इँटादेखि बैंकिङ, जलविद्युत्, हस्पिटल, व्यापार, हाउजिङ र मनोरञ्जनमा
लगानी गरेको एनबी समूहको गैरजिम्मेवारपूर्ण व्यवस्थापनले सर्वसाधारणको
लगानी जोखिममा छ । एनबी समूहले हात हालेका सबैजसो संस्था नाजुक अवस्थामा
छन् ।
एनबी समूहले लगानी गरेको हरिसिद्धि इँटा-टायल कारखाना, एनबी इन्सुरेन्स, नेसनल हाइड्रो पावर कम्पनी, नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एन्ड कमर्स -एनसिसी) बैंक सबै समस्यामा छन् । एनबी समूहसँग हस्पिटलमा साझेदारी गरेका बीएन्डबी हस्पिटलका सञ्चालक डा. अशोकुमार बाँस्कोटा, डा. जगदीशलाल वैद्य र उद्यमी प्रदीमान वैद्य बैंकको ऋण नतिरेर कालोसूचीमा परेका छन् ।
एनबी समूहले प्रवर्द्धन गरेका कम्पनीको सेयर घाटामा कारोबार गनुपर्ने अवस्था छ । सेयरबजारले प्रगति गरेको वेला पनि नेपाल बंगलादेश -एनबी) बैंकको १ सय ३४ रुपैयाँ र नेपाल क्रेडिड एन्ड कमर्स -एनसिसी) बैंकको सेयरमूल्य १ सय २२ रुपैयाँ मात्र छ ।
एनबी समूहको उच्च तहको व्यवस्थापनमा जितबहादुर श्रेष्ठ अध्यक्ष, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल कार्यकारी उपाध्यक्ष र लक्ष्मीबहादुर श्रेष्ठ प्रबन्ध-निर्देशक छन् । जितबहादुर र लक्ष्मीबहादुर दाजुभाइ हुन् । समूहले अर्थ मन्त्रालयका पूर्वअधिकारी नारायणराज तिवारीलाई पनि एनसिसी बैंकको बोर्ड डाइरेक्टर बनाएको छ ।
६० वर्षअघि सिन्धुपाल्चोक बाह्रबिसेका नरसिंहबहादुर श्रेष्ठले नेपालबाट गहुँ, चामल, चिनी तिब्बत पठाउने र उताबाट नुन, भेँडा, उन ल्याएर सुरु गरेको व्यापार चार दशकपछि अर्बौँको कारोबारमा बदलिएको छ । नरिसंहबहादुर -एनबी) का छोरा जितबहादुर र लक्ष्मीबहादुरले अहिले समूहको नेतृत्व गरिरहेका छन् ।
एनबी समूहले बैंकबाट ऋण लिन थुपै्र कम्पनी खडा गरेको छ । तीमध्ये ९० प्रतिशत कम्पनी अहिले झन्डै निष्त्रिmयबराबर छन् । एनबी समूहअन्तर्गत नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनबी इन्सुरेन्स, नेसनल हाइड्रोपावर, हरिसिद्धि बि्रक एन्ड टायल, काठमाडौं सेरामिक लिमिटेड, एनबी बत्रा हस्पिटल एन्ड रिसर्च सेन्टर, क्यापिटल इन्भेस्टमेन्ट, वैद्य इन्टरप्राइजेज, सौगात ट्रेड कन्सर्न, मकालु इन्भेस्टमेन्ट प्रालि दर्ता छन् ।
त्यसैगरी एनबी समूहमा विनय इन्टरनेसनल, भी फर्मा डिस्टि्रब्युटर्स, ल्होत्से इन्टरनेसनल, लोहत्से इन्भेस्टमेन्ट, मनास्लु इन्भेस्टमेन्ट, विजयदीप इन्भेस्टमेन्ट, क्षमादेवी टे्रडिङ, रिलायबल इन्भेस्टमेन्ट, नेपाल कोल्ड स्टोरेज, गण्डकी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, क्षमी टे्रड नेपाल, वषर्ा टे्रडिङ कन्सर्न, एचबिटिएफ लुम्बिनी, बागमती इन्भेस्टमेन्ट, हिमसागर ट्रेडिङ, हिमालयन पस्मिना उद्योग, श्री गोरखनाथ इन्भेस्टमेन्ट, एनबी इन्भेस्टमेन्ट, सांगि्रला इन्भेस्टमेन्ट, बालाजी इन्टरनेसनल, बिआइजिसी पिङयाङ माइनिङ, नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, सांगि्रला हाउजिङ डेभलपमेन्ट, ललितपुर इन्जिनियरिङ, इन्टरनेसनल रिक्रिएसन सेन्टर, सुनकोसी हाइड्रोपावर कम्पनी छन् ।
एनबी ग्रुपले कारखानाको जग्गा आफ्नै लगानी रहेको एनसिसी बैंक र नेपाल बंगलादेशमा धितोमा राखी ऋण लिएको छ । तर, कारखाना भने बन्द छ । कच्चा पदार्थ -माटो)को अभाव देखाउँदै कारखाना बन्द गरिएको हो ।
समूहले कारखानाको स्वामित्वमा रहेको करिब २ सय ५ रोपनी जग्गा आफ्नै लगानी रहेको एनसिसी बैंकमा धितो राखी ऋण लिएको थियो । बैंकबाट लिएको ऋणको साँवाब्याज नतिरेपछि बैंकले जग्गा लिलामी गरेको हो । लिलामी गर्न खोजे पनि कारखानाको प्रांगणभित्रको जग्गा किन्न अरू कोही अघि नसरेपछि एनसिसी बैंक आफैँले राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको जग्गामध्ये २५ रोपनी बागमती हाउजिङलाई बिक्री गरिसकेको छ ।
कारखानाको स्वामित्वमा रहेको केही जग्गा बंगालदेश बैंकमार्फत मालपोतले रोक्का राखेको छ । अरू जग्गा उनीहरूले 'वैद्य एन्ड बाँस्कोटा'सँग साझेदार बन्न हस्पिटलमा लगानी गरेका छन् ।
अर्थ मन्त्रालयले कारखाना सञ्चालन गर्न निर्देशन दिए पनि समूहले कारखाना सञ्चालन गरेको छैन । कारखाना चलाउने सर्तमा सस्तोमा किनिएको जग्गा महँगोमा बेच्न लागिएको भन्दै स्थानीय जनताले विरोध गरेका छन् । जुन उद्देश्यका लागि जग्गा किनिएको हो, त्यो काम नगरेपछि अधिग्रहण गरिएको जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गररहेका छन् ।
'कच्चा पदार्थ पाइएन भनेर करखाना बन्द गराउनु एनबी समूहको बहाना मात्र हो,' स्थानीय बेखाराम महर्जन भन्छन्, 'समूहकै लापरबाहीले कारखाना बन्द भएको हो, कारखाना बन्द गरेर त्यसको स्वामित्वमा रहेको जग्गा महँगोमा बेच्न उनीहरू चाहन्छन् ।'
एनबी समूहका लागि कुनै वेला सबैभन्दा ठूला सहयोगी नेपाल उद्योग वाणिज्य
महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल हुने गर्थे । समूहले ढकालको मोमेन्टो
एप्पेल्र्सलाई एनबी बैंकबाटै एक अर्ब रुपैयाँ ऋण दिलाएको थियो । ढकाल
महासंघका अध्यक्ष हुँदा एनबी समूहका निर्देशक लक्ष्मीबहादुरले महासंघको
बैंक तथा वित्त हेर्ने जिम्मेवारी पाएका थिए ।
एनबी बैंक संकटमा परेर राष्ट्र बैंकले नियन्त्रणमा लिएपछि ढकाल महासंघको अध्यक्ष छँदै एनबी बैंकको कालोसूचीमा परे । केही ऋण तिरेर ढकालले एनबी बैंकको केही ऋण राष्ट्रिय वाणिज्य बैंकमा सारे ।
विजयनाथ भट्टराई, पूर्वगभर्नर, राष्ट्र बैंक
राष्ट्र बैंकको वित्तीय पुनर्संरचना गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त सहयोग रकम वित्तीय परामर्शदातालाई पैसा भुक्तानी गर्दा भ्रष्टाचार गरेको आरोप लगाउँदै 'बैकिङ माफिया'ले मलाई फसाउन खोजेका थिए । सर्वसाधारणले बैंकमा जम्मा गरेको पैसा दुरुपयोग गर्ने सञ्चालक र लगानीकर्तालाई कारबाही गर्न खोज्दा मलाई फसाउन ठूलै गिरोह त्यतिवेला लागिपरेको थियो । यसको नेतृत्व एनबी समूहले गरेको थियो ।
आफैँले प्रवर्द्धन गरेको बैंकबाट एनबी समूहले ठूलो रकम दुरुपयोग गरेको थियो । त्यस समूहलाई कारबाही गर्न खोज्दा मलाई नै फसाउन खोजियो ।
बंैक ठग्ने माफिया मेरोविरुद्धमा लागेका थिए, त्यसका लागि ५ करोड रुपैयाँ परिचालन भएको मैले सुनेको थिएँ । पैसा भए जे पनि गर्न सकिन्छ र बैंकबाट लिएको ऋण नतिरे पनि हुन्छ भन्ने 'डिफल्टर' अहिले पनि खुलेआम हिँडिरेहका छन् । त्यस्ता गिरोहलाई कारबाही गरिनुपर्छ ।
एनबी समूहले लगानी गरेको हरिसिद्धि इँटा-टायल कारखाना, एनबी इन्सुरेन्स, नेसनल हाइड्रो पावर कम्पनी, नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एन्ड कमर्स -एनसिसी) बैंक सबै समस्यामा छन् । एनबी समूहसँग हस्पिटलमा साझेदारी गरेका बीएन्डबी हस्पिटलका सञ्चालक डा. अशोकुमार बाँस्कोटा, डा. जगदीशलाल वैद्य र उद्यमी प्रदीमान वैद्य बैंकको ऋण नतिरेर कालोसूचीमा परेका छन् ।
एनबी समूहले प्रवर्द्धन गरेका कम्पनीको सेयर घाटामा कारोबार गनुपर्ने अवस्था छ । सेयरबजारले प्रगति गरेको वेला पनि नेपाल बंगलादेश -एनबी) बैंकको १ सय ३४ रुपैयाँ र नेपाल क्रेडिड एन्ड कमर्स -एनसिसी) बैंकको सेयरमूल्य १ सय २२ रुपैयाँ मात्र छ ।
एनबी समूहको उच्च तहको व्यवस्थापनमा जितबहादुर श्रेष्ठ अध्यक्ष, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल कार्यकारी उपाध्यक्ष र लक्ष्मीबहादुर श्रेष्ठ प्रबन्ध-निर्देशक छन् । जितबहादुर र लक्ष्मीबहादुर दाजुभाइ हुन् । समूहले अर्थ मन्त्रालयका पूर्वअधिकारी नारायणराज तिवारीलाई पनि एनसिसी बैंकको बोर्ड डाइरेक्टर बनाएको छ ।
६० वर्षअघि सिन्धुपाल्चोक बाह्रबिसेका नरसिंहबहादुर श्रेष्ठले नेपालबाट गहुँ, चामल, चिनी तिब्बत पठाउने र उताबाट नुन, भेँडा, उन ल्याएर सुरु गरेको व्यापार चार दशकपछि अर्बौँको कारोबारमा बदलिएको छ । नरिसंहबहादुर -एनबी) का छोरा जितबहादुर र लक्ष्मीबहादुरले अहिले समूहको नेतृत्व गरिरहेका छन् ।
एनबी समूहले बैंकबाट ऋण लिन थुपै्र कम्पनी खडा गरेको छ । तीमध्ये ९० प्रतिशत कम्पनी अहिले झन्डै निष्त्रिmयबराबर छन् । एनबी समूहअन्तर्गत नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनबी इन्सुरेन्स, नेसनल हाइड्रोपावर, हरिसिद्धि बि्रक एन्ड टायल, काठमाडौं सेरामिक लिमिटेड, एनबी बत्रा हस्पिटल एन्ड रिसर्च सेन्टर, क्यापिटल इन्भेस्टमेन्ट, वैद्य इन्टरप्राइजेज, सौगात ट्रेड कन्सर्न, मकालु इन्भेस्टमेन्ट प्रालि दर्ता छन् ।
त्यसैगरी एनबी समूहमा विनय इन्टरनेसनल, भी फर्मा डिस्टि्रब्युटर्स, ल्होत्से इन्टरनेसनल, लोहत्से इन्भेस्टमेन्ट, मनास्लु इन्भेस्टमेन्ट, विजयदीप इन्भेस्टमेन्ट, क्षमादेवी टे्रडिङ, रिलायबल इन्भेस्टमेन्ट, नेपाल कोल्ड स्टोरेज, गण्डकी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, क्षमी टे्रड नेपाल, वषर्ा टे्रडिङ कन्सर्न, एचबिटिएफ लुम्बिनी, बागमती इन्भेस्टमेन्ट, हिमसागर ट्रेडिङ, हिमालयन पस्मिना उद्योग, श्री गोरखनाथ इन्भेस्टमेन्ट, एनबी इन्भेस्टमेन्ट, सांगि्रला इन्भेस्टमेन्ट, बालाजी इन्टरनेसनल, बिआइजिसी पिङयाङ माइनिङ, नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, सांगि्रला हाउजिङ डेभलपमेन्ट, ललितपुर इन्जिनियरिङ, इन्टरनेसनल रिक्रिएसन सेन्टर, सुनकोसी हाइड्रोपावर कम्पनी छन् ।
हरिसिद्धि इँटाको दुःखद अन्त्य
कुनै वेला यस्तो थियो, घर बनाउँदा हरिसिद्धि इँटा तथा टायल कारखानाबाट उत्पादित इँटा पहिलो रोजाइमा पथ्र्यो । तर, चीन सरकारको सहयोगमा स्थापना भएको कारखाना सरकारले ०४९ मा २१ करोड ४८ लाख ३० हजार रुपैयाँमा एनबी ग्रुपलाई बिक्री गरेको थियो ।एनबी ग्रुपले कारखानाको जग्गा आफ्नै लगानी रहेको एनसिसी बैंक र नेपाल बंगलादेशमा धितोमा राखी ऋण लिएको छ । तर, कारखाना भने बन्द छ । कच्चा पदार्थ -माटो)को अभाव देखाउँदै कारखाना बन्द गरिएको हो ।
समूहले कारखानाको स्वामित्वमा रहेको करिब २ सय ५ रोपनी जग्गा आफ्नै लगानी रहेको एनसिसी बैंकमा धितो राखी ऋण लिएको थियो । बैंकबाट लिएको ऋणको साँवाब्याज नतिरेपछि बैंकले जग्गा लिलामी गरेको हो । लिलामी गर्न खोजे पनि कारखानाको प्रांगणभित्रको जग्गा किन्न अरू कोही अघि नसरेपछि एनसिसी बैंक आफैँले राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको जग्गामध्ये २५ रोपनी बागमती हाउजिङलाई बिक्री गरिसकेको छ ।
कारखानाको स्वामित्वमा रहेको केही जग्गा बंगालदेश बैंकमार्फत मालपोतले रोक्का राखेको छ । अरू जग्गा उनीहरूले 'वैद्य एन्ड बाँस्कोटा'सँग साझेदार बन्न हस्पिटलमा लगानी गरेका छन् ।
अर्थ मन्त्रालयले कारखाना सञ्चालन गर्न निर्देशन दिए पनि समूहले कारखाना सञ्चालन गरेको छैन । कारखाना चलाउने सर्तमा सस्तोमा किनिएको जग्गा महँगोमा बेच्न लागिएको भन्दै स्थानीय जनताले विरोध गरेका छन् । जुन उद्देश्यका लागि जग्गा किनिएको हो, त्यो काम नगरेपछि अधिग्रहण गरिएको जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गररहेका छन् ।
'कच्चा पदार्थ पाइएन भनेर करखाना बन्द गराउनु एनबी समूहको बहाना मात्र हो,' स्थानीय बेखाराम महर्जन भन्छन्, 'समूहकै लापरबाहीले कारखाना बन्द भएको हो, कारखाना बन्द गरेर त्यसको स्वामित्वमा रहेको जग्गा महँगोमा बेच्न उनीहरू चाहन्छन् ।'
ढकालले छाडे
एनबी समूहका लागि कुनै वेला सबैभन्दा ठूला सहयोगी नेपाल उद्योग वाणिज्य
महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल हुने गर्थे । समूहले ढकालको मोमेन्टो
एप्पेल्र्सलाई एनबी बैंकबाटै एक अर्ब रुपैयाँ ऋण दिलाएको थियो । ढकाल
महासंघका अध्यक्ष हुँदा एनबी समूहका निर्देशक लक्ष्मीबहादुरले महासंघको
बैंक तथा वित्त हेर्ने जिम्मेवारी पाएका थिए । एनबी बैंक संकटमा परेर राष्ट्र बैंकले नियन्त्रणमा लिएपछि ढकाल महासंघको अध्यक्ष छँदै एनबी बैंकको कालोसूचीमा परे । केही ऋण तिरेर ढकालले एनबी बैंकको केही ऋण राष्ट्रिय वाणिज्य बैंकमा सारे ।
मलाई गभर्नरबाट हटाउन एनबी ग्रुपले नेतृत्व गरेको थियो
विजयनाथ भट्टराई, पूर्वगभर्नर, राष्ट्र बैंकराष्ट्र बैंकको वित्तीय पुनर्संरचना गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त सहयोग रकम वित्तीय परामर्शदातालाई पैसा भुक्तानी गर्दा भ्रष्टाचार गरेको आरोप लगाउँदै 'बैकिङ माफिया'ले मलाई फसाउन खोजेका थिए । सर्वसाधारणले बैंकमा जम्मा गरेको पैसा दुरुपयोग गर्ने सञ्चालक र लगानीकर्तालाई कारबाही गर्न खोज्दा मलाई फसाउन ठूलै गिरोह त्यतिवेला लागिपरेको थियो । यसको नेतृत्व एनबी समूहले गरेको थियो ।