पत्नी गीता ढकालको हत्याको अभियोगमा हिरासतमा दिन काटिरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइराला हत्याको ११ दिनपछि मात्र पक्राउ परे । तर, उनी प्रचारमा आएजस्तो सजिलै पक्राउ परेका चाहिँ होइनन् । आखिर के भएको थियो त उनलाई पक्राउ गर्दा ?
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काठमाडौँ प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठलाई फोन गरी गीताका पिताले दिन लागेको कोइरालाविरुद्धको किटानी जाहेरी दर्ता नहुनुको कारण सोधे । ७ माघको साँझ सिटौलाले एसपी श्रेष्ठलाई हत्या नै गरसिकेको हो कि भन्ने आशंका भएकाले पछि अप्ठ्यारो पर्न सक्ने बताउँदै बच्न सुझाव पनि दिए । सिटौलाले उजुरीकर्ताहरूले श्रेष्ठको व्यवहार ठीक नभएको गुनासो पनि गरेको उनलाई सुनाए । त्यसै साँझ प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई दिएको आदेशपछि काठमाडौँ प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । प्रधानमन्त्री भट्टराईलाई आदेश दिन लगाउने भने उनै सिटौला थिए ।
निरन्तरको प्रयासपछि पनि कोइरालाविरुद्धको किटानी जाहेरी दर्ता हुन नसकेपछि गीताका माइती परविारहरू सिटौलालाई गुहार्न पुगेका थिए । सिटौलाले कोइरालासँगै प्रहरीमा प्रवेश गरेका उनका साथी एसपी श्रेष्ठलाई फोन गरेलगत्तै प्रधानमन्त्री भट्टराईको फोन सिटौलाको मोबाइलमा आयो । प्रधानमन्त्रीले शान्ति प्रक्रियामा आएको गतिरोधसँगै प्रमुख राजनीतिक दलहरूका बीच देखापरेको संवादहीनताको अवस्था फुकाउन पहलका लागि सिटौलालाई सम्पर्क गरेका थिए । तर, सिटौलाले यही मौका छोपे । उनले 'अरू कुरा पछि गरौँला, डीआईजी रञ्जन कोइरालाले पत्नी हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न तत्कालै निर्देशन दिनुपर्यो' भन्ने आग्रह गरे । त्यसको एकैछिनमा प्रधानमन्त्री निवासबाट फेर िसिटौलालाई फोन आयो र भनियो, पक्राउका लागि आईजीपीलाई नै आदेश दिइएको छ ।
पक्राउ पर्नुअघि आफूलाई अभियोग लगाउने ससुरा हरेराम ढकाल र तिनका नातेदारलाई थर्काउने कामसमेत गर्न भ्याएका उनी सशस्त्र प्रहरीको गाडीमा राजधानी काठमाडौँमै डुलिरहेका थिए । काठमाडौँ प्रहरीले गीताका बाबु ढकाल र कोइरालाका बीच २ माघमा वार्ता गराएको थियो, जसमा कोइरालाले दुई दिनको समय मागे । ४ माघमा हनुमानढोका जाँदा गीताको सकुशल अवस्थाको जानकारी होइन, केही मुन्द्रेहरूसहित उनी देखिए । ढकाल भन्छन्, "हामीलाई तर्साउन खोजियो ।"
पाँच वर्षदेखि सम्बन्ध बिग्रेर अलग बस्दै आएकी गीताले हालेको मानाचामल भराइपाउने मुद्दामा काठमाडौँ जिल्ला अदालतले २७ पुसमा उनका पक्षमा फैसला गरेको थियो । अदालतले त्यस मुद्दामा कोइरालाको मासिक तलबको आधा भराउने आदेश दिएको थियो । उनले आफ्नो तलबको ३३ प्रतिशत रकम नागरकि लगानी कोषमा आफ्नै नाममा बचत गरअिाएकाले कर आदि कट्टी गरी बाँकी भएको १० हजार रुपियाँ मात्रै तलबका रूपमा बुझ्ने गरेका थिए । यस हिसाबले गीताले आदालतको आदेश अनुसार मासिक रूपमा पाँच हजार रुपियाँ पाउने भइन् । जुन दिन अदालतबाट यो आदेश आयो, त्यही साँझ उनले पत्नीको हत्या गरेका थिए ।
हत्यालगत्तै सरकारी गाडीमा गीताको लास हालेर त्रिभुवन राजपथको टिस्टुङ, तेत्राङमा डढाउन पुगेका डीआईजी कोइराला तीन दिनपछि चीनतिर उड्ने प्रयासमा थिए । तर, माइती पक्षको रोकावटका कारण सम्भव भएन । सरकारी खर्चमा चीनको नेसनल डिफेन्स कलेजमा अध्ययन गररिहेका उनी बिदामा २१ पुसमा नेपाल आएका थिए र १ माघमा फर्किने तयारी गर्दै थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठको समेत आग्रहमा महानगरीय प्रहरी आयुक्त एआईजी कुवेर रानाको आदेशले उनलाई चीन उड्नबाट रोकिएको थियो । तर, रहस्यको कुरा के छ भने उनी बिदामा नेपाल आएको रेकर्ड त्रिभुवन विमानस्थलको अध्यागमनमा छैन ।
चीन फर्किन नपाएपछि उनले प्रमाण नष्ट गर्ने थप प्रयत्न सुरु गरे । ७ माघको अपरान्ह पनि लासलाई अझ डढाएर खरानी नै पार्न थप पेट्रोलसहित उनी तेत्राङ पुगेका थिए । गाउँलेले उनलाई लास ढडेको ठाउँमा एक्लो देखेपछि सोधपुछ गर्दै प्रहरीको जिम्मा त लगाए तर स्थानीय प्रहरीले माथिको आदेश थाम्न सकेन र तत्कालै उनलाई छाडिदियो । उन्मुक्त हुँदै त्यहाँबाट हिँडेका उनी चितवनतिर लागे । नारायणढ पुग्नुअघि उनको अन्तरंग महिला मित्र तारा रेग्मीसँग चितवनकै रामनगरमा भेटघाट भयो । राती चितवन नै बसेर भोलिपल्ट दुवै जना सँगै काठमाडौँ फर्किए । पक्राउ नपर्नेमा ढुक्क भएर फर्किए पनि नागढुंगामा प्रहरीले उनलाई पक्राउ गर्यो । उनले रेग्मीलाई नपक्रन भने । प्रहरी स्रोतका अनुसार उनकै आग्रहमा रेग्मी नागढुंगाबाटै मुक्त भइन्, जसलाई यतिबेला अनुसन्धानका लागि अत्यावश्क व्यक्तिका रूपमा प्रहरीले खोजी गररिहेको बताएको छ । उनी भने हत्याकाण्डबाट आफू र कोइरालाको मुक्तिका लागि कानुन व्यवसायीसँगको परामर्शमा भएको स्रोतको दाबी छ ।
घटनासम्बन्धी डीआईजी कोइरालाको बयानमा एकरूपता देखिएको छैन । तर, मार्ने उद्देेश्यले नभई भवितव्य परेको सन्देशचाहिँ बयानमा फेरबदल गर्दैपिच्छे कोइरालाले दिन छाडेका छैनन् । अपराधलाई अपराधीहरूले कसरी लुकाउँछन् र त्यसलाई अनुसन्धानकर्ताले कसरी बुझ्छन् भन्नेसम्मको विद्या पढेरै जानेका छन् कोइरालाले । उनले क्रिमिनल जस्िटस एन्ड ल इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन विषयमा अमेरकिाको सेन्ट्रल ओक्लोहामा विश्वविद्यालयबाट ६ वर्ष पहिल्यै स्नातकोत्तर गरसिकेको उनको वैयक्तिक विवरणमा देखिन्छ । त्यसका अतिरत्तिm अपराध अनुसन्धान तालिम, मानव अधिकार तालिम तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा पोस्ट ग्रयाजुएट डिप्लोमा गरेका छन् । कानुन र अपराधशास्त्रका यति धेरै विद्या प्राप्त उनले त्यो ज्ञान पत्नी हत्याको प्रमाण लुकाउन प्रयोग गरेका छन् । र, त्यही अनुसार बयान तोडमोड भइरहेको प्रहरीको भनाइ छ ।
छोराको व्रतबन्धका लागि गीताले नै बोलाएकाले भेट्न गएको र पुगेपछि विवाद हुँदा छिर्के लगाइदिएको, गीता भुइँमा लडेको र त्यसरी लड्दा उनको प्राण सकिएको कथाले अभियुक्तको हत्या गर्ने मनसाय नभएको प्रमाणित गराउँछ । उनले हत्या गर्ने मनसाय नभएको तर भवितव्यले मृत्यु भएपछि त्यसको डरले लास लुकाएर फालेको पुष्टि गराउने प्रयत्न गरेका छन् । अपराध गर्ने मनोवृत्ति होइन, भइसकेपछि लुकाउन खोजेको मात्र हो भन्ने स्थापित गराउन सके कानुनी दाउपेचमा सजिलो पर्छ । र, यस्तो बयान अदालतमा पेस भएमा कानुनको दृष्टिमा मुद्दा कमजोर हुन्छ र अभियुक्तले सजिलै उन्मुक्ति पाउँछन् ।
चीनबाट बिदामा आएका उनले यहाँ सशस्त्र प्रहरी मुख्यालय र आईजीपीलाई जानकारी दिएका थिएनन्, न त उनी र्फकनेबारेकै जानकारी थियो । जबकि, बाहिरबाट आएपछि हेडक्वार्टरमा हाजिर हुनुपर्ने प्रचलन सशस्त्रमा कायम छ । यस्ता कुराको जानकारी उनको बयानमा कहीँकतै छैन । यी कुरा खुल्दा हत्याकै उद्देश्यले उनी चीनबाट आएको र योजनाबद्ध ढंगले हत्या गरेको प्रमाणित हुने डर रहन्छ ।
शरीरका टुक्रा शिक्षण अस्पतालमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले टिस्टुङको घटनास्थलबाट संकलन गरएिको गीताको शरीरका
टुक्रा २९ पुसमा नै काठमाडौँ पठाएको थियो । बाटोको नजिकै लास डढाएको र पूरा नजलेको अवस्थामा गाउँलेहरूले स्थानीय प्रहरीलाई खबर गरेपछि शरीरका टुक्रा संकलन गरएिको थियो । पोस्टमार्टम गर्नुपर्ने भएकाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जलाई सिफारसिसहित बेवारसिे लास पठाएको हो । त्यतिबेलासम्म त्यो शव गीता ढकालकै हो भन्ने प्रमाण थिएन । माइती पक्षले सबैतिर खोजी गर्न थालेपछि बेवारसिे लासमाथि शंका सुरु भएको हो । त्यसो त घटनास्थलबाट संकलन गरेकै भए पनि अझै विधि विज्ञानको हिसाबले लास गीताकै हो भन्ने प्रमाणित हुन समय लागिरहेको छ । किनभने, १२ माघमा मात्र उनका पिता हरेराम ढकालसँग डीएनए परीक्षणका लागि रगत लिइएको छ । दुवैको परीक्षण प्रमाणित भएपछि मात्र परविारलाई अन्तिम संस्कारका लागि जिम्मा दिइने प्रहरीको भनाइ छ ।


केपी ढुंगाना, सुदर्शन सापकोटा, काठमाडौं, माघ १२- नेपाल र भारतमा ठगी गरेको अभियोगमा इन्टरपोलद्धारा रेडकर्नर नोटिस भएकी एक नेपाली व्यवसायीलाई थाइल्यान्ड प्रहरीले पक्राउ गरी नेपाल पठाइदिएको छ। एभ्को इन्टरनेसनलकी सञ्चालक विनिता प्रधानलाई थाई विमानबाट बुधबार मध्यान्ह काठमाडौं आउनसाथ नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 









केपी ढुङ्गाना, काठमाडौँ, माघ १- सहयोगी लिएर विमानस्थल पुगेका अर्थमन्त्री वर्षमान पुनको गाडी सुरक्षाजाँचमा पर्यो। सुरक्षा अधिकारीले मन्त्री पुनलाई मात्र भित्र जाने अनुमति छ भनेपछि गाडी केही समय बाहिरै रोकियो। सहयोगी लैजान पाउने पुनको आग्रह सुरक्षाकर्मीले अस्वीकार गरे। सहयोगी ओर्लिएपछि बल्ल पुनले विमानस्थलभित्र जाने अनुमति पाए।
वेन काठमाडौं ओर्लने निर्धारित समयभन्दा १४ घन्टापहिले शुक्रबार राति १० बजे बल्ल महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख कुवेरसिंह रानालाई प्रधान कार्यालयबाट सन्देश आयो- चिनियाँ प्रधानमन्त्री आउने कन्फर्म भयो, सुरक्षा तयारी गर्नू। 