Monday, December 12, 2011

रगतका लागि तपाईँको साथ चाहियो - mysansar

तपाईँ हामी सबैलाई थाहा छ, रगत कति महत्त्वपूर्ण छ हाम्रो शरीरका लागि। रक्तदानलाई जीवनदान मानिन्छ त्यही भएर। रक्तदानलाई नेपालमा रक्तसञ्चार केन्द्रले व्यवस्थित गर्ने गर्छ। तर केही दिनयता रक्तसञ्चार केन्द्रले सेवा शुल्क बढी लिन थालेको छ। त्यति मात्रै हैन, देशभर अलग-अलग शुल्क लगाउन थालेको छ। विराटनगरमा १२२० रुपियाँ, धरानमा ७०० रुपियाँ, काठमाडौ ६७५ रुपियाँ पर्छ अहिले रगत लिँदा। केन्द्रले ब्लड बैंकले अपनाउनु पर्ने प्रविधिहरुको प्रयोग पनि गर्दैन। त्यसैको विरोध गर्ने जमर्को गरेको छ युथ फर ब्लड नामको संस्थामा आवद्ध स्वयंसेवी युवाले। विरोध भन्नाले फेरि कुनै उत्तेजक प्रदर्शन भएको विरोध हैन, साङ्केतिक विरोध। विराटनगर र धरानमा उनीहरुले एक साता लामो हस्ताक्षर संकलन कार्यक्रम गरेका थिए। यसबाट ४० मिटर लामो कपडामा २० हजार भन्दा बढी हस्ताक्षर संकलन गरियो। यसका साथै उनीहरुले रेडक्रस, मानवअधिकार आयोग, प्रशासन कार्यालयहरुमा समेत ज्ञापन पत्र बुझाइसके तर उनीहरुको आवाजलाई बेवास्ता गरिरहेकाले अहिले उनीहरुले माइसंसारका पाठकको साथ खोजेका छन्। ताजा रगत उपलब्ध गराउनका लागि अभियान सञ्चालन गरिरहेको र अति आवश्यकमा परेका ८० भन्दा बढी बिरामीहरुलाइ ताजा रगत उपलब्ध गराइसकेका यी स्वयंसेवीहरुलाई साथ दिने हो त ? त्यसो भए विस्तृत जानकारीका लागि आउनुस् भित्र।
“My Email To My PM” के हो ?
रेडक्रस सोसाइटीको मातहतमा रहेको रक्तसञ्चार केन्द्रले देशको विभिन्न भागमा अलग अलग प्रकारको रगतको सेवा शुल्क तोकेको छ। धरानमा ७००, विराटनगरमा १२२०, काठमाडौमा ६७५ अनि अन्य क्षेत्रमा पनि फरक-फरक। यसैको विरोध गर्दै हामीले गरेका विभिन्न सांकेतिक विरोध कार्यक्रमको रेडक्रस सोसाइटीले वेवास्ता गरेकोले यो अभियान सूरु गरेका हौं। यस अभियान अन्तर्गत देशविदेशबाट रगतको सेवा शुल्क वृद्धिभएको भन्ने एकै प्रकारको व्यहोरा समेटिएको इमेल संसारभरबाट प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई गर्ने योजना रहेको छ। यसरी संसारभरका नेपालीहरुले पठाएको इमेलले वर्तमान सरकारलाई रक्तसञ्चार केन्द्रको बेवास्ताबारे सोच्न र तत्काल जनताको हितमा कदम चाल्न अनुरोधका साथै दवाब दिन्छ भन्ने आशा गर्दछौँ।
कसरी गर्ने ?
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई माथि उल्लेखित व्यहोरा समेटेर तपाईँले छुट्टै आफ्नो मेलबाट bhattaraibaburam@gmail.com र प्रधानमन्त्रीको कार्यालयमा २४ सै घण्टा सञ्चालनमा रहने हेलो सरकारको 1111@opmcm.gov.np मा इमेल गर्न सक्नु हुनेछ। साथमा हामीले सोही उद्देश्यका लागि सजिलोसँग मेल पठाउन मिल्ने गरी बनाएको वेबसाइटको प्रयोग गर्न सक्नु हुनेछ यहाँ क्लिक गरेर। यसो गर्दा तपाइँले पठाएको इमेल प्रधानमन्त्री बाबुराम भट्टराईको आइडीमा मेल जाने गर्छ र तपाइँको नाम, ठेगाना र इमेलसहितको डाटा हाम्रो डाटावेसमा समेटिने गर्दछ जसबाट कार्यक्रमको समापन हुँदा कति इमेल पठाइयो भन्ने छुट्टिनेछ।
कार्यक्रम कहिलेदेखि कहिलेसम्म ?
कार्यक्रम मिति २०६८ मंसिर २४ (2011 Dec 10) गते शनिबार राति १२ बजेदेखि २०६८ पुस २ (2011 Dec 17)गते शनिबारसम्म ठीक एक हप्तासम्म संसारभरबाट आयोजना हुनेछ।
मेरो सहयोग के ?
यसमा तपाइँको सहयोग अति आवश्यक छ। यो हाम्रो मात्र अभियान कदापि होइन। रगत सबैलाइ आवश्यक पर्छ, अनि यो कुनै एकको मात्र सरोकारको विषय पनि होइन। यस अभियानमा तपाइले आफ्नो तर्फबाट सहयोग गर्नका लागी हाम्रो अभियानबारे तपाइको फेसबुक, ट्विटर, मिग३३, मेरो पोस्टलगायतको सामाजिक सञ्जालका साथै तपाइको आफ्न ब्लग, वेबसाइटहरुको माध्यमबाट अन्य साथीहरुसम्म पुर्‍याउन सक्नु हुनेछ। यस अभियानमा जति धेरै साथीहरु सहभागी हुन्छन्, उति नै सरकारलाइ दवाब पर्नेछ भन्ने आशा गरेका छौँ।
थप जानकारीका लागि
http://www.facebook.com/groups/youthforblood