काठमाडौँ
शहर नाममात्रको महानगरका रुपमा रहेको तपाईँ-हामी सबैले अनुभव गरेकै हो।
वास्तवमा मेट्रोपोलिटन सिटी भन्ने शब्द नै आफैमा लाज मान्नुपर्ने स्थिति
थियो काठमाडौँको अवस्था देख्दा। साँझ पर्न पाएको हुँदैन, सार्वजनिक सवारी
साधनमा गुन्द्रुक खाँदिए झैँ मान्छे खाँदिनु पर्छ। रात परेपछि त गाडी नै
चल्दैन। महँगो ट्याक्सी चढ्नु बाहेक अरु विकल्प हुँदैन आफ्नै सवारी साधन
नभएकाहरुलाई।
पख्नुस्, त्यति धेरै निराश भइनहाल्नुस्, काठमाडौँको
अवस्था भोलि भदौ १ गते शुक्रबारदेखि केही फरक हुँदैछ। ६ महिनादेखिको
प्रयासपछि काठमाडौँ महानगरपालिकाको पहलमा यातायात व्यवसायीहरुले अब नाइट बस
चलाउने भएका हुन्। कतै गएपछि गाडी राति अबेला हुन्छ र गाडी नपाइएला कि
भनेर चिन्ता गर्नुपर्ने छैन। सार्वजनिक सवारी साधनको सबै जिम्मा निजी
क्षेत्रलाई दिएर सरकार सर्वसाधारणको हित गर्ने कामबाट पन्छिएको भनी आलोचना
भइरहेको बेला महानगरपालिकाको पहलमा नाइट बस चल्नु पक्कै पनि स्वागतयोग्य
काम हो। कस्तो छ त नाइट बसको तयारी ? कहाँदेखि कहाँसम्म चल्छन् त नाइट बस?
कहिलेसम्म चल्छ यो ? अनि के छ नाइट बस चलाउने यो अभियान पछाडिको वास्तविकता
?

रातभरी चल्ने हैन
नाइट बस भनिए पनि अहिलेलाई यो रातभर चल्ने सेवा भने हैन। अहिलेलाई यो रातिको ८ बजेदेखि ११ बजेसम्म अर्थात् ३ घण्टा मात्रै चल्छ। त्यसो भए पनि अँध्यारो हुने बित्तिकै सवारी साधन ग्यारेजमा थन्क्याइहाल्ने गाडी साहुहरुको प्रवृत्तिका कारण सर्वसाधारणले पाइरहेको दुःखमा यसले पक्कै राहत दिन्छ। संगठित रुपमा राति ११ बजेसम्म गाडी चलाउन गरिएको यो पहिलो प्रयास हो। यसको सफलताले भविष्यमा रातभर गाडी चल्ने अवस्था सिर्जना हुन्छ भनेर आशावादी हुन सकिन्छ।
यति चलाउन पनि निकै पापड बेल्नु परेको प्रष्ट हुन्छ। सुरुमा यो सेवा गत वर्षको फागुनदेखि नै सुरु हुने भन्ने कुरा आएको थियो। पछि वैशाख १ नयाँ वर्षदेखि सुरु हुने भनियो। त्यसपछि असार, साउन हुँदै भदौ १ को मिति तोकिएको हो। भदौ १ देखि पनि सुरु होला कि नहोला भन्ने अन्यौलबीच आज महानगरपालिकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको थियो। मेरो चासोको विषय हुनाले र साँच्चै चल्ला र भन्ने शंका भएकोले कस्तो रहेछ तयारी बुझ्न आज पत्रकार सम्मेलनमै सहभागी भएको थिएँ।

राति चल्ने १४ वटा बस दिउँसो प्रयोग हुने छैनन्। यी बसमा तल्लो पट्टी छुट्टै प्याजी रङ्ग लगाइएको छ। त्यसैगरी बसमा टाढैबाट देखिने गरी रात्रि सेवा लेखिएको बत्ती बल्ने डिस्प्ले पनि राखिएको हुनेछ। महासंघका कोषाध्यक्ष सरोज सिटौलाले पत्रकार सम्मेलनमा केही गाडीमा कमी कमजोरी हुनसक्छ भनेर केही गाडी थोत्रो हुनसक्ने संकेत पहिले नै दिइसके। तर यो ऐतिहासिक सुरुवात भएको र बिस्तारै सुधार गर्दै जाने उनले बताए।

सुरक्षाका लागि बसमा सीसीटीभीको समेत व्यवस्था गरिएको छ। सीसीटीभीले कसैले गैरकानुनी काम गरेर भागे पनि त्यसको रेकर्ड राख्ने भएकोले अपराध निरुत्साहित हुने दावी उनको दावी थियो। सीसीटीभी ड्राइभर बस्ने सिटको माथिल्लो पट्टी राखिएको हुनेछ।
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बसका चालक, कन्डक्टरलाई ज्याकेटको व्यवस्था गरिएको र यात्रुहरुप्रति मर्यादित रुपमा प्रस्तुत हुन तालिम दिइएको बताए। यात्रुहरुबाट पनि त्यस्तै अपेक्षा गरिएको उनले बताए।

कलंकी स्टेसनबाट ठीक ८ बजे दुई वटा बस एउटा उत्तरतर्फ र एउटा दक्षिणतर्फ लाग्नेछ। त्यसैगरी कोटेश्वर स्टेसनबाट पनि दुई वटा बस एउटा उत्तरतर्फ र एउटा दक्षिणतर्फ लाग्नेछ
१. चक्रपथ परिक्रमा (४ वटा बस)
क) कलंकीबाट नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्म
ख) कलंकीबाट सातदोबाटो, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क हुँदै कलंकीसम्म
ग) कोटेश्वरबाट चाबहिल, नयाँ बसपार्क, कलंकी, सातदोबाटो हुँदै कोटेश्वरसम्म
घ) कोटेश्वरबाट सातदोबाटो, कलंकी, नयाँ बसपार्क, चाबहिल हुँदै कोटेश्वरसम्म
यो त भयो रिङरोड राउन्ड लगाउने बस। अर्को भित्री सहरी रुटमा १० बस चल्दैछन्। ती बसको केन्द्रीय स्टेसन रत्नपार्कको वीर अस्पताल अगाडि कायम गरिएको छ। त्यसको रुट यस्तो छ-
२. भित्री सहरी रुट (वीर अस्पताल अगाडिबाट)
क) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन, कलंकी आवत जावत- २ वटा बस
ख) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट जमल, केशरमहल, लाजिम्पाट, महाराजगञ्ज हुँदै गंगालाल ह्रदय केन्द्र आवतजावत-२ वटा बस
ग) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट भृकुटीमण्डप, कृष्ण पाउरोटी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटी आवत जावत- २ वटा बस
घ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, बबरमहल, तीनकुने, सिनामंगल भई तीनकुने हुँदै कोटेश्वर आवतजावत- २ वटा बस
ङ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, पाटन अस्पताल हुँदै सातदोबाटो रुटमा आवतजावत- २ वटा
यो रुटमा राति ठीक आठ बजे एउटा बस सुरुको स्टप अर्थात् रत्नपार्क गुड्नेछ भने अर्को बस अन्तिमको स्टपबाट रत्नपार्कतिर आउनेछ। जस्तै माथिको क रुटको उदाहरण लिँदा आठ बजे एउटा बस रत्नपार्कबाट कलंकीतिर जानेछ भने अर्को बस कलंकीबाट रत्नपार्कतिर आउनेछ।
महानगर प्रमुख अधिकारीले बस बिसौनीहरुमा सोलार पावरको बत्ती राख्ने, निश्चित समयमा गाडी गुड्ने र कुन स्टेसन वा स्टपमा कति बजे बस ठ्याक्क आइपुग्नेछ भन्ने बारे चाँडै यात्रुहरुलाई सूचना प्रवाह गर्ने जानकारी दिए।

त्यसैगरी बैँक लगायत अन्य अफिसहरु पनि अहिले त राति ७ बजेसम्म चल्ने गरेको छ। सानातिना पसल र व्यवसायहरु राति ९ बजेसम्म चल्छन्। महानगरपालिकाका अनुसार राति १० बजेसम्म खुल्ने रेस्टुरेन्टहरुको संख्या हजार वटा जति छन्। ठमेलमा राति १२ बजेसम्म चल्ने व्यवसायहरुको संख्या २०० छ। रातभर चल्ने होटलसँग सम्बन्धित अन्य सेवा प्रदायक संस्थाहरुको संख्या ५ सय रहेको छ।
अब राति बस चल्ने भएपछि त्यही अनुसार नाइट लाइफलाई पनि प्रोत्साहन दिने काम सँगसँगै हुनुपर्यो। नत्र काठमाडौँ महानगरपालिकाको यहाँको जीवन शैलीलाई २४ सै घण्टा चलायमान बनाउने र राजधानी सहरलाई अन्तर्राष्ट्रिय स्तरको २४ सै घण्टा जागा शहरको रुपमा विकास गर्ने क्रमको पूर्वाधारको जग कहिल्यै बस्दैन।
दिनमा अफिस, स्कूल वा कलेज जानुपर्नेहरुले सपिङ गर्न, रेस्टुरेन्टमा जान वा सिनेमा हेर्न सपिङ मल, मल्टिप्लेक्सहरुको ढोका कम्तिमा अब १० बजेसम्म खुल्ला गर्नुपर्यो।

दुई अर्बको बजेट चलाउने महानगरपालिकाले महानगरवासीबाट उठाउने अर्बौँको करवापत् राति अनुदानै दिएर भए पनि यस्तो सेवा सञ्चालनका लागि पहल गर्नु स्वागतयोग्य कदम हो। करदाताहरुप्रति राज्यको दायित्व पनि हो यो। बलियो स्थानीय निकाय भइदिएको भए त सबै यातायात समितिहरुलाई एउटा बस राति पनि चलाऊ नभए रुट परमिट खारेज गरिदिन्छु भनेर भन्न सक्ने स्थिति पनि हुन्थ्यो होला। तर सिन्डिकेटको दादागिरीको बीचमा फकाएर पनि यति काम लिन सक्नु ठूलो कुरा हो। बस, पैसा पचाएर सेवा नदिने वा सेवा अलपत्र पार्ने काम हुनुभएन।
तीन महिना वा छ महिनापछि व्यवसायीहरुले कुनै पनि बहानामा यो सेवा रोक्न खोजे भने महानगरपालिका कडा रुपमा उत्रनु पर्छ। त्यस्तो अवस्थामा महानगरपालिका आफैले बस खरिद गरी वा भाडामा लिई सेवा सञ्चालन गर्नुपर्ने स्थितिका लागि पनि मानसिक रुपले तयार हुनुपर्छ। बिस्तारै नाइट बसबाट दिउँसो पनि सर्वसुलभ तरिकाले सेवा दिने बस चलाउन महानगरपालिका पछि हट्नु हुन्न। यो कर लिएवापत् महानगरपालिकाले महानगरवासीहरुलाई गर्नुपर्ने कर्तव्य पनि हो। सेवा दिने मामिलामा महानगरपालिका देशकै उदाहरण बनोस्, शुभकामना!

रातभरी चल्ने हैन
नाइट बस भनिए पनि अहिलेलाई यो रातभर चल्ने सेवा भने हैन। अहिलेलाई यो रातिको ८ बजेदेखि ११ बजेसम्म अर्थात् ३ घण्टा मात्रै चल्छ। त्यसो भए पनि अँध्यारो हुने बित्तिकै सवारी साधन ग्यारेजमा थन्क्याइहाल्ने गाडी साहुहरुको प्रवृत्तिका कारण सर्वसाधारणले पाइरहेको दुःखमा यसले पक्कै राहत दिन्छ। संगठित रुपमा राति ११ बजेसम्म गाडी चलाउन गरिएको यो पहिलो प्रयास हो। यसको सफलताले भविष्यमा रातभर गाडी चल्ने अवस्था सिर्जना हुन्छ भनेर आशावादी हुन सकिन्छ।
यति चलाउन पनि निकै पापड बेल्नु परेको प्रष्ट हुन्छ। सुरुमा यो सेवा गत वर्षको फागुनदेखि नै सुरु हुने भन्ने कुरा आएको थियो। पछि वैशाख १ नयाँ वर्षदेखि सुरु हुने भनियो। त्यसपछि असार, साउन हुँदै भदौ १ को मिति तोकिएको हो। भदौ १ देखि पनि सुरु होला कि नहोला भन्ने अन्यौलबीच आज महानगरपालिकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको थियो। मेरो चासोको विषय हुनाले र साँच्चै चल्ला र भन्ने शंका भएकोले कस्तो रहेछ तयारी बुझ्न आज पत्रकार सम्मेलनमै सहभागी भएको थिएँ।

कस्तो छ तयारी ?
तीन घण्टे नाइट बस सञ्चालनका लागि १४ वटा बसको व्यवस्था गरिएको छ। सबै बस विभिन्न यातायात समितिका हुन्। वास्तवमा यो सेवा सुरु हुन ढिलाइ हुनुको कारण यो पनि एक हो। यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका धर्मराज रिमालका अनुसार बाग्मती अञ्चल भरी १०३ वटा यातायात समिति रहेका छन्। उनीहरुको सिन्डिकेट कस्तो छ, त्यो त तपाईँहरुलाई सुनाउनै पर्दैन। रिमालका अनुसार सबै यातायात समितिसित समन्वय गर्दा समय लागेको हो।राति चल्ने १४ वटा बस दिउँसो प्रयोग हुने छैनन्। यी बसमा तल्लो पट्टी छुट्टै प्याजी रङ्ग लगाइएको छ। त्यसैगरी बसमा टाढैबाट देखिने गरी रात्रि सेवा लेखिएको बत्ती बल्ने डिस्प्ले पनि राखिएको हुनेछ। महासंघका कोषाध्यक्ष सरोज सिटौलाले पत्रकार सम्मेलनमा केही गाडीमा कमी कमजोरी हुनसक्छ भनेर केही गाडी थोत्रो हुनसक्ने संकेत पहिले नै दिइसके। तर यो ऐतिहासिक सुरुवात भएको र बिस्तारै सुधार गर्दै जाने उनले बताए।

हतियारसहित दुई सुरक्षाकर्मी बस्ने
राति चल्ने १४ वटै बसमा हतियार र सञ्चार सेटसहित दुई प्रहरी राखिनेछ। व्यवसायीहरुले सुरक्षाको प्रश्न उठाएपछि महानगरीय प्रहरीले प्रत्येक बसमा दुई जना सुरक्षाकर्मी राख्ने भएको हो। त्यसैगरी आवश्यक परे गाडीलाई एस्कर्टिङसमेत गरिनेछ। आयुक्त कार्यालयका एसपी विकास श्रेष्ठले बसमा मात्र नभई यात्रुले बस चढ्ने बिसौनीमा समेत स्थानीय प्रहरी परिचालन गर्ने बताए। रात्रि बसका लागि विशेष सुरक्षा रणनीति अपनाएको जिकिर गर्दै उनले निर्धक्क भई बस चढ्न सबैलाई आग्रह गरे।
सुरक्षाका लागि बसमा सीसीटीभीको समेत व्यवस्था गरिएको छ। सीसीटीभीले कसैले गैरकानुनी काम गरेर भागे पनि त्यसको रेकर्ड राख्ने भएकोले अपराध निरुत्साहित हुने दावी उनको दावी थियो। सीसीटीभी ड्राइभर बस्ने सिटको माथिल्लो पट्टी राखिएको हुनेछ।
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बसका चालक, कन्डक्टरलाई ज्याकेटको व्यवस्था गरिएको र यात्रुहरुप्रति मर्यादित रुपमा प्रस्तुत हुन तालिम दिइएको बताए। यात्रुहरुबाट पनि त्यस्तै अपेक्षा गरिएको उनले बताए।

कहाँ-कहाँबाट चल्छ त बस ?
बस चलाउनका लागि दुई वटा स्थान निर्धारण गरिएको छ। चार वटा बसले रिङरोड परिक्रमा गर्नेछ। १० वटा बसले भने काठमाडौँको भित्री सहरी रुटको यात्रा गर्नेछ।
कलंकी स्टेसनबाट ठीक ८ बजे दुई वटा बस एउटा उत्तरतर्फ र एउटा दक्षिणतर्फ लाग्नेछ। त्यसैगरी कोटेश्वर स्टेसनबाट पनि दुई वटा बस एउटा उत्तरतर्फ र एउटा दक्षिणतर्फ लाग्नेछ
१. चक्रपथ परिक्रमा (४ वटा बस)
क) कलंकीबाट नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्म
ख) कलंकीबाट सातदोबाटो, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क हुँदै कलंकीसम्म
ग) कोटेश्वरबाट चाबहिल, नयाँ बसपार्क, कलंकी, सातदोबाटो हुँदै कोटेश्वरसम्म
घ) कोटेश्वरबाट सातदोबाटो, कलंकी, नयाँ बसपार्क, चाबहिल हुँदै कोटेश्वरसम्म
यो त भयो रिङरोड राउन्ड लगाउने बस। अर्को भित्री सहरी रुटमा १० बस चल्दैछन्। ती बसको केन्द्रीय स्टेसन रत्नपार्कको वीर अस्पताल अगाडि कायम गरिएको छ। त्यसको रुट यस्तो छ-
२. भित्री सहरी रुट (वीर अस्पताल अगाडिबाट)
क) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन, कलंकी आवत जावत- २ वटा बस
ख) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट जमल, केशरमहल, लाजिम्पाट, महाराजगञ्ज हुँदै गंगालाल ह्रदय केन्द्र आवतजावत-२ वटा बस
ग) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट भृकुटीमण्डप, कृष्ण पाउरोटी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटी आवत जावत- २ वटा बस
घ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, बबरमहल, तीनकुने, सिनामंगल भई तीनकुने हुँदै कोटेश्वर आवतजावत- २ वटा बस
ङ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, पाटन अस्पताल हुँदै सातदोबाटो रुटमा आवतजावत- २ वटा
यो रुटमा राति ठीक आठ बजे एउटा बस सुरुको स्टप अर्थात् रत्नपार्क गुड्नेछ भने अर्को बस अन्तिमको स्टपबाट रत्नपार्कतिर आउनेछ। जस्तै माथिको क रुटको उदाहरण लिँदा आठ बजे एउटा बस रत्नपार्कबाट कलंकीतिर जानेछ भने अर्को बस कलंकीबाट रत्नपार्कतिर आउनेछ।
महानगर प्रमुख अधिकारीले बस बिसौनीहरुमा सोलार पावरको बत्ती राख्ने, निश्चित समयमा गाडी गुड्ने र कुन स्टेसन वा स्टपमा कति बजे बस ठ्याक्क आइपुग्नेछ भन्ने बारे चाँडै यात्रुहरुलाई सूचना प्रवाह गर्ने जानकारी दिए।

कसले चढ्ला बस ?
महानगर भने पनि काठमाडौँमा नाइट लाइफ खासै छैन। पसलहरु राति अबेरसम्म खुल्दैनन्। प्रहरीले नै खोल्न दिँदैनन्। त्यसो भए नाइट बस कसले चढ्छन् त ? धेरैले चढ्दैनन्, यो प्रष्ट कुरा हो। धेरैले चढ्ने र नाफा हुने भएको भए गाडी साहुहरुलाई कसैले चलाउ भनेर भन्नै पर्दैन थियो नि। यो व्यवसाय भन्दा पनि सेवाभाव बढी हुने काम हो। संभावित ग्राहक नाइट सिफ्टमा काम गर्नेहरु हुन सक्छन्। जस्तो मलाई पनि राति घर फर्कनु पर्दा सबै स्टाफको घर घर चहारेर आफ्नो घर पुग्न घण्टौँ लगाउने अफिसको गाडीको विकल्प कि पैदल यात्रा कि महँगो भाडाको ट्याक्सी मात्रै हुन्थ्यो। अब यो नाइट बस हुने भयो।त्यसैगरी बैँक लगायत अन्य अफिसहरु पनि अहिले त राति ७ बजेसम्म चल्ने गरेको छ। सानातिना पसल र व्यवसायहरु राति ९ बजेसम्म चल्छन्। महानगरपालिकाका अनुसार राति १० बजेसम्म खुल्ने रेस्टुरेन्टहरुको संख्या हजार वटा जति छन्। ठमेलमा राति १२ बजेसम्म चल्ने व्यवसायहरुको संख्या २०० छ। रातभर चल्ने होटलसँग सम्बन्धित अन्य सेवा प्रदायक संस्थाहरुको संख्या ५ सय रहेको छ।
अब राति बस चल्ने भएपछि त्यही अनुसार नाइट लाइफलाई पनि प्रोत्साहन दिने काम सँगसँगै हुनुपर्यो। नत्र काठमाडौँ महानगरपालिकाको यहाँको जीवन शैलीलाई २४ सै घण्टा चलायमान बनाउने र राजधानी सहरलाई अन्तर्राष्ट्रिय स्तरको २४ सै घण्टा जागा शहरको रुपमा विकास गर्ने क्रमको पूर्वाधारको जग कहिल्यै बस्दैन।
दिनमा अफिस, स्कूल वा कलेज जानुपर्नेहरुले सपिङ गर्न, रेस्टुरेन्टमा जान वा सिनेमा हेर्न सपिङ मल, मल्टिप्लेक्सहरुको ढोका कम्तिमा अब १० बजेसम्म खुल्ला गर्नुपर्यो।

४५ लाखको खेल
तपाईँहरु अलि अचम्ममा पर्नुभयो कि के हो- हैन, यी सिन्डिकेटवाला गाडी साहुहरु कहाँबाट रातबिरात यात्रुहरुको सेवा गर्ने मनस्थितिमा रातारात पुगे भनेर? यहाँ भित्री कुरो र खेल अर्कै छ। गाडीवालाहरु त मानेकै थिएनन्। यो त महानगरपालिकाको विशेष पहलमा र एक किसिमले भन्ने हो भने महानगरपालिकाले नै सञ्चालन गर्न लगाएको सेवा हो। राति ३ घण्टा गाडी गुडाउन महानगरपालिकाले यातायात व्यवसायीहरुलाई तीन महिनाका लागि ४५ लाख रुपियाँ अनुदान दिएको छ। यसमा २० लाख रुपियाँ भुक्तान भइसक्यो भने २५ लाख रुपियाँ दिन बाँकी छ। खासमा सम्झौता छ महिनासम्मका लागि हो। परीक्षणका लागि छ महिना रात्रि बस चलाउने र त्यसको खर्च तीन महिना महानगरपालिकाले व्यहोर्ने र तीन महिना व्यवसायीले व्यहोर्ने सहमति भएको हो। त्यसैले छ महिनासम्म दिउँसोकै भाडा दरमा बस सञ्चालन गर्नुपर्नेछ।दुई अर्बको बजेट चलाउने महानगरपालिकाले महानगरवासीबाट उठाउने अर्बौँको करवापत् राति अनुदानै दिएर भए पनि यस्तो सेवा सञ्चालनका लागि पहल गर्नु स्वागतयोग्य कदम हो। करदाताहरुप्रति राज्यको दायित्व पनि हो यो। बलियो स्थानीय निकाय भइदिएको भए त सबै यातायात समितिहरुलाई एउटा बस राति पनि चलाऊ नभए रुट परमिट खारेज गरिदिन्छु भनेर भन्न सक्ने स्थिति पनि हुन्थ्यो होला। तर सिन्डिकेटको दादागिरीको बीचमा फकाएर पनि यति काम लिन सक्नु ठूलो कुरा हो। बस, पैसा पचाएर सेवा नदिने वा सेवा अलपत्र पार्ने काम हुनुभएन।