ईश्वरराज ढकाल, काठमाडौं । उठ्ने समय
विहान ९ बजे । बिहानको खाजा ११ बजे जसमा १ गिलास दुध । खाना खाने समय
दिउँसो ३ बजे । बेलुकी ९–३० बजे एक गिलास दुध । दैनिक रातको ११ बजेदेखि
हिन्दी फिल्म हेर्ने र करिब १ बजे सुत्ने ।
यो दिनचर्या पूर्व मुमावडामहारानी रत्नराज्यलक्ष्मीको हो । आज सोमबारबाट ८५ वर्ष लाग्नुभएकी उहाँको दैनिकी यसरी नै बितिरहेको छ । राजा महेन्द्रको स्वर्गारोहणपछि शाकाहारी बन्नुभएकी पूर्व मुमावडामहारानी रत्नको मुख्य खाना नै दुध रहेको छ । नारायणहिटी दरवार परिसरमा रहेको महेन्द्र मंजीलमा बस्दै आउनुभएकी उहाँ आफुलाई घरमै भेटघाट गर्न आउने आफन्तबाहेक कसैसंग भेटघाट गर्न चाहनुहुन्न । पूर्वराजा ज्ञानेन्द्र भने हप्ताको एक दिन उहाँलाई भेट्न महेन्द्र मंजिलमै पुग्ने गर्नुभएको छ । पुरानो हिन्दी फिल्म हेर्ने सोख राख्नुहुने उहाँले हरेक दिन फरक प्रकारको फिल्म हेर्ने गर्नुभएको छ । साढे ९ बजे एक गिलास दुध खाएपछि केही समय आराम गरेर राती करिब १० देखि ११ बजेको विचमा हिन्दी फिल्म हेर्ने गर्नुभएको छ ।
घरबाट कतै निक्लन रुची नराख्ने उहाँले आजको जन्मदिन पनि सामान्य रुपमा मनाउनुहुने भएको छ । ८४औ जन्मदिनमा कुनै तडकभडक नगर्नुभएकी उहाँले आजको जन्मदिन निर्मल निवासमा मनाउनुहुने भएको छ । मनाउन अनिच्छा गर्दागर्दै छोरा पूर्वराजा ज्ञानेन्द्रले अति नै कर गर्नुभएको कारणले गर्दा केही समयको लागि निर्मल निवासमा जन्मदिन मनाउन जाने कार्यक्तम तय भएको छ । दिउँसो सवा ४ बजे छोरो पूर्वराजा ज्ञानेन्द्र महेन्द्र मंजिलमै पुगेर आमा रत्नलाई निर्मलनिवास लैजाने कार्यक्रम रहेको छ । नितान्त आफन्तलाई मात्र निम्त्याइएको जन्मदिनको कार्यक्रममा कार्यालयका कर्मचारीलाई समेत थाहा दिइएको छैन । छोराकै करले गर्दा केही समयको लागि पूर्व वडामहारानी रत्न निर्मलनिवास जान लाग्नुभएको स्रोतले जनाएको छ ।
पुजापाठ गर्ने, सुसारेसँग बोलचाल गर्ने र कोही आफन्त भेट्न आए सामान्य बोलचाल गर्ने गर्नुभएकी रत्नले आफ्नो जन्मदिन मनाउन आफन्तले कर गर्दा मलाई दुख नदेओ न भन्ने गरेको पारिवारीक स्रोतले जनाएको छ । दरवार हत्याकाण्डपछि सधै निरास देखिनुहुने उहाँ पूर्वराजा ज्ञानेन्द्रले दरवार छाडेपछि करिब चार पटक मात्र महेन्द्र मंजिल छाड्नुभएको छ । दुई वर्षयता कतै ननिक्लिनुभएकी उहाँ आफ्नो जन्मदिनको अवसर पारी पारिवारिक करले गर्दा निर्मलनिवास जान लाग्नुभएको हो । सामान्यतया सजिलै हिडडुल गर्न सक्नुभए तापनि अहिले बसेपछि उठ्न गाहा्रो हुनथालेको उहानिकट स्रोतले जनाएको छ । हरेक मंगलबार उहाँलाई नियमित स्वाथ्य परिक्षण गर्न वरिष्ट मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र जनरल फिजिसीयन डा. खगेन्द्रबहादुर श्रेष्ठ निर्मल निवास नै पुग्ने गर्नुभएको छ ।