दाँतका डाक्टर र अर्थोकका डाक्टरबीच अहिले शीतयुद्ध चर्किएको छ। सोझो अर्थमा बुझ्ने हो भने यो विवाद दाँतका डाक्टरले खुट्टाको बिरामी हेर्न पाउने गरी पढ्न पाइने कि नपाइने भन्ने हो।
केयु (काठमाडौँ विश्वविद्यालय)ले दाँतका डाक्टरहरु (दन्त चिकित्साशास्त्रमा स्नातक पास बीडीएस गरेका डाक्टरहरु) का लागि छ महिने ब्रिजकोर्स गरेपछि एमडी र एमएस तहको अध्ययन गर्न पाइने घोषणा गर्यो। दाँतका डाक्टरहरुको यत्रो आँट भन्दै एमबीबीएस गरेका डाक्टरहरुले आन्दोलनै घोषणा गरे। पत्रिकामा विज्ञापनै छपाएर अब हामी चुप बस्नुहुन्न, आफ्नो व्यस्त जीवनबाट समय निकालेर विरोध गरौँ भनेर आह्वानै गरे। पत्रिकाका पाठक पत्रहरुमा पनि दुई पक्षबीच विवाद चर्किएको छ। दुवै पक्षको तर्क र विवाद हेर्नुस् र आफ्नो धारणा बताउनुस्।
१. बीडीएस (दन्त चिकित्सशास्त्रमा स्नातक तथा एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) मा अध्ययन गर्न विज्ञानको बायोलोजी लिई कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयले लिने प्रवेश परीक्षामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण हुनुपर्छ। यसबाट प्रस्ट हुन्छ, यी दुवै तह समान हुन्।
२. प्रवेश परीक्षापछिको अध्ययन अवधि बीडीएस तथा एमबीबीएसको अवधि नेपालमा साढे पाँच वर्षको हुन्छ जसमा यी दुवै कार्यक्रममा पहिलो र दोस्रो वर्षको आधारभूत चिकित्सा विज्ञानको पढाइ बराबरी हुन्छ। त्यसैले पनि बीडीएस र एमबीबीएस समान तहको पढाइ हो भन्ने बुझ्न जरुरी छ।
३. एमबीबीएसभन्दा बीडीएस गर्न सजिलो हुन्छ भन्ने कुरा काल्पनिक मात्र हो, जति गाह्रो एमबीबीएस छ त्यति नै गाह्रो बीडीएस छ। जति सजिलो एमबीबीएस छ त्यति नै सजिलोे बीडीएस छ। त्यसैले उत्तिकै सजिलो र उत्तिकै गाह्रो छ भन्ने हामीलाई लाग्छ।
४. बीडीएसभन्दा एमबीबीएस महँगो भएकै कारण एमबीबीएसलाई माथिल्लो तह मान्न सकिँदैन। बीडीएस सस्तो हुनाले दन्त स्वास्थ्यप्रति हेर्ने दृष्टिकोण, जनताको आयस्तर, यससम्बन्धी जनचेतनाको कमी आदि कारणले मात्र हो। अन्य विकसित पश्चिमा मुलुकमा चिकित्साशास्त्रको स्नातकभन्दा दन्त चिकित्साशास्त्रको स्नातक तहको अध्ययन महँगो छ।
५. डा. हरिहर वस्तीको पत्रमा कोही व्यक्तिलाई फरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रमा एमडी एमएस गर्नुपर्ने छ भने स्नातक तहमा एमबीबीएस गर्नुभन्दा बीडीएस गर्नु अत्यन्त सजिलो छ भनेर पैसा, समय र मेहनत सबै कम गरे पुग्छ भन्नु त्यति सान्दर्भिक छैन। अर्को बीडीएसले मात्र फरेन्सिक मेडिसिन पढ्नेमा सीमित हुन्छ भन्नु र हालसम्म बीडीएसभन्दा एमबीबीएस पढाउने बढी भएको र एमबीबीएस उत्तीर्ण चिकित्सकहरु १० गुणा बढी भए पनि आधारभूत चिकित्सा विज्ञानमा एमडी एमएस गर्नेको संख्या नबढ्नुले यो नै कारण हो भन्ने चिन्ता नलिँदा उपयुक्त हुन्छ।
६. बीडीएस गरेका दन्त चिकित्सकहरुले कहिल्यै स्त्रीरोग तथा जनरल सर्जरी सामान्य शल्यचिकित्सामा एमडी एमएस गर्ने भनेको कतै पाइँदैन। त्यसैले त्यस विषयमा चिन्ता लिनुपर्ने आवश्यकता छैन।
७. बीडीएस र एमबीबीएस बराबर अवधिको अध्ययन हो भन्ने भइसकेपछि आधारभूत चिकित्साशास्त्रमा स्नातकोत्तर गर्न छ महिनाको ब्रिज कोर्ससमेत गर्न पर्दैन। विश्वविद्यालयले यस विषयका दुई वटै बीडीएस र एमबीबीएसको पाठ्यक्रम हेरी ब्रिजकोर्सबिना प्रवेश गराउनुपर्छ भन्ने हामी सम्पूर्ण दन्त चिकित्सकको भावना हो। बीडीएसले छ महिने ब्रिजकोर्स गरी एमबीबीएस सरह हुन्छ भन्नु त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका सहप्रध्यापकज्यूको भ्रम मात्र हो।
यस विषयमा गहिरिएर नबुझी दन्त चिकित्सा स्नातकहरुको भावनामा चोट लाग्ने गरी भ्रामक सन्देश सम्प्रेषण नगर्न आग्रह गर्छौँ। बरु सम्बन्धित विषयका विज्ञहरु, सरोकारवालाहरु र विश्वविद्यालयसँग अन्तर्क्रिया गर्नु उपयुक्त ठान्छौँ।
डा. बुद्धिमान श्रेष्ठ
वरिष्ठ दन्त चिकित्सक
अध्यक्ष तथा कार्यकारी निर्देशक
कान्तिपुर डेन्टल कलेज
शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र
केयु (काठमाडौँ विश्वविद्यालय)ले दाँतका डाक्टरहरु (दन्त चिकित्साशास्त्रमा स्नातक पास बीडीएस गरेका डाक्टरहरु) का लागि छ महिने ब्रिजकोर्स गरेपछि एमडी र एमएस तहको अध्ययन गर्न पाइने घोषणा गर्यो। दाँतका डाक्टरहरुको यत्रो आँट भन्दै एमबीबीएस गरेका डाक्टरहरुले आन्दोलनै घोषणा गरे। पत्रिकामा विज्ञापनै छपाएर अब हामी चुप बस्नुहुन्न, आफ्नो व्यस्त जीवनबाट समय निकालेर विरोध गरौँ भनेर आह्वानै गरे। पत्रिकाका पाठक पत्रहरुमा पनि दुई पक्षबीच विवाद चर्किएको छ। दुवै पक्षको तर्क र विवाद हेर्नुस् र आफ्नो धारणा बताउनुस्।
छ महिने ब्रिजकोर्स अनुपयुक्त
हालै काठमाडौँ विश्वविद्यालयले दन्त चिकित्सकहरुलाई (दन्त चिकित्साशास्त्रमा स्नातक उत्तीर्ण चिकित्सकहरु) एमबीबीएस सरह मान्यता दिलाउन छ महिने ब्रिजकोर्स सुरु गरेको छ। उक्त ब्रिजकोर्सपछि केही विषयमा एमडी र एमएस तहको अध्ययनका निम्ति उहाँहरू योग्य भनिएको छ। यस निर्णयले चिकित्साशास्त्रसँग सम्बन्धित सम्पूर्ण व्यक्तिमा एक किसिमको अन्योलको सिर्जना भएको छ। यस्तो निर्णयले कोही खुसी होलान्, कोही दुःखी। काठमाडाँै विश्वविद्यालयले यस निर्णयबाट पर्ने दीर्घकालीन असरलाई भने गम्भीरपूर्वक विश्लेषण गर्नु आवश्यक छ। एमबीबीएस र बीडीएस दुई भिन्न स्नातक तह हुन् र दुवैको आ–आफ्नै किसिमले विशिष्ट महत्व छ। विश्वभरि नै एमडी र एमएस गर्न एमबीबीएस स्नातक तहको योग्यता पूरा भएको हुनुपर्छ। यो विश्वव्यापी मान्यता लत्याएर काठमाडौँ विश्वविद्यालयले गरेको अदूरदर्शी र अवैज्ञानिक निर्णयले गम्भीर परिस्थिति सिर्जना गरेको छ। निम्न कारणले निर्णय उचित छैन : –
१. छ महिने ब्रिजकोर्स गरेर दन्त चिकित्सकहरुले एमबीबीएससरह मान्यता पाउने र आधारभूत चिकित्साशास्त्रअन्तर्गत विषयमा एमडी, एमएस गर्न पाउने भनी काठमाडौँ विश्वविद्यालयले निर्णय गरेको छ। छ महिना ब्रिजकोर्स गरेपछि दन्त चिकित्सकहरू एमबीबीएससरह हुने भए मेडिसिन, सर्जरीलगायत अरु सबै विषयमा पनि प्रावधान स्वाभाविकरूपले स्थापित हुन्छ। आधारभूत चिकित्साशास्त्रमा एमडी, एमएस गर्न पाउने भए मेडिसिन सर्जरीलगायत अरु सबै विषयमा एमडी, एमएस किन गर्न नपाउने भन्ने स्पष्ट आधार विश्वविद्यालयले दिन सकेको छैन।
२. आधारभूत चिकित्साशास्त्र क्षेत्रमा दक्ष स्वदेशी जनशक्तिको अभावलाई मूल कारण दर्शाउँदै विश्वविद्यालयले उक्त निर्णय गरेको बुझिएको छ। आधारभूत चिकित्साशास्त्रमा मात्रै होइन सर्जरी स्त्रीरोगजस्ता विषयहरूको विशेषज्ञको पनि देशमा ठूलो अभाव छ। यस्ता विषयमा दक्ष जनशक्ति अभावकै कारण जिल्ला–जिल्लामा कयौँ नेपालीले ज्यान गुमाउनु परेको छ। अतः अभावलाई आधार बनाएर विश्वव्यापी मान्यताविपरीत निर्णय गर्नु उचित होइन।
३. दन्त चिकित्सकहरूले ब्रिजकोर्सपछि फोरेन्सिक मेडिसिन विषयमा पनि एमडी गर्न पाउने प्रावधान नेपालमा छ। कानुनीरूपमा पनि यो प्रावधान गलत छ किनकि दन्त चिकित्सकहरूले पोस्टमार्टमलगायत कानुनी चिकित्सासम्बन्धी काम गर्ने व्यवस्था नेपालमा छैन।
४. बीडीएस स्नातक तहको योग्यता भएको मानिसले एमडी, एमएस गर्न पाउने भए एमबीबीएस स्नातक तहको योग्यता भएको व्यक्तिले एमडीएस किन गर्न नपाउने? अनि आयुर्वेदिक स्नातक तहको योग्यता भएको मानिसले एमडी, एमएस गर्न किन नपाउने?
५. दन्त चिकित्साशास्त्रको उचित विकासका निम्ति हाम्रै देशमा दन्त चिकित्साशास्त्रमै स्नाकोत्तर (एमडिएस) गर्ने पर्याप्त अवसर सिर्जना गर्नु आवश्यक छ। यसमा ध्यान नदिई एउटा शैक्षिक पृष्ठभूमि भएको व्यक्तिलाई नितान्त भिन्न विषयमा स्नाकोत्तर गर्न पाउने निर्णय गर्नुले विश्वविद्यालयको नियतमाथि शंका उत्पन्न गराएको छ। तत्कालको आवश्यकता पूर्ति गर्ने बहानामा विश्वविद्यालयले गरेको यो अवैज्ञानिक निर्णय कार्यान्वयन भए यसले तत्कालै गम्भीर दुई अवस्था सिर्जना गर्नेछ। एक, मेडिकल शिक्षाको गुणस्तरमा यसले नकारात्मक असर गर्नेछ। बीडीएस र एमबीबीएस दुवै स्नातक तहको शैक्षिक विषयवस्तु धेरै नै फरक छ र एकको विकल्पमा अर्को हुन सक्दैन। त्यसैले एमबीबीएस तहको विद्यार्थीलाई अध्यापन गराउन सोही स्नातक पृष्ठभूमि भएको जनशक्ति आवश्यक पर्छ। दोस्रो, आफूले पढ्ने विषय बेग्लै शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले पनि पढ्न पाउने भएपछि यी विषयमा आउन चाहने एमबीबीएस स्नातक तह उत्तीर्ण चिकित्सकहरूको संख्या झनै घट्ने छ।
६. कोही व्यक्तिलाई फोरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रमा एमडी./एम.एस. गर्नुछ भने स्नातक तहमा एमबीबीएस गर्नुभन्दा बीडीएस गर्नु अत्यन्तै सजिलो हुन्छ। किनकि बीडीएस गर्न पैसा, समय र मिहेनत सबै कम खर्चे पुग्छ। अर्को शब्दमा भन्नुपर्दा फेरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रको एमडी, एमएस मुख्यतः बीडीएस स्नातक तह उत्तीर्ण विद्यार्थीले मात्र पढ्ने विषयमा सीमित हुन जानेछ।
बीपी कोइराला, स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बीडीएस तह उत्तीर्ण चिकित्सकहरूले फोरेन्सिक मेडिसिन र आधारभूत चिकित्साशास्त्रमा एमडी/एमएस गर्ने व्यवस्था सुरू भएको धेरै भइसक्यो। यो व्यवस्था गलत छ भन्ने निष्कर्षमा पुगेर प्रतिष्ठानले आउँदो वर्षदेखि यो शैक्षिक प्रावधान हटाउँदै छ। तर, प्रतिष्ठानको यो अनुपयुक्त शैक्षिक कार्यक्रमलाई नजिरको रुपमा लिँदै काठमाडौ विश्वविद्यालयले सुरु गर्न लागेको नजिरको रुपमा लिँदै काठमाडौ विश्वविद्यालयले सुरु गर्न लागेको त्यस्तै कदम अत्यन्तै निन्दनीय छ। नेपाल मेडिकल काउन्सिलले यसलाई तत्काल खारेज गरी यो शैक्षिक अराजकता तुरुन्त बन्द गर्न आवश्यक छ।
डा.हरिहर वस्ती
फरेन्सिक विशेषज्ञ
सहप्राध्यापक
चिकित्साशास्त्र अध्ययन संस्थान
महराजगञ्ज
माथिको कुरा गलत हो
“छ महिने ब्रिज कोर्स अनुपयुक्त” ले दन्त चिकित्सशास्त्रमा स्नातकहरु एमबीबीएस (चिकित्साशास्त्रमा स्नातकहरु) भन्दा तल्लो तहको भन्ने भ्रामक सन्देश सम्प्रेषण भएकामा हामीजस्ता तमाम दन्त चिकित्सशास्त्रमा स्नातक उत्तीर्ण दन्त चिकित्सकलाई चोट परेको छ।१. बीडीएस (दन्त चिकित्सशास्त्रमा स्नातक तथा एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) मा अध्ययन गर्न विज्ञानको बायोलोजी लिई कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयले लिने प्रवेश परीक्षामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण हुनुपर्छ। यसबाट प्रस्ट हुन्छ, यी दुवै तह समान हुन्।