पत्नी गीता ढकालको हत्याको अभियोगमा हिरासतमा दिन काटिरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइराला हत्याको ११ दिनपछि मात्र पक्राउ परे । तर, उनी प्रचारमा आएजस्तो सजिलै पक्राउ परेका चाहिँ होइनन् । आखिर के भएको थियो त उनलाई पक्राउ गर्दा ?
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काठमाडौँ प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठलाई फोन गरी गीताका पिताले दिन लागेको कोइरालाविरुद्धको किटानी जाहेरी दर्ता नहुनुको कारण सोधे । ७ माघको साँझ सिटौलाले एसपी श्रेष्ठलाई हत्या नै गरसिकेको हो कि भन्ने आशंका भएकाले पछि अप्ठ्यारो पर्न सक्ने बताउँदै बच्न सुझाव पनि दिए । सिटौलाले उजुरीकर्ताहरूले श्रेष्ठको व्यवहार ठीक नभएको गुनासो पनि गरेको उनलाई सुनाए । त्यसै साँझ प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई दिएको आदेशपछि काठमाडौँ प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । प्रधानमन्त्री भट्टराईलाई आदेश दिन लगाउने भने उनै सिटौला थिए ।
निरन्तरको प्रयासपछि पनि कोइरालाविरुद्धको किटानी जाहेरी दर्ता हुन नसकेपछि गीताका माइती परविारहरू सिटौलालाई गुहार्न पुगेका थिए । सिटौलाले कोइरालासँगै प्रहरीमा प्रवेश गरेका उनका साथी एसपी श्रेष्ठलाई फोन गरेलगत्तै प्रधानमन्त्री भट्टराईको फोन सिटौलाको मोबाइलमा आयो । प्रधानमन्त्रीले शान्ति प्रक्रियामा आएको गतिरोधसँगै प्रमुख राजनीतिक दलहरूका बीच देखापरेको संवादहीनताको अवस्था फुकाउन पहलका लागि सिटौलालाई सम्पर्क गरेका थिए । तर, सिटौलाले यही मौका छोपे । उनले 'अरू कुरा पछि गरौँला, डीआईजी रञ्जन कोइरालाले पत्नी हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न तत्कालै निर्देशन दिनुपर्यो' भन्ने आग्रह गरे । त्यसको एकैछिनमा प्रधानमन्त्री निवासबाट फेर िसिटौलालाई फोन आयो र भनियो, पक्राउका लागि आईजीपीलाई नै आदेश दिइएको छ ।
पक्राउ पर्नुअघि आफूलाई अभियोग लगाउने ससुरा हरेराम ढकाल र तिनका नातेदारलाई थर्काउने कामसमेत गर्न भ्याएका उनी सशस्त्र प्रहरीको गाडीमा राजधानी काठमाडौँमै डुलिरहेका थिए । काठमाडौँ प्रहरीले गीताका बाबु ढकाल र कोइरालाका बीच २ माघमा वार्ता गराएको थियो, जसमा कोइरालाले दुई दिनको समय मागे । ४ माघमा हनुमानढोका जाँदा गीताको सकुशल अवस्थाको जानकारी होइन, केही मुन्द्रेहरूसहित उनी देखिए । ढकाल भन्छन्, "हामीलाई तर्साउन खोजियो ।"
पाँच वर्षदेखि सम्बन्ध बिग्रेर अलग बस्दै आएकी गीताले हालेको मानाचामल भराइपाउने मुद्दामा काठमाडौँ जिल्ला अदालतले २७ पुसमा उनका पक्षमा फैसला गरेको थियो । अदालतले त्यस मुद्दामा कोइरालाको मासिक तलबको आधा भराउने आदेश दिएको थियो । उनले आफ्नो तलबको ३३ प्रतिशत रकम नागरकि लगानी कोषमा आफ्नै नाममा बचत गरअिाएकाले कर आदि कट्टी गरी बाँकी भएको १० हजार रुपियाँ मात्रै तलबका रूपमा बुझ्ने गरेका थिए । यस हिसाबले गीताले आदालतको आदेश अनुसार मासिक रूपमा पाँच हजार रुपियाँ पाउने भइन् । जुन दिन अदालतबाट यो आदेश आयो, त्यही साँझ उनले पत्नीको हत्या गरेका थिए ।
हत्यालगत्तै सरकारी गाडीमा गीताको लास हालेर त्रिभुवन राजपथको टिस्टुङ, तेत्राङमा डढाउन पुगेका डीआईजी कोइराला तीन दिनपछि चीनतिर उड्ने प्रयासमा थिए । तर, माइती पक्षको रोकावटका कारण सम्भव भएन । सरकारी खर्चमा चीनको नेसनल डिफेन्स कलेजमा अध्ययन गररिहेका उनी बिदामा २१ पुसमा नेपाल आएका थिए र १ माघमा फर्किने तयारी गर्दै थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठको समेत आग्रहमा महानगरीय प्रहरी आयुक्त एआईजी कुवेर रानाको आदेशले उनलाई चीन उड्नबाट रोकिएको थियो । तर, रहस्यको कुरा के छ भने उनी बिदामा नेपाल आएको रेकर्ड त्रिभुवन विमानस्थलको अध्यागमनमा छैन ।
चीन फर्किन नपाएपछि उनले प्रमाण नष्ट गर्ने थप प्रयत्न सुरु गरे । ७ माघको अपरान्ह पनि लासलाई अझ डढाएर खरानी नै पार्न थप पेट्रोलसहित उनी तेत्राङ पुगेका थिए । गाउँलेले उनलाई लास ढडेको ठाउँमा एक्लो देखेपछि सोधपुछ गर्दै प्रहरीको जिम्मा त लगाए तर स्थानीय प्रहरीले माथिको आदेश थाम्न सकेन र तत्कालै उनलाई छाडिदियो । उन्मुक्त हुँदै त्यहाँबाट हिँडेका उनी चितवनतिर लागे । नारायणढ पुग्नुअघि उनको अन्तरंग महिला मित्र तारा रेग्मीसँग चितवनकै रामनगरमा भेटघाट भयो । राती चितवन नै बसेर भोलिपल्ट दुवै जना सँगै काठमाडौँ फर्किए । पक्राउ नपर्नेमा ढुक्क भएर फर्किए पनि नागढुंगामा प्रहरीले उनलाई पक्राउ गर्यो । उनले रेग्मीलाई नपक्रन भने । प्रहरी स्रोतका अनुसार उनकै आग्रहमा रेग्मी नागढुंगाबाटै मुक्त भइन्, जसलाई यतिबेला अनुसन्धानका लागि अत्यावश्क व्यक्तिका रूपमा प्रहरीले खोजी गररिहेको बताएको छ । उनी भने हत्याकाण्डबाट आफू र कोइरालाको मुक्तिका लागि कानुन व्यवसायीसँगको परामर्शमा भएको स्रोतको दाबी छ ।
घटनासम्बन्धी डीआईजी कोइरालाको बयानमा एकरूपता देखिएको छैन । तर, मार्ने उद्देेश्यले नभई भवितव्य परेको सन्देशचाहिँ बयानमा फेरबदल गर्दैपिच्छे कोइरालाले दिन छाडेका छैनन् । अपराधलाई अपराधीहरूले कसरी लुकाउँछन् र त्यसलाई अनुसन्धानकर्ताले कसरी बुझ्छन् भन्नेसम्मको विद्या पढेरै जानेका छन् कोइरालाले । उनले क्रिमिनल जस्िटस एन्ड ल इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन विषयमा अमेरकिाको सेन्ट्रल ओक्लोहामा विश्वविद्यालयबाट ६ वर्ष पहिल्यै स्नातकोत्तर गरसिकेको उनको वैयक्तिक विवरणमा देखिन्छ । त्यसका अतिरत्तिm अपराध अनुसन्धान तालिम, मानव अधिकार तालिम तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा पोस्ट ग्रयाजुएट डिप्लोमा गरेका छन् । कानुन र अपराधशास्त्रका यति धेरै विद्या प्राप्त उनले त्यो ज्ञान पत्नी हत्याको प्रमाण लुकाउन प्रयोग गरेका छन् । र, त्यही अनुसार बयान तोडमोड भइरहेको प्रहरीको भनाइ छ ।
छोराको व्रतबन्धका लागि गीताले नै बोलाएकाले भेट्न गएको र पुगेपछि विवाद हुँदा छिर्के लगाइदिएको, गीता भुइँमा लडेको र त्यसरी लड्दा उनको प्राण सकिएको कथाले अभियुक्तको हत्या गर्ने मनसाय नभएको प्रमाणित गराउँछ । उनले हत्या गर्ने मनसाय नभएको तर भवितव्यले मृत्यु भएपछि त्यसको डरले लास लुकाएर फालेको पुष्टि गराउने प्रयत्न गरेका छन् । अपराध गर्ने मनोवृत्ति होइन, भइसकेपछि लुकाउन खोजेको मात्र हो भन्ने स्थापित गराउन सके कानुनी दाउपेचमा सजिलो पर्छ । र, यस्तो बयान अदालतमा पेस भएमा कानुनको दृष्टिमा मुद्दा कमजोर हुन्छ र अभियुक्तले सजिलै उन्मुक्ति पाउँछन् ।
चीनबाट बिदामा आएका उनले यहाँ सशस्त्र प्रहरी मुख्यालय र आईजीपीलाई जानकारी दिएका थिएनन्, न त उनी र्फकनेबारेकै जानकारी थियो । जबकि, बाहिरबाट आएपछि हेडक्वार्टरमा हाजिर हुनुपर्ने प्रचलन सशस्त्रमा कायम छ । यस्ता कुराको जानकारी उनको बयानमा कहीँकतै छैन । यी कुरा खुल्दा हत्याकै उद्देश्यले उनी चीनबाट आएको र योजनाबद्ध ढंगले हत्या गरेको प्रमाणित हुने डर रहन्छ ।
शरीरका टुक्रा शिक्षण अस्पतालमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले टिस्टुङको घटनास्थलबाट संकलन गरएिको गीताको शरीरका टुक्रा २९ पुसमा नै काठमाडौँ पठाएको थियो । बाटोको नजिकै लास डढाएको र पूरा नजलेको अवस्थामा गाउँलेहरूले स्थानीय प्रहरीलाई खबर गरेपछि शरीरका टुक्रा संकलन गरएिको थियो । पोस्टमार्टम गर्नुपर्ने भएकाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जलाई सिफारसिसहित बेवारसिे लास पठाएको हो । त्यतिबेलासम्म त्यो शव गीता ढकालकै हो भन्ने प्रमाण थिएन ।
माइती पक्षले सबैतिर खोजी गर्न थालेपछि बेवारसिे लासमाथि शंका सुरु भएको हो । त्यसो त घटनास्थलबाट संकलन गरेकै भए पनि अझै विधि विज्ञानको हिसाबले लास गीताकै हो भन्ने प्रमाणित हुन समय लागिरहेको छ । किनभने, १२ माघमा मात्र उनका पिता हरेराम ढकालसँग डीएनए परीक्षणका लागि रगत लिइएको छ । दुवैको परीक्षण प्रमाणित भएपछि मात्र परविारलाई अन्तिम संस्कारका लागि जिम्मा दिइने प्रहरीको भनाइ छ ।