Monday, April 25, 2011

बाबा त बिते, खर्बौंको सम्पत्ति कसको ? Nagarik News


उमर फारुक, पुट्टपर्ती- यो कुरा सन् १९९५ को हो। पहिलो पटक म अनन्तपुर जिल्लाका पुट्टपर्ति गएको थिए। अवसर थियो - विश्व प्रसिद्ध धर्मगुरु साइबाबाको ७० औं जन्मदिन। मलाई यस्तो लागेको थियो - त्यहाँ विश्वबाट मानिस उर्लिएर आएका छन्। धेरै किलोमिटरसम्म ट्राफिक जाम थियो र हजारौ सवारी साधन सडकमा फसेका थिए। सो नगरमा सबै ठूलो भवनमा एउटा नाम थियो - साई बाबा र प्रत्येक व्यक्तिको बोलीमा त्यही नाम थियो। साई बाबाका आश्रय प्रशान्ति निलयममा पनि मानिस टम्मै भरिएका थिए। त्यसमा भारतका विभिन्न स्थानमा मात्रै नभएर विश्वभरका मानिस भेला भएका थिए।


स्टेडियममा देश विदेशमा मानिस खचाखच भरिएका थिए। धेरै प्रतिक्षा पछि एउटा रथ जस्तो ठूलो बहान त्यहाँ पुग्यो। त्यसलाई डोरी बाँधेर तानिएको थियोे। डोरी तान्नेहरु साइ बाबाले चुनेका भक्त थिए। भक्तहरु भन्दा अघि आन्ध्र प्रदेशका तत्कालिन प्रहरी महानिर्देशक एचजे डोरा खाली खुट्टामा थिए। मञ्चमा प्रबन्धका लागि बसेका व्यक्तिहरु मध्ये एक सर्वोच्च अदालतका न्यायाधीश भगवती पनि थिए। राजनीति, प्रशासन, न्याय, सेना, फिल्म तथा खेल क्षेत्रका नाम चलेका हस्ती त्यहाँ भेला भएका थिए।

समारोहमा प्रधानमन्त्री पि वि नरसिंह राव र राष्ट्रपति शंकर दयाल शर्मा दुवै त्यो समारोहमा उपस्थित थिए। साइ बाबाको शक्तिको यो भन्दा ठूलो संकेत के हुन सक्छर?
शंकर दयाल शर्मा त्यस समयमा हिड्न पनि नसक्ने अवस्थामा रहेका थिए तर उनले कसै गरि झुके र साइ बाबाको खुट्टा ढोगे। त्यहाँ रहेका भक्तहरु उनका एक झलक पाउन व्यग्र प्रतिक्षामा थिए। विदेशबाट आएका भक्तहरुले उपहारको वर्षा गरिरहेका थिए। साइ बाबाको प्रभावका यो समान्य वर्णन मात्रै हो त्यसरी मानिसलाई मोहित पार्ने सक्ने साई बाबाको शुरुवात सामान्य व्यक्तिको रुपमा भएको थियो।

साई बाबाका वास्तिविक नाम सत्यनारयणा राजु थियो। पुट्टपर्तिको एउटा गरिब परिवारमा उनका सन् १९२६ नोभेम्बर २३ मा उनका जन्म भएको थिउो। उनका बुबा आमा मजदुरी गरेर घर चलाउथे। सत्यनारायणा एक दई र दुई बहिनी पछि सबैभन्दा सानो थिए। विद्यालयका कालमै उनका अचानक परिर्वतन भयो र उनी धेरै धार्मिक बने। चौधै वर्षमा उनले शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए। उनको विश्वका बाटो विराएकाहरुलाई बाटो देखाउन नयाँ अवतार लिएको घोषणा गरे।

भजन कीर्तन गर्ने एक किशोरबाट उनी विस्तारै विस्तारै आध्यात्मिक गुरुको रुपमा प्रसिद्ध हुन थाले। टाढा टाढाबाट मानिस उनको दर्शनका लागि आउन थाले।
सन् १९५० सम्ममा उनी यति प्रभाव विस्तार भैरहेको थियो की पुट्टपर्तिमा उनले प्रशान्ति निलयम बनाएका थिए। हावामा हात घुमाएर विभूतिदेखि बहुमूल्य आभुषण र महंगा घडीहरु उत्पन्न गर्न सक्ने चमत्कारको कुरा हुन थाल्यो त्यसपछि उनका भक्तको संख्या झनै बढ्न थाल्यो।

भारत मात्रै होइन विश्वभरका मानिस उनका आश्रय स्थलमा पुग्न थाले। आफ्नो जीवनका एउटा पटक मात्रै विदेश भ्रमण गरे त्यो पनि अफ्रिकी देश युगान्डाको।
भक्तजनहरुले उनलाई भगवान भनेर बोलाउन थाले। प्रभाव र शक्तिको साथसाथै उनका समाग्रीहरु पनि बढ्न थाले। उनका ट्रस्टमा कति सम्पत्ति छ भने अनुमान पनि लगाउन गाह्रो छ। उनले देश विदेशमा धेरै आध्यात्मिक केन्द्र स्थापना गरे। क्याम्पस र विद्यालय खोले तर त्यसमा सबैभन्दा ठूलो काम उनले २ खर्ब भारतीय रुपैया खर्च गरेर सुख्खा प्रभावित अनन्तपुर जिल्लामा पानीको योजना सञ्चालन गरे।

पुट्टपति नगरमा उनले एउटा विश्वविद्यालय, गरिबलाई निःशुल्क उपचार गराउनका लागि एउटा आधुनिक अस्पताल, विमानस्थल र रंगशाला बनाएका छन्। यतिका काम गरेपनि उनी विवाद र आलोचना भन्दा पर रहन सकेनन्। बुद्धिजिवीहरुले उनलाई ढोगी भएको र मानिसलाई बेवकुफ बनाएको आरोप लगाएका थिए भने विदेशी भक्तले उनी समलैगी भएको र बालकहरुसँग यौन दुराचार गर्ने आरोप लगाए। यस्तो आरोप भारतीय सञ्चार माध्यममा पटक पटक आए।

त्यस मध्ये दुई वटा घटनाले ठूलो खैलाबैला मच्चाएको थियो। हैदराबादका एउटा समारोहमा उनले हावामा हात हल्लाएर सुनका सिक्री निकाले र भक्तहरुलाई देखाए। तर पछि त्यो भिडियो हेर्दा के कुरा देखियो भने टाउकोबाट निकाल्दै गरेको देखियो। यो घटना पछि धेरै बुद्धिजिवीहरुले उनलाई पहलो बस्त्र हटाएर आम मानिसले जस्तो लुगा लगाएका चमत्कर गर्न चुनौती दिए। एक पटक बंगालका प्रसिद्ध जादुगर पि सी सरकारले साई बाबासँग प्रतिस्पर्धा गर्दा हातको जादु देखाए। सो स्थानमा बाबाले बहुमूल्य घडी निकालेको दावी गरेको थिए त्यहीबाट सरकारले रसवरी निकाले। त्यसपछि त्यहाँ खल्लाखल्ला मच्चियो। साई बाबाका कर्मचारीले सरकारलाई बाहिर निकाले।
त्यसको केही समय पछि चार युवक प्रशान्ति निलयमका सुरक्षाकर्मीद्वारा मारिए। आश्रमका अधिकारीहरुले ती युवकले साई बाबाको शयन कक्षमा प्रवेश गरी उनलाई मार्ने कोसिस गरेको बताए। त्यस घटनामा पनि धेरै प्रकाकार अफवाह सार्वजनिक भयो तर साँचो कुरा कहिले पनि बाहिर आएन्।
साई बाबाको निधनको खबरपछि अन्तिम श्रद्धाञ्जलिका लागि एकत्रित भीड। तस्बिरः रोयटर्स

यस प्रकारको घटना कुनै अन्य गुरुकोमा हुन्थ्यो भने त्यसका अस्तित्वमाथि खतरा उत्पन्न हुनसक्थ्यो। तर जुन धर्मगुरुका भक्त मन्त्री छन्। त्यसैले उनलाई केही भएन। साइ बाबाको प्रभाव कति धेरै छ भन्ने कुरा एउटा कुराले प्रस्टाउनछ। किनभने उनका नक्कल गर्ने धेरै मानिस सफल भए। उनी जिवितै हुँदा साई बाबाका जस्तो 'बाला साई बाबा' निकै लोकप्रिय रहे। अहिले सबैको मानमा एउटा प्रश्न उठेको छ। साइ बाबाको स्थान कसले लिन्छ भन्नेर। खर्बौ रुपैया सम्पत्ति कसले प्राप्त गर्छ। साइ बाबाको स्वर्गिय भइसकेका भाइ जानकीरामका छोरा रत्नाकारको ट्रस्टमा निकै प्रभाव रहेको छ। तर रत्नाकर उत्ताराधिकारी बने अघि आए भने साइ बाबाका समुदायमा फुट पनि आउनेछ।
साई बाबाले उनका उत्तराधिकारीले कर्नाटक राज्यका मन्डिया जिल्लामा प्रेम साईको रुपमा जन्म लिने घोषणा गरेका छन्। उनले यस्तो भविष्यवाणी गरेको ५० वर्षभन्दा बढी भैसकेको छ तर अहिलेसम्म त्यस्तो देखिएको छैन। शिर्डीका जोगी साई बाबाले सन् १९१८ मा आफ्नो मृत्यु हुनुभन्दा अघि भविष्यवाणी गर्दै उनको उत्तराधिकारी मद्रास प्रेसिडेन्सीमा जन्मने बताएका थिए। अनन्तपुर जिल्ला त्यस समयमा मद्रासको एउटा अंशको रुपमा रहेको थिए।

एउटा अर्को कुरा शिर्डीको साई बाबा गरिबीमै जन्मे र गरिबी रहेर सेवा गरे। तर उनका उत्तराधिकारी अरबपति निस्के। (बीबीसी)