

अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका
शोधकर्ताहरुले मुसामा अध्ययन गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । पछिल्लो
खोजको सहायताले मानिसमा मस्तिष्कको विकाशमा निद्राको भूमिका तथा विभिन्न
खाले मस्तिष्कजन्य रोगका विषयमा अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको
शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुका अनुसार माइलिन नामक स्नायु
खोलको निर्माण गर्ने प्रमुख तत्वको रुपमा रहेको ओलिगोडेन्ड्रोसाइटको
उत्पादन निद्राको समयमा बढि हुन्छ । अनुसन्धानको क्रममा मुसालाई जागै
राखिरहँदा मस्तिष्क कोषको मृत्यु तथा तनाव चेतना पैदा गर्ने जिनहरु सक्रिय
भएको पाइयो । अर्थात् पर्याप्त निद्रा नलिँदा मस्तिष्कका कोष मर्दै जाने,
मरेका कोषको ठाउँमा नयाँ कोषको निर्माण कम हुने र तनाव समेत बढ्ने निष्कर्ष
शोधकर्ताहरुको छ ।