भिक्षु बन्नु र इश्वरको नजिक पुगेको अनुभुति गर्नु जो कोहीका लागि सजिलो
विषय होइन । यसमा दहि्रलो इच्छाशक्ति र चेतना आवश्यक हुन्छ र त्याग पनि
चाहिन्छ । हिन्दु धर्ममा विभिन्न ऋषी मुनिहरुले जिउज्यानलाई नै जोखिममा
पारेर इश्वर प्राप्तिका लागि तपस्या गरेका कथा सुन्न पाइन्छ । तर यहीँ
कलियुगमा एक जना भिक्षुले इश्वरको नजिक पुग्न भन्दै साँच्चीकै सत्ययुगको
जस्तै तपस्या गरेका छन् ।
जर्जियाका म्याक्सिम क्वाभताराज नामका ५९ वर्षे ती धर्मभिरु २० वर्षदेखि चट्टानी खम्बाको टुप्पोमा आश्रम जमाएर बसेका छन् । उनको यो आश्चर्यजनक एकान्तबास इश्वरसँगको साक्षात्कारका लागि हो ।
जंगलको
बीचमा रहेको उक्त चट्टानी खम्बा १३१ फिट अग्लो छ । त्यसबाट तल र्झन नै २०
मिनेट लाग्छ । उनी त्यो भिमकाय अग्लो स्थानमा एक्लै बस्छन् र हप्ताको दुइ
दिन मात्र तल र्झछन् आफ्ना अनुयायीलाई उपदेश दिनका लागि । उनका लागि खाना र
पानी उनका अनुयायीले माथि नै पूराइदिन्छन् ।
सन् १९९३ मा त्यो एकान्तबास रोज्नु अघि उनी क्रेन चलाउँथे । तर त्यसपछि उनले एकाएक सांसारिक जिवन त्यागे र एकान्तबास रोजे । चट्टानको टुप्पोमा बस्दा आफुलाई शान्ति र इश्वरको उपस्थिति रहेको अनुभुति हुने उनी बताउँछन् । उनको उपदेश सुन्न उक्त खम्बामुनि हप्ताको दुइ दिन युवाहरुको ठूलै भिड लाग्छ । उनले सांसारिक दुखमा अल्भिmएका युवालाई सत्मार्ग देखाउन निकै उपयोगी उपदेश पनि दिन्छन् । एजेन्सीको सहयोगमा