-रामहरि पाण्डे
काठमाडौं, २ कात्तिक । सामान्य आम्दानी भएका नेपालीहरूका लागि काठमाडौंमा घर ठड्याउनु ‘असामान्य’ कुराजस्तो भइसक्यो । तथापि, सरकारी कर्मचारी (जसको कागजी आम्दानी सामान्य नै लाग्छ) का लागि काठमाडौंमा घर मामुली हो ।
शाखा अधिकृत वा त्योभन्दा तल्लो तहका कर्मचारीले पनि काठमाडौंमा घर बनाउन भ्याएका छन् । झन् सचिवको त कुरै छाडौँ । काठमाडौंमा घर नभएका सचिव त टर्च बालेर खोज्दा पनि भेटिँदैन । अधिकांश सचिवको स्थायी घर विकट जिल्लामा रहेको पाइन्छ । तर, उनीहरूले राजधानीका महँगा स्थानमा घर बनाउन सफल भएका छन् । राजधानीमा घर हुनुलाई प्रतिष्ठाकै विषयसँग जोडिने भएकाले ऋण लिएर भए पनि घर बनाएको उनीहरू बताउँछन् ।
अधिकांश सचिवहरूले उपसचिव तथा सहसचिव पदमा रहँदा नै घर बनाएको बताए । उनीहरूमध्ये धेरैले भने, ‘अध्ययनका लागि विदेश जाँदा बचाएर ल्याएको पैसा र कर्मचारी सञ्चयकोषबाट ऋण लिएर घर बनाएको हुँ ।’ राजधानीको नयाँबानेश्वर, मैतीदेवी, बालकोट, कलंकी, बाफल, सामाखुसी, बल्खुलगायत स्थानमा सचिवहरूको घर छ । उनीहरूको घर दुईदेखि पाँच तलासम्मको छ ।
मुख्यसचिव लीलामणि पौडेलले धुम्वाराहीमा घर बनाएका छन् । ६ वर्ष लगाएर घर बनाएको पौडेलले सौर्यलाई जानकारी दिए । उनले भने, ‘३० लाखभन्दा बढी खर्च गरेर साढे दुई तलाको घर बनाएँ,’ गुल्मी स्थायी घर भएका मुख्यसचिव पौडेलले भने, ‘घरको पहिलो तला उठाउँदा सञ्चयकोषबाट ऋण लिएको थिएँ, पछि केही रकम संकलन गरेर तला थपेको हुँ ।’ उनले ०६४ सालमा घर बनाएका हुन् ।
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले मैतीदेवी मन्दिरपछाडि घर बनाएका छन् । उनको घर साढे तीन तलाको छ । कालो रंगको गेट भएको घर चाइनिज इँटाले बनेको छ । गुल्मीमा स्थायी घर भएका सचिव ज्ञवालीले छात्रवृत्तिमा पढ्न जाँदा बचाएर ल्याएको पैसाले घर बनाएको बताए । मैतीदेवीमा घर बनाएको १०/१२ वर्ष भएको जानकारी गराउँदै उनले थपे, ‘नपुग पैसा आºनो तलब र यताउताबाट मिलाइयो ।’
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव धु्रवकुमार शर्माको घर धापासीमा छ । दुई तलाको घर ११/१२ वर्षअघि नै बनाएको उनले बताए । पुरानो जग्गा बेचेर तथा स्कलरसिपमा बेलायत पढ्न जाँदा बचाएको पैसाले घर बनाएको शर्माको भनाइ छ । उनले भने, ‘निकै दु:ख गरेर राजधानीमा घर बनाएँ, त्यो सम्झेर आउँदा अहिले कहाली लाग्छ ।’
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले बल्खुमा घर बनाएका छन् । उनको घर साढे दुई तलाको छ । कुमारी क्लबनजिक रहेको घरको गेटमा अम्बिका घिमिरे निवास लेखिएको छ । अम्बिका सचिव घिमिरेकी पत्नी हुन् । अर्घाखाँचीमा स्थायी घर भएका घिमिरेले संयुक्त राष्ट्रसंघमा जागिर खाँदा राम्रै पैसा कमाएको र श्रीमतीको पनि जागिर भएकाले घर बनाउन सजिलो भएको बताए । ०५४/५५ सालमा घर बनाएको जानकारी दिँदै घिमिरेले थपे, ‘त्यसमा नपुग पैसा कर्मचारी सञ्चयकोषबाट ऋण लिएको थिएँ ।’
गृहसचिव नवीनकुमार घिमिरेले गौशालामा घर बनाएका छन् । हिमालय विद्यामन्दिरनजिक रहेको घिमिरेको घर साढे दुई तलाको छ । पुख्र्यौली घर झापा रहेका सचिव घिमिरेले भने ०४८/४९ सालमा काठमाडौंमा घर बनाएका हुन् । ‘निकै अघि घर बनाएकाले त्यतिबेला भोगेको सुख–दु:खका क्षण सम्झन सकिनँ,’ उनले भने । कर्मचारी सञ्चयकोष तथा परिवारका अन्य सदस्यबाट ऋण लिएर घर बनाएको घिमिरे बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमको घर मीनभवनमा छ । मीनभवन क्याम्पस आरोलोबाट केही तल रहेको साढे तीन तलाको घर सचिव गौतमको हो । पहेँलो रंग पोतिएको घर त्यस क्षेत्रकै आकर्षित घरका रूपमा लिइन्छ । सचिव गौतमले भने, ‘मैले घर बनाएको २० वर्षभन्दा बढी भइसक्यो । त्यतिबेला घर बनाउँदा जग्गा, बालुवा, इँटा सबै निकै सस्तो थियो ।’ त्यतिबेला काभ्रेमा रहेको पहाडको जग्गा–जमिन बेचेर यहाँ घर बनाएको उनको भनाइ छ । गौतमले भने, ‘पहिलो जग्गा निकै सस्तो थियो, जग्गाको भाउ बढेको धेरै भएको छैन ।’
लोकसेवा आयोगका सचिव नाथुप्रसाद चौधरीले बालकोटमा सानदार घर बनाएका छन् । दक्षिण मोहडा फर्काएर बनाएको घर साढे तीन तलाको भए पनि छिमेकीको भन्दा निकै ठूलो रहेको सचिव चौधरीकी पत्नीले बताइन् । उनले सौर्यसँग भनिन्, ‘हाम्रो सेतो रंगको घर छ, छिमेकीको भन्दा निकै राम्रो र ठूलो पनि छ ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शीतलबाबु रेग्मीले भने कालिकास्थान नजिक बरको रूखभन्दा केही अगाडि बनाएका छन् । सचिव रेग्मीले साढे तीन तलाको घरमा पहेँलो रंग लगाएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद नेपालको घर नयाँबानेश्वरको कात्यायनी मन्दिर नजिक छ । पाल्पा स्थायी घर भएका नेपालले तीन तलाको घर बनाएका छन् । पार्किङ सुविधासहितको घर बनाए पनि उनले घरमा रंग–रोगन भने गरेका छैनन् ।
श्रम तथ रोजगार मन्त्रालयका सचिव सोमलाल सुवेदीले कलंकी मन्दिरनजिक घर बनाएका छन् । तीन तलाको भव्य घरमा क्रिम कलर पोतिएको छ । कास्की स्थायी घर भएका सचिव सुवेदीले सञ्चयकोषबाट ऋण लिएर ०५८ सालमा बनाएको बताए । उनले सौर्यसँग भने, ‘म अझै घर बनाउँदा लिएको ऋण तिर्दै छु ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव जयमुकुन्द खनालको घर राजधानीको भिआइपी क्षेत्रका रूपमा चिनिने बालुवाटारमा छ । हरियो रंगको साढे तीनतले घर सो क्षेत्रको नमुनाकै रूपमा लिने गरिन्छ । सचिव खनालले भने बालुवाटारमा रहेको घर आफूले बनाएको नभई बाबाले बनाएको बताए । उनले भने, ‘मैले आफैँले घर बनाएको छैन, म पैतृक घरमा बसिरहेको छु ।’
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले पनि कलंकीस्थित मन्दिरनजिक घर बनाएका छन् । बिपी मार्गमा उनको क्रिम कलरको तीनतले घर छ । बैतडी स्थायी घर भएका सचिव जोशीले ०५१ सालमै घर बनाएको बताए । उनले भने, ‘अध्ययनका लागि विदेशमा रहँदा कमाएको पैसाले बनाएको हुँ ।’ त्यसमा नपुग पैसा सञ्चयकोषबाट ऋण लिएको उनले जानकारी गराए । गत २३ असोजमा अवकाश लिएका महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बालानन्द पौडेलको घर पनि त्यहीँ छ ।
ऊर्जा आयोगका सचिव विश्वप्रकाश पण्डितले कलंकीको अंकित कोलोनीमा घर बनाएका छन् । उनको घर पनि साढे तीन तलाको छ । तर, पण्डितले श्रीमती र भाइले संयुक्त रूपमा घर बनाएको बताए । ‘सरकारी सेवामा प्रवेश गर्दा नै बाबाले घुुस नखानू भनेकाले आजसम्म घुस खाएको छैन,’ सचिव पण्डितले भने, ‘यो सबै परिवारका सदस्यहरूले गरेको व्यापार व्यवसायको कमाइले जोडेको सम्पत्ति हो ।’
शिक्षासचिव सुरेशमान श्रेष्ठले सामाखुसी र रानीबारीको चोकमा पाँच तलाको भव्य घर बनाएका छन् । हरियो रंग लगाइएको सो घर त्यस क्षेत्रकै सबैभन्दा ठूलो घर हो । लमजुङ स्थायी घर भएका सचिव श्रेष्ठले आफूले नभई बुबाले घर बनाएको दाबी गरे । उनले भने, ‘पर्सनल कुरा सोध्नु राम्रो होइन, त्यसैले नसोध्दा नै उत्तम हुन्छ ।’
रक्षासचिव तिलकराम शर्माले धापासीस्थित त्रियोग विद्यालयनजिक घर बनाएका छन् । शिव कोलोनीमा रहेको घरमा सचिव शर्माले ग्रे र रातो रंग लगाएका छन् भने झ्यालमा कालो । उनले पनि गुल्मीमा रहेको जमिन बेचेर तथा सञ्चयकोषबाट ऋण लिएर घर बनाएको बताए । सचिव शर्माले भने, ‘१५/१६ वर्षअघि ऋण–धन गरेर घर नबनाएको भए अहिले निकै बिजोग हुनेरहेछ ।’
सामान्य प्रशासन सचिव दुर्गानिधि शर्माको घर बानेश्वरस्थित कात्यायनी चोकनजिक छ । साढे दुई तलाको घरमा रंग–रोगन भने गरिएको छैन । शर्माले आºनो स्थायी घर नै राजधानी भएको बताए । निर्वाचन आयोगका सचिव ज्ञानदर्शन उदासको भने कुलेश्वरमा घर छ । उनको घर पनि आकर्षक छ । पहाड घर भोजपुर भएका सचिव उदासले गाउँको जग्गा बेचेर राजधानीमा घर बनाएको बताए । उनले भने, ‘घर बनाउँदाको ऋण निकै पछि मात्र चुक्ता गरेँ ।’ सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव धनबहादुर तामाङले मीनभवन गेटभित्र घर बनाएका छन् । मिलिजुली चोकअघि रहेको उनको घर साढे दुई तलाको छ । सचिव तामाङले पनि काभ्रेमा रहेको जमिन बेचेर राजधानीमा घर बनाएको बताए । उनले भने, ‘यो मेरो निजी कुरा हो, यसबारे केही बताउँदिनँ ।’
त्यस्तै, ऊर्जासचिव हरिराम कोइरालाले बाफलमा घर बनाएका छन् । रातो रंगको चारतले ठूलो घरमा कोइराला सपरिवार बस्दै आएका छन् । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाको घर बल्खुमा छ । बल्खु बसपार्कअघि रहेको उनको घर सानो भए पनि आकर्षक देखिन्छ । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले भने नख्खुमा घर बनाएका छन् । साढे दुई तलाको सो घरमा नीलो र रातो रंग लगाइएको छ ।