-नेत्र पन्थी
- अध्ययन समूहमा बसेर उनीहरूले ०३१ तिर नारायणीको तीरमा गएर माक्र्सवादलाई गम्भीर ढंगले अध्ययन गर्ने प्रतिबद्धता र प्रतिज्ञा गरे । पार्टीमा मोहनविक्रम सिंहको एकलौटी तोड्न यस्तो अध्धायन सुरु गरेका थिए उनीहरूले । चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाति ठान्थे उनीहरू आफूलाई । - जब पार्टीभित्र एकपछि अर्को गर्दै बादलले प्रचण्डलाई चुनौती दिन थाले उनीहरूबीचको सम्बन्धमा क्रमशः दरार देखा पर्न थाल्यो र त्यसमा आगो थप्यो बादलमाथि लागेको 'सांस्कृतिक विचलन' को आरोपले ।
- कुनै वेला प्रचण्ड र बादलले माक्र्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन पनि नचाहेका होइनन् । तर, वेला यस्तो पनि आयो केन्द्रीय समिति बैठकमै बादलले आत्मालोचना गर्नुपर्यो ।
- मगर जातिबाट आएका बादल र ब्राह्मण जातिका प्रचण्डबीचको झगडा पनि पेचिलो नै हुने गर्यो । मिल्दा पनि धेरै मिल्थे उनीहरू र झगडा गर्दा पनि उत्तिकै गर्छन् उनीहरू । भिन्दै परिवेश र संस्कारसहित आएका यी दुई नेताको नारायणी नदीको किनारमा मिलन भयो । तर, अहिले यी दुई नेताको सम्बन्ध नारायणी नदीका दुई किनारजस्तै बनेको छ ।
- केही दिनअगाडिको एउटा गोप्य बैठकमा प्रचण्डसँगको सम्बन्धलाई लिएर केही केन्द्रीय सदस्यहरूबीच बादल रोएका नै थिए । 'सँगैसँगै आएका हामीजस्ता मानिसलाई प्रचण्डले विश्वास गर्न छाडे,' बादलले भनेका थिए, 'योभन्दा पीडाको कुरा के हुन्छ ?'
चितवनमा जन्मिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव रामबहादुर थापा 'बादल' दुवै विज्ञान विषय पढेका नेता हुन् । एकै ठाउँमा जन्मिएर सँगै एउटै विषय पढेका यी दुई नेता एउटै उद्देश्य राखेर राजनीतिमा पनि होमिएका हुन् । त्यो उद्देश्य हो, 'नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने ।'
०२८ सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएका प्रचण्ड र ०३७ देखि पार्टी सदस्यता लिएर पूर्णकालीन भएका बादलबीच निकै लामो समय घनिष्ट सम्बन्ध रह्यो । तर, अहिले यी दुई नेताबीच अनौपचारिक भेटाघाट र कुराकानीसमेत हुन छाडेको छ । चिसिएको सम्बन्धका कारण यी दुईबीच वार्ता गराउनसमेत मध्यस्थकर्ता चाहिने भइसकेको छ । जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले आफ्ना भाई नारायण दाहालमार्फत बादलसँग संवाद गरे । केही दिनअगाडिको एउटा गोप्य बैठकमा प्रचण्डसँगको सम्बन्धलाई लिएर केही केन्द्रीय सदस्यहरूबीच बादल रोएका नै थिए । 'सँगैसँगै आएका हामीजस्ता मानिसलाई प्रचण्डले विश्वास गर्न छाडे,' बादलले भनेका थिए, 'योभन्दा पीडाको कुरा के हुन्छ ?'
पछिल्लोपटक उनीहरूको सम्बन्ध बिगार्यो सेना समायोजनसम्बन्धी एउटा निर्णयले । जब अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएलगत्तै लडाकुका शिविरमा रहेका हतियार राखिएको कन्टेनर बुझाउने निर्णय गरे, त्यसप्रति बादलले कडा आपत्ति जनाए । घोबीघाट मोर्चापछि सैन्य आयोगका प्रमुख बनेका बादललाई सेनासम्बन्धी महत्त्वूपर्ण विषयमा निर्णय गर्दासमेत जानकारी दिएनन् प्रचण्डले । प्रचण्डसँग घोबीघाटदेखि नै टाढा रहेका बादलले चाबी बुझाउने निर्णयमा आफूलाई सहभागी नगराएकोमा आपत्ति जनाए र पछि त्यो संस्थागत गर्ने गृहकार्य गरे । यसैका जगमा किरण र बादलले संयुक्त रूपमा विज्ञप्ति निकालेर नै चाबी बुझाउने र निर्णयको विरोध गरे । त्यहाँबाट सुरु भएको तिक्तकापूर्ण आरोप-प्रत्यारोप पुसमा चलेको केन्द्रीय समितिसम्म आउँदा उत्कर्षमै पुग्यो ।
***
पार्टीभित्र प्रचण्डको एकलौटी बादललाई खासै मन परेको थिएन । उनले घोबीघाटमा गएर किरण, बाबुराम र प्रकाशसँग गठबन्धन नै बनाए । चाबी बुझाउने निर्णयको विरोधमा किरणपक्षले बोलाएको पत्रकार सम्मेलनमा त बादल गर्जे नै । उनले पार्टी नेतृत्व दक्षिणपन्थी बिसर्जनवादमा फसेको भन्दै त्यसविरुद्ध विद्रोह गर्न पनि पछाडि नपर्ने उद्घोषसमेत गरे ।
हुन त यसअघि पनि प्रचण्ड र बादलबीच वेला-वेलामा खटपट नभएको होइन तर, अहिलेजस्तो शत्रुतापूर्ण सम्बन्ध भने यसअघि माओवादी नेता/कार्यकर्ताले देखेका थिएनन् । बादललाई प्रचण्ड प्रस्तावक र अमिक शेरचन समर्थक भएर पार्टी सदस्यता दिएका थिए ।
जब पार्टीभित्र एकपछि अर्को गर्दै बादलले प्रचण्डलाई चुनौती दिन थाले यी दुईबीचको सम्बन्धमा क्रमशः दरार देखापर्न थाल्यो र त्यसमा आगो थप्यो बादलमाथि लागेको 'सांस्कृतिक विचलन' को आरोपले । 'जब बादलजीलाई कारबाही भयो, त्यतिवेला मनमुटाव तै भइहाल्ने भो,' चितवननिवासी माओवादीका नेता श्रेष्ठ भन्छन्, 'तर अनुशासनको कारबाहीपछि निःसर्त बादलले कारबाही स्विकार्नुभयो र पार्टी नीतिमै चल्नुभयो । पछि उहाँको कारबाही फिर्ता पनि भयो ।'
जनयुद्धकै सुरुसँगै देखा परेको प्रचण्ड बादलबीचको मनमुटाव आजसम्म आउँदा धेरै उतार चढावबाट गुजि्रयो । मगर जातिबाट आएका बादल र ब्राह्मण जातिका प्रचण्डबीचको झगडा पनि पेचिलो नै हुने गर्यो । मिल्दा पनि धेरै मिल्थे उनीहरू र झगडा गर्दा पनि उत्तिकै गर्छन् उनीहरू । भिन्दै परिवेश र संस्कारसहित आएका यी दुई नेताको नारायणी नदीको किनारमा मिलन भयो । तर, अहिले यी दुई नेताको सम्बन्ध नारायणी नदीका दुई किनारजस्तै बनको छ । माओवादीका पुराना नेता भक्तबहादुर श्रेष्ठ विगतमा बादल र प्रचण्डको सम्बन्धबारे भन्छन्, '३५/३६ सालतिर हो मैले उहाँहरूसँग कुराकानी गरेको, दुवैसँगै हुन्थे, सँगै हिड्थे, गजबको एकता थियो ।'
चुनवाङ बैठकमा आरोप-प्रत्यारोपसँगै आलोचना र आत्मालोचनापछि दुवैले विगतका तीतामीठा अनुभव भुलेर नयाँ सम्बन्ध बनाएका थिए । तर, ०६२ असोज/कात्तिकको चुनवाङ बैठकमा लागेको 'मलम' अहिले फेरि उप्किदैछ । झन्डै ६ वर्षपछि प्रचण्ड-बादलको सम्बन्ध १८० डिग्रीको फरकपन छ । माओवादी नेता/कार्यकर्ताकै भनाइमा पनि चुनवाङपछि प्रचण्ड र बादल सम्बन्धमा धमिरा लागेको छ । एक-अर्कालाई हेर्ने दृष्टिकोण पहिलेभन्दा फरक छ, र अवश्विास र शंका पनि । भित्र-भित्र आरोप-प्रत्यरोप पनि । प्रचण्डले बादललाई विश्वास गर्न छाडेका छन्, भने बादलले प्रचण्डसँग भेटेर मनका कुरा गर्न चाहेका छैनन् । एकले अर्कोप्रत्ति गर्ने शंका समस्या बनेको छ । घोबीघाट मोर्चालाई सघाएकोमा प्रचण्डले बादलसँग असन्तुष्टि राखेका थिए ।
***
अहिले मात्र होइन राजनीति जीवनमा प्रचण्ड—बादल सम्बन्धमा उतार चढाव विभिन्न विषय र कालखण्डमा देखा परे । सुरुमा उनीहरूबीच जनयुद्धको थालनी पूर्व ०५२ मा खटपट भयो । ०५२ असोजमा जनयुद्धको थालनीको पहिलो योजना निर्माण गर्ने चर्चित गोरखा बैठकमा तत्कालीन महामन्त्री प्रचण्डलाई पार्टीभित्र र बाहिर स्थापित गर्ने विषयमा बहस भयो । बैठकले ठोस निर्णय गर्न सकेन । तर, पनि यो बैठक प्रचण्ड र बादलका लागि सुखद् भएन । लामो समयदेखि अत्यन्त घनिष्ठ रहँदै आएको प्रचण्ड र बादलबीचको सम्बन्धमा यसैवेलादेखि चिसोपन सुरु भयो । कारण थियो, प्रचण्डलाई स्थापित गर्ने सवालमा बादलले केही प्रश्न उठाएका थिए यहाँ । उनीहरूको राजनीतिक जीवनमा सुशुप्त मनमुटाव यहीबाट सुरु भयो । आफ्ना सीमा र संस्कारसहित उनीहरूबीच सम्बन्ध विकास हुँदै गयो । माक्र्सवादबारे उनीहरूबीच अन्तरविरोध नभए पनि संस्कारहरूमा अन्तरविरोध देखा परिरहे ।
प्रचण्ड र बादलबीच त्यतिवेला सम्बन्ध विकास भयो जतिवेला नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न खाले गुट, उपगुट र संशोधनवादमा फसेको थियो । त्यसका विरुद्ध लड्नका लागि माक्र्सवादको गहिरो अध्ययन गर्न भन्दै चितवनमा अध्ययन समूह बन्यो ०३१ मा । त्यो अध्ययन समूहमा उस्तैउस्तै उमेरका प्रचण्ड, बादल, मित्रराज दवाडी, खेम भण्डारी र पुष्प भुत्र्यालजस्ता युवाहरू थिए । यहीबाट प्रचण्ड र बादलसँगसँगै राजनीतिमा सक्रिय हुन थाले । त्यहाँ उनीहरूले नारायणीको तीरमा गएर माक्र्सवादलाई गम्भीर ढंगले अध्ययन गर्ने प्रतिबद्धता र प्रतिज्ञा गरे । उनीहरू पार्टीमा मोहनविक्रम सिंहको एकलौटी तोड्न यस्तो अध्ययन गरिरहेका थिए । चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाति ठान्थे उनीहरू आफूलाई । हप्ताहप्ता दिनमा जसले जे अध्ययन गरेको छ, त्यो विषयमा सबैलाई बताउनुपर्ने, अध्ययन गरेकोमा प्रश्न उत्तर हुने, छलफल हुने र अध्ययनलाई तिखार्ने पद्धति बनाए । त्यतिवेला प्रचण्ड पुष्पलाल समूहको पार्टी सदस्य भइसकेका थिए । पुष्पलाल समूह फुुटेपछि प्रचण्ड पनि हटे त्यहाँबाट र चौथो महाधिवेशनको सम्पर्कमा गए ।
जनयुद्धको तयारीको पूर्वसन्ध्यामा तत्कालीन जनमोर्चाले खेलेको भूमिकाको मूल्यांकन गर्नेबारे माओवादीमा 'शीतयुद्ध' चल्यो । यसमा बाबुराम एकातिर र प्रचण्ड-बादल अर्कोतिर थिए । ०५१ फागुनको तेस्रो विस्तारित बैठकले नेपाली जनयुद्धको रणनीति र कार्यनीति महत्त्वमा छलफल गर्यो । पश्चिम पहाडका जिल्लाहरूमा भएको ग्रामीण वर्गसंघर्षको विकासमा तत्कालीन इन्चार्ज बादलले खेलेको भूमिकाको उच्च मूल्यांकन पनि भयो त्यहाँ । बादलले त्यसवेला खेलेको भूमिका यस्तो थियो कि उनको भूमिका त्यस्तै रहे भविष्यमा आफ्नो नेतृत्व नै संकटमा पर्नसक्ने खतरा महसुस गरे प्रचण्डले । हुन त आफ्नो कार्यक्षेत्र पूर्वाञ्चल वा पश्चिमाञ्चल जहाँ भए पनि बादलले राम्रै काम गर्थे ।
जनयुद्धको सुरुवातपछिको पहिलो केन्द्रीय समिति बैठक ०५३ असारमा सिलिगुडीमा भयो । त्यहाँ बादल-पम्फा भुसाल सम्बन्धबारे सामान्य छलफल भयो । प्रचण्डले शंकाको दृष्टिकोणले हेर बादल र भुसालबीचको उठबसलाई । यो कुरा चित्त बुझेन बादललाई । जसले प्रचण्डसँग सम्बन्धमा केही न केही नकरात्मक असर पार्यो । ०५३ पुसमा लखनउमा भएको पोलिटब्युरो बैठकको क्रममा बादल-भुसाल प्रकरण उत्कर्षतिर पुगिरहेको विषयमा माओवादी नेताहरूहरूबीच छलफल भयो । ०५३ माघमा प्रचण्डका छोरीहरूको विवाहका वेला बादल-भुसाल प्रकरणको खुलासा गरियो । त्यसको केही हप्ताभित्रै कानपुरमा भएको मोर्चाहरूको बैठकमा बादल-भुसाल सम्बन्धबारे थप चर्चा भयो । अवस्था यहाँ पुग्यो ०५३ चैतमा फरिदावादको पोलिटब्युरो बैठकले बादल, शीतलकुमार र भुसाललाई 'यौन अराजकता' निम्ति 'अनुशासनात्मक कारबाही' गर्यो । ०५४ असारमा फरिदावादमा भएको केन्द्रीय समिति बैठकले बादल-भुसाल प्रकरणको 'राजनैतिक' आयामको उद्घाटन गर्यो । बादललाई 'लिनप्याओवाद उन्मुख प्रवृत्ति' को आरोपसहित थप कारबाही भयो त्यहाँ ।
संगीन आरोपसहित आफूमाथि कारबाही गरेपछि प्रचण्डप्रतिको विश्वास घट्यो बादलमा । यसले प्रचण्ड-बादल सम्बन्धलाई निकै नराम्रोसँग बिगार्यो जुन कुरा बादलले चुनवाङ बैठकमा प्रस्टका साथ राखे । उनले भनेका थिए 'पार्टी निर्माण गर्दा हामीले वाचा गरेका थियौँ, दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो आत्मीय सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिने छौँ, तर झुक्ने छैनौँ, टुट्ने छैनौँ । पटकपटक त्यो वाचा स्मरण पनि गर्यौँ । तर, कमरेडहरू हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी र हाम्रो सम्बन्ध धमिरा लागेको सम्बन्ध बन्यो ।' चुनवाङमा बादलले भनेका यी भनाइलाई मात्र हेर्ने हो भने पनि उनीहरूबीचको सम्बन्धको गाँठो कति बलियो थियोभन्ने थाहा हुन्छ । हुन त चुङवाङ बैठकबाट नै बादलमाथि लागेको 'लिनप्याओवाद'को खारेज भयो, तर प्रचण्डले कारबाही गरेर बादलको चित्त कति दुखाएका रहेछन् भन्ने प्रस्ट संकेत गर्यो र केन्द्रीय सदस्यहरूले महसुस पनि गरे । चुनवाङमा रोए, कराए माओवादी नेताहरू । अन्तरसंघर्षको पीडा व्यहोरेका प्रचण्ड बैठक आउँदा खल्तीमै राजीनामापत्र नै बोकेर आएका थिए ।
***-
कुनै वेला प्रचण्ड र बादलले माक्र्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन पनि नचाहेका होइनन् । तर, कुनै वेला यस्तो पनि आयो केन्द्रीय समिति बैठकमै बादलले आत्मालोचना गर्नुपर्यो । 'इतिहासको यो कठघरामा उभिएर म आफ्ना कमजोरी र भूलप्रति क्षमायाचना गर्दै छु । सायद मेरो केही 'बालहठ' भयो, मेरो नियतमा त्यस्तो थिएन । त्यसले आफ्नो आत्मीयको चित्त दुखायो र म आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर ती सबै भूलका निम्ति यो उचाइबाट क्षमा माग्न चाहन्छु ।' बादलको आत्मालोचना थियो, 'हाम्रो सम्बन्धलाई हेर्दा अर्को भूल मैले आफ्नै कमान्डरलाई जित्न खोजेर गरेँ । सिपाहीले कमान्डरको आदेश मान्दैन वा आदेशप्रति उदासिन हुन्छ भने त्यो सिपाहीले कमान्डरलाई जित्न खोजेको हुनपुग्छ वस्तुगत रूपमा । मैले कमान्डरलाई जित्न खोजेँ, नियतले होस् या अज्ञानताले । त्यहीँबाट समस्या पैदा भए । त्यसले पनि आँसुहरू बगायो । मैले कमान्डरका अगाडि हार्नुपथ्र्यो, निःसर्त आदेश पालना गर्नुपथ्र्यो । सायद मैले गरिनँ कतैकतै । त्यसकारण मैले जित्न खोजेँ कमान्डरलाई र म हारेँ । म त्यो हार स्वीकार गर्छु । म मेरो कमान्डरलाई जित्न चाहन्छु, तर जितेर होइन, हारेर । आप\mनो कमान्डरअगाडि म आज आफ्नो हार स्वीकार गर्छु । आफ्नो कमान्डरको जितमा म उहाँलाई मुठ्ठी उठाएर सलाम गर्छु । कमरेडहरू, सायद म अलि भावनाको उत्कर्षमा आएँ । तर, मलाई लाग्छ मैले सही गरिराखेको छु ।'
बादलले माओवादी अध्यक्ष प्रचण्डसँगको सम्बन्ध दुई कोणबाट हेर्छन् । एउटा औपचारिक सम्बन्ध र अर्को सम्बन्ध कमरेडली सम्बन्ध । पदमा तलमाथि भए पनि राजनीतिक जीवनकै सम्बन्ध उस्तै-उस्तै छ उनीहरूबीच । उनीहरूबीचको आत्मीय सम्बन्ध हेर्दा मान्छेहरू दंग पर्थे । उनीहरूकै श्रीमतीहरू पनि इष्र्यालु हुन्थे । सफलतामा उनीहरूले हर्ष मनाउथे । विफलतामा रातभर रुन्थे । जनयुद्ध, नयाँ पार्टी, नयाँ सेना, नयाँ मोर्चा कसरी बनाउन सिरानचोकमा तालिम गरे सँगसँगै । मनाङ पनि पुगे उनीहरू । सिस्ने-जलजलाका भीरमा पनि गोरेटो कोर्ने कोसिस गरे । चितवनको अध्ययन मण्डलबाट सुरु भएको सम्बन्धलाई उनीहरूले भीमसेननगरदेखि रामपुर क्याम्पस र कणर्ालीको किनारदेखि रुकुम-रोल्पासम्म पुर्याए ।
बादललाई लागेको थियो 'गोरखा बैठकदेखि सिज -सिस्ने-जलजला) अभियानमा पनि पटकपटक 'लिनप्याओ'को कुरा आउनु शृंखला हो । अवसरवादी शृंखला हो कि यो क्रान्तिकारी हो ? सधै सहयोग गर्दा पनि यस्तो आरोप किन लाग्छ ?' यो प्रश्नले जनयुद्धकालभर बादललाई पोलिरह्यो । प्रचण्डले लिनप्याओको आराप लगाउँदा बादललाई चित्त बुझेको थिएन । 'के म लिनप्याओ हो ?' यही प्रश्न उठाएका थिए बादलले चुनावाङमा । कारबाही पर्दा पनि बादलले निःसर्त स्विकारे र जनयुद्धमा आफ्नो भूमिका र निष्ठालाई स्थापित गर्ने प्रयत्न गरे ।
पुस ०५६ मा बादल र शीतलकुमारलाई केन्द्रीय समितिमा ल्याउनेबारे गोरखपुरमा प्रचण्ड र बाबुरामबीच छलफल भयो । जालन्धरमा शुद्धीकरण अभियानको मूल एजेन्डासहित केन्द्रीय समिति बैठक बस्यो र बादल पुनः केन्द्रीय समितिमा आए । ०५७ वैशाखमा जलपाइगुडीमा केन्द्रीय समिति बैठक बस्यो । तत्कालीन गण्डक क्षेत्रमा कार्यरत बादल र टोपबहादुर रायमाझी अनिलले 'प्रचण्डपथ' को सुझाव दिए । पछि ०५७ माघ-फागुनमा दोस्रो राष्ट्रिय सम्मेलन पन्जाबका भटिन्डामा भयो त्यहाँ पार्टीको कार्यनिर्देशन सिद्धान्त 'प्रचण्डपथ' पनि भयो ।
०५८ साउनमा जलपाइगुडी केन्द्रीय समिति बैठकमा नयाँ अन्तरविरोध देखा परे । रवीन्द्र श्रेष्ठले बादललाई स्थापित गर्नुपर्ने कुरामा जोड दिए । तर, प्रचण्ड यसबाट सशंकित भए । दरबार हत्याकाण्डपछि उपत्यकामा बढेको पार्टी अन्तरसंघर्षमा पनि प्रचण्ड बादलबीच आ-आफ्ना अडान देखा परे । ०५८ कात्तिकमा फरिदावादको पोलिटब्युरो बैठकमा प्रचण्ड, बाबुराम, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी र दीनानाथ शर्मालगायत थोरै नेता एकातिर र किरण, बादल, रवीन्द्र श्रेष्ठलगायत धेरैजसो नेता अर्कोतिर भए । प्रचण्डले यहाँ बादलको भूमिका प्रति असन्तुष्टि राखे । अझ १५ माघ ०५९ मा अप्रत्याशित रूपमा युद्धबिरामको घोषणा हुँदा र प्रचण्डसँग बादल सशंकित भए । भने वार्ताका क्रममा बादलको प्रस्तुतिबाट प्रचण्ड असन्तुष्ट भए । ०६० वैशाखमा सम्पन्न दोस्रोचरणको वार्तापश्चात् नै वस्तुतः भंग भइसकेको वार्तालाई वेलैमा विधिवत् टुंग्याउनुको सट्टा त्यसलाई तन्काउँदै लैजानु र सो अवधिमा फौजी तयारीलाई अपेक्षित ध्यान नदिइएको बादलको भनाइ थियो । ०६० साउनमा तेस्रोचरणको वार्तामा जाने वा नजानेबारे समेत बहस भएको थियो । प्रचण्ड वार्ताबाट आशावादी थिए भने बादल निराशावादी ।
***
प्रचण्डपत्नी सीता र बादलपत्नी नैनकलाबीचको 'टक-वार' पनि दुई नेताको सम्बन्धमा केही समस्या गराउन सहयोगीजस्तै भयो । ०६० चैतमा मुम्बईमा माओवादी नेताहरूले पार्टीभित्रको विवादबारे बहस गरेका थिए । त्यहाँ पनि किरण र बादलको मूल्यांकनबारे प्रचण्डले असहमति राखे । तर, बाबुरामलाई कारबाही गर्ने मामलामा प्रचण्ड-बादल एकै ठाउँ आए ।
सामान्य किसान परिवारमा २६ मंसिर ०११ मा कास्कीको ढिकुरपोखरीको नौडाँडामा जन्मेका प्रचण्डको बाल्यकाल सुखद् थिएन । बाबु मुक्तिराम र आमा भवानीका दुई छोरामध्ये जेठा पुत्र आर्थिक अवस्था एकदमै कमजोर प्रचण्डको परिवार चितवनको शिवनगर झर्यो । ५५ वषर्ीय बादल गुल्मीको बडागाउँमा जन्मेका थिए । भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा बादल इन्जिनियर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । नेपालबाट आइएस्सी एजी गरेर रूस गएका बादल नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै अध्ययन छाडेर नेपाल आए । ०३७ देखि राजनीतिमा लागेका बादलले ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताए । दोस्रो वार्ताकालमा वार्ताटोलीको सदस्यका रूपमा उनी सार्वजनिक भए । त्यसवेला बादल नै सबैभन्दा आकर्षणका केन्द्र बने । आफ्नो कार्यक्षेत्र जहाँ परे पनि बादलले भूमिका राम्रै खेल्थे । प्रचण्ड ०४१ मा पाँचौँ महाविधेशनबाट केन्द्रीय सदस्य भएका थिए भने बादल मसालमा विभाजन आएपछि ०४२ मा । ०३८ को चुनाव बहिस्कारका ताका प्रचण्ड र बादलसँगै खटेका थिए । उनीहरूबीच रामपुर क्याम्पसमा त लगातार भेट भइरह्यो । प्रचण्डको परिवार ०१९ मै चितवन झरेका थिए भने बादलका बाबु कर्णबहादुर ०२८ मा चितवनमा स्थायी बसाइँका लागि आएका थिए ।
***
जनयुद्धकालमा भारतमा भएको एउटा बैठकमा प्रचण्ड र बादलबीच रोचक कुराकानी पनि भए । बादलले प्रचण्डलाई भने 'तपाईं हामीसँगै बस्यौँ, सँगै खेल्यौँ तर अहिले विगत भुल्नुभयो ।' प्रत्तिउत्तरमा प्रचण्डले भनेका थिए, 'तपाई २०/२२ वर्षअगाडिको कुरा गर्दैहुनुहुन्छ । अहिले म पार्टी अध्यक्ष छु र तपाईं केन्द्रीय सदस्य हुनुहुन्छ । विगतका कुरा नगर्नुस्, अहिलेका कुरा गर्नुस् कमरेड ।' शान्तिप्रक्रियामा आएपछि प्रचण्ड र बादल सँगसँगै रहे । संविधानसभामा दुवैले उम्मेदवारी पनि दिए । माओवादी बहुपदमा गएपछि प्रचण्ड अध्यक्ष र बादल महासचिव भए ०६५ मा । त्यतिवेला पनि उनीहरूबीच आपसी सल्लाह, सहयोग र विश्वास भइरह्यो । संविधानसभाको निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री भए भने बादल रक्षामन्त्री । पार्टीमा अध्यक्षजस्तै सरकारमा पनि प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग काम गरे बादलले । त्यहाँ कुनै समस्या भएन । बरु तत्कालीन सेनापतिलाई कारबाही गनै विषयमा दुवैबीच एकमत थियो ।
शान्तिप्रक्रियापछिका बालाजु बैठक, खरिपाटी भेला होस् वा अरू केन्द्रीय समिति बैठकमा माओवादीभित्र देखा परेका विवादमा बादल मध्यमार्गी रूपमा देखा पर्थे । बादलसँग सहकार्य गरेका माओवादी नेताहरूको भनाइमा पार्टीलाई फुटबाट जोगाउन र विवादलाई 'सेफ ल्यान्डिङ' गराउन बादलले त्यस्तो भूमिका खेलेका हुन् । आफूमाथि किरण वा बाबुरामको आक्रमण हुँदासमेत बादल मध्यमार्गी भूमिकामा देखा पर्दा प्रचण्डले चाहिँ सधै राहत महसुस गर्थे । सकेसम्म बादललाई निश्चित दूरीमा राख्ने र चिढाउन हुँदैन भन्ने प्रचण्डको योजना हुन्थ्यो । तर, जब मधेसी दलसँग प्रचण्ड र बाबुरामले मध्यरातमा चारबुँदे सहमति गरेर सेना समयोजनमा लचकताको नीति अंगिकार गरे त्यो नै सम्बन्ध दरार पैदा गर्ने माध्यम बन्यो । त्यहाँबाट सुरु भएको झगडा अहिले पार्टी फुटसम्मको अवस्थामा जान लागेको छ ।
राजनीतिमा लामो समय बिताए पनि बादलले अहिले मात्र महसुस गरे की 'मसँग कुनै गुट छैन, मेरा पछाडि कोही छैनन् ।' प्रचण्डसँग टक्कर दिन सानो शक्तिले हुँदैन भन्ने बुझेपछि बादलले एउटा गुटको नेता बन्ने निष्कर्ष निकालेका छन् । ढिलो चाँडो उनी आफ्नो 'पोजिसन'मा कायम रहे भने उनले किरणको ठाँउ लिन्छन् पनि । एकता केन्द्रबाट आएका प्रकाशलाई काखी च्यापेर हिँड्ने प्रचण्डको कार्यशैली बादललाई मन पर्दैन । गम्भीर कारबाहीपछि पनि बादललाई यहाँसम्म ल्याएको मैलै नै हो भन्ने प्रचण्डलाई लाग्छ ।
सत्तासंघर्षमा उनीहरूबीच अझै केही टकराव नहोला भन्न सकिन्न । बाहुन आफूभन्दा बढी बाठो हुन्छ भन्ने कुरा मगर जातिका बादलले नबुझेका पनि होइनन् । तब त उनले कुनै वेला भनेका थिए 'सत्ताको महत्त्व बुझ्ने, नेतृत्वको महत्त्व बुभ\mने कुरामा तपाईं मभन्दा अगाडि हुनुहुन्छ, इतिहासले पुष्टि गरेको कुरा त्यही हो । तर, त्यसको महत्त्वलाई अति जोड दिँदा त्यो सर्वसत्तावादमा जान्छ, नोकरशाहीमा जान्छ र त्यो कम्युनिस्ट सम्बन्ध हुनसक्दैन ।' सायद आज प्रचण्ड-बादलमा देखापरेको तिक्ततापूर्ण सम्बन्धको जग पार्टी दर्शन र सत्ता संघर्षकै कारण हो कि ? कुनैवेला उनीहरूबीच सम्बन्ध यति आत्मीय थियो कि बादलले चुनावाङमा भनेका थिए 'म उचाइ वा शिखर होइन, म शिखर हुन चाहन्नँ र मेरो त्यो विशेषता पनि होइन । म त आधार हो कमरेड, म एउटा जग हो । उचाइलाई कायम राख्न म जग मजबुत हुनुपर्छ । जग मजबुत भएन भने उचाइ रहँदैन, त्यो गल्र्यामगुर्लुम टि्वनटावर जसरी ढल्छ, उचाइ धेरै भयो भने जग पनि भासिन्छ भन्ने हामी मूल्यांकन गथ्र्यौं ।'