अजयराज सुमार्गी
अध्यक्ष
मुक्ति श्री प्रालि
अबको १० वर्ष जलविद्युत्मा लगानी केन्द्रित गर्छु
अजयराज सुमार्गी सफल तर विवादास्पद उद्यमीका रूपमा परिचित छन् । १४ वर्षको किशोरावस्थादेखि नै व्यवसायमा संलग्न उनीसँग टेलिकम, यातायात, खानी, निर्माणलगायत क्षेत्रको व्यावसायिक अनुभव छ । पूर्वाधार निर्माणमा जोड दिएमात्रै मुलुकको विकास सम्भव हुन्छ भन्ने सुमार्गीले अबको १० वर्ष जलविद्युत्मा लगानी केन्द्रित गर्ने बताएका छन् । तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएदेखि उनको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग जोडिने गरेको छ । तर, यसलाई उनी सामान्य ठान्छन् । अधिकांश राजनीतिक दलका नेतासँग आफ्नो सुमधुर सम्बन्ध रहेको बताउने सुमार्गीसँग उनको व्यावसायिक अनुभव, भावी योजना र उनीसँग जोडिएको राजनीतिक विवादका विषयमा अभियानकर्मी शिरोमणि ढुङ्गाना र कृष्ण रिजालले गरेको कुराकानीको सार :
तपार्इं काठमाडौंबाहिरको एउटा सामान्य व्यापारी, आज मुलुककै प्रतिष्ठित उद्यमीका रूपमा परिचित हुन सफल हुनुभएको छ । आफ्नो सफलतालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मेरो पुर्खा स्थानीयस्तरमा सम्पन्न, शिक्षित र सर्वप्रिय हुनुहुन्थ्यो । बुबाले २०२९ सालदेखि नै व्यापार व्यवसाय सञ्चालन गर्नुभएको थियो । त्यतिबेला हाम्रो लगानी यातायात, काठ कारखाना (सःमिल) तथा खानीमा थियो । मेरो बुबा (माधव सुमार्गी) ३५ वर्षको उमेरमा निधन हुँदा म १४ वर्षको थिएँ । त्यसैले भाइबाहिनी पढाउनुपर्ने, व्यापार सम्हाल्नुपर्ने र बैङ्कको ठूलो परिमाणको ऋण तिर्नुपर्ने चुनौती मैमाथि थपियो । २०३५ सालतिरै १२/१३ लाख रुपैयाँको ऋणको भार थियो । यसर्थ, म आफूलाई सामान्य व्यावसायिक पृष्ठभूमिबाट आएको भन्ने लाग्दैन । बुबाको निधनले निश्चय नै प्रतिकूल अवस्था सृजना गरेकै हो । तर, मैले आफू पनि पढ्दै र भाइबहिनीलाई पनि पढाउँदै व्यवसाय सञ्चालन गरेँ । त्यतिमात्रै होइन, आमालाई राजनीति गर्ने वातावरणसमेत बनाइदिएँ । मैले १३/१४ वर्षदेखि नै पैसा कमाउन शुरू गरिसकेको थिएँ । २०४२ सालतिर आइपुग्दा मैले बैङ्कको सम्पूर्ण ऋण चुक्ता गरिसकेको थिएँ । म त्यतिबेलादेखि नै कार चढेर हिँड्थेँ । मैले आफूलाई कहिल्यै सामान्य व्यवसायी ठानिनँ ।
सानै उमेरमा ठूलो जिम्मेवारी सम्हाल्दा थुप्रै चुनौती पनि आए होलान् । यस्तो अवस्थामा कसरी सफल व्यवसाय सञ्चालन गर्न सक्नु भयो ?
बुबाले धेरै ढोका खोलिदिनुभएकाले मैले पर्याप्त अवसर पाएँ । सायद परिवारलाई मिलाएर सफल व्यवसाय सञ्चालन गर्न सकेकाले हुनुपर्छ, मैले समाजबाट पनि माया पाएँ । समाजको यही मायाले मलाई थप प्रेरणा र हौसला प्रदान गरिरहेको छ । त्यसो त परिवारको सहयोग नै ठूलो आधार भयो । मैले प्रत्येक १० देखि १२ वर्षमा आफ्नो व्यवसाय परिवर्तन गरेँ । अर्थात्, प्रत्येक १० वर्षमा नयाँ क्षेत्रमा लगानी गरेँ । शुरूमा हाम्रो काठ र यातायातको व्यवसाय थियो । २०४८ सालतिर एउटा लोडर किनेँ, जसको मूल्य ७० हजार अमेरिकी डलर थियो । १० ओटा ट्रक किन्न सकिने पैसाले एउटा लोडर किन्दा मलाई मानिसहरूले बौलायोसमेत भने । एउटा ट्रकबाट रू.२ हजार कमाए पनि १० ओटा ट्रकबाट रू.२० हजार कमाउँछस् भनेर सुझाव दिने धेरै थिए । तर, मैले आफूलाई मात्रै सुनेँ । किनकी मलाई खानी सञ्चालनका लागि लोडर चाहिएको थियो । जोखीम मोलेँ र सफल पनि भएँ । ९ महीनामै लोडरको लगानी पनि उठाएँ । त्यतिबेला मैले लोडर किन्दा बहुलायो भन्नेहरूसँग अहिले १०औं ओटा लोडर छन् । सायद समयअनुसार काममा गरेको परिवर्तनले मलाई सफलता दिलायो । पहिलो १० वर्ष मैले काठको व्यवसाय गरेँ । त्यसपछिको १० वर्ष खानी सञ्चालन गरेँ । र, ६०को दशकमा टेलिकम क्षेत्रमा प्रवेश गरेँ । अन्तरराष्ट्रियजगत्मा टेलिकमको ठूलो मर्यादा छ । त्यही कारण मैले टेलिकममा लगानी गरेको हुँ ।
त्यसो भए अबको १० वर्ष तपार्इंले कुन क्षेत्रमा लगानी गर्ने योजना बनाउनुभएको छ ?
मेरो व्यवसायको मेरुदण्ड खानी हो । अब मेरो लगानी जलविद्युत्मा हुनेछ । धादिङमा ३५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने योजना बनाएको छु । बिजुलीको आवश्यकता महसूस पहिल्यैदेखि गरेको हुँ । यसअघि पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको पालामा मैले कर्णालीमा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाएको थिएँ । तर, राजनीतिक तथा अन्य कारणले त्यो सम्भव भएन । अब मैले जलविद्युत्लाई मुख्य प्राथमिकतामा राखेको छु । अन्य साथीहरू पनि जलविद्युत्मा लगानीका लागि अग्रसर हुनुपर्छ । म ‘रिजल्ट ओरियण्टेड’ काम गर्छु । भित्रैदेखि इच्छा देखाएको छु । मेरो उपस्थितिले यस क्षेत्रको समस्या समाधानमा मद्दतसमेत पुग्न सक्छ ।
जलविद्युत्मा लगानी गर्नुपर्ने विषयमा दशकौंदेखि जोड दँदै आइए पनि त्यसको उचित विकास हुन सकेको छैन । जलविद्युत् विकासको बाधक के हो ?
मुलुक विकासको मुख्य आधार जलविद्युत् हो । यो अत्यन्त महत्वपूर्ण पूर्वाधार हो । तर, यसमै हामी कमजोर अवस्थामा छौं । खासगरी उत्पादन, प्रसारण र वितरण प्रणाली एउटै निकायबाट हुँदा यस्तो भएको हो । सरकारी निकायले मात्रै यो सबै कार्य गर्न सक्दैन । सरकारले त नियमनमात्रै गर्ने हो भने उत्पादन, प्रसारण र वितरणको कार्य त निजीक्षेत्रले गर्ने हो । अब अहिले नै पनि उत्पादन र प्रसारणको जिम्मा निजीक्षेत्रलाई दिने हो भने जलविद्युत्को विकास सहजै गर्न सक्छौं । तर, यसमा सरकारले केही सुविधाचाहिँ दिनैपर्छ । प्रसारण लाइन नभएकै कारण उत्पादन कम भएकोजस्तो पनि देखिन्छ । उत्पादन गरेको विद्युत् बजारसम्म पुग्छ भन्ने ग्यारेण्टी के छ ? सायद त्यसैले पनि विद्युत् उत्पादनप्रति लगानीकर्ताको आकर्षण कम भएको हुन सक्छ । खासगरी नेपाल विद्युत् प्राधिकरणको बेथिति र उचित नीति तथा कानूनको अभावमा जलविद्युत्को विकास हुन नसकेको हो ।
जलविद्युत् विकासको सबालमा निजीक्षेत्र पनि इमानदार हुन सकेन भन्ने आरोप लगाइन्छ नि ?
हामी निजीक्षेत्र पनि अलि बढी भाषणबाज भयौं । अब सफल उद्यमीहरूले जलविद्युत्मा लगानी बढाउनुपर्छ । यसले प्रतिफल पनि दिन्छ र मुलुकलाई विकासतर्फ पनि लैजान्छ । तर, सरकार र निजीक्षेत्रलाई एउटै डोकोमा राखेर हेर्नचाहिँ हुन्न । सरकारले जलविद्युत्को महत्व र आवश्यकताका बारेमा कम चासो राखेकोजस्तो देखिन्छ । व्यापक परिमाणमा अनुमतिपत्र खल्तीमा देखिन्छ । देख्दा निजीक्षेत्र इमानदार नभएकोजस्तो भयो । तर, लाइसेन्स पाएकाले किन आयोजना अघि बढाएनन्, यसबारे चासो राख्नुपर्छ । उनीहरूका लागि उचित वातावरण बनाइदिनुपर्छ । मैले विद्युत् उत्पादन गर्छु भन्दा सरकारले राम्रो खोला उपलब्ध गराउन सकेको छैन । सबै खोला कब्जा भएको छ । यसलाई चिर्नैपर्छ । यसका लागि सबै जना उत्तिकै जिम्मेवार हुनुपर्छ ।
सफल उद्यमी बन्न मुख्य तीनओटा गुण के हुनुपर्छ ?
झूटो नबोल्ने एवम् इमान नछोड्ने, कर्तव्यविमुख नहुने र धैर्य राख्ने । यी तीन गुण भयो भने सफल उद्यमी बन्न सकिन्छ । स्पष्ट कुरा गर्नुपर्छ । अरूलाई अनावश्यक आश्वासन दिनुहुँदैन । हुन्छ भने हुन्छ र हुन्न भने हुन्न भन्न सक्नुपर्छ । जसले दिन्न भन्न सक्छ, त्यसले दिएको आश्वासनचाहिँ सत्य हुन्छ । जसले ‘नो’ भन्न सक्छ, त्यसले भनेको ‘एस’चाहिँ पूर्ण हुन्छ । यसर्थ, झूटोचाहिँ बोल्दै बोल्नुहुन्न । म अरूको समय र सम्भावनालाई मार्नुहुन्न भन्ने सोचाइ राख्छु । धैर्यले मानिसलाई अन्तिम समयसम्म सफलता दिलाउँछ । म विषम परिस्थितिलाई सहज बनाउन सक्छु । धैर्य र इमानदारीसाथ उद्यम गरे अवश्य सफल भइन्छ । म यसमा विश्वास गर्छु ।
उद्यमशीलताका लागि वातावरण सृजना गर्न सरकारले निर्वाह गर्नुपर्ने मुख्य तीनओटा भूमिकाचाहिँ के हो ?
मैले कहिल्यै पनि सरकारलाई मलाई यस्तो देऊ, उस्तो गरिदेऊ भनिनँ । म स्वयम् के गर्न सक्छु भन्नेमा मेरो ध्यान बढी केन्द्रित हुन्छ । यद्यपि सरकारको भूमिका अहम् हुन्छ । आधारभूत भौतिक पूर्वाधार बनाउने काम सरकारको हो । सूचनाप्रविधि, जलविद्युत् र सडक गरी मुख्य तीन क्षेत्रको पूर्वाधार विकास नभई मुलुकको विकास सम्भव छैन । र, पूर्वाधार विकासको अभावमा उद्यमशीलता पनि सफल हुन सक्दैन । पूर्वाधार नभई केही हुन सक्दैन । हामीले टेलिकममा लगानी गर्दा ३ प्रतिशत जनतामा मात्रै यो सेवा थियो । हामीले गरेको पूर्वाधार विकास र प्रतिस्पर्धीले गरेको विकासले आज ७८ प्रतिशतमा टेलिफोन पुगिसक्यो । टेलिफोनको यो विकास भनेको एउटा पूर्वाधार बनेको हो । अब अन्य पूर्वाधारहरू जलविद्युत् र सडक विकासमा जोड दिनुपर्छ । त्यसैले मैले अब जलविद्युत्मा लगानी गर्छु भनेको हो ।
तपाईं जति इमानदारी र निष्ठाको विषय उठाउनुहुन्छ, त्योभन्दा बढी विवादमा पर्नुहुन्छ नि ?
म कहिल्यै पनि विवादमा पर्न नचाहने मान्छे र त्यस्तै प्रयत्न पनि गर्छु । विडम्बना म सधैं विवादमा मात्रै परिरहेँ । सायद यो मेरो दुर्भाग्य भन्नुपर्ला । मान्छेहरूले अनावश्यक रूपमा हल्ला गर्छन् । अनावश्यक रूपमा विवादमा तान्छन् । यसमा मेरो दोष के ? जो कसैलाई पनि हेर्दा एकातिरबाट मात्रै हेर्नुहुन्न । उसका सबै पक्षको अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिनुपर्छ ।
खासगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा आएदेखि उहाँसँग तपाईंको नाम जोडिने गरेको छ । तपार्इंलाई प्रचण्डको व्यापारिक साथी पनि भनिन्छ । यस विषयमा तपार्इंको धारण के छ ?
तपाईंलाई एउटा कुरा सुनाऊँ । एउटा विषयमा विवाद भएर म गिरिजाप्रसाद कोइरालासँग ३ महीनासम्म नबोलेपछि उनी नै मेरो घरमा आए । मैले मेरो ठूलासँग साँठगाँठ भएको भनेर सुनाउन खोजेको हैन । कुरा के भने म सबैसँग उत्तिकै मिल्छु र सबै जना मसँग पनि मिल्छन् । म सबैभन्दा प्यारो त गिरिजाबाबुकै थिएँ । मैले कुनै पनि लिडरको ढोका चहारिनेँ। म एउटा पार्टी वा नेताको होइन, सबैको हुन चाहन्छु । प्रचण्डसँग मेरो सम्बन्ध सामान्य हो । म सुशील कोइराला, माधवकुमार नेपाल वा रामचन्द्र पौडेलसँग भेट्दाचाहिँ सामान्य हुने अनि प्रचण्डसँग भेट्दाचाहिँ असामान्य किन ? बरु मैले राजनीतिक दलका नेताहरूबीच पुलको भूमिकाचाहिँ निर्वाह गरेको छु । राजनीतिक सहमति जुटाउन मैले कसरत गर्ने गरेको छु । उहाँहरू (नेताहरू) पनि सहमति जुटाउनका लागि पहल गर्न मलाई आग्रह गर्नुहुन्छ । त्यसैले प्रचण्डसँग मात्रै मेरो सम्बन्ध छ भन्नु सरासर गलत हो ।
अनि तपार्इंले त प्रचण्डका बुबाको नाममा मुक्ति टावर नै बनाइदिनुभयो भनिन्छ ?
ठीक हो, मैले मुक्ति टावर बनाएको हो । तर, त्यो मुक्ति श्री टावर हो । मैले भगवान मुक्तिनाथको नामबाट बनाएको हो । तपार्इंलाई जानकारी गराउँछु कि मेरो ९० प्रतिशतभन्दा बढी कम्पनी मैले मुक्तिनाथकै नामबाट राखेको छु । म मुक्तिनाथसँग जोडिएको मान्छे हुँ । प्रचण्डको बुबाको नाम पनि संयोगले उस्तै पर्न गएकोमात्रै हो । मेरो भेट त पछि भएको हो । खुला मोर्चामा आएपछि मात्रै । बरु बाबुरामसँग चाहिँ मेरो सम्बन्ध पहिल्यैदेखि थियो ।