बाघ र गोही भिड्ने हो भने कसले जित्ला?
हामी कहाँ मांशाहारी बाघले गोहीलाई आक्रमण गरेको देखिएको छैन । बरु उल्टै
गोहीले पायो भने आफ्नो खतरनाक पुच्छरले बाघमाथि धावाबोल्ला । तर ब्राजिलमा
पाइने एक बाघ प्रजातिले भने गोही माथि भयानक आक्रमण गर्छ ।
नदिको किनारामा घाम तापेर बसिरेको
गोहीमाथि १२७ किलो तौलको त्यो जगुआर बाघले ८ फुट लामो गोहीमाथिगुरिल्ला
शैलीमा आक्रमण गर्यो । झण्डै ७० किलोको त्यो गोहीको गर्धनमा आफ्ना तिखा
दाह्रा गाड्यो, नंग्रा गाड्यो र पानीमा धकेल्दै निकाल्दै गर्यो ।
फोटोग्राफर जस्टिन ब्लाकले क्युआबानदिमा
यस्तो दृश्य क्यामरामा कैद गर्न सफल भएकाहुन् । गोहीको सिकार गर्न पोख्त
बनेको उक्त प्रजातिको बाघले नदीको पारीपट्टी बालुवामा सुतिरहेको गोहीमाथि
धाबा बोल्नका लागि विस्तारै पौडिएर नदिपार गर्यो र थाहै नपाउने गरी
झ्वाम्मै गोहीको गर्धनमा आक्रमण गर्यो । गोही र बाघबीच लामो समय घम्साघम्सी
चल्यो । अन्त्यमा बाघले गोहीलाई मारिछाड्यो अनि सिकारलाई मुखमा
झुण्ड्याउँदै नदि तरेर घाँसे मैदानतर्फ लाग्यो ।