शशी पौडेल
गतहप्ता मैले दिनबन्धुका बारेमा तीनवटा सामाग्रीहरु लेखें । एउटै बिषय- एनआरएन बेलायतले उनलाई महायज्ञ गर्न भनि नेपालबाट बेलायत निम्त्याएर पनि महायज्ञ गर्न नसकि यत्रतत्र प्रबचन गर्न लगाएको र प्रबचन सुनेपछि मैले देखेका, सुनेका र भोगेका बिषयमा फरक-फरक ढंगले टिप्पणी गरंे । एउटा अनलाइन खबरका लागि, अर्को सौर्य दैनिकका लागि दोस्रो र तेस्रो मेरो आफ्नै ब्लगका लागि ।
यी तीनवटै लेखहरु आ-आफ्नो ठाउँबाट प्रकाशित भएपछि मलाई ब्यक्तिगत रुपमा फरक-फरक प्रतिक्रिया आए । कसैले धम्काउने शैलीमा ‘यदि तपाइले यस्तै लेख्दै जाने हो भने तपाइलाई नै नोक्सान हुने छ ।” भनेर चेतवनी दिए । कसैले आखिर दिनबन्धुले तपाइको के बिगारेका थिए र उनलाई हान्नु पर्यो ? भने । तेस्रो तर्क आयो-यदि कसैले नितान्त आफुलाई नोक्सान गरेको छैन भने त्यसबारे लेख्न हुन्न । र, चौथो अहिले बिश्वभर हिन्दु धर्मको बिरोध भैरहेको बेला हामी हिन्दु भएर हिन्दुकै बिरोधमा कलम चलाउन हुन्न ।
टेलिफोनको स्पिकरबाट यी भिन्न-भिन्न तर्कहरु आइरहँदा मलाइ पनि कतै गल्ती त भएन भन्ने सोंचमा पुर्यायो । र, मलाई उनले गरेको प्रवचनको रेकर्ड फेरि सुन्न मन लाग्यो । त्यो रेकर्ड दोहोर्याएर सुनेपछि म ढुक्क भएँ-’मैले कुनै गल्ती गरेको रहेनछु ।’
पि्रय पाठकबृन्द यो लेखलाई मेरो स्पस्टीकरण भनेर नबुझ्नु होला । किनभने यो स्पस्टीकरण होइन, यो त मात्र एउटा छलफल र बहसको बिषय हो र मैले माथीका प्रतिकृया र बिषय बस्तुबारे बहस, छलफल होस् भन्ने चाहेर यहाँ प्रस्तुत गरेको हुँ ।
“यदि तपाइले यसरी लेख्दै जाने हो भने तपाइलाइनै नोक्सान हुने छ ।” भन्ने भनाइ र उपरोक्त अन्य प्रतिकृयाबारे म के भन्न चाहान्छु भने – पि्रय मित्रहरु यदि मैले लेख्न बस्दा मेरो जीवनभर मलाई हुने नाफा र घाटाको हिसाब गरेको भए मेरो जीउनुको अर्थ र अवस्था अहिलेको भन्दा धेरै फरक हुने थियो । मेरा समकालीन पत्रकार मित्रहरु जसले लेख्न बस्नु अघि सधै नितान्त ब्यक्तिगत नाफा र घाटाको हिसाब किताव राख्ने गर्दथे, अनि साँझ परेपछि न्यूरोडको पिपलबोट मुनी उभिने र आफ्ना पाखुरामा भएका सुइका डोवहरु देखाउँदै “तिमी नामर्दहरुलाइ के थाहा छ यी डोव लाख लाखका हुन्” भन्दै फुर्ति गर्ने मित्रहरुले आज ब्यक्तिगत रुपमा थुप्रै बिकाश गरेका छन् र आलिशान महलमा बसेर भिरङ्गी सन्चो गराउन लगाएका लाख लाखका डोव होइन बरु लाख-लाख रुपैयाँ तलव खाँदै आइरहेका छन् ।
मैले कहिल्यै पनि ब्यक्तिको बिरोधमा लेखेको छैन । यदि कसैले मेरो लेखमा “फलानो मान्छे खराव” भनेर लेखेको पाउनु भयो भने र त्यो मलाई देखाउन सक्नु भयो भने म तपाइप्रति कृतज्ञ हुने छु । मैले लेख्दाखेरि जहिले पनि ब्यक्ति र ब्यक्तिले गरेको कार्य, ब्यक्तिको स्वभाव र शैली छुट्ट्याउने गरेको छु । ब्यक्ति र उसको परिचय परिवर्तन हुन सक्तैन तर उसले गरेको कर्म, शैली, र उसको स्वभाव परिबर्तन हुन सक्छ । दीनबन्धुका बिषयमा पनि मैले ब्यक्तिले गरेका वा भनेका कुराहरुमा गलत भयो भनेर कमजोरी औंल्याउने काम मात्र गरेको हुँ ।
प्रायः मानव स्वभाव कस्तो हुन्छ भने आफैले आफ्नो गल्ती देखिदैन, अरुले देखाउनु पर्छ । यदि गालामा कालो दाग लागेको छ भने स्वयंले देख्न सक्तैनौ । या त त्यो कालो दाग कसैले तपाइलाई भनिदिनु पर्यो, या त तपाइले ऐना हेर्नुपर्यो । अनि मानिसलाई ऐना हेर्नु पर्ने आबश्यकता त्यतिखेर मात्र महशुस हुन्छ जतिखेर अर्काले तपाइको गालाको दागबारे प्रतिकृया जनाउँछ ।
ऐना हेर्दा पनि यदि कमसेकम २० देखि ४० सेन्टीमिटरको दुरीमा राखेर हेर्यौं भने अनुहार प्रष्ट देखिने छ, तर ऐना नाकमै टास्यौं भने अनुहार देख्नै छैनौं । जो दिनबन्धुसंग टाँसिएका छन्, उनीहरुले दिनबन्धुको गल्ती देख्ने छैनन् तर यदि कसैले उनलाई अलिकती दुरीबाट हेर्छ त्यतिबेला उनको सक्कली अनुहार प्रष्ट देख्न सक्ने छ । तर दुर्भाग्य हाम्रा नेताहरु, पण्डितहरु अथवा समाजमा आफुलाइ प्रतिष्ठित ठान्नेहरुले आफ्नो नजिक टासिएकाहरुलाई मात्र मन पराउँछन् ता की आफ्नो गल्ती नदेखुन् र यदि देखिहाले भने पनि ढाक छोप गरुन् ।
गल्ती कमजोरी वा रोग ढाक छोप गर्दा आफुलाई कति नोक्सान हुन्छ भन्ने कुरा उनीहरु बिर्सिदिन्छन् । यो कुरा समग्र नेताहरुमा पनि लागू हुन्छ । त्यसैले त उनीहरु भर्याङ्ग चढेपछि प्रायः एकैचोटी गर्ल्याम्म पछारिन्छन् ।
यी पंतिहरु लेख्दै थिएँ, मोबाइलको घण्टी बज्यो । एकजना मित्र अर्को लाइनमा रहेछन् । उनले भने – “मेरो हिजो साँझ दीनबन्धुसंग भेट भयो, उनी आफैले तपाइको लेखबारे चर्चा गर्दै भने-खै मैले उहाँलाइ चिन्दिन, मैले उहाँको कुनै नोक्सान पनि गरेको छैन् । किन मेरो बिरोधमा लेख्नु भयो ? यसबाट उहाँलाई केही फाइदा त हुँदैन ।”
प्राय टेलिफोन नगर्ने मित्रले मलाइ यही सुनाउन टेलिफोन गरेका रहेछन् । उनले मबाट केही जवाफ पर्खेजस्तो गरि भने अरुत सबै ठिकै होला ? त्यसैले मैले भनें -मैले दीनबन्धुको बिरोध गरेको होइन । मैले त मात्र उनले प्रवचन गर्दा गरेका गल्ती, कमजोरी औंल्याउने प्रयास मात्र गरेको हुँ । यदि तपाइले दीनबन्धुलाई राम्रोसंग चिन्नुहुन्छ भने उनलाई भनिदिनुहोस् कि उनी एउटा राष्ट्रिय अन्तरराष्ट्रिय ब्यक्तित्व हुन्, उनी नेपाल र समग्र हिन्दु धर्मका लागि सम्पूर्ण कुरा त्यागेर लागी परेका छन् । उनका लागि आफ्नो जीवन, परिवार भन्दा धर्म, समाज, राष्ट्र र राष्ट्रियता प्यारो छ । यसरी हिड्नेहरुले जे पनि बेहोर्नु पर्छ भन्ने कुरा उनलाई थाहा त पक्कै होला । यही काममा हिड्दा उनका बाबुको अल्पायुमै हत्या भयो । उनका बाबुको हत्या हुनुमा उनका कमी कमजोरीहरु कारक थिएनन् भन्न सकिन्न । जव उनलाई यो थाहा छ ।(भलै औपचारिक रुपमा होइन) भने उनले त्यसबाट केही सिक्नु पर्दछ ।
मैले त जसरी एउटा डाक्टरले कुनै ब्यक्तिमा लागेको रोगको डाइग्नोसिस गरेर बताउँदै भन्छ- तपाइलाई यस्तो रोग लागेको छ, रोगको उपचार गर्नु पर्यो ।’ त्यसरि नै मैले उनमा देखिएको कमि कमजोरी बताएको हुँ । यस हिसाबले त उनी धन्य हुनु पथ्र्यो । मेरो उनीप्रति कुनै आग्रह वा पूर्बाग्रह छैन् । बरु उनको त्याग र बलिदान प्रति श्रद्धा छ । मलाई उनीसंग बसेर एक छाक खानु पनि छैन् । मैले त मात्र एउटा ब्यक्तित्व जसले आफ्नो प्राण भन्दा बढि राष्ट्र, राष्ट्रियता, समाज र धर्मको रक्षार्थ पाइला चालेको छ । त्यस्तो ब्यक्तिको सफलताको कामना मात्र गरेको हुँ ।
यदि तपाइ पनि साँचो अर्थमा उनले गरेका योगदान र धर्म रक्षार्थ एवं समाज सुधारका कार्यप्रति अनुग्रहित हुनुहुन्छ भने उनका कमि कमजोरीहरु औंल्याउने हिम्मत गर्नु होस् । उनको अनुहारमा यदि धुलो लागेको छ भने पुछ्न सघाउनुहोस् । जसबाट उनले आफुलाई सुधार्ने, सिक्ने र आफूलाई थप परिमार्जीत गर्ने मौका पाउने छन् । र, धर्म, समाज, राष्ट्र र राष्ट्रियताको एक बलियो खम्बाको रुपमा उभिन सक्ने छन् ।
-------------------------------------------------------------------------------------------------------
दीनबन्धुको काष्टिङबाट एनआरएन बेलायतलाई पहेँलो कार्ड
‘जहाँसम्म साइबाबाको प्रश्न छ, उहाँ एक शिद्धिशक्ति प्राप्त व्यक्ति हो । र साइ संगठन उहाँको शिद्धि र शक्तिको प्रभावबाट विश्वभर फैलिएको छ । अब रहृयो रजनिशको कुरा । रजनिश एक दार्शनिक व्यक्ति थिए । उनले आफ्नो छुट्टै दर्शन प्रतिपादन गरे । ओशो संगठन यही रजनिशको दर्शनका आधारमा चलेको छ । उनको दर्शन अत्यन्त प्रभावकारी र मननयोग्य छ । यस अर्थमा दुवैको आ-आफ्ना महत्व र भूमिका पनि ।’
पण्डित दीनबन्धु पोखरेलसँग अघिल्लो आइतबार भएको भेटमा उनी यसो भन्दै थिए । भारतीय योग गुरु रामदेवका बारेमा राखेको एक जिज्ञाशामा उनले भने, ‘रामदेबको सिद्धान्त योग र ब्यायाममा आधारित छ । योग पनि एउटा दर्शन हो । उनले केही समय यता भारतमा कालो धन र भ्रष्टाचारविरुद्ध चलाएको अभियानप्रति उनले प्रसन्नता जनाए । सबैभन्दा ठूलो कुरा धार्मिक र आध्यात्मजनको एकतामा काम गरेको खण्डमा सफलता सम्भव रहेकामा पोखरेलको जोड थियो । एक्लै काम गर्न खोज्दा गाह्रो हुनसक्ने भएकाले एकताबद्ध पहल जरुरी हुने पोखरेलले बताए । मैले दीनबन्धुसँग उनका पिताको हत्याका सम्बन्धमा पनि जिज्ञासा राखेको थिएँ । जवाफमा उनले भने, ‘पिताजीको हत्याराको अहिलेसम्म आधिकारिक पहिचान भएको छैन् । राज्यले यसतर्फ कदम चालेकै छैन ।’ के त्यसो भए अनाधिकारिक रूपमा तपाइँलाई थाहा छ त ? पोखरेलले भने, ‘मैले थाहा पाएर पनि बोल्न मिल्दैन ।’ दीनबन्धुसँग मैले बेलायतको फानबरोमा उनको प्रवचन सकिएपछि छोटो कुराकानी गरेको थिएँ । अहिले उनी बेलायत यात्रामा छन् । गैरआवासीय नेपाली संघ -एनआरएन) यूकेले आगामी अपि्रलमा महायज्ञ आयोजना गर्ने सोच राखेको छ । महायज्ञबाट उठेको रकमले बेलायतमा एक नेपाली घर बनाउने पुण्यकर्म गर्ने एनआरएनको योजना छ । महायज्ञको प्रचार-प्रसारका लागि पोखरेललाई बेलायत निम्त्याइएको हो । बेलायत आगमनको उद्देश्यअनुरूप उनले बेलायतका विभिन्न ठाँउमा प्रवचन दिइरहेका छन् । ती प्रवचन हेर्दा चलचित्र प्रदर्शनअघि हुनुअघि देखाइने च्यारिटी शो जस्तै लाग्छ ।
अन्यत्र अर्थात रेडिङ साउथअल वा लण्डनमा भएका प्रवचनहरुका बारेमा प्रतिक्रिया दिन सक्दिन । किनकि त्यतिखेर म आफैं उपस्थित हुन सकिन । तर फानबरोमा भएको प्रवचनबाट भने सुन्नेहरु त्यति प्रभावित हुन सकेजस्तो मलाई लागेन । श्रोतागण सुरु-सुरुमा उनका कुरा सुन्न अति उत्साहित देखिन्थे । तर त्यो बृहत जनसमुदायको उत्साह र जाँगर त्यतिबेला मर्दै गयो जतिबेला पोखरेलको प्रवचन सुरु भयो । मेरो विचारमा उनले प्रवचनको सुरुआत नै अप्रासंगिक विषयवस्तुबाट गरे । आफूले जीव विज्ञानसमेत अध्ययन गरेको भन्दै उनले मानिसले बच्चा जन्माउने प्रक्रियासम्बन्धी व्याख्याबाट प्रवचन थाले । उनले प्रवचनका हरेक विषयमा यौनका सवाललाई पहिलो प्राथमिकतामा राखेका थिए ।
मानौ कि त्यहाँ कुनै धर्मकर्म र ज्ञानगुनका होइन, यौनका बारेमा प्रवचन चलिरहेको छ । पोखरेलले यौनका बारेमा गरेको ब्याख्या सुनेर आफ्ना आमाबाबुका साथ रहेका युवायुवती लाजले भुतुक्कै भएका थिए । मानौं त्यो कुनै हलिउडको ‘एरोटिक सिने’मा थियो । मेरो नजिकै बसेका एक सहभागीले भने ‘धन्न मैले श्रीमती, छोरी र बुहारीलाई साथमा ल्याइनछु । के यस प्रकारको व्याख्या धार्मिक प्रवचनमा जरुरी छ ?’ उनको प्रश्नको जवाफ फर्काउने सामथ्र्य ममा रहेन ।
प्रवचन चलिरहेकैबेला पोखराका स्थायी बासिन्दा जसले दीनबन्धुका बाबु नारायण पोखरेललाई पनि नजिकैबाट चिन्दथे । उनले भने- ‘यिनी पनि ठ्याक्कै बाबुजस्तै रहेछन्, ‘युवतीहरूलाई मन्त्रमुग्ध गराउने प्रयासमात्र गर्दा रहेछन् ।’ उमेरले झण्डै आठ दशक पार गरिसकेका वृद्धवृद्धा -श्रीमान-श्रीमती) पनि म भन्दा अघिल्लो लहरमा बसेर प्रवचन सुनिरहेका थिए । उनीहरुले कहिल्यै माछामासु खाएका रहेनछन् । त्यस्ता पवित्र जीवित पितृलाई आफ्नो प्रवचनको पात्र बनाउँदै दीनबन्धुले भने ‘तपाइँले सायद दाँत झरेपछिमात्र मासु खान छोड्नु भयो होला हैन ?’ प्रवचन सकिएपछि म ती आमा समक्ष आदरपूर्वक प्रणाम गर्न पुगेँ । त्यहाँ मलगायत उहाँप्रति श्रद्धा गर्ने अन्य व्यक्तिहरू पुग्दा उहाँका आँखा रसाएका थिए । उहाँको मानस्पटल र आत्माले भनिरहेको थियो कि ‘यति ठूलो आरोप मलाई जीवनभर कसैले लगाउन सकेको थिएन । आज ८० वर्ष पार गरेपछि कसैले सार्वजनिकरूपमै मलाई झुठो आरोप लगायो, जुन नितान्त गलत छ, त्यस व्यक्तिलाई भगवानले सजाय दिने छन् ।’
समग्रमा भन्दा एनआरएन बेलायतले दीनबन्धुको काष्टिङ यात्राबाट एउटा ठूलै पहेंलो कार्ड प्राप्त गरेको छ । यद्यपि, एनआरएन बेलायतले बेलायती जनताबाट पाएको पहेंलो कार्ड यो पहिलो होइन । यसले काउन्सिल बैठक भनी विभिन्न संघसंस्थाका प्रतिनिधीलाई बोलाएर हाइड्रो पावरका लागि लगानी गर्ने भन्ने जुन प्रचारबाजी गर्यो त्यसमा पनि एउटा प्रश्न चिन्ह खडा भएको छ । रसियाका केही नवधनाढ्यहरू, जसले नेपालमा भएको आफ्नो जायजेथा बेचबिखन गरेर सम्पत्ति बेलायत ल्याई थन्क्याएका छन् । उनीहरूले बेलायतमा दुःख गरी सातामा ६०/७० घण्टा काम गरेर आर्जन गरेको सानो रकममा आँखा गाढ्नु कहाँसम्मको न्यायसंगत छ कुरा हो ? आफ्नो मातृभूमिको विकासमा लगानी गर्ने कुरामा कसैको विवाद रहँदैन र रहन हुँदैन पनि । तर कुरा न्यायसंगत हुनु पर्यो र लगानीको सुरक्षा अनि ग्यारेन्टी हुनुपर्यो । यदि अहिले नेपालमा गरेको लगानीमा सुरक्षा र ग्यारेन्टी हुने भए एनआरएनका हस्ती उपेन्द्र महतोले नेपालमा रहेको व्यावसाय बेचेर त्यो सम्पत्ति किन बेलायत ल्याएर थन्क्याएका छन् ? के एनआरएन बेलायतका पदाधिकारीले यसको चित्तबुझ्दो जवाफ दिन सक्छन् ? तेस्रो पहंेलो कार्ड एनआरएन बेलायतले पाएको उसको काम गराई र बचनबद्धतामा कुनै सीमा/बन्धन नभएर हो । जस्तै पत्रकारका लागि अक्षय कोष राख्ने भन्नेदेखि लण्डन ओलम्पिकमा भाग लिन आएका नेपाली खेलाडीलाई सम्मान गर्ने भनी गरेको गाइजात्रासम्म ।