
आमाको स्तनपान गरिरहेको बच्चाको लागि गाइको दुघ खुवाउनु अझै हानिकारक हुने बताइन्छ । आमाले आफ्नो सुन्दरता तथा स्वास्थ्यका कारण बच्चालाई पर्याप्त आफ्नो दुध नखुवाउने तथा गाइको दुध बढि खुवाउने गर्दा बच्चाको मुत्रप्रणाली तथा रक्त प्रणाली सबैमा नकारात्मक असर पर्छ । त्यसले कालान्तरमा बच्चाको सरीरमा प्रोटिनको मात्रा अत्यधिक हुने र मृगौलामा निकै नराम्रो असर पर्छ ।
त्यसैले जो आमाले विभिन्न कारणले बच्चालाई आफ्नो दुध खुवाउन सक्दैनन् उनीहरुले बच्चालाई बढि गाइको दुध खुवाउनुको साटो अरु पौष्टिक खानाहरु खुवाउनु तथा चिकित्सकको सल्लाह अनुरुप सप्लिमेन्टरी खाना दिनु आवश्यक हुन्छ । गाइको दुधमा केवल प्रोटिन मात्र बढि हुने र आइरन लगायतका अरु अत्यावश्यक पदार्थ कम हुने भएकाले गाइको दुध मात्र टन्न खुवाइएका बच्चा कुपोषित हुने मात्र होइन अरु विभिन्न स्वास्थ्य समस्या समेत देखा पर्ने विज्ञहरु बताउँछन् ।