Friday, February 17, 2012

धर्मको नाममा व्यापार - rajdhani

भक्तपुरको चित्तपोलस्थित साँगामा रहेको महादेवको मर्ूर्ति अहिले कुनै व्यक्तिविशेषका लागि आर्थिक कमाइको प्रमुख स्रोत बनेको छ । विश्वकै सबैभन्दा अग्लो दाबी गरिएको १ सय ४३ फिट अग्लो सो शिव मर्ूर्तिलाई आधार बनाएर व्यवस्थापनले धर्मको नाममा व्यापार गरिरहेको हो ।
निजी स्तरबाट निर्माण भएको सो मर्ूर्ति अवलोकनमा जान मात्रै र्सवसाधारणले एक सय रुपैयाँ बुझाउनर्ुपर्छ । नबुझाए शिवको दर्शन गर्नर्ै पाइँदैन । त्यस्तै, पूजा गरेबापत पनि छुट्टाछुट्टै शुल्क लिने गरिएको छ । साधारण पूजाबापत ५ सय ५ रुपैयाँ र विशेष पूजा गर्नुपरे भक्तजनबाट १ हजार ५ सय रुपैयाँ असुल्ने गरिएको छ ।
मर्ूर्ति अवलोकन गर्नका लागि दर्ुइओटा बाटा रहेका छन् । एउटा बाटोबाट जाँदा पैसा तिर्नु पर्दैन भने अर्कोर् बाटोबाट पैसा बुझाउनर्ैपर्छ ।
दर्ुइओटा बाटोमध्ये पैसा तिर्नुपर्ने बाटो सहज भएकाले र मूलगेटमा भएकाले मर्ूर्ति दर्शन गर्न जाने जो-कोहीलाई अर्को बाटोबारे जानकारी दिइँदैन । पैसा तिर्नुपर्ने स्थान मूलगेट रहेेको छ भने अर्को बाटो अलि ओरालोका साथै कच्ची र अप्ठयारो छ । जहाँ सवारीसाधन जान निकै मुस्किल पर्छ । पार्किङको समस्या छ । खानेपानीको सुविधा समेत छैन । सय रुपैयाँ तिर्ने दर्शनार्थीलाई पूजा गरिसकेपछि चिया र कफी उपलब्ध गराइने व्यवस्थापन पक्षले बताए पनि खानेपानीको पनि व्यवस्था नगरिएकाले त्यो घोषणामा मात्रै सीमित हुने देखिएको छ ।
शिव मर्ूर्ति अवलोकनका लागि दैनिक एक हजार दर्शनार्थीहरू आउने गरेका छन् ।
जसमध्ये माथिको बाटोबाट दर्ुइ सय ५० जनाभन्दा बढी आउने गरेका छन् ।
शिव मर्ूर्ति निर्माण गर्दा र्सार्वजनिक जग्गासमेत मिचिएको छ । चित्तपोल गाविस-५ क १ को कित्ता नम्बर ६३ मा बनाइएको शिवको मर्ूर्ति रहेको स्थान २०२१ सालको नापीमा १ सय ७ रोपनी जग्गा रहेको र सो र्सार्वजनिक भएको उल्लेख छ । जग्गा मिचेको सम्बन्धमा २०६७ असारमा गाविस कार्यालयमा बसेको बैठकमा व्यापक विरोध जनाए पनि मर्ूर्ति निर्माणकर्ता भारतीय नागरिक कमल जैनले कुनै प्रतिक्रिया जनाएका थिएनन् । पछि सो जग्गाको लालपर्ुजासमेत बनाइएको थियो । सो लालपर्ुजा अहिले जग्गा हडपेका जैनले प्रयोग गरिरहेका छन् ।
जैनले मन्दिर परिसरमा आफू शिवभक्त रहेको शिलालेखमा उल्लेख गरेका छन् । तर, तिनै शिवलाई उनले व्यापार गरिरहेका छन् । जैन भारतीय भएकाले शिव मर्ूर्तिको उनले भारतमा व्यापक प्रचार-प्रसार गरेका छन् । भारतबाट आउने दर्शनार्थीलाई सोझै उनले भक्तपुर लगी त्यहीँकै होटल लजमा राखी विशेष पूजा गर्न लगाउने गरेका छन् ।
विशेष पूजा गरेबापत मनग्गे पैसा आउने उद्देश्यका साथ उनले भारतीय तर्ीथयात्रीलाई सो ठाउँमा लैजाने गरेका हुन् । भारतबाट आउने तर्ीथयात्रीलाई होटल लजमा राखी जैनले सिधै शिव मर्ूर्तिमा विशेष पूजा गराउन लागिएको विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरिरहेको स्रोतले बताएको छ ।
बैठकमा सहभागी नेमकिपा चित्तपोलका अध्यक्ष र्सर्ूयभक्त त्वातीका अनुसार सो अवसरमा सरोकारवालाहरूले प्रवेश शुल्कको व्यापक विरोध गरेका थिए । निजी स्तरबाट सञ्चालित भए पनि निर्माण कार्यका बेला मर्ूर्ति दर्शन गर्न शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो । तर, निर्माणकै क्रममा स्थानीय तथा राजनीतिक दलको विरोधपछि प्रशासनले मर्ूर्ति अवलोकन गर्दा शुल्क नलिन आदेश दिएको थियो । सो शिव मर्ूर्तिमा पूजा गर्न नमिल्ने व्यवस्थ्ाा गरिए पनि धर्मको नाममा व्यापार गर्न व्यवस्थापन पक्षले नजिकै अर्को एउटा सानो मन्दिर बनाएको छ ।
भक्तपुर र काभ्रे सिमाना छेउछाउका नागरिकले देवाली पूजा गर्ने मन्दिर स्थललाई मिचेर व्यवस्थापन पक्षले शिवको मर्ूर्ति बनाएका हुन् ।
साँगावासी तथा स्थानीय राजनीतिक दलले सो कार्यको विरोध गरे पनि बलपर्ूवक जग्गा मिचिएको छ । सो क्षेत्रमा घर तथा मन्दिर निर्माण भएलगतै साँगावासीले विरोध गरेका थिए । तर, उनीहरूको आवाजको कुनै सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । 'के गर्ने - जोसँग धन छ, उसले जे गरे पनि हुने रहेछ,' स्थानीय रमेश महर्जनले राजधानीसँग भने । शिव मर्ूर्ति निर्माण गरिनु राम्रो कदम भए पनि व्यावसायिक हिसाबले धर्मलाई प्रयोग गर्न नहुने एमाले चित्तपोल गाविसका अध्यक्ष रामकुमार कार्की बताउँछन् ।
शिव मन्दिर तथा मर्ूर्ति निर्माणको क्रममा जग्गा मिचेको विषयमा विवाद भएको चित्तपोल गाविस सचिव पुष्पराज कोइरालाले स्वीकार गरे । उनका अनुसार सो विषयको अहिलेसम्म पनि टुंगो लागेको छैन ।
मन्दिर तथा मर्ूर्ति निर्माणका लागि व्यवस्थापन पक्षले सरकारी निकायबाट कुनै प्रकारको स्वीकृतिसमेत नलिएको सचिव कोइरालाले जानकारी दिए । 'मन्दिर र मर्ूर्ति निर्माण कार्यका लागि कुनै पनि सरकारी निकायबाट स्वीकृति लिएको भन्ने कुरा मलाई जानकारी छैन,' उनले भने ।