रातो ग्रहका रुपमा चिनिने मंगल ग्रहबारे धेरैले धेरै किसिमका कल्पना
गरे। कति कथा र फिल्महरुमा त मंगल ग्रहवासीहरुले पृथ्वीमा आक्रमण गरेको
समेत देखाए। यो ग्रह सँधै मानवका लागि क्युरियोसिटी (जिज्ञासा) जगाउने कुरा
भइरह्यो। त्यहाँ अहिले जीवन छ होला त ? पहिले जीवन थियो कि ? यही जिज्ञासा
मेटाउन मंगल ग्रहका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले क्युरियोसिटी
नामको रोबोट यान मंगल ग्रहमा पठाएको थियो। सूर्यलाई परिक्रमा गर्ने क्रममा
मंगल ग्रह र पृथ्वीको दूरी कहिले बढी कहिले घटी भइरहन्छ। नजिक हुँदा यो
५४६००००० किलोमिटर टाढा हुन्छ, टाढा हुँदा त ४०१०००००० किलोमिटर टाढा।
त्यसैले पृथ्वीबाट यो यान राखेर उडाएको रकेट त्यहाँ पुग्न यसले अन्तरिक्षमा
आठ महिनाको यात्रा गर्नुपर्यो। त्यसपछि आज बिहान ११ बजेतिर मंगल ग्रहको
atmosphere छेड्न सात मिनेट लाग्यो। र, मंगल ग्रहमा सफलतापूर्वक यो अवतरण
गरेको खबर आयो।
वास्तवमा यो रोबोट भूगर्भविद् (geologist) र रसायनविद् (chemist) दुवै हो। यसले त्यहाँको नमूना परीक्षण गर्दै नतिजा पृथ्वीमा पठाउनेछ।
मंगल ग्रहको गेल क्रेटरमा यसले ल्यान्ड गरेको छ। त्यत्रो माथिबाट खसेको हुनाले अहिले यो त्यहाँको भूइँमा धस्सिएको छ। यसमा भएका विस्फोटक उपकरणको प्रयोग गरेर यसले पहिलो दिनमा आफूलाई मुक्त गर्नेछ। त्यसपछि बल्ल यसको क्यामेराले आफू ल्यान्ड भएको ठाउँको चारैतिरको प्यानोरेमिक फोटो खिचेर पठाउनेछ।
किनभने यो मंगल ग्रहमा अवतरण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो रोबोट हो। र यसले हाम्रो सबैभन्दा चासोको विषयलाई खोज्नेछ- के मंगल ग्रहमा अहिले वा पहिले जीवनको कुनै अस्तित्व थियो ? यही खोज्नलाई यसलाई विशेष उपकरण जोडेर पठाइएको छ।
के हो क्युरियोसिटी मार्स रोभर ?
यो कार आकारको रोबोट हो। यसको निगरानी र नियन्त्रण लस एन्जल्स नजिकै रहेको नासाको जेट प्रोपुल्सन ल्यावरोटरीले गर्छ। मंगल ग्रहको भूमिमा अवतरण गर्ने यो सबैभन्दा ठूलो रोबोट हो। मंगल ग्रहको atmosphere भित्र प्रवेश गर्दा त्यसलाई पृथ्वीबाट हेर्न र नियन्त्रण गर्न सकिँदैन थियो। प्रवेश गर्ने, ल्यान्ड गर्ने काम रोबोट आफैले गरेको हो। त्यसैले यो सात मिनेटको समयलाई आतंकको रुपमा नासामा हेरिएको थियो। अवतरणको भिडियो यानमा भएको क्यामेराले खिचेको छ। सोमबार वा मंगलबारसम्म नासामा यो आइपुग्नेछ।वास्तवमा यो रोबोट भूगर्भविद् (geologist) र रसायनविद् (chemist) दुवै हो। यसले त्यहाँको नमूना परीक्षण गर्दै नतिजा पृथ्वीमा पठाउनेछ।
मंगल ग्रहको गेल क्रेटरमा यसले ल्यान्ड गरेको छ। त्यत्रो माथिबाट खसेको हुनाले अहिले यो त्यहाँको भूइँमा धस्सिएको छ। यसमा भएका विस्फोटक उपकरणको प्रयोग गरेर यसले पहिलो दिनमा आफूलाई मुक्त गर्नेछ। त्यसपछि बल्ल यसको क्यामेराले आफू ल्यान्ड भएको ठाउँको चारैतिरको प्यानोरेमिक फोटो खिचेर पठाउनेछ।
कति खर्च लागेको छ ?
यो रोबोट विकास गर्नलाई मात्र नासाले साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेको छ। यसको नेपाली रुपियाँ कति हुन्छ र नेपालका कति वटा आर्थिक वर्षका बजेट त्यसले धान्छ, त्यसको हिसाब तपाईँ गर्दै गर्नुस्। नासाले भने त्यहाँ जीवनको अस्तित्व थियो कि थिएन भन्ने प्रमाण खोज्नमात्रै १० वटा विशेष उपकरण त्यसमा राखेको छ। अहिलेसम्मकै सबैभन्दा ठूलो र जटिल रोबोट भूगर्भविद् हो क्युरियोसिटी।किन यत्रो महत्व ?
के मंगल ग्रहमा अहिलेसम्म केही अनुसन्धान भएका थिएनन् ? हैन, निकै भइसकेको छ। भाइकिङ वान र टु पनि मंगल ग्रहमा अवतरण गरेको थियो र त्यसले मंगल ग्रहका चट्टानहरुको विश्लेषण गरेको थियो। मंगलमा अवतरण गरेका स्पिरिट र अपर्च्युनिटी यानले त्यहाँ पानीको अस्तित्व रहेको प्रमाण फेला पारेको थियो भने अर्को यान फोनिक्सले मंगल ग्रहमा हिउँ देखेको थियो। त्यसो भए यसलाई किन यति महत्व त ?किनभने यो मंगल ग्रहमा अवतरण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो रोबोट हो। र यसले हाम्रो सबैभन्दा चासोको विषयलाई खोज्नेछ- के मंगल ग्रहमा अहिले वा पहिले जीवनको कुनै अस्तित्व थियो ? यही खोज्नलाई यसलाई विशेष उपकरण जोडेर पठाइएको छ।