Thursday, February 16, 2012

विदेशीका नाम राख्रे कलेजमाथि कारवाही हुने - onlinekhabar

४ फागुन, काठमाण्डौ । विदेशी नाममा विद्यालय र कलेज खोल्ने अस्वस्थ प्रतिस्पर्धा चल्न थालेपछि सरकारले त्यस्ता शैक्षिक संस्थामाथि कारबाहीको तयारी गरेको छ ।
विदेशी नाममा खोलिएका विद्यालय र कलेजले नेपालको मौलिक कला र संस्कृतिमा असर पुग्ने भन्दै शिक्षा मन्त्तालयले कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । यसका लागि शिक्षा मन्त्रालयलेशिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल समेत गठन गरेको छ । यो कार्यदलले त्यस्ता शिक्षक संस्थाको अध्ययन गरी कारबाही सहितका सिफारिस बुझाउने एक साताकोसमय दिएको छ ।
हाल काठमाण्डौ उपत्यकामा मात्र दुइ दर्जनको हाराहारीमा विदेशी शैक्षिक संस्था र स्थानका नाममा शिक्षण संस्था खुलेका आजको राजधानी दैनिकमा खबर छापिएको छ । नेपाली मौलिक नाम भएका शिक्षण संस्थाले समेत पछिल्ला दिनमा प्रतिस्पर्धाको नाममा विदेशी नाम राख्ने कार्य तिब्र पारेका छन् । कानुनमा स्पष्ट व्यवस्था नभएकै कारण विदेशीका नाममा धमाधम शिक्षण संस्था दर्ता भैरहेका छन् ।