हुनत मेमोरी कार्ड तथा पेनड्राइभ लगायतका
सजिला स्टोरेज डिभाइसहरुका कारण सिडी अर्थात् कम्प्याक्ट डिस्कको प्रयोग कम
भैरहेको छ । तरपनि सिडीलाई कुनैपनि डाटा संग्रह गरेर सुरक्षित राख्ने
भरपर्दो साधनका रुपमा लिइन्छ ।
मुल्यमा सस्तो तथा काममा भरपर्दो मानिने
सिडीमा राखिएका डाटा तबसम्म सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ ।
तर जब सिडी स्क्र्याच हुन्छ यसमा भएका डाटा नष्ट हुने वा सिडी नै नचल्ने
सम्भावना हुन्छ । के तपाइँ लाई पनि यस्तै समस्या परेको छ ।
निकै महत्वपूर्ण डकुमेन्ट रहेको सिडी
स्क्र्याच भएर कम्प्युटरमा हाल्दा नचलेपछि निरास हुनुभएको छ ? यदि हो भने
अब तपाइँले केही हदसम्म खुसीको सास फेर्न सक्नुहुन्छ र तपाइँको सिडी धेरै
बिग्रिसकेको छैन भने अलीअली स्क्र्याच हुँदैमा डराउनुपर्दैन यहाँ भने
बमोजिम गर्नुभयो भने हल्का स्क्र्याच मर्मत हुन्छ र तपाइँको सिडी
पहिलेजस्तै गरी चल्छ । यसको लागि निम्न उपाय अपनाउनर्ुपर्छ ः
- सबैभन्दा पहिले स्क्र्याच भएको सिडीलाई साबुन पानीले राम्ररी सफा गर्नुहोस् ता की त्यसमा लागेको सबै धुलोमैलो पखालियोस् ।
- त्यसपछि सफा नरम कपडाले सिडीलाई विस्तारै पुछ्नुहोस् ।
- अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेष्ट लगाउनुहोस् । टुटपेष्टको लेपन सिडीको सबै भागमा विस्तारै लगाउनुहोस् ।
- टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै राख्नुहोस् ।
- त्यसपछि धारामा लगेर सिडीलाई राम्ररी पखाल्नुहोस्, यसरी पखाल्दा सिडीमा लगाइएको सबै टुथपेष्ट सबै पखालिनुपर्छ ।
- यसो गर्दा तपाइँको सिडीको स्क्र्याच हट्छ र तपाइँले सिडीलाई फेरी पहिलेकै अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ ।