गैर व्यवसायिक लगानीकर्ताका लागि ‘केमा लगानी गर्ने’ र ‘कहिले लगानी गर्ने’ जस्ता विषय महत्वपूर्ण हुन्छन् । बजारमा धेरै उतारचढाव भैरहेको बेला भर्खर लगानी गर्नेका लागि उपयुक्त हुदैन । बुलिस र बियरिस बजार दुवै लगानी सुरु गर्ने समय हुन तर त्यसको जोखिम पनि हेर्नै पर्छ । बार्टोन बिग्सले बुलिस बजारका बारेमा भनेका छन्, ‘बुलिस बजार सेक्स गरे जस्तै हो । यो अन्त्य हुनुभन्दा अगाडि चरमोत्कर्षमा हुन्छ ।’ समय निर्धारण गर्न नसक्दा सेयर बजारको लगानी जोखिममा पर्न सक्छ
---
मेरो लगानीबाट फाइदा नै हुन्छ, घाटा हुँदैन भन्ने निर्णय गर्न मलाई विशेष ज्ञान र बुद्धिको आवश्यकता परेन । कहिले काहीं बालीनाली खराब भैदिंदा म दिक्क भने भएँ । त्यो भएर के भो र ? केही राम्रा वर्ष पनि आए, तसर्थ ममा जग्गा बिक्री गर्ने दवाव कहिल्यै भएन । अहिले २८ वर्ष भयो, त्यो जग्गाको आम्दानी तीन गुणा बढेको छ, यो आम्दानी मैले जग्गामा हालेको पैसाको पाँच गुणा हो । मलाई अहिले पनि कसरी खेतीपाती गर्ने थाहा छैन, मैले हालै दोस्रोपटक त्यो फार्मको भ्रमण गरेको हुँ
---
लगानीबाट सन्तोषजनक फाइदा पाउन तपाई विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन् । यदि तपाई विशेषज्ञ होइन भने, तपाईलाई आफ्नो सीमा र उपयुक्त बाटोका बारेमा थाहा हुनुपर्छ । कुनै पनि कुरालाई सहजरुपमा लिनुपर्छ र मनको लड्डु घिउसँग खाने काम गर्नु हुदैन । कसैले तत्काल नाफा दिन्छु भन्छ भने सँधै भन्नुस, मलाई तत्काल धनी हुनु छैन् ।
---
लगानीकर्ताका लागि निरन्तर परिर्वतन भैरहने सेयर सुचकांकका आधार आफ्नो लगानीको अवस्था थाहा पाउनु लाभदायक नै हुन सक्छ, केही लगानीकर्तामा यस्तो देखिएको पनि छ । यो कुरा मेरो फार्म नजिकको कुनै सन्काहाले मेरो जग्गाको मूल्य दिन दिनै फलाके जस्तै हो । उसले मेरो जग्गा पनि किन्दैन र आफ्नो पनि बेच्दैन । यो सबै कुरा उसको दिमागी हालतमा भरपर्छ । यस्तो व्यवहारबाट कसरी संसारको परिर्वतन सम्भव छ ?
---
यो लेख विश्वकै धनाढ्य वारेन बफेटले आफ्ना लगानीकर्ता (सेयरहेल्डर्स) लाई सम्बोधन गर्दै लेखेका हुन् । लेखमा बफेटले आफूले किनेका केही रियल स्टेटको प्रसंग उदृत गर्दै स्थिर सम्पत्तिमा लगानी गर्दाको अनुभव व्यक्त गरेका छन् । सबैभन्दा ठूलो उनले सेयर बजारमा कहिले र कसरी लगानी गर्ने भन्ने टिप्स लगानीकर्तालाई दिएका छन् । वर्कसायर हाथवेका प्रमुख कार्यकारी अधिकृत बफेटले यो लेखमा आफ्नो सेयर लगानीको सुत्र पस्किएका छन् । फेब्रुअरी २४ मा लेखेको यो पत्र फर्चुन पत्रिकाको १७ मार्च २०१४ को अंकमा प्रकाशित हुदैछ ।
लगानी व्यवसायिक हुन सक्यो भने त्यो नै बुद्धिमत्तापूर्ण लगानी हो: बेन्जामिन ग्राहम, दि इन्टेलिजेन्ट इन्भेस्टर
यो लेख सुरु गर्दा बेन्जामिन ग्राहमको महानवाणी उदृत गर्नु आवश्यक देखें किनकी मैले लगानीका धेरै विषय उनीबाट सिकेको हुँ । म बेनका बारेमा केही समयपछि कुरा गर्नेछु, तर अहिले साधारण सेयरका बारेमा केही भन्न चाहन्छु । अहिले मैले केही वर्ष अगाडि गरेका केही गैरसेयर लगानीका बारेमा मलाई बोल्ने अनुमति दिनुहोस् । ती लगानीले मेरो कुल सम्पत्तिमा कुनै फरक पारेनन्, केवल लाभदायी मात्र बनि रहे ।
यो कथा नेब्रस्काबाट सुरु भयो । सन् १९७३ देखि सन् १९८१ सम्म मध्यपश्चिममा जमिनको मूल्य निकै बढ्यो । यसको कारण थियो, बढ्दो मुद्रास्फिती र बैंकहरुको अत्याधिक लगानी नीति । त्यसपछि जग्गाको मूल्य एक्कासि झर्यो, बेलुन फुटे जस्तै गरी । जग्गाको मूल्य ५० प्रतिशत वा त्योभन्दा बढी तल झर्दा किसान र घरजग्गाका लगानीकर्ता पनि तहसनहस भए । हालैको महान मन्दीभन्दा पाँच गुण बढी । आईओवा र नेब्रस्कामा बैंकहरु पनि डुबे ।
सन् १९८६ मा मैले चार सय एकड जमिन एफडिआईसिको ऋणमा ओमाहाभन्दा ५० माईल उत्तरमा किने । यसको लागि मैले दुई लाख ८० हजार अमेरिकी डलर चुक्ता गर्नु पर्यो, यो मूल्य केही वर्ष अगाडि असफल भएका बैंकले ऋण दिएको भन्दा तुलनात्मकरुपमा कम थियो । मलाई फार्म कसरी चलाउने भन्ने थाहा थिएन् । तर, मेरो छोराले फार्म मन पराउँथ्यो, मैले यसबाट त्यहाँ कति मकै र सोयाविन उत्पादन हुन्छ र त्यसका लागि कति लगानी आवश्यक हुन्छ भन्ने सिके । यो हिसाब कितावबाट मैले बुझे, फार्ममा गरेको लगानीबाट सामान्यत करिव १० प्रतिशत नाफा पाउन सकिन्छ । केही वर्षमा उत्पादकत्व बढने छ र खाद्यान्नको मूल्य पनि बढने छ, त्यसबाट नाफा बढ्ने मैले सोचें । मेरा दुवै अनुमान पुरा पनि भए ।
मेरो लगानीबाट फाइदा नै हुन्छ, घाटा हुँदैन भन्ने निर्णय गर्न मलाई विशेष ज्ञान र बुद्धिको आवश्यकता परेन । कहिले काहीं बालीनाली खराब भैदिंदा म दिक्क भने भएँ । त्यो भएर के भो र ? केही राम्रा वर्ष पनि आए, तसर्थ ममा जग्गा बिक्री गर्ने दवाव कहिल्यै भएन । अहिले २८ वर्ष भयो, त्यो जग्गाको आम्दानी तीन गुणा बढेको छ, यो आम्दानी मैले जग्गामा हालेको पैसाको पाँच गुणा हो । मलाई अहिले पनि कसरी खेतीपाती गर्ने थाहा छैन, मैले हालै दोस्रोपटक त्यो फार्मको भ्रमण गरेको हुँ ।
सन् १९९३ मा मैले अर्को सानो लगानी गरें । म कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुँदा सालोमनका जग्गा धनी लारी सिल्भर्सटेनले न्युयोर्क विश्व विद्यालयसँग जोडिएको रिजोलुसन ट्रष्ट कर्पोरेसन बिक्रीमा छ भन्ने बताए । फेरी जग्गाको कारोबार उत्सर्गमा पुगेर सुस्ताएको थियो । रिजोलुसन ट्रष्ट कर्पोरेसनले लगानीकर्ताको साँवाव्याज तिर्न भवन बेच्न थालेको थियो ।
यहाँ पनि लगानीको फण्डा सिम्पल छ । यहाँ पनि फार्मको जस्तै लगानीको प्रतिफल १० प्रतिशत जति मात्र थियो, तर रिजोलुसन ट्रष्ट कर्पोरेसनले सम्पत्तिको व्यवस्थापन गर्न सकेको थिएन । खाली भएका धेरै भवन भाडामा लगाउन सके व्यापार बढने निश्चित थियो । यसका अतिरिक्त भवन आयोजनाको २० प्रतिशत ओगटने व्यवसायीले एक वर्गफुटको पाँच डलर मात्र तिर्ने गरेको थियो जबकी अन्य व्यवसायीले प्रतिवर्गफुट ७० डलर तिर्दै आएका थिए । यो भवन भाडामा लगाउने कामले नौ वर्षमा आम्दानी निकै बढ्यो । जग्गा न्युयोर्कको मुटुमा थियो, न्युयोर्कको भविष्य थियो ।
म लारी र मेरा साथी फ्रेड रोज सहितको सानो समूहमा मिलेर भवन खरिद गर्न थाल्यौ । लारी अनुभवी र माथिल्लोस्तरका रियल स्टेट लगानीकर्ता थिए । उनी परिवारको सहयोगमा सम्पत्ति व्यवस्थापन गर्थे । लिज समय समाप्त भएपछि आम्दानी तीन गुणा बढ्यो । वार्षिक वितरण ३५ प्रतिशतले बढ्यो । पहिलेको भवन सन् १९९६ र सन् १९९९ मा पुनः लगानी बढाइयो । यसबाट एकसय ५० प्रतिशत लिज एरिया थपियो । त्यो सम्पत्ति कहाँ छ, मैले अझै हेरेको छैन् ।
त्यो फार्म र न्युयोर्क रियल स्टेटको आम्दानी आगामी दशकमा पनि बढ्ने छ । आम्दानी नाटकीय नभए पनि मेरोे जीवनमा यी दुई लगानीको निकै महत्व छ । यसमा म सन्तुष्ट छु । यो सम्पत्ति म, मेरा छोराछोरी र नातिनातिनाका लागि समेत हुने छ । मैले यो कथा लगानीका यी केही अधारभुत कुरा बताउन भनेको हुँ ।
- लगानीबाट सन्तोषजनक फाइदा पाउन तपाई विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन् । यदि तपाई विशेषज्ञ होइन भने, तपाईलाई आफ्नो सीमा र उपयुक्त बाटोका बारेमा थाहा हुनुपर्छ । कुनै पनि कुरालाई सहजरुपमा लिनुपर्छ र मनको लड्डु घिउसँग खाने काम गर्नु हुदैन । कसैले तत्काल नाफा दिन्छु भन्छ भने सँधै भन्नुस, मलाई तत्काल धनी हुनु छैन् ।
- आफुले किनेको सम्पत्तिको भविष्यका बारेमा ध्यान दिनुस । यदि भविष्यको आम्दानी अनुमान गर्न सक्नु हुन्न भने त्यसलाई विर्सनुस र अगाडि बढ्नुस । कसैले पनि सबै लगानीको अनुमान गर्न सक्दैनन् । सबै कुरा जान्नुपर्छ भन्ने छैन तर आफुले लिने कदमको लाभ र हानीको अवश्य जानकारी राख्नुस ।
- यदि तपाई सम्पत्तिको मूल्य परिर्वतनको बारेमा सोच्नु हुन्छ भने त्यो केवल कल्पना मात्र हुनेछ । कल्पनामा हिंडनु जस्तो खतरा कहीं हुदैन । मेरो कुरा गर्ने हो भने म लाभ र हानीको कल्पनामा कहिल्यै सफल भइन, म कल्पनामा बजार हिडाउने प्रति सधै शंकाको दृष्टीले हेर्छु । गाई त्रिशुलको खेलमा गाई र त्रिशुल आउने सम्भावना बरोबर हुन्छ । लामो समयसम्म बजारमा रहने हो भने लाभ र हानीले त्यत्ति फरक पार्दैन । पहिले राम्रो थियो भन्ने सम्पत्ति अहिले किन्ने कुनै कारण छैन् ।
- मैले स्थिर सम्पत्तिमा गरेको दुईवटै लगानीमा मैले केवल तिनको उत्पादनका बारेमा सोंचे, पछि मूल्य कति पर्ला भन्ने सोचिन । खेल मैदानमा डटी खेल्ने खेलाडीबाट जितिन्छ नकी स्कोरबोर्डमा मात्र आँखा लगाउनेबाट । शनिबार र आईतबार सेयर सुचकांक नहेरि मस्ति गर्ने हो भने साताका कार्य दिनमा आफ्नो लगानीमा ध्यान दिनुस ।
- ड्ड बजारमा अरुको हावा अनुमानमा हिंडनु समयको बर्वादी हो । खासमा यो खतरनाक हुन्छ, किनकी तपाई अरुको सोचको भीडमा आफ्नो सोच मार्नु हुन्छ । लगानीको सन्दर्भमा अरुभन्दा तपाईको सोच महत्वपूर्ण हुन्छ । (जब म टेलिभिजनमा सेयरको विश्लेषण सुन्छु मलाई मिक्की मेन्टलको प्रसिद्ध भनाई याद आउछ , ‘कुनै खेल त्यसबेलासम्म सजिलो हुन्छ जबसम्म त्यो समाचारमा जाँदैन ।)
सन् १९८६ र सन् १९९३ मा दुई सम्पत्ति खरिद गरियो । त्यो लगानीको प्रतिफल निर्धारण गर्न मलाई त्यसपछिका सन् १९८७ र सन् १९९४ मा अर्थतन्त्र कस्तो होला र स्टक मार्केट कस्तो होला सोच्नै परेन । त्यसबेला समाचारका के हेडलाइन थिए र लगानीका पण्डितले के भने भन्ने मैले सम्झिएको पनि छैन् । जे भए पनि नेब्रस्काको फार्ममा मकै उब्जी रहने र न्युयोर्क विश्वविद्यालयमा विद्यार्थीको चाप बढी रहनेमा मात्र मेरो चासो थियो ।
मेरो सेयर बजारमा गरेको लगानी र ती दुई साना लगानी बीचको फरक यही हो । सेयर बजारले मिनेट मिनेटमा तपाईको सम्पत्ति बताइ रहन्छ भने मैले मेरो फर्म र न्युयोर्क रियल स्टेटको कोटेसन अझै पाएको छैन ।
लगानीकर्ताका लागि निरन्तर परिर्वतन भैरहने सेयर सुचकांकका आधार आफ्नो लगानीको अवस्था थाहा पाउनु लाभदायक नै हुन सक्छ, केही लगानीकर्तामा यस्तो देखिएको पनि छ । यो कुरा मेरो फार्म नजिकको कुनै सन्काहाले मेरो जग्गाको मूल्य दिन दिनै फलाके जस्तै हो । उसले मेरो जग्गा पनि किन्दैन र आफ्नो पनि बेच्दैन । यो सबै कुरा उसको दिमागी हालतमा भरपर्छ । यस्तो व्यवहारबाट कसरी संसारको परिर्वतन सम्भव छ ? मेरो कुरा गर्ने हो भने, उसको कुरा सुनिरहनुको कुनै तुक छ्रैन, मसँग पैसा छ भने म उसको फार्म किन्छु वा उसलाई फार्म बेच्छु वा केवल फार्ममा काम गर्न जान्छु ।
सेयरका लगानीकर्ता कहिलेकाहीँ उनीहरुका साथीको अविश्वासनीय भनाई वा तुक नभएको व्यवहारको पछि लाग्ने गर्छन । किनकी, सेयर बजारका धेरै विषय बजार, अर्थतन्त्र, ब्याजदर र सेयर मुल्यांकन आदि अनेकन कुराबाट निर्धारित हुन्छ । केही लगानीकर्ता पण्डितको भनाई सुन्छन र सबैभन्दा खत्तम कुरा तिनीहरुको अन्ध अनुसरण गर्छन् ।
जग्गा र भवन किनेर दशकसम्म चुप लागेर बस्ने मानिस समेत सेयरमा चलायमान हुन खोज्छन । यसको कारण सेयर बजारमा चलेको ‘चुप लागेर नबस, केही गर’ भनाई हो । यसरी हावामा हिंडने लगानीकर्ताले आफूसँगको तरलता अनावश्यक स्थानमा समेत लगानी गर्न पुग्छन, यो नराम्रो लत हो ।
एउटा फ्ल्यास क्र्यास वा बजारको मन्दीले मलाई त्यत्ति प्रभाव पार्दैन जति मेरो छिमेकीले मेरो सम्पत्तिमा लगाएको बचनले । बजारको उतारचढाव राम्रा लगानीकर्ताका लागि फाइदाको कुरा हो । बजार मूल्यभन्दा कम भएको बेला उसले लगानी गर्न सक्छ । लगानीमा जोखिमबाट डराउनु नै तपाईको शत्रु हुन्छ ।
सन् २००८ को अन्यमा देखिएको चरम वित्तीय मन्दीको बेला पनि मैले मेरो फार्म र न्युयोर्क इस्टेट बेच्ने कहिल्यै सोचिन जबकी मलाई मन्दी चुलिदैं छ भन्ने थाहा थियो । यदि मैले सत प्रतिशत लगानीको सोलिड बिजनेस गरिरहेको भए मैले त्यसलाई छाड्नु दुर्भाग्य हुने थियो । त्यसैकारण मैले मेरो व्यापार सेयर बजारमा छाडें । व्यक्तिगतरुपमा लगानीकर्तामा निराशा छाएको थियो, तर समूहको रुपमा उनीहरुसँग केही गर्न सक्ने उत्साह थियो । अमेरिकाको उत्पादक सम्पत्ति र मानिवीय विद्धता पृथ्वीमा विलिन हुन्छ भनेर कसैले सोच्न सक्छ ?
जब चार्ली मुन्गर र मैले सेयरमा सानो लगानी सुरु गर्यौ त्यसबेला हाम्रो ध्यान सम्पूर्ण व्यवसाय नै खरिद गर्ने हुन्थ्यो । यसो गर्दा हामी ध्यानपूर्वक आगामी पाँच वर्षमा कति आम्दानी गर्न सकिन्छ भन्ने सोच्दथ्यौ । हामीले पहिले नै निर्धारण गरेको तल्लो सीमामा बेच्न सकिने सेयर मात्र खरिद गथ्र्यौ ।
कुनै कम्पनीको भविष्यको आम्दानी अनुमान गर्न नसकेको खण्डमा हामी त्यो कम्पनी छाडेर अर्को कम्पनीतर्फ लग्दथ्यौ । विगत ५४ वर्षसम्म हामीले संयुक्तरुपमा लगानी गर्यौं, तर कुनै पनि बेला राजनीतिक वातावरण, बजारको अवस्था र अन्यको भनाई हेर्दा राम्रो लगानीको वातावरण कहिल्यै पनि पाएनौ । तर, लगानी गर्दा हामीबीचमा यी विषयमा कहिल्यै मतभेद थिएन ।
हामीले आफ्नो क्षमताको क्षेत्रभित्र रहेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । यस्तो गरेमा सेयर होस वा व्यवसाय जे भए पनि भएको नोक्सानी व्यवस्थापन गर्न सक्ने सीमा भित्रै रहन्छ । दिर्घकालिन बजार जहिले पनि अपेक्षित व्यवहारबाट चल्छ र मानिसले जहाँ कारोबार बढी भैरहेको छ त्यहीं कारोबार गर्छन ।
प्रायः धेरै लगानीकर्ताले आफूले लगानी गरेको सम्पत्तिको व्यवसायिक विश्लेषण जीवनमा सायदै गर्छन । यदि गर्न चाहे भने उनीहरुसँग भविष्यको आयको विश्लेषण गर्ने क्षमता हुँदैन । यस्ता क्षमताविहिनका लागि एउटा खुसीको कुरा छ । लगानी गर्न खासै यस्तो क्षमता आवश्यक पर्दैन । अमेरिकी व्यापारले लामो समयदेखि राम्रो गर्दै आएको छ र भविष्यमा पनि राम्रो गर्ने छ । २० औंदेखि २१ औ शताव्दीमा पनि आजका दिनसम्म आईपुग्दा डोव जोन्स इन्डेक्स ६६ बाट ११ हजार चारसय ९७ सम्म पुगेको छ । डिभिडेन्ट बढीरहेको छ । २१ औं शताव्दीमा लगानीकर्ताले अझ लाभ पाउने छन् र यो दिगो पनि हुनेछ । सेयर बजारको धेरै जानकारी नभएकाले विजेता छनोट गर्ने र लगानी गर्ने नीति लिनु राम्रो हुन्छ । बजारको चलखेल नबुझ्नेका लागि यो नै राम्रो विकल्प हो ।
गैर व्यवसायिक लगानीकर्ताका लागि ‘केमा लगानी गर्ने’ र ‘कहिले लगानी गर्ने’ जस्ता विषय महत्वपूर्ण हुन्छन् । बजारमा धेरै उतारचढाव भैरहेको बेला भर्खर लगानी गर्नेका लागि उपयुक्त हुदैन । बुलिस र बियरिस बजार दुवै लगानी सुरु गर्ने समय हुन तर त्यसको जोखिम पनि हेर्नै पर्छ । बार्टोन बिग्सले बुलिस बजारका बारेमा भनेका छन्, ‘बुलिस बजार सेक्स गरे जस्तै हो । यो अन्त्य हुनुभन्दा अगाडि चरमोत्कर्षमा हुन्छ ।’ समय निर्धारण गर्न नसक्दा सेयर बजारको लगानी जोखिममा पर्न सक्छ ।
मैले कसरी पैसा कमाएँ भन्ने बारेमा मेरो इच्छापत्रको दृस्टान्त दिन चाहन्छु । यसले मेरो लगानी व्यवहार पनि देखाउँछ । व्यवसायमा मेरो लगानी १० वर्षमा समाप्त हुनेछ । मेरो पैसा श्रीमतीको नामको ट्रष्ट र अन्य १० वटा मानवीय संस्थामा जानेछ । मैले ट्रष्टीहरुलाई दिएको सुझावमा १० प्रतिशत छोटो समयका सरकारी बण्डमा र ९० प्रतिशत सानो रकमका एस एण्ड पि इन्डेक्स फण्डमा लगानी गर्नु भन्ने सल्लाह दिएको छु । मेरो सुझावका आधारमा नीति बनाएर ट्रष्ट अगाडि बढनेमा म विश्वस्त पनि छु ।
म फेरी बेन ग्राहमको कुरा गर्छु । मैले मेरो लगानीको सुत्र बेन ग्राहमको किताब दि इन्टेलिजेन्स इनभेस्टरबाट प्राप्त गरेको हो । यो किताब मैले सन् १९४९ मा किनेको थिएँ । यो किताब किन्नासाथ मेरो वित्तीय अवस्थामा आमुल परिर्वतन आएको थियो ।
बेनको किताब किन्नुभन्दा अगाडि म कहाँ कसरी लगानी गर्ने भन्ने खोजीमा भौतारि रहेको थिएँ । म सबै कुरा लेखेको किताव चाहन्थ्ये । किताबमा सबै कुरा लेखिएको थियो । त्यसले मलाई अर्कषित गर्यो । मैले किताबकै भरमा सेयर बजारको अनुमान गर्न थाले । म ब्रोकरको कार्यालयमा बसेर टेप सुन्न थालें । बेनको कितावमा सुत्र र तथ्यको जंजाल थियो । मैले किताबको आठौ र २० औं अध्ययाय मात्र आफ्नो प्रयोगका लागि भेटें । तिनै बुँदाले अहिले पनि मलाई लगानी बारे निर्णय गर्न सघाउने गरेका छन् ।
तपाईंको वारेन वफेट
प्रस्तुतीः यादवराज जोशी/बिजमाण्डू (एजेन्सिको सहयोगमा)