नेपाली आधुनिक गीतका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ । उहाँको गएराती ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फोक्सोको समस्याबाट ग्रसित फत्तेमानलाई क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर भएको निकैसमय पछिमात्र पहिचान भएको र क्यान्सरको तेस्रो अवस्थामा पुगेपछिमात्र उपचार गर्न सुरु भएको थियो ।
किमोथेरापीमा रहनुभएका उहाँलाई चिकित्सकहरुले राति मृत घोषणा गरेका थिए । उपचारमा संलग्न चिकित्सकहरुले केही दिन अघिमात्र क्यान्सरको अवस्था थाहा भएको र दश दिनसम्मको किमोथेरापीबाट औषधि दिन सकेको भए केही समय आयु बढाउन सकिने सम्भावन रहेको बताएका थिए ।

वि.सं १९९३ मंसिर १३ मा जन्मनुभएका गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँका ‘मर्न बरु गाह्रो हुन्न …, यस्तो पनि हुँदो रहेछ …., सान्नानीको गालैमा कालो कोठी रैछ …, बनै खायो डडेलोले मनै खायो…’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् । राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
स्वर्गीय राजभण्डारीको पार्थिव शरीर अहिले चाबहिल अस्पतालबाट निकाल्ने तयारी भइरहेको छ । उहाँको शव अहिले बिहान १० बजेसम्म पशुपति वृद्धाश्रमस्थित खाली ठाउँमा राखिने वासुशशि स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी दिनुभयो ।
फत्तेमानलाई श्रद्धाञ्जली दिनेको भीड
स्वगीय फत्तेमानलाई श्रद्धाञ्जली दिन अहिले संगीतकर्मी तथा उहाँका शुभचिन्तकहरु वनकालीमा जम्मा भएका छन् । फत्तेमानलाई अन्तिम श्रद्धाञ्जली दिन अर्थमन्त्री शंकर कोइराला, वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, प्रेमध्वज प्रधान, यादब खरेललगायत वनकाली पुगेका छन् ।