असल र उत्कृष्ट कृतिलाई कमैमात्र पुरस्कृत गरिने मदन पुरस्कारलाई कवि हरि अधिकारीले ‘एउटा घटिया पुरस्कार’को संज्ञा दिएका छन् । अधिकारीले भनेका छन, ‘मदन पुरस्कारबारे चर्चा गर्नु नै बेकार छ । मेरो नजरमा यो कुनै महत्वको नभएर घटिया पुरस्कार हो । यसमा छनोटको कुनै मापदण्ड छैन । कमलमणि दिक्षितले जसलाई इच्छा लाग्छ, खल्तीबाट फुत्त निकालेर दिन्छन् । जुन किताबलाई दिँदा आफूलाई फाइदा हुन्छ भन्ने सोच्छन्, त्यसैलाई दिन्छन् ।’ कवि अधिकारीको यो आरोप सत्यताको धेरै निकट छ । केही वर्षयता मदन पुरस्कार एउटा बदनाम, अलोकप्रिय र साहित्यकार माझ साख गिरिसकेको पुरस्कारमा दरिइसकेको छ । तैपनि, एकाध लाख रुपैयाँका लागि साहित्यकारले र्याल चुहाउन भने छाडेका छैनन् । प्रस्तुत छ, मदन पुरस्कारको असलियत अपरेशन ।
- पंकज चौधरी
चन्द्रशमसेरको पालामा नेपालमा पैसा अर्थात पुँजी संकलनको श्रोत खासै थिएन । तैपनि उनका छोरा मदन शमसेरसँग अकुत धन कसरी आयो ? यो गम्भीर प्रश्न हो । यसको कारण खोज्दा पहिलो विश्व युद्धतिर पुग्नुपर्ने हुन्छ । नेपालका राणा शासक श्री ३ चन्द्र शमसेरले लाखौं नेपाली युवालाई जर्बजस्ती विश्वयुद्धमा लड्न पठाएका थिए । गाउँमा गल्लावाल पठाएर जनजाती युवालाई जर्बजस्ती भर्ती गरेर युद्धमा पठाइयो । युद्धमा लाखौं नेपाली जनजाती युवा मारिए । नेपालमा जनजाती पछाडी पर्नुको खास कारण उनीहरुको ठुलो तप्का युद्धमा मारिनु पनि हो ।
विश्वयुद्धमा फौज पठाएबापत अंग्रेजहरुले चन्द्रशमसेरलाई करोडौं रुपैया दिए । त्यही करोडौं रुपैयाँ चन्द्रशमसेरका सन्तानले बाँडेर लिए । मदन शमसेरको भागमा त्यसबेलाको आठ–नौ करोड रुपैयाँ र अकुत हिरा जवहारात परेको पुराना जानकार बताउँछन् । यसरी नेपालका जनजातीलाई युद्धमा पठाएर, तिनका चेलीलाई विधवा बनाएर अनी उनीहरुलाई माथि उठन नदिएर अंग्रेजबाट कमाएको पैसाबाट स्थापित ‘मदन पुरस्कार’ यसपाली जनजाती हक हितका लागि लड्दै आएका लेखक राजन मुकारुङको कृति ‘दमीनी भीर’ले पाएको छ । राजनले पुरस्कार खुशी, गर्व र हर्षका साथ स्वीकार गरेकाले उनलाई बधाइ !
अपुतालीको कथा
चन्द्रशमसेरका प्यारा छोरा लेफ्टीनेन्ट जर्नेल मदनशमसेर राणा रसिक पाराका थिए । दिउँसै मदिरामा मस्त रहन्थे । उनको विवाह भारत, उत्तरप्रदेश, बलरामपुरकी रानी जगदम्बा कुमारीसँग भयो । विवाहको पहिलो रात पनि मदन शमसेर रक्सीको नशामै थिए । आफ्नो पति सुहागरातमा पनि मदिरामा मस्त भएर आएको थाहा पाएपछि रानी जगदम्बाले मदनशमसेरलाई आफ्नो छेउमै पर्न दिइनन् । मदन आक्रोशित भए । उनले भने, ‘अबदेखी म तिमिलाई छुन्न, आजदेखी तिमी मेरी आमा बराबर भयौ ।’
राणा शासकहरुलाई परस्त्री गमनका लागि नपुग्दो के नै थियो र ? मदन शमसेर सुरा सुन्दरीमा मस्त रहन थाले । उता, जगदम्बाको एकलास जीवनमा खुसीको बहार बोकेर केदारमणि दिक्षित नाम गरेका ब्राम्हणको प्रवेश भयो । खाइलाग्दो ज्यानको आर्यन केटोतर्फ जगदम्बाको पनि अनुकम्पा र आकर्षण बढ्दै गयो । रानी जगदम्बाका निराशाका दिन हराउन थाले । यता केदारमणिले रानी जगदम्बाको सेवा सुसारमा कुनै कमी गरेनन् । रानीका हरेक चाहना पुर्ती गर्दै गए, उता मदनशमसेर पनि आफ्नै बेहोसी, बेपरवाह र बेकार जिवन बिताउँदै गए ।
विसं २०१० मा करिब ४५ वर्षको उमेरमै मदनशमशेरको भारत, बनारसमा निधन भयो । त्यसपछि केदारमणिको भूमिका अझ वृहत, आत्मीय र घनिष्ठ बन्दै गयो । रानी जगदम्बाले विसं २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा २६ रोपनी जग्गामा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरिन् । दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिइन् । २०१२ साल असोज १० गते मदन पुरस्कार गुठीको स्थापना भयो ।
रानी जगदम्बाको निधनपछि उनको अपुताली आइलाग्यो, केदारमणि दिक्षीत र उनका सन्तानलाई । अहिले केदारमणिका छोरा कमलमणि र उनका पनि छोरा कनकमणि दिक्षित र कुन्द दिक्षित मात्र हैन, नाती कपिलमणिसम्मले चन्द्रशमसेरले नेपाली युवालाई लड्न पठाएर कमाएको अकुत सम्पत्तीमा रजाईं गरिरहेका हुन् । सम्पत्ती कति थियो, त्यसको कुनै हिसाब किताब छैन । दोश्रो विश्वयुद्धमा जापानले कलकत्तामा विमानबाट बम खसाउन थालेपछि मदनशमसेरले कलकत्ताको बैंकमा रहेको सुन बनारस सारेका थिए । त्यसबेला कलकत्ताबाट १२ जनाले बोकाएर बनारस ल्याएको सुन कति थियो होला ? पछि अशंबन्डा हुँदा दिक्षित परिवारले सुनका थालसमेत काटेर लिएका थिए भन्ने चर्चा अझै सेलाएको छैन ।
मदन पुरस्कारको औचित्य
यी त पुराना किस्सा भए । मुलुकमा गणतन्त्र आइसकेको छ । यस अर्थमा पनि एउटा जहानिया शासकको नाममा स्थापित पुरस्कारको कुनै औचित्य छैन । कुनै पनि व्यक्तिको नाममा पुरस्कार स्थापना गरिदा त्यो व्यक्तिको व्यक्तित्वले महत्व राख्छ । जस्तै, पुलिट्जर पुरस्कार पत्रकार पुलिट्जरसँग सम्बन्धित छ । नारायण गोपाल सँगीत पुरस्कार गायक नारायण गोपालको नाममा स्थापित गरिएको छ । पुरस्कार पाउनलेलाई पनि गर्व हुन्छ, यस्ता पुरस्कार पाउँदा । तर, चौबिसै घन्टा रक्सीको नशामा डुब्ने, चन्द्रशमसेरका पुलपुलिएका सन्तान मदनशमसेरको नामसँग साहित्यको गोरु बेचेको पनि साइनो छैन । तैपनि हाम्रा नाम चलेको साहित्यकार अपुताली स्याहार्न उनकै नाममा स्थापित पुरस्कार बाँड्दै आएका कमलमणिहरुको चाकडी गरेर पुरस्कार पाउन मरिहत्ते गर्छन् । अनी पुरस्कार पाउँदा नोबेल पुरस्कार पाएजस्तो गर्व गर्छन् । गणतन्त्र नेपालमा सामन्ती शासकको नाममा रहेको पुरस्कार खारेज किन नगर्ने ? अब साहित्यकार यो बसहमा पो लाग्नुपर्छ ।
जनपक्षीय साहित्यकारले पाउँदैनन्
मदन पुरस्कार खासमा जनपक्षीय साहित्यकारले कहिल्यै पाउँदैनन् । पाएका छैनन् । यो पँक्तीकारले एकपटक साहित्यकार नारायण ढकाललाई भनेको थियो, ‘दाई तपाइको प्रेतकल्प उपन्यास मदन पुरस्कार पाउन योग्य छ । तर, तपाईलाई दिदैनन् । किनकी, तपाईले चन्द्रशमसेर महाराजको धज्जी उडाउनुभएको छ । चन्द्रशमसेरको अपुताली खानेले कसरी दिन्छन् पुरस्कार ?’ नारायण दाइले भनेका थिए, ‘तपाईले ठिक भन्नुभयो, मलाई दिदैनन् ।’
हुन पनि कमलमणि एन्ड कम्पनीले ढकाल मात्र हैन, धेरै चर्चित साहित्यकारको अपमान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कवि चित्तधर हृदय, सिध्दिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, केदारमान व्यथित, माधव घिमिरे, भूपि शेरचन, युद्धप्रसाद मिश्र, विजय मल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, केशवराज पिंडाली, प्रेमा शाह, गोविन्द भट्ट, देवकुमारी थापा, परशु प्रधान, विश्वम्भर चाचल, मनु ब्राजकी, भाउपन्थी, बेन्जु शर्मा, भागीरथी श्रेष्ठ, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, पूर्ण विराम, मजु काँचुली, ध्रुव सापकोटा, नारायण ढकाल, माया ठकुरी, पद्मावती सिंह, सुधा त्रिपाठी, गोविन्द वर्तमानदेखी अहिले आएर शारदा शर्मासम्मलाई मदन पुरस्कार दिएनन् । किनकी, यी जनताका साहित्यकार थिए । साहित्यकार केदारमान व्यथितलाई मदन पुरस्कार दिइएन, तर कृष्णचन्द्र प्रधानले लेखेको ‘केदारमानको काब्यसाधना’ले भने २०२७ सालको मदन पुरस्कार पायो । यो भन्दा ठुलो नौटंकी अर्को के हुनसक्छ ?
युद्धप्रसाद मिश्रका कृतिहरू करोडों न्यायप्रेमी जनताका बीचमा चर्चीत थिए । उनले मदन पुरस्कार पाएनन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनकै साहित्यले ऊर्जा भरेको थियो । न्याय र समानताका लागि उद्गार थियो, मिश्रको साहित्य । तर, पनि मिश्र कहिल्यै मदन पुरस्कारका धनी हुन पाएनन् । यतिमात्र होइन, क्रान्तिकारी जनावाज उराल्ने नौलो साहित्यका सर्जक कृष्ण सेन ‘इच्छुक’ पनि कमका साहित्यकार थिएन । जनकवि गोकुल जोशीले पुरस्कार पाएनन् । यस्ता सर्जकले मदन पुरस्कार नपाउने तर, पुलिसका एक अधिकारी महेशविक्रम शाहजस्ताले पुरस्कार पाउनुबाट पनि यो पुरस्कारको नियत स्पष्ट हुन्छ, यसले परिवर्तन पक्षधरलाई पुरस्कृत गर्दैन ।
मदन पुरस्कारको असलियत
मदन पुरस्कारका बारेमा पत्रकार कृष्ण अविरलको एउटा लेख निकै चर्चित भएको थियो । मदन पुरस्कारको असलियत उदांग गर्दै कृष्णले लेखेका थिए, ‘औपचारिकताका लागि हरेक वर्ष गठन गरिने गुठिको निर्णायक समितिमा दुईपटक परेका एकजना सदस्यको भनाइमा कमल दिक्षितले सुरुमै, ल है सर्वसम्मत निर्णय गर्नुस्, विवाद भयो र गुठीले हस्तक्षेप गर्नुप¥यो भने तपाईँहरुकै बेइज्जत हुन्छ भनेर विवेकिय अधिकार कुन्ठित बनाउँछन् । उनको भनाईमा बैठकमा दिक्षित परिवारले राखेको प्रस्तावमा कमिटीका अन्य सदस्यले असहमति राख्नुको कुनै अर्थ नै हुँदैन । विडम्बना भन्नुपर्छ मदन समशेरको पुरानो तबेलामा बर्षमा एकचोटि पाक्ने जिलेबी र बैठक भत्ता एक हजार रुपैयाँका लागिसमेत आफ्नो विवेक र स्वाभिमान कमल दिक्षितको पाउँमा चढाउन लालयित हुनेहरुको खाँचो साहित्य वृत्तमा पटक्कै छैन ।’
कवि हरि अधिकारी भन्छन्, ‘मेरो अनुभवमा पहिला धेरै किताबलाई लोभ देखाउँछन् । उनीहरूले । अरू किताबका बारेमा हल्ला गराउँछन् । अनि सबैलाई आश्चर्यमा पार्न चर्चामै नआएको किताबलाई पुरस्कार दिन्छन् । यो उनीहरूको एउटा बजारीकरणको ट्रिक हो । अहिले पनि शारदा शर्मालाई पहिले हात्ती बनाएर हिँडाइयो, र पछि राजन मुकारुङरूपी झिँगो फालियो । शारदालाई मदन पुरस्कार दिनुपर्छ भनेर मदनमणि दिक्षितले एक साहित्यिक कार्यक्रममा घोषणा नै गरेका थिए नि ।’
प्रेस बचाउन ‘पल्पसा क्याफे’
नारायण वाग्लेको साहित्य लेख निम्नकोटीकै हो । पत्रिकाको भाषामा कफी गफ लेखेर चर्चामा आएका वाग्लेले त्यसैलाई अलि लामो लेखे, अनी उपन्यासको लेवल लगाएर बजारमा ल्याए । कान्तिपुर एफएममा ‘काठमाडौं बिट’ कार्यक्र चलाएर तरुनीसँग अश्लील कुराकानी गर्ने किरणकुमार श्रेष्ठले त्यो प्रकाशित गरे । पछि ‘पल्पसा क्याफे’लाई २०६१ सालको मदन पुरस्कार दिइयो । कृष्ण अविरल लेख्छन, ‘त्यसका पछाडिको प्रमुख कारण जगदम्बा प्रेसको घाटा हो । कान्तिपुर एफएममा कार्यक्रम चलाउँदा अश्लिल बोलेवापत घोक्राइएका किरणकृष्ण श्रेष्ठले सुरु गरेको नेपालय त्यसबेला प्रचारको तुजुक लिएर बजारमा देखापरेको थियो । घाटामा जान थालेको उक्त प्रेसलाई चलाउने अन्तिम उपाय स्वरुप दिक्षित परिवारले उनीसँग गोप्य सहमति गरेको थियो । जगदम्बा प्रेसमा किताब छाप्नुपर्ने र साङ्गीतिक कार्यक्रम माकुराले जालो लगाएको गुठीको सभाहलमा गरेर दुवैलाई स्थापित हुन मद्दत गर्ने । यसले दुवैका हातमा लड्डु पारेरै छाड्यो । यही निकृष्ट स्वार्थबाहेक त्यस वर्ष सर्वाेत्कृष्ट मानिएको गोविन्द वर्तमानको सोह्र साँझहरुलाई उपेक्षा गर्नुपर्ने कुनै आधार देखिँदैन ।’
‘पल्पसा क्याफे’ यस्तो कृति हो, जसमा बुर्जुवावर्गको धारणालाई प्रतिनिधि बनाएर क्रान्तितर्फ व्यापक घृणा जन्माउने कोसिश गरिएको छ । वाग्लेको पल्पसा क्याफे महेशविक्रम शाहको ‘छापामारको छोरो’जस्तै प्रतिगामी सोचमा आधारित छ । सत्ताद्वारा प्रताडित, दमित, उपेक्षीतहरूले गरेको वर्गसंघर्षलाई घिनलाग्दो छविमा दर्शाएर सामन्तबादको पक्षपोषण गरिएको छ । चाउचाउकोजस्तो विज्ञापन छापेर हल्लै हल्लाले चर्चामा आउको ‘पल्पसा क्याफे’, ‘छापामारको छोरा’लाई आम पाठकले बुझेनन् मात्र हैन, पढ्दै पढेनन् । तर, हजारौं विक्री भएको प्रायोजित हल्ला चलाइयो ।
पुरस्कारकै विक्री
कमलमणि र उनका छोरा कनकमणि मदन पुरस्कारको विक्री गर्न पनि पछी पर्दारहेनछन् । यो २०५५ सालको प्रसँग हो । दिक्षितका अनन्य मित्र लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ संचालनको मामलामा उनलाई घात गरेपछि गीतकार दिनेश अधिकारीको पासा पल्टियो । शेयरको ठूलो हिस्सा दिक्षीत परिवारको स्वामित्वमा रहेको यो संस्थाभित्रको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेका बेला संयोगले दिनेश अधिकारी महान्यायाधीवक्ताको कार्यालयमा थिए । मुद्दा जिताइदिएवापत मदन पुरस्कार पाइने भएपछि उनले हतार हतार पुराना कविता संकलन गरेर ‘अतिरीक्त अभिलेख’ नामक कृति प्रकाशित गरे र त्यही कृतिले २०५६ सालको पुरस्कार पायो । जवकि त्यसअघि फुटकर रुपमा छापिएका रचनाको सँगालोलाई पुरस्कार नदिने भनी गुठी आफैँले मापदण्ड बनाएको थियो ।
चाकडीको फल
आफ्नै दाजु विष्णुप्रसाद धिताल मदन पुरस्कार गुठीको सदस्यसचिव भएका बेला विनोदप्रसाद धितालले २०५२ सालमा मदन पुरस्कार पाएबाट पनि यो निष्पक्ष छैन भन्ने स्पष्ट हुन्छ । २०५३ मा लोकेन्द्रबहादुर चन्दले बिर्सजन कथासङ्ग्रहका लागि पुरस्कार पाउँदा प्रेमा शाहदेखि धु्रव सापकोटासमेतका दर्जन बढी कथाकारको अपमान गरियो । चन्दलाई यो पुरस्कार राजेश्वर देवकोटाको भनसुनपछि हात लागेको हो । किनकि गुठीका तात्कालिन सदस्यसचिव धिताल र देवकोटा फुपुचेला–मामाचेला हु्न् । उता २०४१ मा कञ्चन पुडासैनीको ‘प्रत्यागमन’ यो पुरस्कार पाउनुको कारण चै उनकी भाइबुहारी अर्थात डा. सोम पुडासैनीकी पत्नी दिक्षितकी फुपूकी छोरी हुन् ।
२०४४ सालमा जगदम्बाश्री पुरस्कार दिन थालियो । यो पुरस्कार छनोटको मापदण्ड पनि चाकडी नै प्रमुख भएको देखिन्छ । २०२५ सालमा मदन पुरस्कार पाइसकेका धर्मराज थापाले २०५७ सालमा फेरि जगदम्बाश्री पाए । डायमण्डसमशेर राणाले पनि चाकडी गरेरै पुरस्कार हात हार्नुप¥यो । उनले कमल दिक्षितसँग आफुले मदन पुरस्कार नपाएको, जगदम्बाश्री भए पनि दिए हुन्थ्यो भनेर याचना गरेपछि २०५८ मा उनले पुरस्कार पाएका थिए । धर्मराज थापाले त सार्वजनिक रुपमै भनेका थिए, ‘पुरस्कार पाउन मैले एकवर्षसम्म कमलमणिको पाउ मोलेको छु ।’ २०४५ सालमा नारायणगोपालले जगदम्बाश्री पुरस्कार पाए । तर नातिकाजीलाइ दिइएन । अम्बर गुरुङलाई पनि १० वर्षपछि अर्थात २०५४ सालमा मात्रै दिइयो । तर नारायण गोपालभन्दा १० वर्ष पछि दिएकाले अम्बर रुष्ट थिए । कवि माधव घिमिरेले पनि जगदम्बाश्री पुरस्कार अस्वीकार गरेका थिए ।
महाकवि देवकोटाको अपमान
कमल दिक्षित आफुलाई महान सावित गर्न आफ्नो ‘गुरुभेटी’ नामक पुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई गुरु नै बताएका छन् । तिनै महाकविलाई कमलमणिले क्रुर अपमान गरेका तथ्यहरु पनि रातोपाटीलाई प्राप्त भएका छन् । एकपटक महाकवि देवकोटा रानी जगदम्बालाई भेट्न गएका थिए । त्यसबेला कनकका बाबु कमलमणिले देवकोटालाई अपमानजनक ढंगले गलहत्याएर निकालेका थिए । रानी जगदम्बाको सचिव भएर मनमौजी पैसा खर्च गरिरहेका कमलमणिले महाकवि देवकोटा आर्थिक संकटबाट गुज्रिरहेका बेला एक पैसा खर्च गरेनन् ।