२१ मंसिर, काठमाडौं । तीन समूहमा विभक्त एमाओवादीको गुटबन्दीले यो साताबाट एकाएक नयाँ आकार ग्रहण गरेको छ । संस्थापन भनिने प्रचण्ड-बाबुराम समूहले आइतबार साँझ बालुवाटारमा ३२ जना पोलिटब्युरो सदस्यसहितको भेला बोलाएर वैद्य पक्षसित भिड्ने रणनीति बनाए पनि ललितपुरको धोबीघाटछेउमा २७ भन्दा बढी केन्द्रीय सदस्य सम्मिलित अर्काे गोप्य भेलाले प्रचण्ड, वैद्य र बाबुराम कसैको पनि पछि नलाग्ने निर्णय गरेको छ । उता १६ सदस्यीय स्थायी कमिटीमा वैद्य, प्रचण्ड र बाबुराम कसैलाई पनि बहुमत पुर्याउन नदिनेगरी चारजनाको नयाँ गुट निर्माण भएको छ ।
एमाओवादीको एक सय ४८ सदस्यीय केन्द्रीय समितिमा अब यो चौथो धारको सहमति नलिई न वैद्य पक्षको बहुमत पुग्छ न त बाबुराम-प्रचण्डकै । सम्भवतः यही नयाँ गुटको सुइँको पाएर हुनुपर्छ, आइतबारको बालुवाटार भेलाले वैद्य पक्ष बलियो भएको निष्कर्ष निकाल्दै ऊसित आक्रामक नभई रक्षात्मक सम्बन्ध राख्ने बाध्यात्मक निर्णय गरेको छ ।
एमाओवादीले मंसिर १६ गते केन्द्रीय समितिको बैठक डाकेको थियो । त्यसको दुई दिनपहिले १४ गते ललितपुरको धोबीघाटनजिकै पर्ने अमिक शेरचनको घरमा माओवादीका २६ केन्द्रीय सदस्यको भेला आयोजना भएको हो । भेलामा स्थायी कमिटीका दुई सदस्य र केही पोलिटब्युरो सदस्य सहभागी थिए । माओवादीभित्र स्थायी गुटको अन्त्य हुनुपर्ने र वैद्य, प्रचण्ड वा बाबुराम कसैको गुटमा पनि स्थायी रूपमा पछि नलाग्ने प्रतिबद्धता जनाएको भेलाका सहभागी एक नेताले बताएको जनआस्था साप्ताहिकले छापेको छ । सो भेलामा विशेष गरी जनयुद्धपछि माओवादीमा आबद्ध पूर्व एकताकेन्द्र, पूर्वमसाल र पूर्वएमालेका नेताहरूको बाहुल्यता थियो ।
स्रोतका अनुसार, सहभागी केन्द्रीय नेताहरूमा अमिक शेरचन, लीलामणि पोखरेल, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने, घनश्याम शर्मा पौड्याल, शशी श्रेष्ठ, नवराज सुवेदी, जीतवीर लामा, केशव नेपाल, भीम कडायत र नन्दकुमार प्रसाईंलगायत सहभागी थिए । त्यसैगरी, हकिकुल्लाह खाँ, वेदनिधि अधिकारी, तेजप्रकाश कँडेल, धर्मचन्द्र लावती, कृष्ण शर्मा, दिनेश पन्थी, राम आचार्य, ओमप्रकाश पुन, कर्णध्वज केसी, कृष्ण भुजेल, जगत पार्की र कमान सिंह लामा पनि उपस्थित थिए । सहभागी अन्य केन्द्रीय सदस्यमा दिलबहादुर श्रेष्ठ, लीला थापा र पेशल खतिवडासमेत छन् ।
भेलामा माओवादी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले दशवर्षे जनयुद्ध चलाउनेहरू आजीवन क्रान्तिकारी हुन् र अरूचाहिँ जन्मसिद्ध संशोधनवादी हुन् भन्ने मान्यता पार्टीमा स्थापित हुन लागेको बताएका थिए । बाबुराम समूहबाट प्रचण्ड पक्षमा लागेको प्रचार गरिएका डिलाराम आचार्यले ‘इस्युवाइज’ समर्थन वा विरोध गरिएन र स्थायी रूपमा बाबुराम-प्रचण्ड वा वैद्य गुट भनेर हिँडियो भने पार्टी फुट्नबाट कसैले रोक्न नसक्ने बताएका थिए । भेलामा किसानलाई विकल्प नदिई जग्गा फिर्ता गर्न नहुने एवं बिप्पा सम्झौता राष्ट्रघाती नभए पनि असान्दर्भिक भएको नेताहरूले बताएका थिए ।
अमिक पक्षले आयोजना गरेको सो भेला पहिलो नभएर तेस्रो भएको स्रोत बताउँछ । पहिलो भेला मंसिर ६ मा र दोस्रो मंसिर १२ मा आयोजना गरिएको थियो ।
बालुवाटारमा सबै उपस्थित
तीनवटै स्थायी गुटको पछि नलाग्ने १४ गतेको भेलाले टंुगो गरे पनि आइतबार साँझ बालुवाटारमा आयोजित बाबुराम-प्रचण्डपक्षको भेलामा भने अमिक शेरचन पक्षका सबै नेता उपस्थित थिए । बालुवाटार भेलामा अमिक, लीलामणि, नवराज, डिलाराम आचार्य, सबैको अनुहार देखिएको थियो । प्रचण्ड र बाबुरामले उनीहरूलाई गुटबन्दी गर्दै नहिँड्न सल्लाह दिएको स्रोत बताउँछ । बालुवाटारमा अनुपस्थित रहने पोलिटब्युरो सदस्यमा वैद्य, बादल, विप्लव, खड्गबहादुर विक, हितमान शाक्य, पम्फा भुसाललगायत करिब एक दर्जन मात्रै थिए ।
नारायणकाजी समूह कमजोर
हाल प्रचण्ड समूहमा रहेका नारायणकाजी र गिरिराजमणि पोखरेल पनि भिन्नै समूहको खोजीमा लाग्दै आएका छन्् । विगतमा नारायणकाजी धोबीघाट गठबन्धनमा लागेपछि प्रचण्डपक्षले उनलाई धेरै विश्वास गर्न सकेको छैन । त्यसैगरी, गिरिराजमणि पोखरेलले पूर्वएकताकेन्द्र समूहसित एक हुन प्रयास गरिरहे पनि अमिक शेरचन-लीलामणि पक्षले उनीहरूलाई रुचाएको छैन । अमिक शेरचन पक्षले २६ केन्द्रीय सदस्यहरूको भेला गरेपछि पार्टीभित्रको नारायणकाजी समूह अपेक्षाकृत कमजोर देखिएको छ ।