Friday, August 10, 2012

रेखा थापासँग जे भयो - souryadaily

-चिरञ्जीवी पौडेल

यो लेख थाल्दै गर्दा अपरिचित नम्बरबाट फोन आयो । हेलो भन्नासाथ उताको आवाजले सोध्यो, ‘रेखा थापाको पिटाइ खाइयो रे नि होइन ?’ को बोलेको थियो भनेर जान्ने उत्सुकता पनि रहेन, फोन काटिदिएँ । विगत पाँच दिनयता यही प्रश्न फरक–फरक शैलीमा सोध्दै बज्ने फोनका घन्टीहरूले मलाई गिदी गरिरहेका छन् । सोध्नेको मनसाय बुझेर कसैलाई उत्तर दिन्छु कसैलाई दिन्न । यो लेख मेरो अन्तिम स्पष्टीकरण हुनेछ ।
मैले करिब ६ महिनाअघि रेखा थापालाई पात्र बनाएर केही जोकहरू तयार पारेको थिएँ । त्यसलाई गाईजात्राको दिन छाप्नु उपयुक्त देखेर साँचिराखेँ । ‘रेखा थापाको मिनिस्कर्ट रहस्य’ शीर्षकमा उक्त सामग्री गत १९ साउन, गाईजात्राका दिन प्रकाशित भयो, सौर्य दैनिकको मध्यपृष्ठमा । सो पेजको टाउकोमै लेखिएको थियो गाईजात्रा विशेष । बुद्धिमान् पाठकलाई सायद यति नै पर्याप्त छ, त्यहाँभित्रका सामग्रीहरू पूर्णतया काल्पनिक र मनगढन्ते थिए भनेर बुझ्न । रेखा थापाले लगाउने छोटो मिनिस्कर्टलाई लिएर आठवटा जोकहरू र त्यससँगै तीनजना नेताको काल्पनिक प्रतिक्रिया थियो त्यसमा । लेख छापिएलगत्तै तीव्र प्रतिक्रियाहरू आउन थाले । त्यसदिन बिहान फेसबुक खोल्दा थुप्रैले ती जोकहरू सेयर गरेको र अनलाइन खबर डट कमले साभार गरेर राखेको देखेँ । दिउँसो अफिस पुग्दा सबैजसो साथीहरूले उत्साहजनक प्रतिक्रिया दिए । दुई दिन यत्तिकै बित्यो ।
२१ गते बिहान रेखासित निकट पत्रकार भाइ लक्ष्मण सुवेदीले फोन गरे । ‘दाइ रेखा थापा फायर छे, सौर्यको अफिसमा आउँछु भन्दैछे,’ उनले सुनाए । ‘आओस् न त, कुरा गरौँला नि,’ मैले भनेँ । उनले थपे, ‘होइन दाइ, त्यसलाई इज्जतको डर छैन, जे पनि गर्न सक्छे । सकभर नभेट्नु राम्रो ।’ मलाई कुरा ठीकै लाग्यो । रेखाले सुवेदीलाई आज सौर्यमा गएर चिरञ्जीवी पौडेललाई ठीक पार्छु भनेर खोकेकी रहिछन् । मैले प्रधानसम्पादक बोधराज त्रिपाठीलाई फोन गरेँ । उहाँले पनि रेखाले हिजैदेखि पटक–पटक फोन गरेर भेट्न खोजेको सुनाउनुभयो । ‘त्यो पत्रकारलाई भेटेर एक थप्पड लाउनुछ भन्दै थिइन्,’ उहाँले सुनाउनुभो, ‘तपाईं नआउनुस्, बेकारमा किन तनाब गर्ने, म सम्झाएर पठाउँछु ।’
नेपाली चलचित्रका समकालीन सेलिब्रिटीहरूमध्ये सबैभन्दा बढी घोचपेचमा पर्ने नायिका हुन् रेखा । विशेषगरी उनले लगाउने छोटा लुगालाई लिएर बढी प्रहार हुने गरेको छ । अहिले प्रज्ञा भवनमा चलिरहेको गाईजात्रामा पनि हास्य कलाकारहरूले उनलाई केही भन्न बाँकी राखेका छैनन् । रेखा स्वयंले दर्शकदीर्घामा बसेर त्यो गाईजात्राको ‘आनन्द’ लिएकी थिइन् । अत्यन्त कडा व्यंग्यहरूसमेत सहजै पचाउन बानी परेकी रेखालाई मेरो हल्काफुल्का गाइजात्रे सामग्रीले आक्रोशित बनायो होला भन्ने मलाई विश्वास थिएन । ‘मैले आºनो श्रीमान्सित विगत १० महिनायता दुईपटक मात्र यौनसम्पर्क गरेकी छु’ भनेर पत्रिकालाई अन्तर्वार्ता दिन सक्ने रेखालाई गाइजात्राको दिन छापिएका जोकहरूले उत्तेजित नबनाउनु पर्ने थियो । तर, यसको अर्को पाटो पनि थियो । सेलिब्रिटीहरू स्क्यान्डलका लागि अनेकथोक गर्छन् । व्यावसायिक रूपमा असफल हुन थालेपछि र चर्चा सेलाउँदै गएपछि उनीहरूले स्क्यान्डलको सहारा लिन्छन् । विगतमा नम्बर एक अभिनेत्रीका रूपमा स्थापित रेखा पनि बिस्तारै ओझेल पर्ने क्रममा छिन् । मलाई लाग्यो, कतै यिनले मिडियामा छाउनका लागि स्क्यान्डलको कुनै जाल बुनिरहेकी त छैनन् ? वा उनलाई अरू कसैले उक्साइरहेको छ ? मैले उनीसित नभेट्ने निधो गरेँ ।
दिउँसो करिब १२:३० बजे वीर अस्पतालमा थिएँ, बुबाको चेकअपका लागि । बोधराज सरले फोन गर्नुभयो । ‘रेखाजीहरू आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘मैले सबै कुरा सम्झाएँ । उहाँले कुरा बुझिसक्नुभो । अब केही समस्या छैन । एकचोटि तपाईंसित भेटेर जान्छु भन्नुभएको छ, एकै छिनलाई आउनुस् न ।’ अब मलाई पनि उनीसित भेट्ने उत्सुकता जाग्यो । अस्पतालमा बुबालाई छाडेर बागबजारतिर लागेँ । बाइक बाटोमै साइड लगाएर अफिस पसेँ । सरासर तेस्रो तलामा सम्पादक सरको कार्यकक्षभित्र छिरेँ । भित्र बोधराज सर, रेखा, कुवेर भाइ र एक अपरिचित व्यक्ति सोफामा बसेर खुसी मुडमा चिया पिइरहेका थिए । म छिरेर तीनजनासित हात मिलाएँ र रेखालाई नमस्ते गरेँ । उनले नमस्ते फर्काइनन् । बोधराज सर आफू बसेको सोफाबाट उठेर रेखा बसेको लामो सोफामा सर्नुभयो । म सोफामा बसेपछि अनौठो दृष्टिले हेर्दै रेखाले सोधिन्, ‘तिमीले नै हो लेखेको ?’
पहिले दुईचोटि भेट भए तापनि रेखा र म ‘तिमी’ भन्ने तहका परिचित थिएनौँ । उनले तिमी भनेपछि मैले पनि तिमी नै भन्न कर लाग्यो । रेखाले अनलाइन खबरमा आएका कमेन्टहरू हेर्न भनिन् । मैले हेरिसकेँ भनेँ । नेतृ सरिता गिरीले ट्वीटरमा सो लेखको विरोध गरेको कुरा गरिन् । मैले आलोचना र समर्थन गर्न सबैलाई छुट छ भन्ने जवाफ दिएँ । यता, उनीसितै आएका अपरिचित व्यक्ति रहेछन् सुरेशदर्पण पोखरेल । उनले आफूलाई चलचित्र निर्माता संघको कार्यबाहक महासचिवको हैसियतले आएको बताए । उनले भने, ‘हेर्नुस्, उस्तै हिरोइन् भएको भए, यो लेख पढेर आत्महत्या गरिसक्थे ।’
रेखाको आपत्ति अन्तिम जोकको अन्तिम लाइनमा रहेछ । त्यस लाइनमा रेखाको पागलपनका कारण छविले उनलाई छाडेको आसय उल्लेख थियो । उनले सो लेखका अरू कुनै पनि कुरामा आपत्ति जनाइनन् । उनले केको आधारमा लेख्यौ भनेर सबैभन्दा हास्यास्पद प्रश्न गरिन् । मैले सहज रूपमा उत्तर दिएँ, ‘गाईजात्रे लेखमा पनि आधार चाहिन्छ र, कल्पना गरेर लेखेको हुँ ।’
त्यसपछि उनी जुरुक्क उठिन् र भनिन्, ‘म पनि कल्पना गर्छु है ।’ मेरो नजिकै आएर उनले एकाएक गालामा एक थप्पड हानिन् । म महात्मा गान्धी थिइनँ, एउटा गालामा झापड खाएपछि अर्को गाला थाप्ने । मेरो खुन तात्यो । केही सोच्दै नसोची तत्कालै आºनो देब्रे हातले उनको दायाँ गालामा चड्काएँ । त्यसपछि रन्थनिएकी रेखाले मेरो घाँटी समाउने प्रयास गरिन् । तत्कालै बोधराज सर उठेर बलपूर्वक छुट्याउनुभयो । घम्साघम्सीका क्रममा उनको नङले मेरो घाँटीमा चिथोर्न पुग्यो । चिथोरेको दाग अझै पनि छ । त्यसो त म अलि बढी उत्तेजित भएको भए उनलाई त्यहाँ मुख सुन्निने गरी पिटेर पठाउन सक्थेँ । तर ‘अबला नारी’ सम्झेर संयम राखेँ ।
बोधराजसरले दुवैजनालाई रिस शान्त गर्न आग्रह गर्नुभयो । उहाँ दुवैलाई मिलाउनतिर लाग्नुभयो । ‘दुवैजनाको बराबरी भयो,’ उहाँले भन्नुभयो, ‘यो कुरा यो कोठाबाट बाहिर नजाओस् । यसलाई ठूलो इस्यू बन्न नदिऊँ ।’ मलाई उहाँको कुरा उचित लाग्यो । एउटा राष्ट्रिय दैनिक पत्रिकाको समाचार सम्पादकसित हिरोइनको कुटाकुट परेको विषय ठूलै इस्यू बन्न सक्थ्यो यदि बाहिर ल्याएमा । तर, त्यसले आफूलाई केही फाइदा नहुने महसुस गरेँ । रेखाले पनि छिट्टै ‘रियलाइज’ गरेझैँ देखिइन् । यस घटनालाई त्यहीँ टुंग्याउने र बाहिर कसैलाई नभन्ने मौखिक सहमति जनाइन् । एकछिनअघिको तनाबपूर्ण वातावरण अस्वाभाविक रूपमा एकाएक शान्त भयो । उनले मेरो हिर्काइको पीडा पटक्कै देखाइनन् । उनले शान्त भएर आºना कुरा राखिन् र मैले पनि सहज रूपमा जवाफ फर्काएँ । अर्को लट कालो चिया आयो । रेखाले चिनी कम भएको चिया मगाइन् । गफैगफमा उनले सर्लाहीको एक ज्योतिषीले आफूलाई ३२ र ३६ वर्षमा बिहेको लगन रहेको बताएको सुनाइन् । यति मात्रै होइन, ज्यातिषीलाई उद्वृत गर्दै उनले छवि ओझाको श्रीमती योग नभएको, त्यही भएर छविको तीनवटै बिहे असफल भएको र छविसित सिन्दुर हालेर बिहे गरेको भए आफू पनि नबाँच्ने कुरासम्म गर्न भ्याइन् । करिब डेढ घन्टाको बसाइपछि छुट्टिने बेलामा फेरि एकपटक कुटाकुटको घटनालाई परिवारभित्रको मानेर बाहिर नल्याउने प्रतिबद्धता दुवैतर्फबाट व्यक्त भए ।
तर, रेखाको प्रतिबद्धता केवल नाटक रहेछ । उनीहरू बाहिरिएको केही घन्टामै लगातार फोनको घन्टी बज्न थाल्यो । सबैको प्रश्न थियो, ‘रेखाले पिटिन् रे नि हो ?’ सौर्यमा फिल्म रिपोर्टिङ गर्ने कुवेर भाइ र म दुवैले ‘सामान्य तनाब मात्र भएको हो, हात हालाहाल भएको होइन’ भन्दै घटनालाई ढाकछोप गर्ने प्रयास गर्‍र्यौंंं । तर, केही लागेन । रेखाले सौर्य दैनिकको गेटबाट निस्कनासाथै भटाभट नजिकका पत्रकारहरूलाई फोन गरेर ‘पत्रकारलाई थप्पड लगाएँ भन्दै छाती पिटेको उनीनिकटका केही पत्रकारबाट पुष्टि भयो । ती पत्रकारका अनुसार उनले आफूले थप्पड हानेको कुरा गरिन् तर खाएको कुरा निकालिनन् । एक कान–दुई कान हुँदै ‘रेखाले थप्पड हानेको’ खबर मिडिया र चलचित्रकर्मीमाझ फैलियो । तैपनि हामी यो कुरा मिडियामा नल्याउने र आºनै पत्रिकामासमेत नछाप्ने कुरामा दृढ रह्यौँ । तर, यो समाचार एकतर्फी रूपमा आउन थाल्यो । जुन अहिलेसम्म पनि जारी छ ।
नेपाली समाजमा समाचार र अफवाहबीचको दूरी अत्यन्त छोटो छ । समाचारहरू अफवाहमा परिणत हुन वा अफवाहहरू समाचार बन्न सजिलै सक्छन् यहाँ । अफवाहबाट समाचार छुट्याउनु भनेको चामलबाट सेता ढुंगा निकाल्नुभन्दा कठिन हुन्छ । त्यो दु:ख यहाँका धेरै मिडियाकर्मीले गर्दैनन् । त्यही भएर रेखा र मबीच भएको झापड हानाहानको घटना ‘रेखाले पत्रकारलाई धुलाई दिइन्’ भन्ने किसिमले आइरहेको छ । बग्रेल्ती खुलेका अनलाइन मिडिया, एकाधलाई छाडेर, अफवाह फैलाउने धन्दा नै चलाइरहेका छन् । कुरोको चुरोसित उनीहरूलाई कुनै चासो हुँदैन, सनसनी फैलाउन पाए पुग्छ ।
गाईजात्रे सामग्री छापेकामा मलाई अहिले पनि कुनै पछुतो छैन । कतिपयले यसलाई अश्लील भनेका छन् । तर, श्लील र अश्लील भन्ने कुरा नजरमा भर पर्छ । म व्यक्तिगत रूपमा कत्ति पनि विश्वस्त छैन, यो सामग्री गाईजात्राको दिनसमेत छाप्न नहुने गरी अश्लील थियो भन्नेमा । यसलाई अश्लील भन्नेहरूको तुलनामा राम्रो भन्नेहरूको संख्या धेरै बढी पाएको छु । सौर्य दैनिकको वेबसाइटमा १९ गतेदेखि आजसम्म निरन्तर सबैभन्दा बढी पढिएको सूचीमा यो १ नम्बरमा छ । फेसबुकमा बग्रेल्ती सेयर भएका छन् । रेखाले ठीक गरी भन्नेहरू पनि देखिएका छन् । विशेषगरी सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा केही त्यस्ता कमेन्टहरू देखिरहेको छु । त्यो पत्रकारलाई गोली ठोक्नुपर्छ भनेरसम्म कसैले लेखेका छन् । यो त आ–आºनो सोचाइको स्तरको कुरा हो ।
हुन सक्छ, लेखनमा त्रुटि छन् । तर, के प्रतिक्रिया व्यक्त गर्ने रेखाको तरिका जायज हो ? आपत्ति व्यक्त गर्ने पनि प्रक्रिया हुन्छ । पत्रिकामा गुनासो छपाउन सकिन्छ । चित्त नबुझे यसमा कारबाही गर्ने निकायहरू छन् । तर, कतिपय पत्रकारले नै रेखालाई स्यावासी दिइरहेको पाउँछु । त्यतिबेला आफू १२ वर्षदेखि संलग्न रहेको क्रियाशील रहेको पेसाप्रति नै हीनताबोध भएर आउँछ । रेखासित गुनासो गर्ने ठाउँ छैन । मानिसले आºनो औकातअनुरूप व्यवहार प्रदर्शन गर्छ । औकातको निर्माणमा विभिन्न कुराको हात हुन्छ, जस्तै पारिवारिक पृष्ठभूमि, सरसंगत, अध्ययन आदि । यी सबै पक्षमा कमजोर मानिसबाट राम्रो व्यवहारको आशा गर्नु कोदो रोपेर जौ फल्ने प्रतीक्षा गरेजस्तै मूर्खता हो । म रेखाप्रति गुनासो गरेर आफूलाई मूर्ख तुल्याउन चाहन्नँ ।
गाईजात्रा वर्षमा एक दिन आउँछ । प्रजातन्त्र आउनुअघिसम्म नेपालमा गाईजात्राको विशेष महत्त्व हुन्थ्यो । वर्षभरि बन्द रहेका मुखहरू एक दिनका लागि खुल्थे । कलमहरू एक दिनका लागि स्वच्छन्द हुन्थे । यस दिनको भरपूर उपयोग गर्दै विशेषगरी राजनीतिकर्मीहरूमाथि विकृति र विसंगतिहरूमाथि व्यंग्य प्रहार गरिन्थ्यो । अहिले त्यो अवस्था छैन । राजनीतिकर्मीलाई गाली गर्न गाईजात्रा पर्खिनुपर्दैन । तैपनि गाईजात्राको महत्त्व सकिएको छैन । सकिएको भए मानिसहरू एक हजार रुपियाँको टिकट काटेर गाईजात्रे कार्यक्रम हेर्न प्रज्ञा भवन र राष्ट्रिय सभागृहमा लाम लाग्दैनथे । गाईजात्रे पत्रिकाहरू भरमार निस्कँदैनथे । त्यसैले म विनम्रतापूर्वक जानकारी दिन चाहन्छु, यस्तो गाईजात्रे लेख आगामी वर्ष पनि लेख्नेछु । यदि सिनेमा क्षेत्रमा टिकिरहे रेखा फेरि पनि पात्र बन्न सक्छिन् ।
धेरैले यस प्रकरणमा चुप लागेर बस्दा हाम्रो संस्था निरीह भएको वा कमजोरी स्विकारेको रूपमा बुझेका छन् । हामी यसकारण मात्र चुप लागेका छौँ कि एउटी ‘अबला नारी’ सित सिंगौरी खेलेर हामीलाई कुनै युद्ध जित्नु छैन । आशा गर्छु,, यो प्रकरण अब थप लम्बिने छैन ।
………………………………………………….

रेखा थापाको मिनिस्कर्ट रहस्य

-चिरञ्जीवी पौडेल

एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’
छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।
रेखा : कहाँ छ त ?
छवि : ऊ त्यो सलाइको बट्टाभित्र †
आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन  । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’
सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’
छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?
टेलर : तर, यत्रो कपडा…
छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।
रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हेर्‍यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनपर्‍यो तर आखिर पर्‍यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या पर्‍यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।
नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।
निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।
के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह † वाह †† भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह † वाह †† भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।
यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन््, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’
रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हेर्‍यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनपर्‍यो तर आखिर पर्‍यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या पर्‍यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।
नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।
निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।
के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह † वाह †† भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह † वाह †† भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।
यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन््, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’
छविले रेखाको मिनिस्कर्ट धोएर छतमा सुकाएका थिए तर उठाउन जाँदा मिनिस्कर्ट त भँगेराले टिपेर उडिरहेको देखे । हत्तेरी भन्दै उनले ओर्लेर रेखालाई भँगेराले मिनिस्कर्ट चोरेको सुनाए । रेखाले निर्धक्क हुँदै भनिन्, ‘ढुक्क हुनुस्, डयाडी † त्यसले मिनिस्कर्ट फिर्ता ल्याइदिन्छ ।’
नभन्दै भोलिपल्ट त मिनिस्कर्ट छतमा ल्याएर मिल्काइदिएको रहेछ भँगेराले । उठाउन खोज्दा छविले मिनिस्कर्टसँगै एउटा सानो चिठ्ठी देखे । त्यसमा लेखिएको थियो, ‘साह्रै टाइट भयो, त्यसैले फिर्ता ल्याइदिएँ ।
पत्रिकाहरूले साह्रै खेदो गरे भनेर एक दिन रेखाले आयन्दा मिनिस्कर्ट नलाउने निधो गरिन् । उनले यो कुरा श्रीमान्लाई सुनाइन् । ‘डयाडी † म अबदेखि मिनिस्कर्ट लाउँदिन, पत्रिकाहरूले साह्रै खेदे ।’
छवि गदगद भए उनको कुरा सुनेर । भने, ‘मैले जुन कुरा वर्षौंदेखि भन्न चाहेर पनि भन्न सकेको थिइनँ । आज तिमी आफैँले भन्यौ । यो मेरो सबैभन्दा खुसीको दिन हो ।’ छवि भावुक भएर रुन थाले ।
तर, रेखाले भनिन्, ‘त्यति धेरै खुसी हुनुपर्दैन, डयाडी । मैले मिनिस्कर्ट लाउँदिनँ मात्र भनेकी हुँ, त्यसको ठाउँमा अर्थोक लाउँछु त भनेकी छैन नि †’
छवि फेरि रुन लागे ।
रेखा थापा फिल्मको सुटिङमा थिइन् । भिलेनलाई उनले किक हानेर ढाल्नुपर्ने दृश्य थियो । रेखाले मिनिस्कर्ट लगाएरै किक हान्न चाहिन् । दुवै जना तयार भए । निर्देशकले एक्सन भन्दै खुट्टा उज्याएर भिलेनलाई बजाउन रेखालाई इसारा गरे । रेखाले दायाँ खुट्टा उचालिन् तर मिनिस्कर्ट निकै टाइट भएकाले खुट्टा धेरै माथि उठेन । खुट्टा टेकिन् र फेरि अर्को खुट्टाले प्रयास गरिन् । यसपटक पनि उनको खुट्टा भिलेनको घुँडाभन्दा माथि पुग्न सकेन । उनले अलि बल लगाइन् । ला…, मिनिस्कर्ट नै ध्यार्र गर्‍यो । सुटिङ युनिटका सदस्यहरू मुखामुख गर्न थाले । अर्को मिनिस्कर्टको जोगाड गर्न निर्देशकले सहायकलाई इसारा गरे । तर, रेखाले भने मिनिस्कर्ट बदल्न कुनै चासो देखाइनन् । बरु अलि लजाएजस्तो गरी मुसुक्क हाँस्दै सरी भनिन् । उनी टेक दिन फेरि तयार भइन् र खुट्टा उचालिन् । यसपटक अलि माथि पुर्‍याइन् । तर, मिनिस्कर्टको पछाडि भागमा झन् बेसरी ध्यार्र गर्‍यो । यसपटक भने रेखा पनि लाजले पानी–पानी भइन् । ‘हिजो मासु धेरै खाएकी थिएँ,’ रातो–पिरो अनुहार लगाएर उनले भनिन् । त्यतिबेलासम्म वरिवरि रहेका सबै नाक थुनिरहेका थिए ।
रेखा थापालाई कामको व्यस्तताबाट फुर्सद मिलाएर एक्लै गाउँतिर डुल्न मन लाग्यो । माथि सानो स्लिभलेस टिसर्ट र तल आफ्नो भएसम्मको छोटो मिनिस्कर्ट लगाएर उनी काठमाडौंनजिकैको एउटा गाउँमा पसिन् । आफूलाई कसैले नचिनून् भनेर उनले अनुहारको मेकअप नगरी हिँडेकी थिइन् ।
तर, गाउँ पस्नेबित्तिकै रेखा विपत्तिमा परिन् । गाउँका भूराहरू उनको छोटो लुगालाई औँल्याउँदै कुरीकुरी भन्दै पछि दगुर्न थाले । जति हप्काउँदा पनि नटेरेपछि रेखाले तिनीहरूलाई स–साना ढुंगा टिप्दै हान्न थालिन् । यत्तिकैमा केही गाउँलेले देखे । एउटी अर्धनग्न आइमाईले केटाकेटीहरूलाई ढुंगाले हान्दै गरेको देखेर उनीहरूले बहुलाही भन्ठाने । कसैले प्रहरीमा मोबाइलबाट फोन गरेर बढाईचढाई गर्दै भन्यो एउटी बहुलाही गाउँमा नांगै घुमिरहेकी छ ।
केहीबेरमा पुलिस आयो र ‘नांगी बहुलाही’ लाई एउटा ठूलो कम्बलले घर्लप्प छोपेर गाडीमा हालेर लग्यो । रेखा केही भन्न खोज्दै थिइन् तर मौका पाइनन् । पुलिसचौकीमा लगेपछि भने उनले ठूलै आक्रोश झिकिन् । तिमीहरूले मलाई यहाँ ल्याउने हिम्मत कसरी गर्‍यौ ? म को हुँ, थाहा छ ? म हिरोइन रेखा थापा हुँ, रेखा थापा ।
उनको कुराले प्रहरीहरू पेट मिचिमिची हाँस्न थाले । प्रहरी निरीक्षकले उनलाई पहिले मानसिक अस्पताल लैजान आदेश दिए । मानसिक अस्पतालमा जाँच्ने डाक्टरलाई पनि उनले पटकपटक आफू हिरोइन रेखा थापा भएको बताइन् तर डाक्टरले के पत्याउँथे, बहुलाही नै भन्ठाने । डाक्टरले निधो गरिदिए, उहाँले रेखा थापाको फिल्ममा कुनै डरलाग्दो दृश्य हेरेर उहाँलाई मानसिक दौरा परेको देखिन्छ । सामान्य उपचारले हुँदैन । इलेक्ट्रिक सक नै दिनुपर्छ ।
अन्तत: उनलाई बाँधेर इलेक्ट्रिक सक दिइयो । सकले गर्दा रेखाको मगज साँच्चिकै असन्तुलित भयो । पछि उनी मानसिक अस्पतालबाट भागेर त निस्किन् । तर, उनको मानसिक अवस्था अहिले पनि ठेगानमा आउन नसकेको बताइन्छ ।
(स्मरणीय रहोस्, यही बिमारीले चापेका बेला रेखाले रामनामीलाई लगौँटी बनाएर नाचेकी थिइन् । छविले रेखासित छुट्टिने निर्णय लिनुमा पनि यही बिमारीको कारण रहेको बताइन्छ ।)
नेताहरू के भन्छन् ?
रेखाको मिनिस्कर्टबारे तीनजना नेताहरूसित मागिएको धारणा जस्ताको तस्तै
पुष्पकमल दाहाल
मने, नेपाली क्रान्तिको सन्दर्भमा यो बडो जटिल एवं अहं सवाल हो भन्ने मेरो बुझाइ छ । कमरेड रेखा थापाजीको मिनिस्कर्ट र नेपाली क्रान्तिको के सम्बन्ध छ र भन्ने प्रश्न त एउटा कित्ताबाट निश्चितरूपमा उठ्ने नै छ तर हाम्रो गौरवशाली पार्टीको ठम्याइ के छ भने नेपाली क्रान्ति र मिनिस्कर्ट एक–आपसमा घुलमिल भएर आएका छन् र यिनलाई छुट्याएर हेर्न मिल्दै मिल्दैन भन्ने नै हो । हामीले मिनिस्कर्टको रूप पक्षलाई मात्र हेरेर हुँदैन, सार पक्षमा पनि जानुपर्छ भन्ने हाम्लाई लाग्छ । रूप पक्षमा अलिकति तडकभडक देखिए पनि सारमा यसलाई नेपाली महिलामुक्तिको एउटा महान् केन्द्रबिन्दुका रूपमै लिनुपर्छ भन्नेमा दुई मत छँदै छैन । कामरेड थापाजीको जुन क्रान्तिकारी स्प्रिट छ, त्यो मिनिस्कर्टकै कारणले पनि हो भन्ने महान् नेपाली जनताले निश्चितरूपमा बुझेकै छन् ।
जस्तो मैले पनि विगतमा कमरेड रेखाजीसित कम्मर जुधाएर नाच्ने अवसर पाएकै हो र त्यसलाई मैले एउटा ‘ब्रेक थु्र’ का रूपमा लिएको छु । मने, त्यो घटनापछि म धेरै दिनसम्म मनमनै कुत्कुतिएको स्थिति पनि रहेको थियो । त्यतिबेला पनि उहाँले मिनिस्कर्ट नै लगाएर नाच्नुभएको भए अझै त्यसले महान् नेपाली क्रान्तिलाई स्पष्ट रूपमा उजागर गथ्र्यो भन्ने पनि मलाई लाग्छ ।
केपी ओली
‘काम पाइनस् बुहारी पाडाको कन्डो कन्या’ भन्या जस्तो प्रश्न भो यो त † को हुन् रेखा थापा ? सूर्यबहादुर थापाकी छोरी हुन् ? कि कमल थापाकी भाइबुहारी ? ए, साँच्ची अस्तिनै हुँदो सर्वहारावादी कामरेडसित ढिङ ठोक्काई–ठोकाई नाच्ने फ्याङ्ली हिरोनी हुन् क्यारे †
हुन त यस्ता खुद्रा–मसिना कुरामा बोलिहाल्ने बानी त होइन मेरो, तैपनि प्याच्च सोधिहाल्नुभो, उत्तर दिनैपर्‍यो । ती नानीलाई जब म हेर्छु आक्कलझुक्कल टेलिभिजनमा । बडो उदेक लाग्छ । रंग न ढंगसित झ्याम्टा हल्लाएर लैनो बाछोजसरी उपिँ्रmदैमा हिरोइन भइन्छ ? देखाउनुपर्ने कुरा देखाउन सक्नु छैन, छोप्नुपर्ने कुरा ह्वाङ्गै देखाको छ । हिरोनीले देखाउनुपर्ने कला हो, त्यो चैँ छैन, छोप्नुपर्ने साँप्राहरू देखाएर दुनियाँका छोरालाई बिगारेकी छन् । रेखा थापा हुन् कि देखा थापा हुन् ? अँ, त्यो केजाति मिनिस्कर्ट रे † मुस्किलले गुप्तांग छोप्ने ४ इन्चको टालोलाई मिनिस्कर्ट भन्न मिल्ने हो भने मैले सिगान पुछ्न खल्तीमा बोक्ने गरेको पकेट रुमाललाई पनि मिनिस्कर्ट घोषणा गरिदिन्छु, हुन्छ ?
उपेन्द्र यादव
मलाई पहाडे हिरोइनको कुरा के सोध्नुहुन्छ ? पहाडे हिरोइन पनि कोई हिरोइन छ ? पारिका हिरोइनको कुरा गर्नुस् न ? प्रियंका चोपडाको लट्का हेर्नुस्, दीपिका पादुकोणेको झट्का हेर्नुस् । वाह † मुख रसाइहाल्छ । मिनिस्कर्ट त उनीहरूलाई पो सुहाउँछ । पहाडे हिरोइनको पुठ्ठा मिनिस्कर्ट लगाउने खालको कहाँ छ ? रेखा थापाको बात के गर्नुहुन्छ, पारिको रेखालाई हेर्नुस्, ६० साल पुग्दा पनि आग लगाउने जिस्म छ । नेपाली हिरोइनमा त के दम छ ? हेर्नुस्, नेपाली फिल्म इन्डस्ट्रीमा तपूरा बाहुनवाद हाबी छ । सबै पहाडेहरूको हालिमुहाली छ । एकजना पनि मधेसी हिरोइन देख्नुभएको छ ? मधेसी जनतामाथि शासकले कति ठूलो विभेद गरेको छ हेर्नुस् त ? के मधेसका लड्कीलाई मिनिस्कर्ट लगाउन आउँदैन ? नेपाली फिल्म इन्डस्ट्रीमा पनि अब समावेशी प्रणाली लागू गर्नुपर्छ । मधेसीलाई ४० प्रतिशत आरक्षण छुट्याउनै पर्छ । अब बन्ने संविधानमा यस्तो आरक्षण व्यवस्था भएन भने हामी दोस्रो मधेस आन्दोलन गरिहाल्छौँ । मधेसमा पहाडेले बनाएका एउटा फिल्म पनि चल्न दिदैनौँ । एक मधेस एक प्रदेश हुनुपर्छ । नत्र मधेसमा आगो लाग्छ ।