Monday, August 6, 2012

यसरी दिइन्छ चीनमा तालिम (फोटो फिचर सहित) - onlinekhabar

चीन विश्व खेलकुदमा महाशक्ति बनिसकेको छ । जनसंख्यामा पनि पहिलो स्थानमै रहेको चीन अहिले चलिरहेको ओलम्पिकमा पनि पहिलो स्थानमै रहेको छ ।
केही कम मात्र जनसंख्या रहेको भारतले बल्लतल्ल खाता मात्र खोलेको बेला चिनले ओलम्पिकमा सबैलाई चक्मा दिनेगरी पदक बटुलिरहेको छ ।
आखिर ओलम्पिकमा चिनको यो सफलताको राज के होला ? अवश्य पनि कडा मेहेनत ।
हो वास्तवमै चिनिया खेलाडिहरु कुनै लरतरो मिहिनतले यस्तो सफलतासम्म पुगेका होइनन् ।
उनीहरुले दिनरात कडा परिश्रम तथा अभ्यास गरेर मात्र यस्तो सफलता प्राप्त गर्न सकेका हुन् ।
चीनमा सरकारी तबरबाटै धेरै व्यायामशाला खोलिएको छ जहाँ बच्चा देखि नै खेलाडिहरुलाई कडा तालिम दिइन्छ ।
भविष्यका विश्व नम्बर १ खेलाडी बनाउन अवश्यपनि बच्चैदेखि खेलकुदमा कडा अभ्यासको खाँचो हुन्छ ।
त्यहीँ भएर देख्दा निकै हृदयविदारक तथा क्रुर लाग्ने तालिम चिनिया व्यायामशालाका दृश्य हेर्दा जो कोहीपनि एकचोटी झस्किन्छ ।
तर यति नगर्ने हो भने कसरी बनिन्छ नम्बर वान ?
आखिर फुत्ते फलाम घोँटेरै त हो तिखो सियो बन्ने ।