Tuesday, April 19, 2011

मलाई प्रहार गरेर सरकार ढाल्ने षड्यन्त्र हुँदैछ : राज्यमन्त्री लामा - nagariknews

काठमाडौँ, वैशाख ७ (नागरिक)- पाँच वटा नाम प्रयोग गरी तीन वटा देशको नागरिक भएको आरोपमा विवादित अर्थ राज्यमन्त्री ल्हारक्याल लामाले आफूमाथि प्रहार गरेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
  न्युज२४ टेलिभिजनसित कुरा गर्दै लामाले आफ्नो मानहानी र चरित्र हत्या गर्ने काम पत्रकारहरुमार्फत् यिनै षड्यन्त्रकारीले गरेको जिकिर गरे। संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री झलनाथ खनाललाई बयान दिन बोलाएकोमा असन्तुष्टि व्यक्त गरे। ‘मलाई स्पष्टिकरण नलिई ठाडै प्रधानमन्त्रीलाई किन बयान लिन बोलाएको ?' उनले प्रश्न राखे।
‘तीन- तीन वर्ष सभासद हुँदा यो कुरा किन उठाइएन ?,' उनले प्रश्न गरे। मिडियामा आएका कुरा पुष्टि भए कानुन अनुसार सजाय भोग्न आफू तयार भएको उनले बताए।
ती कागजातमा आफ्नो फोटो नक्कली टाँस्सिएको र त्यसमा आफ्नो हस्ताक्षर र ल्याप्चे पनि नभएको दावी उनको थियो।