म
परिवारको कान्छो छोरो । खोटाङमा जन्मिएको हुं । बच्चैदेखि जिन्दगीमा केही
गरेर मात्र मर्नुपर्छ भन्ने थियो । माया भनेको के हो थाहै थिएन । गाउँ
जाँदा दाजुहरूले ‘तेरो गर्लफ्रेन्ड छ ?’ भनेर सोध्नुहुन्थ्यो । प्रश्न
सुनेर मलाई अचम्म लाग्थ्यो । जवानीमा स्याल पनि घोर्ले हुन्छ भनेजस्तै म
पनि एकदमै क्युट थिएँ रे † तर, २०४८ सालताका एसएलसी सकेर काठमाडौं आएपछि
पनि कसैसँग लभ परेन । जति पनि केटी थिए, सबै साथी मात्रै थिए । कलेजका
केटीसाथीहरू घुम्न जान आग्रह त गरिरहेका हुन्थे तर ठाडै अस्वीकार गरिदिन्थे
। यस हिसाबमा म कलेजमा पनि अलि छुट्टै किसिमको विद्यार्थीका रूपमा
चिनिन्थेँ ।
अध्ययन गर्दागर्दै ख्यालख्यालमै चलचित्र क्षेत्रमा लागिएछ । यसै क्षेत्रमा सक्रिय भइयो । थुप्रै नायिकासँग चिनजान भो । म अर्कै स्वभावको मान्छे भएकाले होला, नायिकाहरूलाई कहिल्यै केही पर्पोज गरिन । सबै महिलालाई दिदीबहिनीका रूपमा हेर्थे । चलचित्रमा स्थान देओस् भन्ने सोचले होला, केही नायिकाले माया तथा विवाहको प्रस्ताव राखेका थिए । नढाँटी भन्नुपर्दा ती कुनै प्रस्ताव स्वीकार गरिनँ । नेपाली चलचित्र क्षेत्रको एउटा नराम्रो ट्रेन्ड– केही नायिकाहरू निर्माता, कलाकार र निर्देशकसँग नकारात्मक सम्झौता गर्न खोज्छन् ।
भोगाइहरूसँगै मान्छेको जिन्दगीले पनि अनेकौ मोड समाउँदो रहेछ । त्यस्तै मोडले एउटा संयोग जुरायो । जुन मैले कल्पनै गरेको थिइनँ । त्यही संयोगले सत्यकला (गायिका सत्यकला राई) सँग मेरो भेट भयो । जीवनले नयाँ मोड लियो ।
करिब १०–१२ वर्षपहिलाको कुरा हो, खोटाङ जिल्लामा बाढीपहिरोले जनधनको क्षति पुर्याएको थियो । हामी खोटाङे कलाकारहरू राहत संकलनमा जुटेका थियौँ । त्यही बेला हाम्रो भेट भयो, सामान्य परिचयपछि फोन नम्बर पनि साटासाट भयो । पहिले मैले नै फोन गरेको थिएँ उनलाई । कहिलेकाहिँ भेटघाट हुन्थ्यो । हाईहेल्लोको साइनो मात्र थियो । उनी विवाहित थिइन् । मायाप्रेमबारे सोच्ने गुन्जायस पनि थिएन । न सामाजिक अधिकार थियो न त मर्यादाले नै दिन्थ्यो । विश्वास गरेर अरू नै कसैकी भइसकेकी थिइन् उनी ।
तर, उनी र मेरो भलो नचाहनेहरूले हाम्रो सम्बन्धलाई नकारात्मक अर्थ लगाउन थाले । नभएको आरोप लाग्यो । इन्टरनेटैमा बोलको म्युजिकभिडियोमा सँगै काम गरेका थियौँ । उनले म्युजिक भिडियो खेल्ने अफर गरेपछि गाउँले सम्झेर अभिनय गरेँ । मान्छेले हामीबारे शंका–उपशंका गरेछन् भन्ने अहिले फिल हुन्छ । यथार्थमा हामीबीच नराम्रो सम्बन्ध थिएन ।
विवाहित महिलासँग नवलले सम्वन्ध राख्यो भन्ने नचाहिँदो आरोप लागेको थियो । सोझै नाम जोडिन थालेपछि हामीबीचको सम्बन्धप्रति मेरो ध्यान जान थाल्यो । जीवनमा बिहे नै गर्दिनँ भन्ने सोच राखेर बसेको थिएँ । हुँदै नभएको कुरालाई जोडेर बदनाम हुन थालेपछि उनीप्रति दया लाग्दै आयो । एउटा राम्रो क्यारेक्टर भएकी नारीलाई मेरो नाम जोडेर अनेक थोक भनिँदा मलाई दु:ख लाग्यो । यिनै कुराले गर्दा उनको पहिलो सम्बन्ध पनि तोडियो ।
उनी एक्ली भइन् । मेरै नामसँग जोडिएका कारण कसैप्रति अन्याय भएको छ भने म कसरी आरामले बस्न सक्थेँ । छटपटी भइरह्यो । सोचँे– अब जीवनसंगिनी बनाएर उनलाई साथ दिन्छु । समय मिलाएर प्रस्ताव गरँे– ‘हामीबीच साथीको पवित्र सम्बन्ध मात्र हुँदाहुँदै पनि गर्लफ्रेन्ड र ब्वाईप्रेmन्डको आरोप लाग्दा आज तपाईं एक्लो हुनुभएको छ । अब, हामी साच्चिकै श्रीमान/श्रीमती बन्दा के होला ?’ उनले सोझै असम्भव रहेको बताइन् । आफू विवाहित भइसकेको, दाग लागेको मान्छे, म कुमार केटा भएकाले उनलाई हुँदैन जस्तो लागेको रहेछ । आफू परिवारलगायत विभिन्न कुरामा फिट नहुने भन्दै मलाई धेरै सम्झाएकी थिइन् । त्यो भावकुताभित्र मैले उनको महानता देखेँ । एउटी नारीमा हुनुपर्ने गुण देखेँ । झन् माया लागेर आयो । सोचेँ– मेरो लागि उनी नै उपयुक्त छिन् । परिवारले केही वर्ष त नमान्ला तर सत्य कुरा थाहा पाए पछि स्वीकार्नुहुन्छ भन्ने मनमनै अड्कल काटेँ । तर, उनी मान्न तयार थिइनन् । अन्तिमपल्ट भनेको थिएँ– ‘अब तपार्इंलाई जीवनभरी साथ दिनसक्ने उपयुक्त व्यक्ति सायद म नै हुँला भनेर मात्र प्रपोज गरेको हँु ।’ धेरै समय सोचिसकेपछि मात्र उनले मेरो प्रस्ताव ओके गरिन् ।
त्यसपछि हामीले विवाह गर्ने निधो गर्याँै । समाजको अगाडि झ्याइँ–झ्याइँ विवाह गरेर देखाउने स्थिति थिएन । हामी दुईमात्र कीर्तिपुरको एक शिव मन्दिरमा गएर विवाह गर्यौँ । उनलाई धर्मपत्नी मानेर भगवानको अगाडि कसम खाएर सिन्दुर लगाईदिएँ । काँचको चुरा जस्तै टुटेको मुटुले एउटा दरिलो सहारा भेट्दा उनीपनि त्यो दिन पक्कै खुसि थिइन् होला ।
परिवारको कान्छो छोरो । झ्याइँझ्याइँ बाजा बजाएर विवाह गराउने सोच बुबाआमाको थियो । चार वर्षअघिदेखि मलाई बिहेका लागि फोर्स गरिरहनुभएको थियो । उहाँहरूको सपना पूरा गराउन नसकेकोमा दु:ख पनि लागिरहेको थियो । तर, समाजकी एउटी असल मान्छेलाई सम्हाल्न पाउँदा आनन्द महसुस पनि भइरहेको थियो ।
केही समयको अन्तरालपछि सत्य कुरा बुझेर होला, आमाले सबैभन्दा पहिला हाम्रो सम्बन्धलाई एक्सेप्ट गर्नुभयो । पुरानो विचारधारा भएकी आमाले जे गरिस् छोरा, ठीक गरिस् तैले भन्नुभएको अहिले पनि सम्झन्छु । आमाले निर्धक्कसाथ बुहारी लिएर घर आउनु भन्नुभयो । त्यस बेला हाम्री छोरी पनि जन्मिसकेकी थिइन् । छोरी जन्मिएको तिन–चार महिनासम्म कसैलाई थाहा थिएन । छोरी नादिया १८ महिनाकी भइसकिन् । छोरी ६ महिनाकी भएपछि अहिलेको घर विराटनगर गएर परिवारका साथ पास्नी गर्याँै । पास्नीमा पनि सीमित आफन्त बोलाएका थियाँै, बाबाआमाको आशीर्वाद पनि थाप्न गयौँ ।
आज आएर बुबाआमासँग मेरो हप्तामा एक–दुई पटक मात्रै कुरा हुन्छ होला । बरु मेरी श्रीमतीसँगचाहिँ उहाँहरूको दिनमै तीनपटक फोनमा कुराकानी हुन्छ । परिवारको कान्छो छोरो म भए पनि मेरा बाबाआमाका लागि उनी नै बढी प्यारो छिन् । हाम्रो सम्वन्ध यति धेरै सुमधुर होला भन्ने सोचेकै थिइनँ । सोचेको थिएँ– यति सजिलो नहोला, धेरै अप्ठ्यारा आउलान् ।
यसो भन्दैमा हामीबीच कहिलेकाहिँ यसो भनाभन पनि नपर्ने भने होइन । म कामले कताकता हुन्छु, खानपिनको ठेगान हँुदैन, काम गर्दागर्दै ढिलो हुन्छ । उनी यी सबै कुरामा ध्यान दिएर बस्छिन् । मैले यी कुरामा ध्यान नदिँदा उनी रिसाउँछिन् । तर, म उनलाई फकाइहाल्छु । मेरो फकाउने शैली पनि एकदमै राम्रो छ रे, उनी भन्छिन् । यस हिसावमा हाम्रो सम्बन्ध एकदमै सफल भएको ठान्छु । छोरी भएपछि आत्मीयता अझ बढेको छ । बेलाबेलामा घुम्न निस्कन्छौँ । सँगै बसेर विगत सम्झन्छौँ अनि खुसीका आँसु पनि झार्छौं बेलाबखत । त्यो आँसु छोरीले पुछिदिन्छिन् । अझ सफल जोडी भएझैँ लाग्छ हामीलाई ।
बच्चा सानै भएकाले गीतसंगीतमा ध्यान दिन पाइरहेकी थिइनन्, ग्याप भयो । अब, केही समयपछि उनको सोलो एल्बम बजारमा ल्याउने तरखर मिलाउँदै छौँ । गीत रेकर्डिङ भइरहेछन् । मैले बुझेअनुसार उनी आपैँm विद्वान् छिन् अनि व्यावहारिक पनि । मभन्दा बढी बुझ्न सक्छिन् । म अहिले जुन अवस्थामा छु, त्यसका पछाडि पहिला त मेरो बुबाआमाकै हात छ । पछिल्लो समयमा जुन सफलता पाएको छु, त्यसमा चाहिँ मेरी श्रीमतीको पनि हात छ ।
वास्तवमा जीवनमा सोच्दै नसोचेको घटनाको संयोगले उनी र मलाई एक गराइदियो । मैले विवाहित महिलाका रूपमा आदर एवम् पवित्र मित्रताको नजरले हेरेकी तिनै महिला मेरो जीवनको भरोसा भएकी छिन् । हाम्रो सम्बन्धलाई बुझेर समाजका व्यक्तिले सिक्नुपर्छजस्तो लाग्छ । विभिन्न कारणले एकल महिला भएर अपमानित हुन पुगेकाहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ । अब आएर पनि कसैले हाम्रो सम्बन्धबारे नकारात्मक टिकाटिप्पणी गर्छ भने त्यो उसको मूर्खता मात्रै हो । त्यसो त हामीलाई केही फरक पर्नेवाला छैन पनि । जति हामीले एकअर्कालाई बुझेका छाँैं, अरू कसैले बुझेको छैन । अन्त्यमा, मेरी प्यारी श्रीमतीलाई भन्न चाहन्छु– ‘सँधैभरी यसै गरी साथ दिइरहनु है † ‘आई लव यु बूढी †’
प्रस्तुति : विशाल राई