'रियालिटी सो', 'ट्यालेन्ट हन्ट', 'लिडरसिप निर्माण' जस्ता आकर्षक
वाक्यहरूको जालमा परेर ठगिएका छन् धेरै प्रतिभाहरू। युवा व्यक्तित्वलाई
बन्धक बनाएर पैसा कमाउनेहरूको एउटा छुट्टै संसार छ। के हुन्छ त्यो संसारमा?
विवरणसहित काठमाडौँमा धनबहादुर खड्का र धरानबाट गोपाल दाहालको रिपोर्ट :
उपाधि छ, उपलब्धि छैन
रियालिटी सोमा उपाधि हासिल गरेर उपलब्धि हासिल नगर्ने रितु एक्ली भने होइनन्। अर्काे रियालिटी सो 'भ्वाइस अफ टिन' विजेता वेदु सारुमगर र 'नेपाली तारा' विजेता सन्तोष लामा पनि हुन्। भ्वाइस अफ टिन विजेता वेदु सारुमगरले त चार वर्षसम्म धाएर एउटा बाइक र घोषणा गरिएको भन्दा केही कम रकम हात पारे। तर, पाँच लाख रुपैयाँ बराबरको म्युजिक कन्ट्याक्टको भने आशै मारिसके। नयाँ एल्बमको तयारीमा रहेका उनी भन्छन्, 'नपाउने कुराको आश किन गर्नु भनेर छाडिदिएँ।' त्यसैगरी नेपाली तारा विजेता लामालाई विजयी हुनेबित्तिकै एल्बम निकालिदिने भनेर आयोजकले दिएको वचन तीनवर्षपछि मात्रै पूरा गर्यो। नेपाली ताराबाट चम्किएको उनको चर्चा मधुरो हुँदै गएको समयमा आएको उनको एल्बम 'बटुवा' बाटोमै अल्मलिएपछि उनको गायन करिअर सोचेको गन्तव्यमा पुग्न सकेको छैन।
वर्षा यामको भेलसँगै यतिबेला रियालिटी सोमा पनि बाढी आएको छ। लोडसेडिङ घटेको अवसर पारेर यतिबेला रियालिटी सो घोषणाको लहर चलेको छ। प्रतिभा भएका तर पैसा नभएकाहरूको 'सपनाको सौदा' गर्ने व्यापारीहरू सलबलाएका छन्। 'नेपाल आइडल', 'लिटिल नेपाल आइडल', 'नेपाली आइडियल', 'नेपाली डान्सिङ स्टार' जस्ता नाम दिएर उनीहरू प्रतिभा खोज्ने सस्तो नाराका साथ गाउँगाउँ डुलिरहेका छन्। तर, यस्ता रियालिटी सोमा भाग लिएकाहरू भने यसलाई सरासर ठगी भन्छन्। एक वर्षअघि भएको 'सिंगिङ आइकन'मा सहभागी १४ हजारबाट छानिँदै टप टेनमा पुग्न सफल विशाल न्यौपाने भन्छन्, 'यस्ता रियालिटी सोमा भाग लिएर पैसा र समय बर्बाद नगरेकै राम्रो।' त्रिभुवन विश्वबिद्यालयबाट म्युजिकमा एमम्युज गरेका उनले धाँधली, पैसाको लागि आयोजकले गर्ने व्यवहार र कार्यक्रमको असली रूप प्रत्यक्ष देखेभोगेको बताए।
आयोजकले सहभागीलाई लोभ्याउन गरेको घोषणा र पछि भएको व्यवहार चित्त नबुझेपछि उनले प्रतियोगिता नै बहिस्कार गरेर हिँडेका थिए। उनलाई टप टेनमै पर्न सफल दाङका अंकित न्यौपानेले पनि साथ दिए। आइकनका उत्कृष्ट २० जनालाई कार्यक्रम अवधिभर राजधानीमा खानेबस्ने व्यवस्थादेखि प्रथम हुनेलाई कार र रु. पाँच लाखको म्युजिक कन्ट्रयाक्टसम्मका प्रचार आयोजकहरूले गरेका थिए। त्यसैले उनी अर्काे प्रतियोगिता 'सिंगिङ स्टार' बीचमै छाडेर यता आएका थिए। तर, घोषणा गरेका सुविधा दिनुको साटो उल्टै ट्रेनिङको नाममा पैसा असुल्ने, पछि कार पुरस्कार भएको कुरै नगर्ने र ती कुरा कोट्याउ"दा अपमानजनक व्यवहार हुन थालेपछि उत्कृष्ट १० मध्ये सात प्रतिस्पर्धीले ज्ञापनपत्र बुझाए, आयोजक संस्थाका प्रमुख गणेश कार्कीलाई। परिणाम- विशालले शंका गरेजस्तै भयो। भन्छन्, 'भोटिङ, फर्म, प्रायोजक र ट्रेनिङ शुल्क गरी झन्डै ५० लाख असुलिसकेका गणेश प्रतियोगिताको फाइनलै नगरी हराए।' 'सिंगिङ आइकन' बनेर चम्किने सपना पालेकाहरूको सात महिनाको समय र चारदेखि पाँच लाख रुपैयाँसम्मको लगानी यत्तिकै खरानी भयो।
भ्रष्टाचारविरोधी सोमै भ्रष्टाचार
यतिमै सीमित छैन, रियालिटी सोको रियालिटी। नेताहरू 'भ्रष्ट' भए भन्दै 'राम्रा नेता' छान्ने रियालिटी सो भ्रष्टाचारकै कारण रोकियो। नेता भन्नेबित्तिकै खराब छवि मान्छेको मनमा आउने भयो भन्दै असल नेता टेलिभिजनको रियालिटी सोबाट छान्न एक वर्षअघि एउटा अर्काे रियालिटी सो भएको थियो, 'खोज-युवा नेतृत्वको'। मुलुकभरका क्षमतावान् ७५ युवा सहभागी कार्यक्रम निकै लोकप्रिय पनि भएको थियो। पत्रकार युवराज घिमिरे, महिला अधिकारकर्मी सपना मल्ल प्रधान र संविधानविद् भीमार्जुन आचार्य यसका निर्णायक थिए। तर, असल नेता छान्ने कार्यक्रममै खराबी आयो। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी युएसएडले प्रायोजन गरेको कार्यक्रममा अनियमितता र धाँधली भएको सुइँको पाएपछि सहयोग रोकेर कार्यक्रम नै बन्द भएको थियो। खोज युवा नेतृत्वको नामक रियालिटी टेलिभिजन कार्यक्रमका प्रतियोगीहरूको प्राप्तांकमा स्टुडेन्ट पालिर्यामेन्ट रिडरिङ नेपाल (एसपिआरएन) ले अनियमितता गरेको कुरा प्रस्ट भएपछि केमोनिक्स इन्टरनेसनलले अनुदान स्थगित गर्ने निर्णय गरेको थियो। सो कार्यक्रम एसपिआरएनले निर्माण तथा सञ्चालन गरेको थियो। प्रतियोगीहरूको प्राप्तांकमा अनियमितता भएको आशंका गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो। दुई हप्ताको अनुसन्धानपछि प्राप्तांकमा अनियमितता भएको र सही विजेता तोक्न नसकिने भएपछि कार्यक्रम बन्द गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको थियो। रियालिटी सो अरूको प्रतिभाको प्रयोग गरेर कमाउने माध्यमका रूपमा प्रयोग हुन थालेपछि अहिले प्रतियोगिता गर्नेको सामाजिक र आर्थिक हैसियत हेरिन थालिएको छ। अघिल्लो हप्ता नृत्य प्रतियोगिताको रियालिटी सो 'डान्सिङ स्टार-२०१२'को पत्रकार सम्मेलनमा पत्रकारका जिज्ञासामा आयोजकको जवाफ चित्त नबुझेपछि उनीहरूले सामूहिक रूपमा 'न्युज नलेख्ने घोषणा' गरे। 'माई स्टेप एन्ड एकेडेमी'ले आयोजना गरेको उक्त रियालिटी सोका विजेतालाई नानो कार, मोटर साइकल र स्कुटी पुरस्कार दिने घोषणा गरिएको थियो भने फाइनल कार्यक्रम मुम्बईमा गर्ने भनिएको थियो। मुम्बईमै दिइने यी जिन्सी उपहारको भन्सार शुल्क महँगो पर्छ। तर, बाँडिएको प्रेस विज्ञप्तिमा त्यो नखुलाएपछि उपस्थित पत्रकारले शंका गरेका थिए। आवेदन फारमको पाँच सय रुपैयाँ शुल्क लाग्ने उक्त प्रतियोगितामा प्रायोजक नै नखुलाइएपछि थप आशंका उत्पन्न भएको थियो। उक्त कुराको स्पष्टीकरण दिँदै आयोजकमध्येका एक फिल्मका कोरियोग्राफर दिनेश अधिकारीले 'पत्रकार र कलाकार नङमासु जस्तै भएको' भन्दै 'राम्रो समाचार लेखिदिए प्रायोजक खोज्न सजिलो हुने' बताएका थिए।
भारतीय टेलिभिजन च्यानलमा रियालिटी सोले पाइरहेको लोकप्रियताले नेपालमा रियालिटी सो आयोजना हुने क्रम बढे पनि उपलब्धि शून्य छ। अहिले फिल्मका गीत गायनमा निकै व्यस्त मानिएका 'नेपाली तारा' दीपक लिम्बूलाई रियालिटी सोको आयोजकले उदाहरणका रूपमा अघि सारे पनि आयोजकले उनलाई पनि टप ट्वान्टीबाटै बिदा गर्ने सोच बनाइसकेसकेको थियो। निर्णायकले अडान लिएपछि उनको प्रतिभाको कदर भयो। टप ट्वान्टीसम्म स्वतन्त्र निर्णय भए पनि त्यसपछि आयोजकले बार्गेनिङ सुरु गर्न थाल्ने बताउँछन्, यसका भुक्तभोगी विशाल न्यौपाने। उनी दाबी गर्छन््, 'गरिब नेपालीले रियालिटी सो जित्नै सक्दैन।'
एसएमएसः कमाउने खेला
रियालिटी सोका आयोजकहरूले एसएमएस भोटिङलाई पैसा कमाउने अर्काे मुख्य माध्यम बनाएका छन्। केही रियालिटी सोको निर्णायक बनेका संगीतकार राजु सिंह पनि भोटिङ हाबी भएको स्विकार्छन्। आयोजकहरूले सिंगिङ वा डान्सिङ स्टारभन्दा पनि भोटिङ स्टार बनाउन खोजिरहेको भान हुन्छ। अहिलेका बग्रेल्ती भइरहेका रियालिटी सोमा पब्लिक भोट नआउने हुनाले प्रतियोगी आफैँले घरपरिवार, आफन्त, साथीभाइले औसत रु. ६ लाग्ने एसएमएस गरेर भोट बढाउनुपर्छ, जसको ५० प्रतिशत रकम आयोजकको खातामा जान्छ। 'तिम्रो भोट धेरै कम छ, सबैलाई एसएमएस गर्न लगाऊ, नत्र हटिएला' भन्दै आयोजकले सम्झाइरहनुको कारण यही हो,' न्यौपाने भन्छन्। आइकनमै टप ९ बाट हटेकी सुषमा विकलाई त रु.३० हजार बराबरको एसएमएस भोटिङ गराए फेरि कार्यक्रममा फर्काउनेसम्म भनिएको थियो। तर, उनले स्विकारिनन्।
आर्थिक अवस्था कमजोर भएकाले यस्ता प्रतियोगिता जित्ने अपेक्षा नगरे हुने 'खोजी प्रतिभाको'मा दोस्रो स्थानमा चित्त बुझाएका उत्तमजंग लिम्बू बताउँछन्। एउटा रियालिटी सो जित्न कम्तीमा ५ लाख रुपैयाँभन्दा बढीको भोटिङ गर्नुपर्छ। नाम नलेख्ने सर्तमा एक जना प्रतियोगी भन्छन्, 'म रियालिटी सो सकेर घर फर्किँदा मेरा बाआमाले मलाई भोटिङ गरेका रिचार्ज कार्ड संकलन गरेर बोरा भरेका थिए।' रियालिटी सो चल्ने ७ देखि १० महिनासम्म सरदर एउटा प्रतियोगीको ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ। डेढ वर्षदेखि आफ्नै एल्बमको तयारी गरिरहेका उनले चुकचुकाउँदै भने, 'त्यति पैसाले एल्बम निकालेको भए चारवटा हुन्थे। म हिट गायक भइसक्थेँ होला।' तर, अहिले बाबुआमासँग एल्बम निकाल्ने पैसा माग्दा त्यही रिचार्ज कार्डले भरिएको बोरातिर उनीहरूले औँला सो‰याउने गरेका उनी बताउँछन्। प्रतिभाशाली भएर पनि विजेता हुन कति गाह्रो छ भन्ने कुरा जान्न रितु लामा र वेदु सारुमगरलाई सोधे हुन्छ। प्रतिभाबाट प्रभावित भएर रितुलाई भोट गर्न जन्मथलो पोखराले अभियान चलाएको थियो भने वेदुलाई जिताउन पश्चिमको क्षेत्रीय संवेदनाले काम गर्यो।
पैसाका लागि व्यवसायीले आयोजना गर्ने भएकाले फर्मबाटै कति उठाउने भन्ने हिसाबकिताब गरिन्छ। पहिले एउटा फर्मको तीन सय रुपैयाँ लिइने गरिन्थ्यो भने अहिले फर्मको मूल्य बढाएर पाँच सय रुपैयाँ पुर्याइएको छ। प्रतिभा भएर पनि कमजोर आर्थिक अवस्थाले गर्दा मन खुम्च्याएर बसेकाहरू यति शुल्कमै हिट कलाकार बन्न लालायित हुन्छन्। 'सिंगिङ आइकन'को उदाहरण लिने हो भने यस्ता सपना देख्ने १४ हजारले फर्म भरेका थिए। तीन सय रुपैयाँ फर्म शुल्क भएको आइकनको फर्मबाटै आयोजकले ४२ लाख उठाएको देखिन्छ। यीमध्ये १५ सयको हाराहारीमा पहिलो अडिसनबाट पास हुन्छन्।
काठमाडौँमा प्रतियोगी अलपत्र
पहिलो अडिसन पूर्वदेखि पश्चिमका विभिन्न शहरमा गरिने भए पनि दोस्रोदेखि काठमाडौँमै हुन्छन्। यीमध्ये निम्न आय भएका धेरै जना काठमाडौँमा अलपत्र पर्ने गरेका छन्। सिंगिङ स्टारमा पहिलो अडिसन पास गरेका गायक प्रदेश लिम्बूले त्यही भएर सर्टिफिकेट च्यातेर कार्यक्रमै बहिस्कार गरे। उनले भने, 'सिंगर बन्न गाउँबाट आएकाहरूलाई दोस्रो अडिसनमा स्वर होइन, लगाएको लुगा हेरेर फालिन थालेपछि प्रतियोगिता नै बहिस्कार गरेँ।'
खोरको खसी बेचेर काठमाडौँ आएका धेरैले टेम्पूमा रात बिताएको कुरा सुनेपछि उनलाई यस्ता कार्यक्रमले कम आम्दानी भएकाको प्रतिभा बाहिर ल्याउन सक्दैन भन्ने लागेको थियो। संगीतकार राजु सिंह पनि यसमा सहमत छन्। उनी भन्छन्, 'पहिलो अडिसन नै निकै टाइट हुन जरुरी छ।'
अरूको प्रतिभामा खान पल्केको गिरोह
आयोजक भने रियालिटी सोबाट फाइदा नहुने दाबी गर्छन्। 'सिंगिङ स्टार' आयोजक षड्ज कलाकेन्द्रका प्रवास कटुवालले प्रतियोगिता गर्दा १ करोड रुपैयाँ खर्च भएको बताए। उनी भन्छन्, 'हामी ३५ लाखभन्दा बढी घाटामा छौँ।' विजेतालाई पुरस्कारको प्रायोजनका लागि सम्झौता गरेकाले नै धोका दिएकाले पुरस्कार दिन नसकिएको दावी गरेे, 'शुभारम्भ रेकर्डिङ स्टुडियोले एल्बम निकाल्ने र मालिंगो रेस्टुरेन्टले एक लाख क्यास दिने र यामाहाले बाइक दिने भनेका थिए, तर सबैले धोका दिए।' ढिलै भए पनि दिने प्रयास गरिरहेको प्रवासले बताए। रितुका बुबा खेम लामा तीनचोटिसम्म रितुको नागरिकता नभएकाले बाइक लिन आउनुपर्यो भनेर पोखराबाट काठमाडौँ बोलाएर रित्तो हात फर्काएको बताउँछन्। उनी भन्छन्, 'अर्काको प्रतिभालाई प्रयोग गरेर खान पल्केको गिरोह नै सक्रिय भएको छ। यसलाई रोक्न हामीले विरोध गरेका हौँ।' खेमले आयोजकविरुद्ध ठगी मुद्दामा हनुमानढोकामा उजुरीसमेत गरेका थिए। प्रहरीले आयोजकलाई पक्राउ गरे पनि पुरस्कार दिने सर्तमा छोडेको थियो। 'प्रतिभा जन्माउने थलो भनिएको षड्ज कला केन्द्रले नै प्रतिभालाई ठग्न हुन्छ?' खेमको आक्रोश थियो। भर्खरै रियालिटी सो 'खोजी प्रतिभाको-२' सकाएका दिनेश डिसीले सानो बजार र विज्ञापनदाताको अभावले गर्दा नेपालमा रियालिटी सो जम्न नसकेको बताए। 'खर्चअनुसार आम्दानी नहुने हुनाले नेपालमा रियालिटी सो गरेर विजेता घोषणा गर्नु नै ठूलो कुरा हो,' उनी भन्छन्।
विजेतालाई पुरस्कार दिन नसके पनि नाम दिएकोमा गर्व गर्छन् अयोजकहरू। सानो बजार र आयोजना गर्नेको बढ्दो संख्याले जीत हासिल गरेकाहरू बिक्ने बजार छैन नेपालमा। अहिलेका रियालिटी सो 'अस्थायी सेलिब्रिटी' उत्पादन गर्ने कारखानाजस्तो भएको नेपालको पहिलो रियालिटी सो 'प्रतिभाको डबली' का निर्देशक संगीतकार शम्भुजीत बास्कोटाको धारणा छ। उनी भन्छन्, 'दुई दिन शिखरमा चढाएर छोडिदिने आयोजकको कारणले प्रतियोगी र विजेतामै यसको नकारात्मक प्रभाव परेको छ।'
नेपालमा रियालिटी सो
नेपालमा पहिलोपल्ट २०४५ सालमा 'प्रतिभाको डबली' नामक रियालिटी सो नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। संगीतकार शम्भुजीत बास्कोटाले उक्त कार्यक्रमको निर्देशन गरेका थिए। '२०४४ सालमा नेपाल टेलिभिजनले कार्यक्रम निर्माणका लागि अफर गरेको थियो। मलाई पहिल्यैदेखि प्रतिभा देखाउन रेडियो नेपाल, राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठान धाइरहेकाहरूलाई केही गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो। कार्यक्रमको अफर आएपछि उनीहरूलाई मञ्च दिन यो कार्यक्रमको निर्माण गर्ने सोच आयो,' उक्त रियालिटी सो निर्माणबारे बास्कोटा भन्छन्। मह सञ्चार, थापाथलीमा अडिसन लिएर प्रज्ञाभवनमा रेकर्ड भएको कार्यक्रम तीनमहिनासम्म प्रसारण भएको थियो।
मौलाउदो प्रतिभा खोज्ने धन्दा
धरान- धरानको एक होटलमा काम गर्ने शम्भु तामाङ दुई वर्षअघि देशव्यापी गायन प्रतियोगिता 'सिंगिङ आइकन'को अडिसनमा पास भएर काठमाडाँै गए। होटलको कामबाट फुर्सद निकालेर उनी हार्मोनियम बजाउँदै अभ्यास गर्थे। उनको सपना थियो- ठूलो गायक बन्ने। त्यसैले 'गायन प्रतिभा' खोजेर स्थापित गराउने नारासाथ आएको सिंगिङ आइकनमा सपनाको ठूलो भारी बोकेर प्रवेश गरे शम्भु। उनले ऋण खोजेर पैसा खर्च गरे, काठमाडौँमा लामो समय बस्नुपर्यो। तर, त्यतिबेला उनका सपना खरानी भए, जब कार्यक्रम अलपत्र पारेर आयोजकहरू नै भागे। झापा, उर्लाबारीका निसान भट्टराई पनि यही मारमा परे। सानै उमेरमा ठूलो गायक हुने सपना बोकेर उनले सिंगिङ आइकनमा भाग लिएका थिए। टप टेनमा पर्न सफल उनले यही क्रममा पाँच लाख रुपैयाँ र समय बर्बाद गरे।
केही साता अघिको कुरा हो। झापा बिर्तामोडको ओझेल ब्यान्डले पूर्वाञ्चलव्यापी 'ब्यान्ड च्यालेन्ज' आयोजना गर्यो। च्यालेन्जमा भिड्न धरान, इटहरी, विराटनगरलगायत शहरबाट ब्यान्डहरू सहभागी भएका थिए। तर, दर्शक र निर्णायकहरूको समेत छनौटमा परेका ब्यान्डलाई पछि पार्दै झापा, केर्खाको एउटा ब्यान्ड विजेता घोषित भयो। धरानका एक सहभागी भन्छन्, 'त्यो ब्यान्डले आयोजकलाई राम्रो सहयोग गरेको रहेछ। सहयोग नगर्ने छनौटमा परेनन्।'
पूर्वमा ताल-तालका रियालिटी सो भइरहेका छन्। आइडल, तारा, आइकन, सुन्दरीजस्ता उपाधिसँगै नाम र दाम कमाउने सपनाका साथ लाखौँ रुपैयाँ खर्च गर्न तम्सने युवायुवती नभएका होइनन्। तर, अधिकांशका सपना भताभुंग भएका छन्। प्रतिभा खोजीको नाममा केहीको कमाउने धन्दा फस्टाएको छ।
आफ्नो प्रतिभा प्रदर्शन गर्ने नाममा लाख रुपैयाँसम्म खर्चिनेहरू 'हारे पनि हार, जिते पनि हार' को स्थितिमा हुन्छन्। यस्ता प्रतियोगिताको सुरुमै फारम भर्नदेखि, अडिसन, तालिमजस्ता अनेक बहानामा आयोजकलाई पैसा बुझाउन बाध्य हुन्छन्, प्रतियोगीहरू। यस्ता प्रतियोगितामा सहभागीका गायन, नृत्य वा अरू बौद्धिक क्षमताको कुनै मूल्यांकन गरिँदैन। बरु उनीहरूको मार्केटिङ सिप र अरूबाट पैसा झार्ने क्षमताको मूल्यांकन गरिन्छ। अर्थात्, आयोजकले तोकेका टिकट जसले बढी बेच्न सक्यो या जसले बढी सहयोग ल्याउन सक्यो, उही विजेता बन्ने गरेको छ। अझ कतिले त एसएमएस भोटिङमा खर्च हुने पैसा सिधै लिने आइडिया लगाएर भोटको नाममा टिकटसमेत बेच्ने गरेका छन्। गत वर्ष धरानमा भएको गायन प्रतियोगिता 'म पनि के कम'का आयोजकले सहभागीलाई एक-एक बिटो टिकट दिएर बेच्न लगाए। 'मोबाइलबाट एसएमएस गर्दा ५ रुपैयाँ खर्च हुन्छ,' प्रतियोगिताका एक सहभागीले भने, 'त्यसबाट आयोजकले थोरै पैसा पाउँछ रे, अनि सिधै ५ रुपैयाँको चिट बनाएर चिनेजानेकालाई बेचेर आयोजकलाई बुझायौँ। कति साथीका परिवारले नै हजारौँ चिट किनिदिए।'
गत वर्ष गरिमा डान्स सेन्टरले आयोजना गरेको नृत्य प्रतियोगिता 'नटराज ३' मा पनि आयोजकले सहभागी प्रतिस्पर्धीहरूलाई टिकट बेचेको आधारमा अंक दिएर विजय बनाएको विषयमा विवादसमेत भएको थियो। प्रतियोगिताका मुख्य निर्णायक नगेन्द्र राईले नटराजको विजेता घोषणा गर्ने क्रममा मञ्चमै गएर बोलेका थिए, 'हामी निर्णायकले छानेको विजयी, विजयी नहुँदो रहेछ। आयोजकका केही बाध्यता होलान्।'
......
'सिंगिङ स्टार' भएपछि पोखरा रामबजारकी १८ वर्षीया किशोरी रितु लामालाई
सानै उमेरमा ठूलै उपलब्धि हात पर्यो भन्ने लागेको थियो। सानैदेखि गायक
बन्ने रहर पालेकी उनी संघर्षका दिन चाँडै सकिए भन्दै फुरुङ्ग भएकी थिइन्।
तर, उनको प्रतिभा स्रोतासमक्ष पुर्याउने जिम्मा लिएको आयोजक षड्ज कला
केन्द्रले धोका दिएपछि उनी यतिबेला तनावमा छिन्।
एक लाख रुपैयाँ नगद, स्कुटी र पाँच लाख रुपैयाँ बराबरको लगानीमा एल्बम
निकाल्ने र सपरिवार मलेसिया घुम्न पाउने आशा देखाएर रितुजस्ता हजारौँ
युवायुवतीलाई तीन सय रुपैयाँ तिरेर आवेदन फर्म भर्न उक्साउने आयोजकले
विजेतालाई 'डमी चेक' र 'डमी साँचो'बाहेक केही दिएको छैन। एक वर्षसम्म पाउने
आशामा लगातार कला केन्द्र धाइरहेकी रितुको धैर्यको बाँध टुटेको छ।
भन्छिन्, 'मलाईमात्रै धोका दिइएको होइन, मजस्ता सयौँ साथी पीडित छन्।
त्यसैले म यसै चुप लाग्दिनँ।'उपाधि छ, उपलब्धि छैन

पीडितका प्रतिक्रिया
म १२ कक्षा पढ्दै गर्दा सिंगिङ स्टारमा भाग लिएकी हुँ। प्रतियोगितामा भाग लिएपछि अवसरको ओइरो लाग्छ भन्ने आशा थियो। तर, अहिले आयोजकले दिन्छु भनेको पुरस्कार नै पाएकी छैन। म यत्तिकै चुप लाग्दिनँ। किनभने मैले यसका लागि कलेज, संगीतको पढाइ छाडेकी थिएँ। पैसा र समय दुवै बर्बाद भएको छ मेरो।
रितु लामा, विजेता सिंगिङ स्टार
मैले 'भ्वाइस अफ टिन' जितेको चार वर्ष भयो। तर, म्युजिकका लागि अन्य सपोर्टका कुरै छाडौँ, आयोजकबाट पूरा पुरस्कार नै पाइनँ। एल्बम निकालिदिन्छ भनेर कुरेको चार वर्ष भयो। तर, निकालिदिएन। अहिले आफ्नै लगानीमा 'आँधी चलेर हो' नामक गीत बजारमा ल्याएको छु। धाउँदाधाउँदा दिक्क लागेर अहिले त भन्नै छाडिदिएँ।
वेदु सारुमगर, विजेता, भ्वाइस अफ टिन
दुइटा एल्बम निकाल्न पुग्नेजति पैसा 'खोजी प्रतिभाको'मा प्रतिस्पर्धा गर्दै सकियो। घरबाट मागौँ भने त्यत्रो पैसा त्यतिबेलै सकियो। डेढ वर्षदेखि आफ्नै एल्बमको तयारीमा छु। कहाँबाट पैसा जुटाएर एल्बम निकाल्ने भन्ने टेन्सनमा छु।
उत्तमजंग लिम्बू, उपविजेता, खोजी प्रतिभाको-१
'सिंगिङ स्टार'मा भाग लिँदा म म्युजिकमा मास्टर्स गर्दै थिएँ। राजधानीमा खानेबस्ने व्यवस्थाका लागि केही स्कुलमा संगीत पढाउँथेँ। एल्बम निकाल्न र प्रचार गर्न आर्थिक क्षमताले धान्ने नभएपछि तीन सय रुपैयाँमै करिअर बन्छ भनेर भाग लिएको थिएँ। तर, अन्तिममा आएर आयोजकले धोका दियो। मेरो त झन्डै भएको जागिर नै गएको। त्यसैले निम्न आय भएकाले रियालिटी सोबाट मालामाल हुन्छु भन्ने सपना देख्नु मूर्खता हो।
विशाल न्यौपाने, सिंगिङ आइकन, टप टेन प्रतियोगी
सानैदेखि गीतसंगीतमा रुचि भएकाले फेयर कम्पिटिसन हुन्छ होला भन्ने ठानेर 'सिंगिङ स्टार'मा भाग लिएको थिएँ। पहिलो अडिसन पास पनि गरेँ। तर, दोस्रो अडिसनमा धाँधली हुन थाल्यो। खसी बेचेर गाउँबाट आएका प्रतिभालाई गेटअप हेरेरै फालिएपछि हामी केही साथीले सर्टिफिकेट नै च्यातेर विरोध जनायौँ। मभन्दा पनि टेम्पूमा रात बिताएर अडिसन दिने प्रतिभालाई अन्याय भएको थियो।
प्रदेश लिम्बू, प्रतियोगी, सिंगिङ स्टार रियालिटी सो प्रतिभा जन्माउने थलो हो भनिन्छ। तर, मलाई त्यस्तो लागेन। लहडमै गरिएका रियालिटी सो प्रतिभालाई दुःख दिने थलोजस्ता भएका छन्। यहाँ जजिङ र भोटिङ दुवै 'फेयर' हुँदैन जस्तो लाग्छ मलाई। त्यसैले नेपालमा रियालिटी सो नै नहोस् भन्छु म त।
प्रनेश लिम्बू, टप थ्री, सिंगिङ स्टार