किरण भण्डारी- कांग्रेस पञ्चायतविरुद्व सशस्त्र संघर्षमा थियो। २०३१ फागुन १२ गते वीरेन्द्रको राज्याभिषेकको तिथि नजिकिँदै थियो। कांग्रेसको सशस्त्र विद्रोहविरुद्व सरकारले सैनिक अपरेसन सुरु गर्यो।
२०३१ पुस १ गते टिम्वुरबोटे कान्डमा नेविसंघका होनहार युवा नेता राम/लक्ष्मण मारिए। बेजिल्लाका भए पनि ती जुम्ल्याहा दाजुभाइले विराटनगरमा नेविसंघको राजनीति तताएका थिए। पञ्चायतइतर राजनीतिको केन्द्र थियो मोरङ।
विद्यार्थीको आवरण धारण गरेर ती दाजुभाइ प्रतिबन्धित कांग्रेसको काम गर्थे। उनीहरूले सहादत प्राप्त गरेपछि विराटगर नेविसंघका नेता भए विजयकुमार गच्छदार। संगठनमा मरिमेट्ने स्वभावका गच्छदारको जोडी थिए- जेपी (जयप्रकाश) आनन्द। महेन्द्र मोरङ क्याम्पसमा आइकम पढ्ने ती युवा वाकपटुता, तर्क क्षमता र लेखनमा माहिर। चिटिक्क सर्टप्यान्ट लगाउने।
'बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कने भए, त्यसको प्रचारको नेतृत्व तिनै युवाले लिए,' त्यतिबेला भर्खर नेविसंघको राजनीति थालेका पुरञ्जन आचार्यले भने, 'उनी विराटनगरको टोलटोलमा कोणसभा गर्न भ्याउँथे।'
सप्तरीमा स्कुल पढ्दै राजकाज मुद्दा लागेपछि उनी बनारस प्रवास गएछन्। 'केटाकेटी उमेरमै बिपीको नजरमा परेको र गिरिजाप्रसाद कोइरालाले मन पराइसक्नुभएको रहेछ,' आचार्य सम्झन्छन्, '२०३३ सालदेखि २०३९ सालसम्म जेपीले विराटनगरम तहल्कै मच्चाए।'
प्रकाश नेपाली, प्रकाश लोहनी, अमृत अर्याल जेपीका अनुयायी थिए। 'हामी पनि उनकै नेतृत्वमा थियौ,' गिरिजाप्रसाद कोइरालाको दुई प्रधानमन्त्रीकालका स्वकीय सचिव आचार्यले भने, 'फारबेसगंजमा बस्ने गिरिजाबाबु जहिल्यै जेपीलाई खोज्नुहुन्थ्यो।'
साथीभाइलाई जेपी मधेसी हुन् भन्ने 'थाहै' थिएन। 'बोलीचाली, लवाइखवाइ सबै खाँटी पहाडिया जस्तो,' पञ्चायतकालका ती दिन सम्झँदै आचार्य भन्छन्, 'उनीसँग प्रेमविवाह गरेकी सरस्वती गिरीलाई नै उनी मधेसी हुन् भन्ने थाहा थिएन होला।'
कोइरालाहरूले जेपीलाई मधेसको नेता बनाउन प्रशस्त प्रोत्साहन दिएको जानकारहरू बताउँछन्। उनले २०४८ को निर्वाचनपछि प्रधानमन्त्रीको प्रेस सल्लाहकार, राज्यमन्त्री, मन्त्री र विभिन्न आयोगको संयोजक हुन पाए लगातार।
'निर्वाचनमा हारेकालाई कुनै पद नदिने भनियो,' नाम उल्लेख गर्न नचाहने कांग्रेसका एक केन्द्रीय नेताले भने, 'गिरिजाबाबुले आलोचना खेपेरै भए पनि जेपीलाई प्रेस सल्लाहकार बनाउनुभयो।'
२०५४ सालदेखि २०५९ सालसम्म एक वर्षबाहेक उनी सधैंजसो मन्त्री रहे। विभिन्न आर्थिक विवादमा मुछिए, तर उनलाई त्यसले पोलेन। 'कोइरालाहरूको विशेष कृपा भएकाले सञ्चार र कृषिमन्त्री बनाइयो,' नेविसंघबाट राजनीति थालेर मन्त्री बनेका ती नेताले भने, 'जेपी कोइराला परिवारको सदस्यको हैसियतमा थिए।'
पार्टी नेतृत्वले मधेसको नेता बनाउन खोजे पनि जेपीको रुचि पहाडिया लवज, लवाइ र खुवाइमा धेरै वर्ष कायमै रह्यो। 'प्रेस सल्लाहकार र राज्यमन्त्री हुने बेलासम्म उनी जेपी आनन्द नै लेख्थे,' आचार्य सम्झन्छन्, 'मेरो एल्बममा उनले दौरा सुरुवाल लगाएका तस्बिरमात्र छन्।'
सुजाता कांग्रेस राजनीतिमा हाबी हुँदै गएपछि जेपी कोइराला परिवारसँग टाढिँदै गए। तिक्तताको बिउ रोपिएपछि मात्र जेपीले गुप्ता लेख्न थाले। आनन्दलाई 'डिलिट' गरिदिए।
गिरिजाप्रसादसँग टाढिएपछि उनी देउवा निकट बने। २०५८ मा बनेको देउवा सरकारमा दोहोर्याएर सञ्चारमन्त्री बने। कांग्रेस फुटमा देउवासँग लागे। देउवा प्रधानमन्त्रीबाट पदच्यूत भएको केही समयपछि फेरि मूल कांग्रेसमै फर्के।
'जेपी प्रजातान्त्रिक कांग्रेसमा लाग्नुभयो तर सक्रिय हुनुभएन,' कांग्रेस नेता रमेश लेखकले भने, 'देउवा अप्ठेरोमा परेपछि छाड्दिनुभयो।'
गरेरै देखाएर कोइरालाको विश्वास जितेकैले गुप्ताले परिवार सदस्य सरहकै हैसियत बनाएको विराटनगर कांग्रेसका त्यतिबेलाका कार्यकर्ताको धारणा छ। 'जनमतसंग्रहका क्रममा २०३६ सालमा बिपीलाई स्याङ्जामा सांघातिक आक्रमण हुँदा होस् वा गिरिजाबाबुलाई रुपन्देहीको सुरजपुराको हमलामा, जेपी सँगै थिए,' आचार्य भन्छन्, 'बिपीको स्वर्गारोहणपछि जेपीको सक्रियता केही कम भयो।'
२०३९ सालमा काठमाडौं आएपछि जेपी मित्रपार्कको बिपी निवासमै बस्न थाले। भू-विक्रम नेम्वाङ, मनहरि बरालहरू त्यहाँका स्थायी पाहुना हुन्थे। विराटनगरमा जेपीले निकालेको राजनीतिक पत्रिकाले पनि २०४० पछि धार परिवर्तन गर्यो।
राजनीतिक मिसन बोकेको पत्रिकालाई उनले लोकसेवा आयोग लगायत प्रतियोगितात्मक परीक्षाको गाइडजस्तो बनाइदिए, अन्तर्राष्ट्रिय मञ्च भन्ने त्यतिबेलाको पत्रिकालाई रोलमोडल बनाएर।
कांग्रेस राजनीतिमा यथेष्ट अवसर पाएका जेपीले अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि राजनीतिक धार बदले। उनी राष्ट्रिय राजनीतिबाट मधेसी अधिकारवादी बने।
त्यतिबेला भूमिगत रहेका उपेन्द्र यादवसँग मिलेर 'मधेसी जनअधिकार फोरम' नामको एनजिओ खोले। त्यसको भेला आयोजक समितिको संयोजक यादव र सहसंयोजक जेपी थिए।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि उनको सभासद पद पनि ब्युँतियो। फोरम छाडेर फेरि कांग्रेसमा लागे। मधेस आन्दोलन चर्किएपछि फेरि फोरममै गए। एनजिओको रूपमा गठन भएको फोरम पार्टी बन्यो। मधेस आन्दोलनको नेतृत्व गरेको पार्टी र नेता यादवलाई 'बलियो' देखेर उनी त्यतै लागे।
मधेसी पार्टीमा लागेपछि उनले संसदमा कांग्रेस मात्र हैन, कोइरालाहरूको पनि उछित्तो काढे। 'आफू मधेसी भएकाले तीसौं वर्षदेखि कांग्रेसमा पिल्सिएर बस्नुपरेको' भन्ने संसदमा दिएको भाषण निकै चर्चित भयो। उनको नालीबेली जान्नेले 'कृतघ्न' भनेर आलोचना गरे।
यादवसँग उनको सहकार्य धेरै टिकेन। भदौमा उनले फोरम फुटाए। बाबुराम भट्टराई नेतृत्वको सरकार गठनको सूत्रधार बने। तेस्रोपटक सूचना तथा सञ्चार मन्त्रालय नै रोजे।
मधेसी आन्दोलनको वकाल गरे पनि उनले निख्खर नेपाली बोल्न छाडेका छैनन्। दौरा, सुरुवाल वा टोपी भने उनी लगाउँदैनन्।
सर्वोच्चको फैसलालाई पनि जेपी निष्पक्ष मान्न तयार छैनन्। 'मधेसी जनताको आन्दोलन उठाएकाले सर्वोच्चले दण्डित गरेको' प्रतिक्रिया दिँदै 'सजाय भुक्तान गरेपछि फेरि मधेसी जनतामै फर्कने' घोषणा उनले गरेका छन्।
जेपीलाई मधेसी आन्दोलनको मूलधारमा प्रवेश गराउने यादवले भने उनको भनाइलाई अवसरवाद भनेका छन्। 'मधेसका जनताले सर्वोच्चको फैसलालाई सम्मान गरेका छन्,' यादवले नागरिकसँग भने, 'जेपीको भ्रष्टाचारी र अवसरवादी चरित्र मधेसको कलंक बनेको थियो, अब त्यो मेटिएको छ।'
सर्वोच्चको फैसलापछि मधेसका जनताले दिपावली गरेर खुसियाली मनाइरहेको यादवले बताएका छन्। 'मधेसी भएकै भरमा भ्रष्टाचारीका पछाडि कोही लाग्दैन, सबैभन्दा बढी मिठाइ सप्तरीमै बाँडिएको छ,' उनले भने।