेँ । जापानबाट चिठी आए हल्काराले कसै न कसैका हातमा पठाइदिन्थे । हाम्रा गाउँबाट इलाम बजार गएकाहरू बेलुका घर फर्किंदा 'यिनीहरूका हातमा चिठी आयो होला कि ?,' भन्ने आशामा गाउँलेहरू बारीका डिलमा ओर्लिरहेको हेर्दै टोलाइरहन्थेँ । उहाँले लेखेका पत्रमा धेरै बेडरुमभित्रका र प्रेमका कुरा हुन्थे । म पनि लेख्थेँ, 'गैरीमा बिझेका काँडाहरू यी आँखाले हेर्न सक्दिनँ, मनमा लागेका कुराहरू यी पत्रमा कोरेर सक्दिनँ' यो सायरी धेरै चिठीमा दोहोर्याएँ । वास्तवमा हाम्रो बिहे भएपछि 'लभ' पर्यो ।
चिठी टुंग्याउन मनै लाग्दैनथ्यो । मध्यरातको प्रहर सकिएर आकाशमा सप्तऋषिका ताँती देखिने बेला भइसक्थ्यो । म लेख्थँे, 'हवस् त आजलाई यति नै । हजुरकै यादमा रात कट्न लागिसक्यो । बाँकी भेट अर्को पत्रमा ।
उही हजुरकी अर्धाङ्गिनी राधा गोलाखर्क इलाम ।'
उहाँ जेल परेपछि मलाई चाडबाड किन आउँछन् जस्तो लाग्न थाल्यो । तीज आउँथ्यो । साथीसंगी रातै भई व्रत बस्थे । पतिसँगै मन्दिर जान्थे । म'नि सोच्थेँ, 'मेरो श्रीमान्'नि साथमा भैदिए गोडा धुन्थेँ, पानी खान्थेँ ।' जोडी बाँधेर हिँडेको देख्ता मेरा दिन कहिले आउलान् हुन्थ्यो । परिवारभित्रै नाचगान चल्थ्यो । सकभर भाग लिन्नथेँ । गइहाले टुलुटुलु हेर्थेँ । उहाँ काराबास भएपछि नाच्ने उमंग र हौसला आएन । स्कुले जीवनमा नाचगानमा रुचि नभएको पनि होइन ।
बिहेपछिका दुई वर्ष राम्ररी बस्न पाइएन । किनकि छोरीहरू साना थिए । अधिक समय नानी हुर्काउनमै बित्यो । अब श्रीमान् हँदा र नहुँदाको भेद छुट्याउन सक्ने अनुभव बढेको छ । कसैले श्रीमान्को महत्त्वबारे सोधे जति पनि बोल्न सक्ने भएकी छु । कुरा काट्नेहरूलाई देख्दा 'मेरो श्रीमान् एकदिन आउँछन्, त्यसपछि यिनीहरूलाई बताउनेछु' हुन्थ्यो ।
इलाममा हुदाँ रेडियोले किन मार्मिक गीत बजाउँछ जस्तो लाग्थ्यो । प्रेम सम्बन्ध वा पति/पत्नीबारेका कार्यक्रमले पनि मन रोइहाल्थ्यो । 'पर्खाइमा भिज्यो सिरानी र चिठ्ठी तिम्लाई लेखुँ भन्थेँ' गीतले मलाई धेरैपटक रुवाएको छ । तर छोरीहरूलाई आँसु कहिल्यै देखाइनँ ।
चाडबाड आउँदा जहिल्यै मेरो घरमा रुवाबासी चल्थ्यो । बुबाको मुख हेर्ने औंसी र स्कुलमा हुने 'प्यारेन्स डे' मा छोरीहरू 'मम्मी हाम्रो बाबा खोइ ?' भनी उहाँको खोजी गर्थे । दसैंमा छिमेकीहरूले साना नानीको हात समातेर नयाँ कपडा किनिदिन लगेका बेला पनि छोरीहरू बुबा खोज्थे । सुरुका दिनमा धेरै कुरा ढाकछोप गरेँ । तर एकदिन ठूली छोरीले स्कुलमा उहाँ जोडिएको घटनाबारे साथीहरूबाट थाहा पाई । त्यसबेला ऊ २ मा पढ्थी । कुनचाहिं साथीले 'तिम्रो बुबा जेलमा परेको छ हगि' भनी सुनाएपछि ऊ रुँदै-रुँदै घर आई । त्यो नै जेठी छोरीले बाउबारे थाहा पाएको पहिलो स्मरण थियो । अलि राम्ररी दुवै छोरीले ४/५ कक्षा पढ्न थालेपछि थाहा पाए । किनकि त्यसबेला जापानबाट धेरै पत्रकार हाम्रो अवस्थाबारे समाचार लेख्न इलाम पुगिसकेका थिए ।
उहाँसँग छुट्टएिको आठ वर्षपछि म जापान जाने निश्चित भयो । काठमाडौंबाट उडेपछि कतिबेला जापान ओर्लिएर उहाँलाई न्यानो स्पर्श गरौंला भयो । तर मेरो सपना त्यतिबेला टुट्यो, जब उहाँ र मेरो स्पर्शरहित संवाद भयो । सिसाको बार भएको त्यहाँ शारीरिक स्पर्शबिना एकअर्काका कुरा सुन्यौं मात्रै । उहाँ जेलभित्र र म जेलबाहिर । बीचमा बाक्लो ठूलो सिसाको पर्खाल । बस ! यतिमै चित्त बुझाउनुपर्यो । त्यसबेला एक महिना जापान बस्नुपरेको थियो । तर मलाई नेपाल फर्किन मनै लागेन । मैले पत्रकार सम्मेलनमा भनिदिएँ, 'तिमीहरू निर्दोष मान्छेलाई जेल हाल्दारहेछौ, म पनि निर्दोष छु, जेल पठाइदेऊ ।' १० वर्षपछि छोरीहरूलाई जापान लगेँ । त्यसबेला छोरीहरू हुर्किसकेका थिए । उहाँले जेठीलाई कान्छी, कान्छीलाई जेठी बनाउनुभो । त्यो मेरो तेस्रो खेप थियो । त्यसअघि सासूलाई जापान लगिसकेकी थिएँ ।
श्रीमान् जेल परेपछि मात्रै काठमाडौं आउजाउ बढ्यो । मेरो स्मरणमा अहिले पनि एउटा सम्झना ताजै छ । इलामबाट आउँदा राजमार्गमा हामी चढेको बस अघिल्तिर गुडिरहेका सवारीसाधनको पछाडि 'नदीकिनारको रूखमुनि शिर झुकाई प्रेमीलाई कुरिरहेकी प्रेमिकाको चित्र खुबै चर्चित थियो । म ठान्थँे, कठै बिचरी ! त्यो पनि मजस्ती अभागी रहिछे । उता इलाम चियाबगान डुल्ने बढी जोडी नै हुन्थे । तिनलाई देखेर म गम्थँे, 'यिनीहरूले किन प्रेम गरेका होलान् ? किनकि प्रेम बिहे सफल नै हुँदैनन् । मेरो भएन । यिनीहरूको पनि छुट्ने पो हो कि ?
चिठी आदानप्रदान गर्दा धेरै फोटाहरू पठाइयो । त्यसमा धेरैजसो मेरो र छोरीहरूकै हुन्थे । उहाँ पनि मेरो र छोरीहरूको फोटो बढी माग्नुहुन्थ्यो ।
मसँग उहाँ जेल पर्नुअघिका फोटा थिए । १८ वर्षको अवधिमा मेरो ओछ्यानबाट उहाँका फोटा कहिल्यै छुटेनन् । दुईवटा फोटो सिरानीसँगै राख्न कहिल्यै छाडिनँ । फोटोको उद्देश्य सपनामा भेट होस् भन्ने हुन्थ्यो । म अक्सर सपनामा धेरैजसो उहाँलाई देख्थेँ, तर जहिल्यै टाढा- टाढा मात्र । उहाँ पारि डाँडामा एक्लै कुदिरहेको, म वारि डाँडामा । उहाँले बोलाउने, म कुद्दै जाने, तर छोप्नै नसक्ने । यस्तै सपना मात्रै बढी देखिए । १५ वर्षको जेल बसाइ अवधिमा १० पटक जापान ओहोर-दोहोर गरेँ । कहिल्यै स्पर्श गर्न पाइनँ ।
१५ वर्षपछि यसपालि असार १ गते मात्रै उहाँलाई स्पर्श गर्ने मौका पाएँ, त्यो पनि जापानमा होइन, जहाजमा । त्यहाँको कारागार प्रशासनले उहाँलाई एयरपोर्टबाट सोझै जहाजभित्र राखेपछि मात्रै छुन पाएँ । मेरा हातले कताकता स्पर्श गरे, थाहा छैन । किनकि त्यसबेला मेरो होसै थिएन । जापानबाट उडेको जहाज ६ घन्टापछि बैङ्कक पुग्दा पनि उहाँको हात समाती नै रहेँ । त्यो क्षण अहिले पनि सपनाजस्तो लाग्छ । तर बैङ्ककको १३ घन्टाको ट्रान्जिटमा उहाँलाई त्यहाँको अध्यागमनले अलग्गै राख्यो । सँगै बस्न पाइनँ । काठमाडौं ओर्लिएपछि मात्रै सोचेँ, अब हाम्रा चिठी लेख्ने दिन सकिए । अब रातो सारीमा छड्के तिलहरी हालेर तीजको व्रत बस्छु ।
हात समातेर घुम्छु । (धोको मेटाउन राधाले यसपालि तीजमा व्रत बसी पतिसँग फोटोसेसन गरिन: हेर्नुहोस् तस्बिर)
यसपटक उहाँ काठमाडौं ओर्लिंदा हाम्रो बसाइ इलामबाट काठमाडौं सरिसकेको थियो । उहाँ जापान गएपछि जहिल्यै मेरो ओछ्यानमा छोरीहरूको साथ हुन्थ्यो । कहिल्यै एक्लै सुतिनँ । उहाँ फर्किएपछि छोरीहरूको साथ यसपटक काठमाडौंमा टुट्यो । उहाँ मेरो ओछ्यानमा आएको रात 'पाहुना' जस्तो कस्तो अर्कै महसुस भयो । त्यस रात हामी दुवैलाई निद्रै लागेन । ओछ्यानमा ढल्किए पनि हामी दुवै बिहानसम्म गफमै डुबिरह्यौं ।