Tuesday, April 19, 2011

पासपोर्ट दुरुपयोग गर्ने सभासदलाई अदालत लगिँदै - onlinekhabar


पासपोर्ट दुरुपयोग गर्ने सभासदलाई अदालत लगिँदै

७ वैशाख, काठमाडौँ । कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका सभासदद्वय वीपी यादव र गायत्री साहलाई आज काठमाडौँ जिल्ला अदालत लगिने भएको छ ।
सभासद्का हैसियतमा राज्यले दिएको कुटनीतिक राहदानी करोडौँ रुपियाँमा बेचेको अभियोगमा प्रहरीले उनीहरुलाई मंगलबार अपरान्ह संविधानसभा भवन परिसरबाट पक्राउ गरेको थियो ।
यादव मधेसी जनाधिकार फोरम र साह जनतादलकी समानुपातिक सभासद हुन् ।
नेपाल प्रहरी केन्द्रीय जाँच ब्युरो -सीवीआई) का प्रमुख राजेन्द्रसिंह भण्डारीले सभासदद्वय यादव र साहलाई थप थुनामा राख्ने आदेशका अदालत लान लागिएको जानकारी दिनुभयो ।

सभासद् यादवको नाममा जारी भएको ०१९८९३ नम्बरको राहदानी बोकेर पृथ्वी छन्त्यालस र साहको नाममा जारी भएको ०१९८२६ नम्बरको
रातो पासपोर्टमा नाम नखुलेकी एक महिला तीन महिना अघि अष्ट्रेलिया जाने क्रममा अबुधावी अध्यागमनमा पक्राउ परेपछि पासपोर्ट दुरुपयोग प्रकरणको भेउ खुलेको थियो ।
पासपोर्ट किनेर अष्ट्रेलिया जान खोज्दा फक्राउ परेका नेपाल फर्किएकाहरु भने अहिलेसम्म फक्राउ परेका छैनन् ।
सीवीआई व्यूरो प्रमूख भण्डारीले दातलबाट थुनामा राख्ने आदेश पाएपछि उक्त प्रकरणबाट अनुसन्धान तिव्र पारिने बताउनुभयो ।
उनीहरुलाई राहदानी ऐन २०२४ को दफा ५ अनुसार कारवाही हुने प्रहरीले जानएको छ । यस्तै उनीहरु विरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा पनि मुद्धा चलाउने तयारी भइरहेको बुझिएको छ ।
सभासदद्वय यादव र साहलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाको हिरासतमा राखिएको छ ।
 
 
६ वैशाख, काठमाडौं । पैसा लिएर आफ्नो कुटनीतिक पासपोर्ट बेचेको अभियोगमा मधेसी जनाधिकार फोरमका सभासद् वीपी यादव र नेपाली जनता दलकी गायत्री साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
सभासद्का हैसियतमा सुबिधाका लागि राज्यले दिएको राहदानी करोडौ रुपैयाँमा बेचेको अभियोगमा उनीहरुलाई मंगलबार संबिधानसभा भवन बाहिरबाट पक्राउ गरिएको हो । करिव दुई महिनासम्म प्रहरीको केन्द्रीय जाँच ब्युरो-सीवीआई), अख्तियार, पराष्ट्र र संबिधानसभा सचिवालयले गरेको अनुसन्धानबाट ‘माननीयहरु’ दोषी देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सीवीआई प्रमुख राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो ।
हाल नयाँ फोटो टाँसेर प्रयोग गरिएका सभासदद्धयको पासपोर्ट कपी
के थियो घटना ?
प्रहरीका अनुसार सभासद् साहको नाममा जारी भएको ०१९८२६ नम्वरको पासपोर्टमा एक नाम नखुलेकी महिला र यादवको नाममा जारी भएको ०१९८९३ नम्बरको राहदानी बोकेर पृथ्वी छन्त्याल अष्ट्रेलिया जाने क्रममा अबुधावी पुगेका थिए । रातो पासपोर्ट बाकेर सभासद्का हैसियतमा जान लागेका उनीहरुलाई अबुधावी अध्यागमनले पक्राउ गरि करिव तीन महिनाअघि नेपाल फर्काइदिएपछि संचारमाध्यममार्फत सो घटना सार्बजनिक भएको थियो । संचारमाध्यमको समाचारलाई आधार मानेर थालिएको अनुसन्धानबाट दुई माननीय दोषी पाइएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरिएको सूचना सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई गराइसकिएको छ ।
 वीपी यादवको हालको पासपोर्ट र अबुधावी अध्यागमनमा उनकै नाम तर पृथ्वी छन्त्यालको तस्वीर प्रयोग भएको पासपोर्ट
पासपोर्ट किनेर अष्ट्रेलिया जान खाजेपनि अबुधावी पक्राउ परेर फर्किनेहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । अबुधावी अध्यागमनमा दिएको बयानका आधारमा छन्त्यालको पहिचान खुलेपनि साहको पासपोर्ट दुरुपयोग गर्ने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । उनीहरुले अबुधावी अध्यागमनसमक्ष दिएको बयानको कपीसमेत नेपाल प्रहरीले प्राप्त गरेको छ । सोही आधारमा प्रहरीले दुरुपयोग गरिएको पासपोर्टको कपी सार्वजनिक गरेको हो ।
तर अचम्म के छ भने पासपोर्ट दुरुपयोग गरि जान खोजेपनि असफल भएका दुई पात्र नेपाल फर्किएर ती पासपोर्ट सम्बन्धीत सभासद्लाई फिर्ता दिएका छन र सभासद्हरुले पुनः आफ्नो फोटो टाँसेर पुरानै पासपोर्ट बोकिरहेका छन् । जसमा स्पष्ट देख्न सकिन्छ उनीहरु काठमाण्डौबाट बाहिरिएको र अबुधावी अध्यागमनमा इन्ट्री भएको । प्रहरीका अनुसार सभासद्हरुसंग बयान लिंदा सो समयमा उनीहरु अबुधावी नगएको बताएका छन् । जसबाट सभासद्हरुले पासपोर्ट बिक्रि गरेको स्पष्ट भएको हो ।
गायत्री साहको हालको पासपोर्ट र अबुधावी अध्यागमनमा उनकै नाम तर फरक तस्वीर प्रयोग भएको पासपोर्ट
प्रहरीले हाल सभासद्ले बोकिरहेका दुई पासपोर्टको ल्याब टेष्ट पनि गरेको छ । जसबाट पुरानो तस्वीर उप्काएर नयाँ तस्वीर टाँसेको स्पष्ट भएको छ । यहाँसम्म की पासपोर्टमा टाँसिएको सभासद्को तस्वीर र पासपोर्ट बनाउँदा परराष्ट्र मन्त्रालयमा पेश गरेको तस्वीर फरक-फरक छ । यसको स्पष्ट अर्थ हुन्छ, सभासद्हरुले पुरानो तस्वीर झिकेर ग्राहकको तस्वीर टाँसेर अष्ट्रेलिया पठाउन खोजे, त्यो सफल नभएपछि फिर्ता आएका पासपोर्टमा नयाँ तस्वीर टाँसे ।
अबुधावी अध्यागमनमा छन्त्यालले दिएको बयानमा आफुले १ करोड ६० लाख रुपैयाँमा पासपोर्ट किनेको बताएका रहेछन जुन कपी नेपाल प्रहरीसमक्ष आइपुगेको छ । सीवीआई प्रमुख भण्डारीले भन्नुभयो-’त्यो रकम कुन कुन ठाउँमा पुग्यो भन्ने कुरा अनुसन्धान हुन बाँकी छ, ठूलै गिरोह संलग्न हुनसक्ने देखिन्छ ।’
तर दोषी सभासद्हरुले भने यसअघि आफु संलग्न नभएको र अरु कसैले नक्कली पासपोर्ट बनाएर दुरुपयोग गरेको दावी गर्दै आएका थिए । संबिधानसभामा सवैभन्दा कान्छी भनेर चिनिएकी सभासद् साहले भनेकि थिइन-’पहिचानै नखुलेको महिलाले दुरुपयोग गरिएको अभियोग लगाइएको छ, सभासद्को अबस्था त यस्तो छ भने सर्बसाधारणको के होला ?’
तर, सभासद् साह र यादवले उम्कनका लागि जेजस्ता प्रयत्न गरेपनि सफल हुन सकेनन र अन्नतः मंगलबार प्रहरीको खोरमा पुगे ।
पक्राउ परेका सभाषदद्धयविरुद्ध राहदानी ऐन २०२४ को ५ अन्तरगतको असुरमा मुद्धा चलाइनेछ । यसमा दोषी ठहर भएमा १ वर्ष कैद वा ५ सय रुपैयाँ जरिवाना तथा दुबै हुनसक्नेछ ।